सबै तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी, चैत १ गतेदेखि एनआईडीसीलाई गाभ्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा शाखा सञ्जाल पुयाउने भएको छ । बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा रहेको र जनशक्ति आपूर्ति हुनासाथ ती शाखा तुरुन्त सञ्चालनमा आउने जनाएको छ । राज्यको पुनःसंरचनापछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन सबै वाणिज्य बैंकहरुलाई निर्देशन र जिम्मेवारी दिइसकेको छ । समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक नयाँ संविधानअनुसार संघीय संरचनामा गइसकेकाले संघीय संरचनाअनुसार बैंकहरु रुपान्तरण भई सेवा विस्तार गर्नुपर्ने सुझाव दिए। सरकारी स्वामित्वको बैंक भएकाले सरकारका आर्थिक विकासका क्रियाकलापमा सहयोग पु¥याउनु यसको कर्तव्य भएको धारणा व्यक्त गर्दै उनले बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। मन्त्री कार्कीले भन्नुभयो, “मुलुकको दिगो आर्थिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ ।” स्थापनाकालदेखि नै वाणिज्य बैंकले ग्रामीणदेखि सहरी क्षेत्रसम्म बैंकिङ सेवा प्रवाह गरी जनताको अपार विश्वास जितेको प्रसंग उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले विगतका कार्यको समीक्षा गरी वित्तिय क्षेत्रमा अझ प्रतिष्पर्धी हुनु आवश्यक रहेको बताए । मन्त्री कार्कीले संविधानमार्फत विभिन्न तहका निर्वाचन सम्पन्न गरी मुलुकमा राजनीतिक स्थायित्व कायम हँदैगएको र द्रुत विकास अबको लक्ष्य हो भने। विसं २०२२ माघ १० गते स्थापना भएको बैंक हाल ६९ जिल्लामा १८० शाखा कार्यालय, १३० एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ९२ स्थानमा शाखारहित बैंकिङ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ । बैंकले विसं २०७५ असारसम्म थप ४५ शाखा कार्यालय, ७० एटिएम र २० स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । समारोहमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र वाणिज्य बैंकहरुका शाखा रहेको बताउँदै सरकारले जनतालाई दिने सेवा सहजतका लागि पनि सबै नेपालीको बैंक खाता हुनुपर्ने धारणा व्यक्त गरे । मुलुकभर हाल १४९ बैंक तथा वित्तिय संस्थाका ५ हजार २६७ शाखा रहेको बताउँदै उनले बैंक तथा वित्तिय सुधारका लागि हालसम्म १५८ बैंक तथा वित्तिय संस्थालाई ४० संख्यामा मर्जर गरिएको जानकारी गराए। समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ हजार १६५ कर्मचारीबाट ग्राहकको चाहनाबमोजिम वित्तिय सेवा प्रदान गर्न प्रयत्न गरिरहेको यस बैंकले अपेक्षा गरेअनुसार ग्राहको विश्वास आर्जन गरिरहेको बताए। विसं २०७४ पुस मसान्तसम्म १ खर्ब ४९ अर्ब र १ खर्ब १० अर्ब रुपैयाँ पुगेको जानकारी गराउँदै यो वर्ष मात्र बैंकभित्र करिब ५०० नयाँ कर्मचारी भित्र्याइएको र ५७१ कर्मचारी विज्ञापन भई भर्ना प्रक्रियामा रहेको बताए। बैंकका ३० लाखभन्दा बढी ग्राहक छन् । बैंकले विसं २०७४ पुससम्म २ अर्ब ७४ करोड रुपैयाँ अनुदानसहितको कृषि कर्जा र १७ करोड भूकम्पपीडित कर्जा प्रदान गरिसकेको छ । एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा मर्जरको प्रक्रियाअन्तर्गत यही माघ २० गते विशेष साधारणसभा आह्वान गरिएको र चैतबाट एकीकृत कारोबार गर्ने लक्ष्य रहेको छ । रासस
काठमाडौं महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान
