विकासन्युज

एनएमबि बैंक र आभार फाउन्डेसनबीच लघुवित्त सेवा सम्झौता

काठमाडौं । एनएमबि बैंकले आभार फाउन्डेसनसँगकाे साझेदारीमा   बिपन्न वर्गका ग्राहकलाई लक्षित गरेर लघुवित्त सेवा दिने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी. र आभार फउन्डेसनका महासचिव सुरेन्द्र सिलवालले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट एनएमबि आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तिय संस्था मार्फत आभार फाउन्डेसनका कार्यक्षेत्रमा पर्ने जिल्लामा लघुवित्तीय सेवा विस्तार गर्ने छन् । ताप्लेजुङ्ग, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उघोगमा बिभिन्न खाले कर्जाहरु उपलब्ध गराउनेछ । बिपन्न वर्गहरुलाई नै लक्षित गरेर ल्याइएको यस कर्जाको मुख्य बिशेषता भनेकै बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता हुने रहेको छ ।

ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको राजीनामा स्वीकृत गर्दै कामु कार्यकारी प्रमुखको जिम्मा दिएको बैंकका सञ्चालक सुमन पाेखरेलले जानकारी दिए । पौड्याल यसअघि ग्लोबल आईएमई बैंकमै डेपुटी सिईओमा कार्यरत थिए । बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत बाहिरबाट नल्याई भित्रबाटै प्रमोशन गर्ने तयारी गरेको बताईएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आ.व.२०७३/०७४ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश ( १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्व ८८ करोड रुपैयाँ पुग्ने छ । यस बैंकले आ.व.२०७३/७४ मा २ अर्व ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल १११ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

ग्लोबल आईएमई बैंकको चुक्तापुँजी ८ अर्ब ८८ करोड पुग्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकको चुक्तापुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने भएको छ ।  बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर बितरण गर्ने भएपछि सो रकम चुक्तपुँजी पुग्ने भएको हो । गत आवमा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । गत आवमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ बढी खुद नाफा गरेको थियो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा रहेको जानकारी दिएको छ । बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप परिचालन तथा, ८४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ । बैंकको हाल १११ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

विराटनगरमा साल्ट ट्रेडिङको सुपथ मूल्यको पसल सञ्चालन

विराटनगर । दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले विराटनगरमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चिनीमा प्रतिकिलो पाँच रुपैयाँ र नूनमा प्रतिकिलो दुई रुपैयाँ घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए । विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो  १८ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँ तथा नूनको मूल्य २५ रुपैयाँ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ । भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा १४ हजार ४१६ रुपैयाँ मूल्य बराबरको १८६ किलो चिनी १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नून बिक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ । रासस

बीमा समितिमा १६ दरबन्दी थप, अब बजार अनुगमन र नियमनको काम प्रभावकारी बनाउने

काठमाडौं । बीमा समितिमा १ जना निर्देशक र १५ जना सहायक निर्देशक गरी १६ पदका लागि दरबन्दी थपिएको छ । दरबन्दी थप गर्न समिति बीमा समितिले गरेको प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृति दिएको छ । थप १६ दरबन्दी थपिएपछि बीमा समितिमा ८० जना कर्मचारी हुने भएका छन् । नयाँ दरबन्दी स्वीकृत भएकोले लोकसेवा आयोगको सहभागितामा कर्मचारी नियुक्ती प्रक्रिया अगाडि बढाउने तयारी शुरु भएको समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । नयाँ भर्ना प्रक्रिया लामो हुने भएकोले आगामी बैशाखसम्म नयाँ दरबन्दी पूर्ति हुन सक्ने समितिको अनुमान छ । त्यस्तै बीमा समितिको कर्मचारी विनियमावली पनि सञ्चालक समितिले पास गरेर स्वीकृतको लागि अर्थमन्त्रालय पठाएको छ । उक्त विनियमावली दशैंअघि नै स्वीकृत हुन सक्ने अर्थमन्त्रालय स्रोतले बतायो । त्यस्तै, बीमा समितिले करिव ७० करोड लगानीमा कुपण्डोलमा अत्याधुनिक भवन बनाउने भएको छ । नयाँ भवनको ड्रोइङ, डिजाइनिङ र कष्ट इष्टिमेट (नक्साङ्कन, डिजाईन र लागन अनुमान) लगायत काम गर्ने जिम्मेवारी समितिले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई दिएको छ । टेण्डर आह्वान गर्नुपूर्वको सबै तयारीका काम गर्न डिनको कार्यालयलाई जिम्मा दिने निर्णय भएको अध्यक्ष चापागाईले बताए । ७ तलाको भवन बनाउन उपयुक्त हुने सुझावसहित प्रारम्भिक डिजाईन आएको तर यसबारे टुङगो लाग्न केही समय लाग्ने उनले बताए । ‘बीमा समिति भित्रको काम धेरै भएका छन् । अब बीमा समितिभन्दा बाहिर गएर गर्ने कामलाई प्राथमिकता दिन्छौं’ अध्यक्ष चापागाईले बताए । अब बीमा बजारकाे अनुगमन र नियमनको काम प्रभावकारी बनाइने उनले बताए ।

जेसीबीको आधिकारिक आउटलेट अब गल्छीमा पनि

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले धादिङको गल्छीमा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । धादिङ, रसुवा, मकवानपुर लगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लु अर्थमुभर्सले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आधिकारिक आउटलेट सुरु गरेको हो । नयाँ ‘एआरओ’को उद्घाटन जेसीबी इन्डिया लिमिटेडका रिजनल सर्भिस म्यानेजर विशाल बन्धु र एआरओका म्यानेजिङ डाइरेक्टर मुरारी आचार्यले संयुक्त रुपमा भएको थियो । यसअघि एमएडब्लु अर्थमुभर्सले बनेपा, दोलखा र लहानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । जेसीबी मेसिनको संख्या बढिरहेका स्थान जस्तै हेटौडा र डडेलधुरामा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ । नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । एमएडब्लु अर्थमुभर्सले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिइरहेको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ को सेयर कारोबार खारेज

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ गतेको सेयर कारोबार रद्ध भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले भदौ २१ गतेको सेयर कारोबार रद्ध गर्ने निर्णय गरेको हो । बैंकले बोनस सेयर र नगद लाभांश सम्बन्धी गलत सूचना दिएर लगानी कर्तालाई झुक्याएको भन्दै सो दिनको सेयर कारोबार रद्ध गरिएको हो । बैंकले टाइपिष्टले भुल गरेको भन्दै केहि समयपछि नै १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने स्पष्ट पारेको थियो ।

ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आउदौ ११ औं वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।