भीसाकार्डबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भीसाकार्ड वहाकलाई एटीएमबाट पैसा नझिकी बिक्री केन्द्रबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ । चाडपर्वलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंक तथा भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी यस्तो सहुलियत ल्याएको हो । यस योजनाअन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरिक भिसा डेविट वा क्रेडिट कार्ड नेपाल भित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्रिकेन्द्रबाट सामानखरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतित नगद आफ्नो खातामा फिर्ता पाउँने छन् । यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एक पटकमा कम्तीमा ५ सय रुपैयाँसम्मको सामान खरिद गर्नु पर्ने बैंकले जनाउको छ । कार्डबाहकले प्रत्येक दिन १ हजार रुपैयाँसम्म मात्र नगद फिर्ता पाउनेछन् । यस योजनाबाट सेन्चुरी बंैक, ग्लोबल आइएमई बैंक., कुमारी बैंक ,महालक्ष्मी विकास बैंक., मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक., सानिमा बैंक. र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लावान्वित हुन सक्नेछन् ।
दसैंका लागि मुस्ताङबाट ५०० च्यांग्रा काठमाडौं आइपुग्यो, खसी र च्यांग्रा दुवैको मूल्य तोकियो
काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंतिहारका लागि मुस्ताङबाट पाँच सय च्यांग्रा काठमाडौं ल्याएको छ । बुधबार विहान खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालय (धान गोदाम) मा आइपुगेको हो । संस्थानले खसीबोका र च्यांग्रा दुवैको मूल्य पनि तय गरेको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । संस्थानको बुधवार बसेको संचालक समिति बैठकले खसोबोका र च्याङग्राको मूल्य निर्धारण गरेको हो । निजी व्यवसायीले बिक्री गर्ने भन्दा किलोमा ३५ रुपैयाँ सस्तो छ । संस्थानले बिहिवारदेखि च्याङग्रा बिक्री सुरु गर्नेछ भने खसीबोका भने आउनेवित्तिकै बिक्री गर्ने जनाएको छ। संस्थानले १५ सय खसीबोका र एक हजार च्याङग्रा ल्याउनेछ । संस्थानले जिउँदो खसी किलोको ४ सय ५५ रुपैयाँ र बोका किलोको ४ सय ५० रुपैयाँमा बिक्री गर्नेछ । संस्थानले ल्याएको च्याङ्ग्रा किलोको ६ सय ७५ रुपैयाँमा बिक्री गर्ने भएको छ । उनले भने, ‘हामीले च्यांग्रामा उपभोक्तालाई १० रुपैयाँ छुट दिएका छौं ।’ निजी व्यवसायीले खसी किलोको ४ सय ९० रुपैयाँमा बिक्री गरिरहेका छन् । सापकोटाले अरु च्याङग्रा आइतबारसम्ममा आइपुग्ने जानकारी दिए। दुर्इ सय खसीबोका बिहिबारसम्ममा काठमाडौं आइसक्ने उनले जानकारी दिए ।
अठासी किलो सुन प्रकरणमा पाँच पक्राउ
काठमाडौ । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरेको हो । महाशाखाका प्रमुख दिवेश लोहनीले आज पत्रकार सम्मेलनमा बडूसँग १० लाख ८२ हजार नेपाली रुपैयाँ, ८ हजार भारतीय रुपैयाँ र १ हजार १०० अमेरिकी डलर, अग्रवालसँग १३ लाख नेपाली रुपैयाँ र शाक्यसँग १ करोड ४२ लाख नगद र एक केजी २०९ ग्राम सुन बरामद गरिएको जानकारी दिए । उनीहरुलाई सहयोग गर्दै आएका सालुखे र मर्गलेलाई समेत पक्राउ गरिएको छ । प्रमुख लोहनीका अनुसार घटनामा योभन्दा धेरैको सहभागिता देखिएको छ र यस प्रकरणमाथिको अनुसन्धान जारी छ । महाशाखाको टोलीले गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीबाट बा१७च ६४२७ नंको टाटा सफारी गाडीसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । रासस
