बुढीगण्डकीमा स्वाभिमान बेचिएको छ, अब प्रधानमन्त्री देउवासँगै वयानः लेखा समिति
काठमाडौं । ‘बुढीगण्डकी जलविद्युत आयोजना बेचिएको छ, त्यहाँ आयोजना मात्रै होइन हाम्रो स्वाभिमान पनि बेचिएको हो, स्वाभिमान बेच्ने अधिकार कसैलाई छैन, मेरो कद होचो छ की अग्लो भनेर नहेर्नाेस, म स्वाभिमानसँग सम्झौता गर्दिन’, बुधबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले भावुक हुँदै भने । बुधबारको बैठकले चार दिनभित्र(असोज ८ गते) चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता, मन्त्रि परिषदले गरेको अनुमोदन, हालसम्म भएका प्रयास लगायतका सम्पुर्ण विवरण पेश गर्न पनि निर्देशन दिएको छ । समितिले अर्काे बैठकमा प्रधानमन्त्रीसँग बयान लिने निर्णय पनि गरेको हो ।‘बुढीगण्डकी जलविद्युत आयोजनाबारे हालसम्म भएका सहमति र सम्झौताहरुबारे अब अर्काे बैठकमा सम्माननिय प्रधानमन्त्रीसँग छलफल गर्छाै’, सभापति उपाध्यायले बैठकको निर्णय सुनाउँदै भने । समितिको बैठकमा सांसदहरुले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिएर अघिल्लो सरकारका उर्जा मन्त्री जनार्दन शर्माले ठुलो आर्थिक चलखेल गरेको आरोप लगाएका थिए । उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा भएको अनियमितता रोक्ने अभियानमा खुट्टा नकमाउन सभापति उपाध्यायको ध्यानाकर्षण पनि गराएका छन् ।
प्रभु इन्स्योरेन्सले पनि १९.२०% बोनस दिने
काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५८ लाख ३६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
मञ्जुश्री फाइनान्सको असोज ९ गते बुक क्लोज, २५ गते विशेष साधारणसभामा जाँदै
काठमाडौं । मञ्जुश्री फाइनान्सको अगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन फाइनान्सको बुक क्लोज हुन लागेको हो । कम्पनी अगामी असोज २५ गते विशेष साधारणसभामा जाँदै छ । उक्त साभामा कम्पनीले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव लैजाँदै छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
पूर्णिमा विकास बैंकले ८ करोड ४५ लाख रुपैयाँ बोनस सेयर दिने
काठमाडौं । पूर्णिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ८ करोड ९० लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट सो मात्राको लाभांश दिन लागेको हो । बैंकले अाफ्ना सेयरधनीलाई ८ करोड ४५ लाख ५० हजार रुपैयाँको बोनस सेयर र कर प्रयोजनको लागि ४४ लाख ४० हजार रुपैयाँ नगद लाभांश गरि सो मात्राको लाभांश दिन लागेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र यस बैंकको वार्षिका साधारणसभाबाट पारित भए पछि बाँडफाँड गरिने छ ।
टुरिजमलाई गाभ्न मेगाले तिहार लगतै विशेष साधारणसभा गर्ने, मर्जर भाडिएको छैन: सीईओ शाह
काठमाडौं । मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्न (मर्जर) तिहार लगतै विशेष साधारणसभा बोलाउने भएको छ । दुबै बैंक एक आपसमा मर्जरमा जानका लागि सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) को काम सकिएको छ । विशेष साधारणसभामा डीपीए पेश हुने मेगाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनील शाहले बताए । उनका अनुसार टुरिजमको साधारणसभा नभएकाले सामान्य सभाबाट गाभिने विषयमा प्रस्ताव पेश हुने भएको छ । मेगाले साधारणसभा गरिसकेकाले विशेष साधारणसभा बोलाउने छ । विकास न्युजसंग कुरा गर्दे उनले मेगा र टुरिजमबीच मर्जर भाडिएको भन्ने हल्लामा सत्यता नभएको र दुबै संस्था मर्जर हुने स्पष्टपारे । “अहिलेसम्म त्यस्तो अवस्था देखिएको छैन” उनले भने “सबै हल्ला हुन दुबै संस्था गाभिने छन् ।” दुबै संस्थाले मर्जरका लागि आन्तरिक तयारी गरिरहेकाले मर्जर नभाडिएको उनको भनाई छ । दुबै संस्था एकआपसमा गाभिने सम्बन्धमा गत माघ ६ गते सैद्धान्तिक सहमति भएको थियो । त्यसबेला हाललाई मेगा र टुरिजमको शेयर आदान प्रदान अनुपात १०० र ९५ तय गरिएको थियो । मेगाले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरविनै बैंककको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । टुरिजमकाे चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको असोज १८ गतेदेखि २१ दिन बुक क्लोज
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी असोज १८ गतेदेखि २१ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १८ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको ३१औँ वार्षिक साधारणसभा आगामी कात्तिक ७ गते हुने भएको छ । उक्त साभामा बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ । बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंककाे चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ छ । चुक्ता पुँजीकाे २५ प्रतिशतले कायम हुन आउने २७ करोड ५७ लाख २३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको बैंकले जनाएकाे छ । सञ्चालक समितिकाे निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।
सननेपाल लाइफ इन्स्योरेन्सको उद्घाटन शुक्रबार हुँदै, अब ११ वटा जीवन बीमा कम्पनी सञ्चालनमा
काठमाडौं । शुक्रबारदेखि नयाँ जीवन बीमा कम्पनी सञ्चालनमा आउने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ गर्ने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कमलादीस्थित यस कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेर सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । २ अर्ब चुक्ता जारी पुँजी राखेर खुल्न लागेको यस कम्पनीको अध्यक्षमा अनुज कायल छन् भने महाप्रबन्धक कमलराज गौतम रहेका छन् । यस कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्नेछ ।