सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको विजेता घोषित
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको दोस्रो साताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा प्रेम बहादुर आले मगर, ललिता राई, लोक राज शर्मा, राम प्रीत केवत्, शोभा थापा मगर्, अनुजा भट्टराई, समझना ढकाल, सुनिता महर्जन छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा चिरा कुमारी शर्मा छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दूबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।
रिडी हाइड्रोपावरको साधारणसभा कात्तिक १० गते, कहिले हुँदै छ बुक क्लोज ?
काठमाडौं । रिडी हाइड्रोपावरको १६ औँ वार्षिक साधारणसभा आगामी कात्तिक १० गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले असोज ३० गते कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ । उक्त साधारणसभा सम्बन्धि निर्णय कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
धवलागिरिका ५२ सहकारी खारेज
बागलुङ । पछिल्लो एघार वर्षको अवधिमा धवलागिरि अञ्चलका ५२ वटा सहकारी संस्था खारेजीमा परेका छन् । खारेज हुने सहकारीमा २४ वटा बागलुङका छन् । कारोबार नगरी निष्क्रिय रहेका सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालयले जनाएको छ । सहकारी ऐन २०४८ मा कारोबार नगर्ने, वित्तीय विवरण नबुझाउने, लेखापरीक्षण नगर्ने सहकारी खारेज हुने व्यवस्था छ । बागलुङपछि सबै भन्दा धेरै पवर्तका २० सहकारी खारेज भएका छन् । म्याग्दीका सात र मुस्ताङको एउटा मात्र सहकारी खारेज भएको छ । न्यूनतम दुई वर्षभन्दा बढी सयम निष्क्रिय रहेका सहकारी संस्था खारेजीको प्रक्रियामा जाने कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताए । खारेज भएका सहकारीमा अधिकांश चार वर्षदेखि निष्क्रिय अवस्थामा रहेको उनको भनाइ छ । आर्थिक वर्ष २०६२/६३ देखि २०७३/७४ सम्मको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०६५/६६ मा सातवटा सहकारी खारेज भएका छन् । उक्त कार्यालयको आँकडाअनुसार वर्षेनी पाँच/सातवटा सहकारी संस्था खारेज हुँदै आएका छन् । पछिल्लो एक दशकमा १४ वटा बचत तथा ऋण, १८ बहुउद्देश्यीय, तीन कृषि, १० दुग्ध, तीन उपभोक्ता, एक विद्युत्, एक डिजेल मिल, एक जडीबुटी र एक जिल्ला संघ खारेज भएको जनाइएको छ । कमजोर व्यवस्थापन भएका, क्षमता बढाउन नसक्ने सहकारी बन्द अवस्थामा पुगी खोरजीमा पर्ने गरेका हुन् । संख्याको तुलनामा गुणात्मक विकास गर्न नसकेको आरोप पनि सहकारी संस्थालाई लाग्ने गरेको छ । एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर धवलागिरि अञ्चलमा पनि सहकारीबीच एकीकरण भइरहेको छ । हालसम्म अञ्चलका १४ वटा सहकारी एकीकरण भएको कार्यालयले जनाएको छ । सवल र सक्षम संस्था निर्माण गर्न, संस्थालाई पूँजी, भौतिक तथा मानवीय संशोधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघ/संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुँदै आएका हुन् । यस अञ्चलमा एक हजार ६१ वटा सहकारी दर्ता छन् ।
उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि, दशैंमा २०-२१ लाख यात्रु बाहिरिने अनुमान
काठमाडौं । नेपालीको महान चाड बडादशैं नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो । यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन् । घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरे पनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको बताए । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिए । “बाटोको दुरावस्था र वर्षाका कारण योवर्ष नयाँ सवारीसाधन नथपे पनि हामीले यात्रुलाई सेवा दिन पछाडि परेका छैनौँ,”-उनले भने । यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ । १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र पाँच/छ लाख यात्रु निजी बसमा दशैँ मान्न घर जाने गरेका विभागका प्रवक्ता डा टोकराज पाण्डेले बताए । रासस
