विकासन्युज

लक्ष्मी ग्रुपले पार गर्यो ४४ वर्ष, सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना

काठमाडौं । लक्ष्मी ग्रुपले स्थापना भएको ४४वर्ष पुरा गरेको छ । उक्त अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमहरुको आयोजना गरेको थियो । लक्ष्मी ग्रुपले आफनो प्रधानकार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा “रक्तदान जीवन दान”भन्ने मुलनारालाई सार्थक गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जसमापोखरा स्थित कार्यालयमा १०७तथा काठमाडौंमा स्थित कार्यालयमा ६९ गरि कुल १७६जनाले रत्तदान गरेका थिए ।  त्यस्तै, लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि द्धारा बुढानिलकण्ठ तथा भद्रकाली मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । साथै, नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजीसीपी नेपालका बालबालिकालाई स्कुल व्याग प्रदान गर्नुका साथै जादुगिरी कार्यक्रम तथा विभिन्नखेलहरुको आयोजना गरेको थियो । एसजीसीपी नेपाल पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवन स्तर उकासनकालागि योगदान कार्यमा संलग्न संस्था हो । साथै लक्ष्मीगु्रपद्धारा सो संस्थाको नाममा १५ लाखरुपैयाँको आर्थिक सहयोग पनि गरिएको ग्रुपले जनाएको छ । यसका साथै ग्रुपका अन्यभातृ संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जयाप्याकेजिङ्ग प्रा. लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि., र जयमाँ इन्टरकिन्टनेन्टल प्रा.लि., आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । सुजल फुड्सद्धारा नक्साल स्थित बालमन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो । त्यसैगरी, सुजल डेरी प्रा.लि द्धारा कपनस्थित बाल बिकास स्कुलका बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरिएको थियो । साथै, सुजल डेरी प्रा.लि.द्धाराहर्ट बीट चाइल्ड केयर संस्थाका बिधार्थीहरुलाई दुग्धजन्य परिकारहरु वितरण गरिएको थियो । यसै सन्र्दभमा यस पटक आफनो बिशेषकार्यक्रममा लक्ष्मी गु्रप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र विन्धयावाशिनी धार्मीक क्षेत्र बिकास समितिबिच लिफट निर्माण गर्नेको लागी सम्भौतापत्रमा हस्ताक्षर गरियो । हस्ताक्षर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिकोतर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठर विन्ध्यवासीनी धार्मीक क्षेत्र विकास समितिको तर्फवाट उपाध्यक्ष पवित्र राज रेग्मीबाट गरिएको थियो । त्यसरी नै पोखरेली सास्कृतिक परिवारलाई यस ग्रुपकाकार्यकारी निर्देशक सुनिल श्रेष्ठले पोखरेली सास्कृतिक परिवारको अध्यक्ष दिपक समितलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । साथसाथै, यस लक्ष्मी ग्रुपमा आवद्व लामो समयसम्म कार्यरत कर्मचारीहरु क्रमश प्रल्हादभक्तका यस्थ, टिकाराम वस्ताकोटी, सुकदेव गिरी र भुवनप्रसाद आचार्यलाई क्रमश २५ बर्ष र १५ वर्ष काम गरेकोमा सम्मानित गरिएको कम्पनीले जनाएको छ । विगत ४४वर्ष जस्तै आगामी वर्षहरुमा पनि लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो, दैनिक उत्पादन जम्मा ८० मेगावाट

पर्वत । मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको वहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ । पानीको वहाव घटेपछि उत्पादन पनि कम हुँदै गएको आयोजना प्रमुख राजेश पाण्डेले जानकारी दिए । “हिउँदमा प्रायःगरी उत्पादन घट्ने भए पनि यस पटक ५५ प्रतिशतभन्दा पनि बढी घटेको छ” उनले भने, “वर्षायाम जस्तो फुल फेजको प्रोडक्सन भएको छैन ।” पाण्डेले कालीगण्डकी मात्र नभई अन्य सहायक नदी र मूल सबैमा पानी घटेकाले असर परेको बताए । उक्त आयोजनामा वर्षायाममा तीन वटै टर्बाइनबाट विद्युत् उत्पादन हुने र तर अहिले एउटा मात्र टर्बाइनबाट विद्युत् उत्पादन हुने गरेको छ । पानीको सतह कम हुँदा हिउँदमा दुई टवाईन बन्द हुने गरेका छन् । “नदीमा पानीको स्तर दिनदिनै घटेको छ,’ उनले भने, “गएका वर्षभन्दा योपल्ट नदीको वहाव अझै बढी मात्रामा घटेको हो ।” बिहान–बेलुकी पानी सञ्चित गरी पूर्णस्तरमा नै विद्युत् उत्पादनको प्रयास भए पनि दिउँसोको उत्पादन ८० मेगावाटमा झरेको छ । यस पटक गत असोज अन्तिमदेखि नै कालीगण्डकी नदीको वहाव क्रमिक रूपमा घटदै गएको छ । गत असोजदेखि वर्षा पनि नभएकाले गत वर्षभन्दा पानीको बहाब घटेको आयोजनाले जनाएको छ । यस्तै पर्वत जिल्लाका अन्य जलविद्युत् केन्द्रमा पनि विद्युत् उत्पादन घटेको छ । चौध दशमलब आठ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदीखोला–१ र एक मेगावाटको पातीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन झण्डै ५० प्रतिशतले कमी आएको आयोजनाहरुले जनाएका छन् । रासस

सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जबीचकाे सहकार्यमा दुबईबाट रेमिटेन्स सेवा शुरू

काठमाडाैं । दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौता भएको छ । यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान  एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले  हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अन्तर्गत दुबईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सक्नेछन् । यो सम्झौता पत्रमा दस्तखत गर्दै  ओसामा अल् रह्माले सिटी एक्स्प्रेससँग सम्झौता भएकोमा ज्यादै खुशी लागेको ब्यक्त गर्दै आगामी दिनमा नेपालमा रेमिटेन्स  पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मज्बुद हुँदै जाने बताएका छन्। साथै, सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने बताएका छन् । सिटी एक्स्प्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत ११ वर्ष देखि रेमिटान्स सेवा दिँदै आइरहेको छ ।  

टेलिकमले ल्यायो ‘विन्टर अफर’, पुस ७ गतेदेखि लागू हुने

काठमाडौं । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर भोलि (पुस ७ गते) देखि लागू हुनेछ । सो अफर आगामी माघ २१ गतेसम्म कायम रहनेछ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ । १.  विन्टर अल टाइम डाटा प्याक  जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । त्यसैगरी, ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।   यो प्याक लिनका लागि डब्लुआईएन२५एमबी, डब्लुआईएन१५०एमबी, डब्लुआईएन५००एमबी लेखेर १४१५ मा एसएमएस  पठाउनु पर्छ । २. विन्टर नाइट डाटा प्याकजिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । बोनसको रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने छ । विन्टर नाइट डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । त्यसैगरी ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।  यो प्याक लिनका लागि डब्लुएन१२०एमबी, डब्लुएन७००एमबी वा डब्लुएन१६००एमबी लेखेर १४१५ मा एसएमएस  पठाउनु पर्छ । ३. विन्टर फेसबुक/इन्स्टाग्राम प्याक जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक  प्रयोग गर्न सकिन्छ । विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । त्यसैगरी, ६० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।  कम्पनीका अनुसार यो प्याक लिनका लागि डब्लुएफ५०एमबी, डब्लुएफ२७५एमबी, डब्लुएफ६००एमबी लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने छ । ४. एसएमएस प्याक  जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिन्छ । यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र गरी ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने छ । एसएमएस प्याक लिनका लागि एसएमएस१०० लेखेर १४१५ मा एसएमएस  पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

ओलीको उदयसँगै मोतिहारी-रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन अन्यौलमा

