विकासन्युज

दशैंमा सनराइज बैंकको ८ शाखा सञ्चालनमा, कुन शाखा कहिले खुल्ला हुन्छ ?

काठमाडौं । दशैंको अवसरमा सनराइज बैंकले सार्वजनिक बिदाका दिनहरुमा समेत आफ्ना शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि नगद काउन्टर खुल्ला गर्न लागेको हो । सो अवधिमा यस बैंकले आफ्ना ८ शाखाहरु सञ्चालनमा ल्याउन लागेको छ । बैंकले काठमाडौंका तीन शाखा र काठमाडौं बाहिरका ५ शाखाहरु गरि जम्मा ८ वटा शाखा सञ्चालनमा ल्याउन लागेको हो । साथै, यस बैंकको मेट्रो पार्क, उत्तरढोका, लाजिम्पाट स्थित मलेसिया भिएलएन एक्सटेन्सन काउन्टरको सेवा पनि बैंकको काठमाडौंको गैह्रिधारा शाखाबाट उपलब्ध गराउने भएको छ । उक्त सेवा असोज ११ तथा असोज १६ देखि २० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकको यस शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई क्यापिटलले १६ प्रतिशत नगद लाभांश दिने, १० प्रतिशत बोनस पनि

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आफ्ना सेयरधनीलाई १६ दशमलब ३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव राखेको छ । उक्त सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्न कम्पनीले आगामी असोज २७ गते कम्पनीको १०औँ वार्षिक साधारणसभा बोलाएको छ । साथै, कम्पनीले आफ्नो चुक्ता पूँजी बढाई ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।

वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिने प्रस्ताव गरेको हो । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ । कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा असोज २७ गते गर्ने भएको छ । यस्तै १ बराबर १ हकप्रद सेयर वितरण हुने कम्पनीले जनाएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सले हिजो अनुमति पायो, भोलिबाट सञ्चालनमा आउने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले हिजो (बुधबार) बीमा समितिबाट कारोबार सञ्चालन अनुमति पाएको छ । यस कम्पनीले भोलि (शुक्रबार) औपचारिक रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी दिए ।   बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागार्इले नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन गरी कारोबार शुभारम्भ गर्ने कम्पनीको तयारी छ । २ अर्ब १५ कराेड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ । हाल यस कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् ।

लोडसेडिङ हटाउने कुलेखानी जलासय १५१९ मिटर मात्र भरियो, अझै ११ मिटर बाँकी

काठमाडौं । नेपालको एक मात्र ऊर्जा संचिती (पावर व्याकअप) को रुपमा रहेको कुलेखानी जलासयमा पानीको सतह १ हजार ५१९ मिटर नाघेको छ । जलासयको सतह बढ्ने क्रम जारी रहेकाले १ हजार ५२३ मिटर नाघने अनुमान प्राधिकरणको छ । यो वर्ष कुलेखानी वरपर क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा पानीको सतह अपेक्षाकृत बढ्न सकेको छैन् । जलसायको क्षमता १ हजार ५३० मिटरसम्म छ । अझै ११ मिटर पानी भरिन बाँकी छ । यो वर्ष पनि पानीको सतह गत वर्षको जतिकै हुने नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । १ हजार ५२३ मिटर नाघने उनको भनाई छ । वर्षाको पानी संचित गरेर सुख्खायाममा बिजुली उत्पादन गर्न कुलेखानी निर्माण भएको हो । कुलेखानी दोस्रो र तेस्रोको जडित क्षमता ९२ मेगावाट । १४ मेगावाटको तेस्रो आयोजना निर्माणधिन छ । यो आर्थिक वर्षमा सकिने लक्ष्य लिइएको छ । यो समेत गरी कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने छ । बाँध कमजोर हुदै भूकम्पले गर्दा बाँधमा केही असर गरेरकाले बाँध कमजोर भएको प्रमुख श्रेष्ठ बताउछन् । बाँध कमजोर भएकाले १ हजार ५२५ मिटर भन्दा बढी पानी नथेग्ने संभावना रहेको उनको भनाई छ । आयोजना पुरानो भएको र भूकम्पले हल्लाउदा बाँधमा असर पुगेको छ । आउदो सुख्खायाममा लोडसेडिङ नहुने प्राधिकरणले बताएको छ ।  

प्रेस काउन्सिलद्धारा ४० जनालार्इ पत्रकार पुरस्कार दिने घोषणा, पुरस्कार राशी १० हजारदेखि १ लाख ५ हजारसम्म