पुँजीबजारमा उत्पादनशील क्षेत्रलाई प्रवेश गराइने
काठमाडौं । अर्थराज्यमन्त्री उदयशम्सेर राणाले पूँजीबजारमा उत्पादनशील क्षेत्रको प्रवेशलाई प्रोत्साहन गरिने बताएका छन् । लगानीकर्ताको जोखिम ब्यवस्थापनको लागि पनि उत्पादनशील क्षेत्र पूँजीबजारमा आउनु पर्ने उनको भनाई छ । राज्यमन्त्री राणाले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलसंगको भेटमा बास्तविक क्षेत्रको प्रबेशपछि मात्र नै यसले देशको अर्थिक ऐनाको रुपमा काम गर्ने बताए । पूँजीबजारको दिगो बिकासका लागि लगानीकर्ताले गरेको लगानीलाई दिर्घकालनि र अल्पकालीन गरि दीर्घकालीन लगानीमा राज्यले सौलियत दिनुपर्ने ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । मन्त्रीराणाले उक्त विषय प्रति सरकारले उपयुक्त समयमा आवश्यक निर्णय लिने आश्वासन दिएका थिए । सो अबसरमा अध्यक्ष रेग्मीले पूँजीबजारको बिकासका लागि नितिगत, प्राविधिक र संरचनागत सुधारको खाँचो औल्याएका थिए । सो अवसारमा एसोसिएसनले राज्यमन्त्री राणालाई १० बुदे सुझाव पेश गरेको थियो ।
कतारकाे अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु
काठमाडौं । कतारको अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु गर्ने सम्झौता भएको छ । सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डनले र अल जमान एक्सचेन्जको तर्फबाट चिफ अपरेटिङ अफिसर जुबियार अब्दुल रहिमानले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ । यस सम्झौता पश्चात कतारमा हुने नेपालीहरुले कुनै पनि अल जमान एक्सचेन्जको ७ वटा भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
खसीबजार मेलामा १६ लाखको खसी बिक्री
नुवाकोट । दशैंलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुरकाे तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले १६ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ । हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन् । कृषि प्रधान मुलुकमा दशैँका लागि आवश्यक खसीबोकाको विकल्पमा चीनबाट आउने भेडाच्याङ्ग्रा रहेकाले तुप्चेका सहकारीले पछिल्लो पाँच वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएका छन् । खसीबजार तथा कृषिउपज मेलामा खसीपालक किसान तथा उपभोक्ताको भीड लागेको थियो । खसीबोका बिक्रीको मेलासँगै किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य सामग्रीसमेत बिक्री भएको आयोजक संस्था किसान र उपभोक्तालाई लक्षित गरी गाउँमै पालेको खसी समान मूल्यमा खरिद गरेर वडादशैँलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाएको आयोजकमध्येका साविम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिए । सहकारी संस्थाले अन्य सामग्री बिक्रीका लागि राखिने निःशुल्क कक्ष उपलब्ध गराएको मेलामा खसी बिक्रीका लागि आउने कृषकलाई सम्मानसमेत गरेको थियो । मेलामा २० किलोग्रामसम्मको खसीबोकाको प्रतिकिलोग्राम रु ३८०, २० देखि २४ केजीसम्मको प्रतिकेजी रु ४००, २५ देखि ३० केजीसम्मको प्रतिकेजी रु ४३०, ३० देखि ४० केजीसम्मको प्रतिकेजी रु ४४० र ४१ केजीभन्दा माथिको खसीबोकाको प्रतिकेजी रु ४५० मूल्य निर्धारण गरी बिक्री गरिएको थियो । खसीबजार मेलामा फिकुरीका किसान विष्णु देवकोटाले आफूले खसीबोका मेलामा २० वटा खसी बिक्री गरेको जानकारी दिँदै मेलाका कारण आफूले खसी बिक्रीका लागि अन्यत्र बजार खोज्नु नपरेको बताए । रासस
सानिमा बैंकको वार्षिक साधारणसभा असोज २९ गते, १६ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सानिमा बैंकको १३ औ वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । बैंकले गत आवमा गरको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पछि कम्पनीको पूँजी ९ अर्ब २८ करोड रुपैयाँ नाघ्ने बैंकले जनाएको छ ।