विकासन्युज

काठमाडौंका २ रुटमा ५० यात्रु क्षमताका बस मात्रै, ३५ टेम्पो र २६ माइक्रोलाई अन्तै स्थानान्तरण

काठमाडौं । राजधानीका २ वटा रुटमा ५० सिट क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं दिगो शहरी यातायात योजनाले एशियाली विकास बैंकसँगको सहकार्यमा राजधानीका २ वटा रुटमा ५० यात्रु क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने नयाँ रुट छनौट गरेर सञ्चालनको तयारी गरेको हो । १० करोडको लागतमा १७ देखि २५ वटासम्म अपांग मैत्री  बस सञ्चालन गर्ने तयारी अन्तिम चरण पुगेको हो । त्यसका लागि दिगो सार्वजनिक यातायात प्राली कम्पनीको ५ प्रतिशत, एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिनेछ । त्यसमा शहरी विकास कोषले ८० प्रतिशत ऋण दिनेछ । दिगो सार्वजनिक यातायात प्रालीले भने आफ्नो भागमा परेको ५० लाख रुपैंयाँ जम्मा गरिसकेको कम्पनीका सचिव लालप्रसाद गुरागाइँले जानकारी दिए । ‘३५ वटा टेम्पो र २६ वटा माइक्रोहरुका तर्फबाट ५० लाख रुपैंयाँ जम्मा गरिसकेका छौं, शहरी विकास कोषसँग असोज ३ गते ऋण सम्झौताको तयारी भैरहेको छ’, दिगो सार्वजनिक यातायात प्रालीका सचिव गुरागाईँले भने । कोषले ५ प्रतिशतको ब्याजदरमा ८ बर्षका लागि सहुलियत ऋण दिन लागेको हो । | ऋण सम्झौता भएको ४ महिना भित्रै बस सञ्चालनमा ल्याइसक्ने योजनासहित काम अघि बढेको पनि उनले बताए । बस गुड्ने रुट यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १० दशमलब २ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ । यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । यी टेम्पो र माइक्रो स्थानान्तरण गरेर उपत्यका भित्रै अर्काे रुटमा पठाईनेछ । ‘एडिबीको सहयोगमा काठमाडौं दिगो शहरी यातायात योजनाले एस ५ नामको रुटलाई ठूला बस मात्रै गुड्ने नयाँ रुटका रुपमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागेको हो’, योजना प्रमुख खड्गलाल श्रेष्ठले भने । उनका अनुसार रुटको अध्ययन र यात्रु क्षमता हेरेर नै योजना अघि सारिएको हाे । ‘हामीले एडिबीसँग मिलेर यात्रुको आवागमन, रुटको भौतिक पुर्वाधार र लगानी र लगानी उठ्न लाग्न अनुमानित समय सबै अध्ययन गरेपछि पाइलट प्रोजेक्ट अघि बढाउने निष्कर्षमा पुगेका हौं’, श्रेष्ठले सुनाए । ६४ रुटको पहिचान एडिबीसँगको सहकार्यमा योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको भएपनि यातायात व्यवसायीले सहमति दिएका छैनन् ।

केएल टावरमा मोबाइलको मेगा मेला, बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने

काठमाडौं ।राजधानीकाे केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गर्ने कम्पनीले जनाएको छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र १ जनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर बिजय लामाले गरेको कम्पनीले जानकारी दिएको छ । केएल मोबाइल हव संचालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । बिजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर लामाले एस ८ प्लस हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरि, बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् । बिहिबार ब्राण्ड एम्बेसडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अबसरको फाइदा लिने भाग्यमानी ग्राहकमा बिष्ट परेकी हुन् । दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र बिभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् । यसको साथै मेलामा ६० प्रतिशतसम्म छुटका मोबाइल पनि रहेकाले कम्पनीले अफर भित्रको पनि अफर योजना समाबेश गरेको छ । साथै, यो मेगा मेला तिहार सम्म संचालनमा आउने कम्पनीले जानकारी दिएको छ ।    