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न १० विधामा ४० जना पत्रकारहरुलाई पुरस्कार तथा सम्मान दिने भएको छ । प्रेस काउन्सिलले ४८ औं वार्षिकउत्सवको अवसरका उनीहरुलाई प्रतिव्यक्ति १० हजार देखि १ लाख ५ हजार रुपैयाँसम्मको नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । काउन्सिलले गोपाददास पत्रकारिता पुरस्कार रुपन्देशीका वालकृष्ण चापागाईलाई दिने भएको छ । त्यस्तै, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार धर्मेन्द्र झालाई दिने भएको छ । दुबै पुरस्कारको राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ । पुरस्कृत हुने पत्रकारहरुको सूचि निम्न अनुसार रहेको छ । उनीहरुलाई असाेज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जगडोलमा तेस्रो संबिधन दिवस माइयाे, सरसफाइ कार्यक्रममा १३ वटै वडाका जनप्रतिनिधिहरु सहभागी

काठमाण्डौ । संविधान दिवसको उपलक्ष्यमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा स्थानिय जगडोल रेसिडेन्ट ग्रुप र सुगम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भिभिद सरसफाईका कार्यक्रम तथा जनचेतनामुलक सामाग्रीहरु गाउँका विभिन्न स्थानहरुमा टास गरि मनाएको छ । कार्यक्रममा आयोजक सस्थाले बिहानदेखि आवस्यक स्थानहरुमा डस्ट्बिन समेत राखि साँझ जगडोल झण्डा पार्कमा दीप प्रज्वलन गरि समापन गरेको थियो । संबिधानको सफलताको कामना गरौ । आफ्नो टोल सफा गरौं भन्ने नाराका साथ स्थानीय टोललाई सफा र सभ्य बनाउने उद्देस्यले बु.न.पा का मेयर उद्दव खेरेलले सार्वजनिक आह्वान गरेका छन् । सोही अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सबै वडाहरुमा बिभिद सरसफाईका कार्यक्रमहरु र बेलुका दीप प्रज्वलनका कार्यक्रमहरु आयोजना गरि संविधान दिवस मनाईएको थियो । नगरपालिकाको १३ वटै वडाका जनप्रतिनिधिहरु मार्फत नगरपालिका भरी रहेका स्थानिय संस्था, बिद्यालय, सहकारी संस्था, पेसागत समूह, महिला समूह, राजनितिक दल लागायत विभिन्न क्षेत्र सगँ आवद्ध रहेका ब्यक्तिहरु स्वस्वफुर्त रुपमा सहभागि भएका थियो । कार्यक्रमलाई समापन गर्दै जगडोल रेसिडेन्ट ग्रुपका अध्यक्ष राजेश पौडेलले संबिधानको सफलताको लागि सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका थिए ।

कालाेधनले नेपालीलाई पोल्न थाल्यो, अकुत सम्पत्ति शुद्धीकरण गराउन दैनिक ५० जना सरकारको शरणमा

काठमाडौं । अकुत सम्पति कमाएको भन्दै सम्पति शुद्धीकरण गराइदिन दैनिक ४० देखि ५० वटा निवेदन पर्ने गरेको सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताएका छन् । बुधबार नेपाल चेम्वर अफ कमर्स कार्य समिति अन्तर्गत गठित युवाहरुको समिति नेपाल युथ चेम्वरले सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक सिटौलाले भने–‘सम्पती शुद्धीकरण गराउनुपर्ने भन्दै विभागमा दैनिक ४० देखि ५० वटा निवेदन पर्ने गरेको छ ।’ सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण आवश्यक रहेको उनले बताए । अकुत सम्पत्ति कमाउनेहरुलाई आफ्नै धनले पोलिरहेको उल्लेख गर्दै उनले भने ‘वदमासी नगरी मेहनतबाट जतिसुकै सम्पत्ति कमाए पनि त्यो बैध हुन्छ, डराउनु पर्दैन ।’ अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यवहारिक तरिकाबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । यस विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको खाँंचो पनि उनले औंल्याए । आतंकबादी क्रियाकलापमा वित्तीय लगानी कुनै पनि हालतमा हुनै दिन नहुनेमा उनले विशेष जोड दिए । नेपाल राष्ट वैंक वित्तीय जानकारी एकाईका निर्देशक रामु पौडेलले अन्तराष्टिय मूल्य मान्यतामा आधारित रहेर आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल राष्ट वैंकका उप निर्देशक हरिकुमार नेपाल र सम्पति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानले दुई छुटाछुटै विषयमा कार्यपत्र प्रस्तुत गरे । नेपाल युथ चेम्वरका सदस्य एवं कार्यक्रम संयोजक आरती राज्यलक्ष्मी राणाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिन् । कार्यक्रममा चेम्वरका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, युवा उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको नेपाल चेम्बर अफ कमर्सले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।