काठमाडौं । एमाले र माओवादी केन्द्र सम्मिलित बामपन्थी गठबन्धनले सुबिधाजनक बहुमत ल्याएर सरकार गठन गर्ने वातावरण बनेसँगै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन अन्यौलमा परेको छ । पाइपलाइन सम्झौतामा उल्लेख गरिएको १५ बर्षसम्म इण्डियन आयल कर्पाेरेशनसँगै इन्धन खरिद गर्नुपर्ने व्यवस्थाका कारण सम्झौता नै अन्योलमा पर्ने देखिएको हो । एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ गते नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमबाटै १५ बर्षसम्म नेपालको पेट्रोलियम व्यापारमा भारतीय एकाधिकार हुनेगरि अघि बढेको पाइप लाइन सम्झौता नमान्ने बताएका थिए । उनले त्यस्तो सम्झौता संसोधन गर्ने वा खारेज गर्ने धारणा राखेका थिए । अब ओली प्रधानमन्त्री बन्दैछन र उनले सो सम्झौतामा रहेको १५ बर्षसम्म इन्धन खरिद गर्नुपर्ने व्यवस्था संसोधन गराउनुपर्ने हुन्छ । २५ बर्षसम्म नेपालले भारतसँग मात्रै इन्धन खरिद गर्नुपर्ने अडान लिएको इण्डियन आयल कर्पाेरेशन बल्लतल्ल १५ बर्षमा झरेको थियो । सो समय अवधी समेत घटाउने गरि नयाँ प्रस्ताव अघि बढेपछि पाइपलाइन सम्झौता नै संकटमा पर्नेछ । पाइपलाइन सम्झौतामा भएका कतिपय विषय मुलुकहितमा नभएको बताउदै उनले सकेसम्म सच्याउने र नभए सम्झौता खारेज गर्ने जानकारी दिएका हुन् । ‘मलाई त्यस्तो सम्झौता भएको छ जस्तो लाग्दैन, त्यस्तोे सम्झौता भएकै हो भने हामीलाई मान्य हुन्न, हामी नाका बन्दी लगाउँदा पनि नलाग्ने गरि देश बनाउन चाहान्छौं, आफ्नै घाँटीमा पासो लगाउने काम गर्दैनौं, त्यस्ता सम्झौता सच्याइन्छ’, ओलीले भनेका थिए । ओली प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा नेपालको कुल मागको ३३ प्रतिशत इन्धन चीनसँग खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । यथास्थितीमा पेट्रोलियम पाइपलाईन निर्माण सम्पन्न भएमा भारतले जुनसुकै समयमा फेरी पनि नेपालमा पेट्रोलियम पदार्थको अभाव सृजना गर्न सक्ने आशंका ओलीले व्यक्त गरेका हुन् । नेपाल र भारतबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ३९ किलोमिटर पाइपलाइन नेपाल भूभागमा निर्माण गरिनेछ भने दुई किलोमिटर भारतीय भूमिमा पर्नेछ । निर्माण आरम्भ भएको ३० महिनामा पाइपलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कुल ४ अर्ब ४० करोड नेपाली रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि नेपालले एक अर्ब २० करोड र भारतले ३ अर्ब २० करोड लगानी गर्नेछन् । पाइपलाइनले पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत आयात गर्नेछ भने हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत आयात गर्नेछ । तर नेपालले आगामी १५ वर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नुपर्नेछ । आयल निगमले पनि सरकारको निर्णय र निर्देशन बमोजिम नै अघि बढ्ने स्पष्ट पारेको छ । ‘आयल निगम भनेको सरकारको एउटा निकाय हो, सरकारले लिने निर्णय अनुसार नै हामी अघि बढ्ने हो, सरकारले जे गर भन्छ त्यहि गर्छाै, पाइपलाइन सम्झौता संसोधन गर्नुपर्छ भन्ने सरकारको निर्देशन आयो भने हामी प्रक्रिया अघि बढाउँछौं’, नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले भने । हाल पाइपलाईन निर्माणको कार्य आरम्भ भैसकेको छ भने पाइप ल्याउन काम समेत अघि बढिसकेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको थप दुई शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले थप दुई शाखा कालिकोट र दैलेखमा विस्तार गरेको छ । बैंकले आफ्नो ६२औं शाखा कालिकोटको नाग्ममा र ६३औं शाखा दैलेखको डाबमा विस्तार गरेको हो । यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा यस बैंकको चार वटा शाखा पुगेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उदेश्य रहेको छ । बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ ।

नयाँ कम्पनीले हायरपर्चेज कर्जा सुविधा नपाउने

  काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा बन्द गरेको छ । यसअघि राष्ट्र बैंकले ८ वटा कम्पनीलाई हायर पर्चेज कर्जा प्रवाह सुविधा दिएको थियो ।   केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन दिने कार्य स्थगन गरिएको जनाएको छ । राष्ट्र बैंकले २०७० सालमा सवारी साधान बिक्री गर्ने कम्पनीहरुको लागि सहायक कम्पनी खोलेर हायर पर्चेज कर्जा प्रवाह गर्न पाउने अधिकार दिएको थियो । हाल सवारी साधान बिक्रीमा अगुवाई गरेका ठूला अटोमावाईल्स कम्पनीहरुले सहायक कम्पनी खोलेर ग्राहकलाई सवारी किन्न कर्जा सुविधा दिदै आएका छन् ।  

सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुन्छ : ओली

शेयरबजारका समस्या राख्दै धितोपत्र दलाल संघ सञ्चालक शितल कोइराला भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुँजी बजार तहसनहस हुन्छ भनेर नियोजित ढंगले शेयर बजारलाई ओरालो लगाइएको बताएका छन् । आगामी सरकार गठन भएपछि पुंजी बजारको आतंक समाप्त भएर व्यवस्थित ढंगले अगाडि बढाइने ओलीले बताएका छन् । बधाइ दिन पुगेका नेपाल धितोपत्र दलाल संघको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ सरकार बनेपछि आर्थिक संकटको समाधान हुने बताएका छन् । ‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजेका हुन्’ ओलीले भने ‘तर हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ ।’ ओलीले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप लगाएका छन् । ओलीले धितोपत्र दलाल व्यावसायी संघ सञ्चालकहरुलाई भने ‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धमल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।’ सञ्चार उद्यमीहरुको टोलीलाई अध्यक्ष ओलीले दलीय सहमतीबाट तयार गरिएको राष्ट्रिय सभागठन सम्बन्धि प्रस्ताव सरकारले स्थानीय तहको निर्वाचन पछि संसदमा पेश नगरेको बताए । ‘नियतबश त्यो प्रस्ताव सरकारले बेला छउन्जेल अगाडि बढाएन अहिले आफ्नो अनुकुल बनाएर अध्यादेशको रुपमा राष्ट्रपतिकँहा पुर्याएको छ ’ ओलीले भने ‘राष्ट्रपतिलाई अकारण विवादमा तान्ने प्रयास स्वरुप यो भइरहेको छ । ’