बीमा संस्थानको जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले करिब ६ बर्ष अघि नै सार्वजनिक गरेको यो योजना भर्खर मात्र कार्यान्वयनमा ल्याएको हो । योजना अनुसार बीमितले २ पटक बीमा दावी गर्न पाउनेछन् । सावधिक अवधी पुरा भएपछि एक पटक दावी गर्न सकिनेछ । त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्काे एक पटक बीमा दावी गर्न सक्नेछन् । यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुनेछ । बीमा लेख लागु भएको २ बर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिने बीमा संस्थानकी सहायक प्रबन्धक आशा कुमारी बस्नेतले बताइन् । कम्पनीले यस अघि नै १० प्रकारका बीमा योजना कार्यान्वयन गरिरहेको छ । बीमा संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले सावधिक र आजिवन बीमा योजनाका गुण भएको योजनाले कम्पनीको बजार विस्तारमा ठुलो भूमिका निर्वाह गर्ने दावी गरे ।
आयल निगमका कार्यकारी निर्देशकमा प्रेम आचार्य नियुक्त, भन्छन्- ‘निगमलाई पारदर्शी बनाउँछु’
काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेम प्रसाद आचार्यलाई नियुक्त गरेको छ । बुधबार बसेको आपूर्ति मन्त्री सहितको बैठकले मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले अर्को आदेश नआउन्जेल शर्मालाई नै कार्यकारी निर्देशकका रुपमा काम सुम्पेको मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले जानकारी दिए । आचार्यले शुक्रबारदेखि औपचारिक रुपमा कार्यकाल थाल्नेछन् । नियमित कार्यकालमा पारदर्शी ढंगले अघि बढ्ने आचार्यले बताए । उनले विकासन्युजसँग कुरा गर्दै भने, ‘मन्त्रालयले सुम्पेको जिम्मेवारीलाई अनुशासन सहित पालना गर्नेछु ।उपभोक्ताको हितमा रहेर आयल निगमको सञ्चालनलाई पारदर्शी ढंगले सञ्चालन गर्नेछु ।’ गत सोमबार मन्त्रिपरिषधले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै गोपाल बहादुर खड्कालाई कार्यकारी निर्देशकबाट पदच्युत गरेको थियो ।
मर्चेन्ट्रेड एसिया र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु
काठमाडौं । मलेशियाको सबै भन्दा ठूलो सञ्जाल भएको मर्चेन्ट्रेड एसिया एसडिएन बिएचडि र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटेन्स सेवा शुरु गर्ने सम्झौता भएको छ । उक्त सेवा सम्बन्धि सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले र मर्चेन्ट्रेड एसियाको चिफ मनी सर्भिस बिजनेस अफिसर सर्भेस्वारन राजा गोपालले हस्ताक्षर गरेका छन् । उक्त सेवा अन्तर्गत मलेशियामा रहने नेपालीहरुले कुनै पनि मर्चेन्ट्रेडको १०० भन्दा बढि तथा ४२५ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५ हजार भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सक्नेछन् । सो सम्झौतापत्रमा हस्ताक्षर गर्दै सर्भेस्वारन राजा गोपालले लेसिटी एक्सप्रेस र मर्चेन्ट्रेडको सम्झौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताएका छन् । साथै, आउने दिनमा यो सम्बन्ध अझ मजबुद हुँदै जाने बताएका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।
भाईटीकामा मात्रै खुल्ने रानीपोखरीको मन्दिर पुन:निर्माण सुरु, सात महिनामै सम्पन्न हुने
काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुन:निर्माण सात महिनामा सम्पन्न गरिने भएको छ । लामो समयसम्म विवादका कारण ढिलाई भएको यो एतिहासिक मन्दिरको पुन:निर्माण ढिलो गरि सम्पन्न हुन लागेको हो । भूकम्प अगाडि भाइटिका र छठ पर्वको अवसरमा मात्र खुला हुने गरेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सुरु भएको छ । दुई महिना अघि पुरातत्व विभागले यो मन्दिरको पुन : निर्माण थालेको छ । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर आगामी बैशाखमा सम्पन्न हुने प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । सुरुमा महानगरपालिकाले आरसीसी ढलान गरेर सम्पुर्ण रानी पोखरीको पुननिर्माण गर्ने भनेको थियो । तर युनेस्कोले आपत्ति जनाएपछि बालगोपालेश्वर मन्दिरमा आधुनिक निर्माण सामग्री प्रयोग नगरी पुननिर्माण गर्ने जिम्मा पुरात्व विभागलाई दिइएको थियो । पुनःनिर्माण कार्य सम्पन्न गर्न १ वर्षको म्याद तोकीएको छ । हालै आएर कामदार खटाएको २ महिना भएको भएता पनि आर्थिक कारोबार भने अघि सारिएको छैन । सो भवन निर्माण गर्नको लागि १ करोड ४० लाख विनीयोजन गरेकोमा खर्च कटौती नगरिएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । पहिलाको जस्तै संरचना बन्ने भनेको छ तर अन्य बाहिरी वातावरणीय संरचनाका कार्यमा पोखरी तथा मन्दिर जाने बाटोलगायतका कार्य भने नगरपालीकाले कार्य अघि सार्ने विभागले जनाएको छ । विभागका प्रवक्ता कुँवरले भने,‘सम्पदालाई विशेष ध्यान दिएर बनाउन पर्ने हुन्छ, घर बनाए जस्तो होइन ।’ सम्पदा निर्माणको लागि कामदारहरु खटाइएको हुनाले काम तोकीएको समय अवधिमा नै पुरा हुने उनले बताए । विभागले १ करोड ४० लाख रुपैयाँमा ठेक्का लगाएको छ । यहि बैशाख ५ गते कडेँल÷राम जेभी रानीबारीलाई बालगोपालेश्वर मन्दिर पुननिर्माणको ठेक्का दिइएको विभागले जानकारी दिएको छ । ‘ढुंगा, डाँची अप्पा र मा अप्पा सहित सुर्की मोटारको प्रयोग गरेर बालगोपालेश्वर मन्दिरको पुननिर्माण अघि बढेको छ, तोकिएको समयभित्रै पुरातात्विक महत्त्व झल्किने गरि निर्माण गर्नेछौं’, पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले भने । पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले भने ‘एक करोडको लागतमा बालगोपालेश्वर मन्दिर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ’, विभागका सिडिई घिमिरेले भने । ‘पोखरीको बिचमा बन्ने भएकाले मन्दिर बलियो नै बनाउनु पर्छ, हामी इतिहास पनि जोगाउने र बलियो पनि बनाउने योजनामा छौं’, घिमिरेले भने । पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर बनाउनेछ भने बाँकी सबै संरचना काठमाडौं महानगरपालिका आफैंले निर्माण गर्नेछ । महानगरले यस अघि लगाएको ठेक्का अनुसार नै रानीपोखरीका अन्य संरचनाको निर्माण हुने पनि घिमिरले जानकारी दिए । १६७० सालमा तत्कालीन राजा प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए । विनाशकारी भुकम्पपछि ध्वस्त रहेको रानीपोखरी बल्ल पुनःनिमार्ण कार्य अघि बढेको छ ।
राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन विकास समितिकाे निर्देशन
काठमाडौ । व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन अवस्था असाध्यै सुुस्त रहेको भन्दै तत्काल चुस्त बनाई दू्रत गतिमा कार्य अगाडि बढाउन सरकारका विभिन्न निकायलाई निर्देश गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा आज बसेको समितिको बैठकले काठमाडाँै निजगढ द्रूत मार्गलगायतका राष्ट्रिय गौरवको आयोजनाका प्रक्रियागत जटिलतालाई अन्त्य गर्दै परिणामुखी कार्यसम्पादन गराउन प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, रक्षा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देशन गरेको छ । द्रूत मार्गको निर्माण कार्यको जिम्मा पाएको नेपाली सेनाले पाँच महिना पूरा हुन लाग्दा पनि अझै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को टुंगो नलगाएको भन्दै समितिको बैठकले यसका लागि दू्रत मार्गको डिपिआर तयार गरेको भारतीय कम्पनीसित डिपिआर खरिद गर्ने की नगर्ने भन्ने विषयमा शीध्र निर्णयमा पुग्न सरकारका ती निकायलाई बैठकले ध्यानाकर्षण समेत गराएको छ । बैठकले द्रूत मार्गका कूल ७६ किमीमध्ये ६ किमीको मात्र मुआब्जा वितरण कार्यमा धेरै नै समस्या परेको हुँदा तत्काल यसलाई समाधान गर्न, द्रूत मार्गमा बजेटको अभाव हुन नदिन, द्रूतमार्ग निर्माण कार्यलाई गति प्रदान गर्न, प्रक्रियामा सरलीकरण गर्न, कार्यान्वयनको मोडल स्पष्टपार्न, आवश्यकवित्त व्यवस्थापन गर्न, आवश्यक समन्वयको कार्यलाई चुस्त बनाउन समेत निर्देश गरेको छ । साथै समितिको बैठकले नेपाली सेनालाई र सेनाको मेसिनरी एवं जनशक्ति अभिवृद्धि गर्न, उत्प्रेरणा कार्य राख्ने कार्यमा सहयोग पु¥याउन, कार्यतालिकासहितको कार्ययोजना अनिवार्य बनाई सोहीअनुरुप काम गर्न गराउनसमेत सरकारलाई निर्देश गरेको छ । रासस