राष्ट्र बैंकमा रहेको भारु साट्न भारतको आनकानी, पत्रचारमा सीमित

काठमाडौं । नेपालको बैकिङ प्रणालीमा रहेका ५ सय र १ हजार दरका भारतीय रुपैयाँ (भारु) साट्न रिजर्व बैंक अफ इन्डिया (आरबीआई) आनाकानी गर्दै आएको छ । भारतले ५ सय र १ हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि मात्रै नेपालका २ जना प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन् । भारु प्रतिबन्धपछि प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल र शेर बहादुर देउवाले भारत भ्रमण गरेका थिए । विभिन्न चरणमा वार्ता र पत्राचार भएपनि आरबीआईले नेपाल राष्ट्र बैंकमा रहेको ७ करोड ८३ लाख भारु साटन ढिलाइ गरिरहेको छ । राष्ट्र बैंकले पटकपटक प्रयास गर्दा पनि बैकिङ प्रणालीमा भएको ५ सय र १ हजार दरका भारु साट्न आरबीआईले ढिलाइ गरिरहेको राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए । यसअघि नेपालको बैकिङ प्रणालीमा भएको सबै र सर्वसाधारणसंग भएको भारु साट्ने सहमति जनाए पनि अझै पनि प्रक्रिया अघि नबढेको पण्डित बताउछन् । “बैंकमा भएको भारु कहिले साटिने हो अझै निश्चित भएको छैन” उनले भने “आरबीआईले साट्ने भन्दै आएको छ तर अहिलेसम्म साटेको छैन् ।” भारतीय अधिकारीसंग सहमति भएपछि ६ महिना अघि नै अर्थ मन्त्रालयले नेपालीसंग रहेका प्रतिवन्धित ५ सय र १ हजार दरका साढे ४ हजार भारु साट्नका लागि प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । आरबीआई र भारतका वित्त मन्त्रालयका अधिकारीबीच ६ महिनाअघि काठमाडौमा भएको छलफलपछि बैंकमा भएको सबै र सर्वसाधारणको बढीमा साढे ४ हजार भारु साट्ने सहमति जनाएको थियो । सोही आधारमा अर्थ मन्त्रालयले पत्राचार गरी भारु सटहीको प्रक्रिया अघि बढाउन राष्ट्र बैंकलाई पत्रलेखेको थियो । २५ हजार भारु भन्दा बढी भए यसलाई नेपालमा अवैध मानिन्छ । कात्तिक २३ गते प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कालोधन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि भन्दै देशभर ५ सय र १ हजारका नोटमा रातरात प्रतिवन्ध लगाएपछि नेपालमा समस्या आएको थियो । नेपाल र भारतबीच भारुमा कारोबार हुने गरेको छ । नेपालले वर्षेनी अर्बो डलर बेचेर खर्बो भारु खरिद गर्दे आएको छ । नयाँ ५ सय र २ हजार भारु नेपालमा अनिश्चित ५ सय र १ हजार दरका भारु प्रतिवन्ध लाएर ५ सय र २ हजार दरका भारु सञ्चालनमा ल्याए पनि भारतले नयाँ नोट कारोबारका लागि स्वीकृति दिएको छैन् । नेपालमा अहिले १ सय र सो भन्दा साना दरका नोटमा चल्ने गरेको छ । ५ सय र २ हजार दरका भारु नेपालमा अझै अवैध ठहरिन्छन् । आरबीआईले सूचना जारी नगरेकाले नेपालमा ५ सय र २ हजार दरका भारु कारोबार अवैध हुने पण्डित बताउछन् । यता खुला नहुदा खुला सीमामा भारुको कारोबार मौलाएको छ । आन्तरिक राजश्व विभागले प्रतिवन्धित भारु नोट नेपालमा काराबोर हुन थालेको जानकारी दिएको छ । विभागले विभिन्न समयमा प्रतिवन्धीत लाखौ भारु बरामद गरेको छ ।  

काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा बिटीएस टावर नभएका कारण इन्टरनेटको पहुँच पुग्न नसकेको नेपाल टेलिकम, बनेपा शाखाले जानकारी दिएको छ । जिल्लाको कोशीपारि चौरीदेउराली गाउँपालिका, मादनकुडाँरी, सलम्बु, नार्गे गर्गचेलगायतका क्षेत्रमा इन्टरनेटको पहुँच छैन भने डाँडापारिस्थित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकालगायतको दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा स्थानीयले झण्झट ब्यहोरेका छन् । इन्टरनेटको पहुँच पु¥याउन कतिपय स्थानमा सर्वे भइरहेको र समयमा काम सम्पन्न नभएका कारण पनि इन्टरनेटको पहुँच कायम गर्न कठिनाइ भएको प्राविधिकले जनाएका छन् । डाँडापारि र खानीखोलाको केही क्षेत्रमा मोबाइलमा कुरा भएपनि इन्टरनेटको पहुँच नभएको बताइएको छ । वाइमेक्स, सिडिएमए, जिएसएम प्रविधिबाट उपभोक्ताले इन्टरनेटको सुविधा प्रयोग गरेका छन् तर यसमा पनि सबैभन्दा बढी जिएसएम प्रविधिबाट इन्टरनेट चलाउने छन् । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले दुर्गम क्षेत्र भएका कारण इन्टरनेटको पहुँच पुर्याउन कठिनाइ भएको उल्लेख गर्दै भूकम्प प्रभावित चार जिल्लालाई प्राथमिकतामा राखेर ब्रोडब्याण्ड पुर्याउने परियोजनाअन्तर्गत काम भइरहेको बताए । उनले काभ्रेपलाञ्चोकका सबै ठाउँमा इन्टरनेटको पहुँच पुर्याउन बिटीएस टावर निर्माण र उपकरण जडानको काम पनि भइरहेको उल्लेख गर्दै अब इन्टरनेटको पहुँच नभएको स्थानमा पनि छिट्टै इन्टरनेट चल्छ भने । चौरीदेउराली गाउँपालिका–२ नार्गे गर्गचेका राजीव मोक्तानले इन्टरनेट सहज नभएका कारण निजी प्रदायक संस्था एनसेलको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा इन्टरनेटसम्बन्धी काम नै नहुने बताए । रासस ––––––––––

तानसेन नगरपालिकाको बजेट ६९ करोड

पाल्पा । तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९ सय ४७ रुपैयााँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले आन्तरिक आयमा ४ करोड ६४ लाख ८० हजार रुपैयाँ, नेपाल सरकारको निशर्त अनुदान २३ करोड ८२ लाख ४७ हजार रुपैयाँ , गत आवको नगरपालिकाको बाँकी रकम ६ करोड ९२ लाख १० हजार ९ सय ४७ रुपैयाँ गरी कुल निशर्त अनुदान ३५ करोड ३९ लाख ३७ हजार ९ ४७ रुपैयाँ, सशर्त अनुदान १९ करोड २९ लाख ४४ हजार रुपैयाँ , सामाजिक सुरक्षा ५करोड रुपैयाँ , दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान ७ करोड १२ लाख ५० हजार, कन्टीन्जेन्सीबाट आम्दानी ३० लाख रुपैयाँ र जनसहभागिताबाट १ करोड ५० लाख रुपैयाँबाट बजेट विनियोजन गरेको हो । आव २०७४/७५ मा कुल निशर्त १३‌‍/१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिकमा १ करोड ६८ लाख रुपैयाँ थप प्रक्षेपण गरिने विहिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख अशोककुमार शाहीले बताए । १४ वडा कार्यालय सञ्चालनका लागि कुल १ करोड ७७ लाख ७८ हजार ७ सय रुपैयाँ र नपामा ४ करोड ४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ कर्मचारी अवकासमा खर्च गर्नेछ । नगरपालिकाले प्रत्येक वडालाई चालु र पूँजीगत खर्च १२ लाख ७० हजार रुपैयाँ र ४५ लाख रुपैयाँ गरी कुल ८ करोड सातलाख ९९ हजार ७९२ रुपैयाँ बजेट निशर्त बजेटको २२।८२ प्रतिशत रहेको छ । वडा र नगर कार्यपालिका व्यवस्थापनका ४ करोड ५७ लाख रुपैयाँ , सूचना र सञ्चार क्षेत्रमा २० लाख रुपैयाँ, संस्थागत विकासका लागि ७५ लाख रुपैयाँ , सम्पदा संरक्षणमा ३३ लाख रुपैयाँ , गरिबी न्यूनीकरणमा ६७ लाख रुपैयाँ, वातावरण प्रवद्र्धनमा ३० लाख रुपैयाँ , आन्तरिक राजस्व अभिवृद्धि र सुशासन प्रवद्र्धनमा २५ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख शाहीले बताए । विपन्न परिवारलाई निःशुल्क बीमामा २५ लाख रुपैयाँ , दिगो शहरी विकासका लागि १२ करोड १६ लाख रुपैयाँ विनियोजित बजेटमध्ये भौतिक पूर्वाधारमा १ करोड ८५ लाख रुपैयाँ , आर्थिक पूर्वाधारतर्फ २६ लाख रुपैयाा , संस्थागत विकासमा ४३ लाख रुपैयाँ , राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्ध विकासमा ३८ लाख रुपैयाँ , बस्ती विकास सम्भाव्यता अध्ययनका लागि ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको शाहीले बताए । तानसेनको खानेपानी उपभोक्ता समितिलाई २५ लाख रुपैयाँ र राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षयकोषका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरप्रमुख शाहीले यस वर्ष सडक वर्षको रुपमा तानसेनलाई चिनाउने बताए । ‘जनतासँग प्रमुख’ रेडियो कुराकानीसमेत नीति, बजेट तथा कार्यक्रममा रहेको नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले जानकारी दिए । रासस ––––––––––