काठमाडौं काठमाडौँ महानगरपालिका वडा नम्बर१० का विभिन्न स्थानमा बुधबारदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरे। वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो । कामपाको वडा नं १० मैतीदेवी सेतोपुलदेखि शङ्खमुलसम्मलाई लिइन्छ भने वडा कार्यालय रत्नराज्य विद्यालय नजिक रहेको छ ।सो अवसरमा कामपाका प्रमुख शाक्यले सुरक्षाको दृष्टिकोणले सिसी क्यामेरा अत्यन्तै आवश्यक रहेको भन्दै निकट भविश्यमै कामपाको सबै स्थानमा क्यामेरा जडान गर्ने बताए । एक महिनाअघि जडान गरी केहीलाई परीक्षणका रुपमा राख्दा अत्यन्तै उपयोगी पाइएपछि आजदेखि पूर्ण रुपमा प्रयोगमा ल्याइएको वडाका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । वडाध्यक्ष केसीले वडाका चार स्थानमा निःशुल्क वाइफाईको पनि व्यवस्था गरिएको र अन्य केही स्थानमा पनि राख्ने तयारी भइरहेको जानकारी दिए । सिसी क्यामरा जडानपछि विशेषगरी रातिको समयमा घट्ने विभिन्न किसिमका चोरी, सडक दुर्घटना, महिलामाथि हुने नकारात्मक व्यवहार जस्ता घटनामा कमी आउने विश्वास वडा कार्यालयले लिएको छ । यस्ता घटनामा कमी आए अन्य स्थानमा पनि सिसी क्यामेरा जडान गरिने बताइएको छ । रासस
क्रिकेटर शरद भेषवाकरद्धारा राईजिङ पोखरा एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरद्धारा पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवम् वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री बुधबार एक समारोहका बीच भेष्वाकारले हस्तान्तरण गरे । भेषवाकर वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध छन् । क्रिकेट एकेडेमीमा करीव ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमीको स्थापना एक बर्ष अगाडि भएको हो । वृज सिमेन्ट केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । सिमेन्ट उद्योग भैरहवा–लुम्विनीमा छ । उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ ।
सरकारले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख अनुदान दिने
काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेकालाई बृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ७० वर्षदेखि दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई ५ वर्ष घटाएर ६५ वर्षमा झर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । सरकारले मासिक २ हजार रुपैयाँका दरले वृद्ध भक्ता दिदै आएको छ । बैठकले भुकम्प पीडितलाई घर बनाउन थप १ लाख रुपैयाँ अनुदान थप्ने निर्णय गरेको छ । हाल ३ लाख रुपैयाँ अनुदान पाएका भूकम्प पीडितले अब ४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । सरकारले दलित तथा विपन्न समूहका व्यक्तिले निजी व्यवसायवा कम्पनी दर्तामा सहुलियत दिने भएको छ । १ करोड पूँजीसम्मको ब्यवसाय गर्न चाहनेलाई निस्शुल्क तथा सो भन्दा बढी पूँजीको ब्यवसाय वा कम्पनी दर्तामा ५० प्रतिशत मात्र शुल्क लिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए । सरकारको यो निर्णयले सामाजिक सुरक्षा खर्च बढाउने भएको छ । सरकारले यो वर्ष ४५ अर्ब रुपैयाँ बढी सामाजिक सुरक्षा भक्ता वितरण गर्र्दै छ । ६५ वर्ष पुग्न साथ पाउने भएकाले जेष्ठ नागरिक थप हुन भक्ता लिनेको संख्या बढेर राज्यको दाइत्वमा समेत थप असर गर्ने छ । सुरुमा ७५ वर्षका लागि वृद्ध भक्ता दिने निर्णय गरेकोमा पछि घटाएर ७० र अहिले ६५ वर्षमा झरेको छ । यस्तै सरकारले भूकम्प पीडितलाई घर बनाउन पहिला २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेकोमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले १ लाख बढाएर ३ लाख पुर्याएको थिए । भुकम्प पीडितले अनुदान पाउन नसकेको गुनासो आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी १ लाख रुपैयाँ थपेका छन् । भूकम्प पीडित अनुदान बढेको र वृद्ध भक्ताको उमेर घटेकाले राज्यलाई खर्बौ रुपैयाँको आर्थिक बोझ थपिएको छ ।
माछापुच्छे बैंकद्वारा कम्बल बितरण
काठमाडौं । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडित ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ । बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिलादेखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका छन् । बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म ६४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत १३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ७९ स्थानबाट बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