सामसङ इलेक्ट्रोनिक्सले टिभि तथा होम अप्लाइन्सहरुमा ३३ प्रतिशतसम्म छुट दिने

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले चाडपर्वलाई लक्षित गर्दै खुशी फर्की आयो योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा  ३३ प्रतिशतसम्मको छुटको व्यवस्था ल्याएकाे छ । यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका ीभ्म् टिभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिने छ । सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । सामसङका २४एच४००३, ३२एफएच४००३ तथा के सिरिज र एम सिरिज सबै एलइडी टीभीहरुमा २ वर्षको वारेन्टी सुविधा उपलब्ध हुने छ । ग्राहकले टिभिको वारेन्टीलाई दर्ता गर्न सामसङको ग्राहकसेवा केन्द्रमा टोलफ्री नम्बर १६६०–०१–७२६६७(एनटीसी), ९८०–१५–७२६६७(एनसेल)मा सम्पर्क गरी टिभीको मोडेल नम्बर, खरिद मिति र बिलनम्बर तथा टिभिमा भएको सिरियल नम्बर उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ । यो योजनाहिम इलेक्ट्रोनिक्स तथात्रिवेणी व्यापारले प्रस्तुत गरेकाहुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुने कम्पनीको जानकारी दिएको छ ।  

नेपाल बिजुलीमा आत्मनिर्भर भई ३ वर्षपछि आयात बन्द, उर्जा बैंक स्थापनाको तयारी

काठमाडौं ।आउदौ ३ वर्षपछि नेपाल बिजुली उत्पादन आत्मनिर्भर हुने भएको छ । निर्माणधिन सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि भारतबाट हुदै आएको विद्युत आयात लगभग बन्द हुने छ । आउदो ३ वर्षमा १ हजार २ सय मेगावाट बिजुली थप भई कुल जडित क्षमता २ हजार १ सय मेगावाट नाघने छ । सुख्खायाममा केही आयात गरेपनि वर्षादमा पुरै बन्द हुने भएको छ । माथिल्लो तामाकोसीका अतिरित्त निजी र सार्वजनिक क्षेत्रबाट धेरै आयोजना सम्पन्न भई विद्युत उत्पादन थप हुने भएपछि भारतबाट बिजुली आयात बन्द हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माथिल्लो तामाकोसीको पहिलो युनिट ०७५ को असारसम्म र अन्य युनिट सोही वर्षको पुससम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार माथिल्लो तामाकोसी आएपछि वर्षादको ६ महिना हामी बिजुली बढी भई निकासीको अवस्थामा पुग्ने देखिएको छ । लोडसेडिङ हटाउन प्राधिकरणले भारतबाट विद्युत आयात गरिरहेको छ । गत वर्ष भारतबाट ३८० मेगावाटसम्म बिजुली आयात गरिसकेको छ । यो वर्ष १ सय मेगावाट थप आयात गरी ४८० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको तयारी छ । यसका लागि आवश्य पुर्वाधार तयारी हुनका साथ प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा स्वीच थिचेर आयातको शुभारम्भ भइसकेको छ । तामाकोसी अर्धजलासययुक्त आयोजना भएकाले साँझको मागलाई पुरा गर्ने छ । यस्तै कुलेखानी चमेलिया जस्ता अर्धजलासययुक्त आयोजना पनि सम्पन्न हुने चरणमा रहेका छन् । यो वर्ष निजी क्षेत्र र सार्वजनिक गरी २४५ मेगावाट बिजुली थप हुदैछ । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भइसकेको छ । हाल बिजुलीको माग बढेर १ हजार ३५० मेगावाट पुगेको छ । सुख्खायाममा रोल्वालिङ खोलाको पानी ६ किलोमिटर सुरुङ निर्माण गरी तामाकोसीमा ल्याएर थप साढे १६ करोड युनिट बिजुली थप्ने योजना अघि बढेको छ । यसको संभाव्यता अध्ययन सम्पन्न भइसकेको छ । माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादको ४ महिना बढी हुने बिजुली व्यवस्थापन गर्न ऊर्जा बैंक स्थापनका तयारी भएको छ । विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली निकासी र सुख्खायाममा आयात गर्न लागि भारतसंग ऊर्जा बैंकिङ अवधारणामा छलफल सुरु गरेको छ । ऊर्जा बैंकको काम अघि बढाएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत नियमन आयोगका अतिरित्त नेपालमा बिजुली व्यापार गर्ने नोडल एजेन्सी एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडलसंग छलफल सुरु भएको छ । माथिल्लो तामाकोसीलगायत अन्य केही ठुला आयोजना सञ्चालनमा आएपछि ०७६ देखि वर्षादको ४ महिना बिजुली उत्पादन बढी हुने प्रक्षप्रणका आधारमा विद्युत् प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खायाममा भारतबाट खरिद गर्न ऊर्जा बैंकिङ स्थापना गर्न लागेको हो । ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत अन्य केही आयोजना सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी हुने र सुख्खायाममा कम हुने देखिएपछि यसको व्यवस्थापनका लागि विद्युतसंग सम्बद्ध भारतीय अधिकारीसंग छलफल भएको हो । वर्षादमा बढी भएको बिजुली भारतमा निकासी गरेर सुख्खायाममा आयात हुने गरी ऊर्जा बैंकिङको अवधारणा लागु गर्न खोजिएको उनको भनाई छ । यसबाट वर्षादमा बढी भएको बिजुली निकासी गर्ने र सुख्खामा आयात हुने छ । तामाकोसीले वर्षादको ३ महिना मात्र पुर्ण क्षमता ४५६ मेगावाट बिजुली उत्पादन गर्ने छ । मंसिर, पुस, माघ, फागुन, चैत, बैशाख र जेठसम्म नदीको पानी वहाव घटेपछि यसको असर उत्पादनमा परी ९० मेगावाटमा झर्ने छ । तामाकोसी आएपछि वर्षादमा बिजुली छेलोखेलो भएपनि सुख्खायामा उत्पादन घटेर केही घण्टा लोडसेडिङ हुने अवस्था अझै पनि छ ।  

कामना विकास बैंकले हकप्रद सेयर लिलाम गर्दे

काठमाडौं । कामना विकास बैंकले बिक्री नभएका हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकको बिक्री हुन बाँकी ४५ हजार ४८७ कित्ता संस्थापक र साधारण हकप्रद सेयर बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ । बैंकले आउदो ८ गतेदेखि बोलपत्र पेश गर्न खुला हुने र असोज २२ गतेसम्म बोलपत्र पेश गर्ने मिति तोकेको छ । बैंकले संस्थापक सेयर २७ हजार १२० र सर्वसाधारण सेयर १८ हजार ३६७ कित्ता बिक्री गर्न लागेको हो ।