एनआईबीएल क्यापिटलको निःशुल्क एसएमएस सेवा
काठमाडौं । एनआईबीएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालालाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाले आफ्नो शेयर कारोबारबाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । कम्पनीले हालसम्म १ लाख १४ हजार ९०० ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।
धितोपत्र बोर्डले रोक्यो सि-आस्वा, एक महिनापछि मात्र लागु हुने
काठमाडौं । सी-आश्वा प्रणाली एक महिनापछि मात्र कार्यन्वयनमा आउने भएको छ । धितोपत्र बोर्डले बुधबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिदै सी आश्वा प्रणाली एक महिनापछि मात्र लागु गर्न भनेको छ । बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो । सीडीएसले मंगलबारदेखि सीआस्वा लागु गरेको जानकारी गराएको थियो । बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिव २ हजार ५०० शाखाबाट नेपालभरी आस्वा लागु भैरहेकोमा ती संस्थाका शाखाहरुलाई सि—आस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले बताएको छ । यस्तै लगानीकर्तालाई सि—आस्वा रजिष्ट्रशन नम्बर प्राप्त गर्ने समय दिनुपर्ने व्यवहारिक पक्ष तथा लगानीकर्ता, आस्वा सदस्यतथा अन्य सम्बन्धित सरोकारवालाको गुनासालाई समेत दृष्टिगत गरी अनिवार्य रुपमा यस प्रणाली मार्फत दरखास्त दिन एक महिनाको समय उपलब्ध गराउन बोर्डले सीडीएसलाई भनेको छ । सी आस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने छ । सि आस्वामार्फात प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ । हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि आश्वाको सदस्यता लिएका छन् । सीडीएसले तुरुन्तै सि आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ । सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ ।
एक महिना भित्रै धरहराको ग्लोबल टेण्डर, काँचको पर्दामा लडेको धरहरा
काठमाडौं । आगामी एक महिनाभित्रै धरहराको ग्लोबल टेण्डर निस्कने भएको छ । धरहरा निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी एक महिनाभित्रै धरहराको निर्माणको टेण्डर आव्हान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । ‘डिजाइन अन्तिम चरणमा पुगेको छ, एक महिनाभित्रै ग्लोबल टेण्डर आव्हान गर्छाै’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले विकासन्युजसँग भने । धरहराको निर्माण लागत करिब ३ अर्ब हुने प्रक्षेपण गरिएको छ । आगामी २ बर्षभित्र धरहराको निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । नेपाल टेलिकमले धरहरा निर्माण प्रक्रियाबाट हात झिक्ने निर्णय गरेसँगै सरकारले प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । प्राधिकरणले पुरातत्व विभागको अगुवाईमा तयार पारेको डिजाइन तयार गरिरहेको छ । नयाँ धरहरामा टक्सार जमिन नपर्ने पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरि २८ रोपनीमा निर्माण हुनेछ । टक्सार विभागको १२ रोपनी जमिन भने धरहरामा नसमेटिने भएको हो । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ । ११ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । सुुन्धारा क्षेत्रलाई पुननिर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा सामान्य कफि सप, लाईब्रेरी जस्ता व्यवसाय भने सञ्चालन हुनेछन् । ढलेको धरहरा काँचको पर्दामा प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने योजना बनाएको छ । त्यसमा सर्वसाधारणले भित्रै प्रवेश गरेर हेर्न भने सक्नेछन् । मैँ बनाउँछु धरहरालाई ९ करोड तत्कालिन केपी ओली सरकारले सुरु गरेको मैँ बनाउँछु धरहरा अभियानमा हालसम्म ९ करोड रुपैयाँ संकलन भएको छ । त्यस बाहेक नेपाल टेलिकमले पुर्व प्रतिवद्धता अनुसार उपलब्ध गराउने एक अर्ब रुपैंयाँ पनि धरहरा निर्माणमा खर्च गरिनेछ ।