वर्ल्ड मर्चेन्ट बैंकिङ्गको फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज
काठमाडौं । वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको आगामी फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज हुने भएको छ । फाइनान्सले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि फागुन १९ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी फागुन १९ गते कम्पनीको १५औँ वार्षिक साधारणसभामा जाँदै छ ।
अर्बौ वक्यौता नबुझाउने ११९ जनाकाे ३ पुस्ते सार्वजनिक, पूर्व प्रधानमन्त्रीदेखि शक्तिशाली सासंद र व्यापारीका सन्तान ताकेतामा
काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको छ । घरमै चिठी लेखेर पठाउँदा पनि प्रतिक्रिया नआएपछि, महालेखाले बुधबार वक्यौता नतिर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिन भित्र बाँकी रकम तिर्न अल्टिमेटम दिएको छ । महालेखाले सार्वजनिक गरेकाे ११९ जनाकाे विवरणामा राणा प्रधानमन्त्री भीमशम्शेर र पद्मशम्शेरका परिवार पनि रहेका छन् । होटल मल्लका प्रवन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले जनाएको छ । ‘विसं २०४० सालभन्दा अघि घरेलु उद्योग लगायत विभिन्न शिर्षकमा रकम लिएर अहिलेसम्म बुझाउन नआउनेमा निजामति कर्मचारी, ठेकेदार र क्यासिनो र होटल व्यवसायी रहेका छन् । पुरानो रकम भुत्तानी गर्न नआएपछि तीन पुस्ते विवरण जारी गरेका छौं ’ कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यलयका प्रमुख जीवनप्रकाश महोत्राले भने् – “हामीले यसअघि घरमै पत्र काटेर पठाएका थियौ । तर कुनै प्रतिक्रिया आएन, त्यसैले तीन पुस्ते विवरण प्रकाशित गरेका छौ ।” यो २०४० अघिको विषय भएकाले ऋण लैजाने मध्ये कतिपयको मृत्यु समेत भइसकेको छ । महालेखाले व्यक्तिलाई नभेटेपछि मालपोत कार्यलयमा पत्र काटेका छ । यदि सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र पनि बाँकी सरकारी रकम नबुझाए प्रक्रियाबाटै व्यक्तिको नाममा रहेको जग्गा लिलामी गरेर रकम उठाउँने महोत्राले बताए । सबैभन्दा बढी सरकारी वक्यौता तिर्न बाँकी नेपाल रिक्रेशन सेन्टर प्रालि रहेको छ । महालेखाले सेन्टरका प्रवन्ध निर्देशक राकेश वाधवाको ३ पुस्ते विवरण सार्वजनिक गरेको छ । वाधवाको कम्पनी नेपाल रिक्रेशनले ५७ करोड ३४ लाख रुपैयाँ वक्यौता तिर्न बाँकी छ । नतिर्नेहरुमा होटल मल्ल देखि अन्नपुर्ण इन्टरनेश्नल प्राली समेत रहेका छन् । होटल मल्लले ८ करोड रुपैंया तिर्न बाँकी रहेको छ । अन्नपुर्ण प्रालीले करिब १३ करोड ऋण रकम तिर्न बाँकी रहेको छ । टेक्सना रिसोर्स कम्पनीले ११ करोड ७३ लाख, नेपाल रिक्रेसन सेन्टर आरडी टटलले १ करोड ८४ लाख, खुम्बु कन्ट्रक्सन कम्पनीको ४ करोड ३० लाख, ह्यापी हावर प्रालिका सञ्चालक गोकर्ण लामिछानेले ६ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी छ । महालेखाले वर्षको एक पटक यस्तो सूचना सार्वजनिक गर्दै आएको छ । यसबाट वार्षिक ९० लाख देखि ८० लाखसम्म बक्यौता रकम उठ्दै आएको महालेखाका सहायक सूचना अधिकृत सुर्यमणी गौतमले बताए । महाशाखाले व्यक्तिले बुझाउनु पर्ने सरकारी बाँकी, कम साँवा र सोमा लाग्ने वार्षिक १० प्रतिशतका दरले ब्याज समावेस गरी बुझाउन अनुरोध गरेको छ । महालेखाको अनुसार ऋण नर्तिनेहरुमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो रहेका छन् । यिनीहरुबाट सरकारले अबौं रकम उठाउँन बाँकी रहेको छ । ११९ जनाबाट १ अर्ब १७ कराेड रूपैंया भन्दा बढी असुल गर्नुपर्ने देखिएकाे महालेखाले जनाएकाे छ । यस्तो छ ११९ जनाको तीन पुस्ते विवरण
वीरगञ्ज नाका हुँदै सात महिनामा ४३ अर्बको इन्धन भित्रियो
पर्सा । चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवमा रु १० अर्ब १५ करोड ३२ लाख मूल्यको एक लाख २३ हजार १५५ किलोलिटर इन्धन र २२ हजार ६९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दियालगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको सात महिनामा रु नौ अर्ब ५९ करोड १२ लाख राजस्व संकलन गरेको छ ।-रासस
रावाबेशी गाँउपालिकामा आँपमा लाग्ने कीरा रोकथाम बिधि अपनाउदै नास्ट
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले खोटाङ जिल्लाको रावाबेशी गाँउपालिकास्थित विभिन्न वडाहरुका आँपमा लागेको किराहरुको रोकथाम विधिका प्रयोग गर्ने तयारी गरिरहेको बताएको छ । नास्ट अन्तर्गत विज्ञान संकायद्वारा उक्त गाउँपालिकामा सञ्चालन गरिएको आँपको कोयामा लाग्ने कीराहरुको रोकथाम विषय सम्बन्धि फागुन पहिलाे हप्ता भएकाे ३ दिने व्यबहारिक तथा सैदान्तिक तालिमको क्रममा नास्टका उपकुलपति प्राडा जिवराज पोखरेलले नास्ट तथा अन्य ठाउँका वैज्ञानिक, विज्ञ, तथा प्राध्यापक मिलेर किराको रोकथाम बिधिलाई प्रयोग गर्ने बताए । त्यसक्रममा किरा सम्बन्धि समस्याको अवलोकन तथा अनुसन्धान हुने उनको भनाइ छ । नास्टका अनुसार कार्यक्रममा स्थानीय गाँउपालिकाका अध्यक्ष लिलानथ निरौलाले कृषि छेत्रको विकासको लागि नास्टलाई सहयोग प्रतिवद्धता गरेका छन् । सो गाँउपालिकामा सय जनाभन्दा बढी संख्याले आँपमा लाग्ने किरा सम्बन्धि तालिम प्राप्त गरेको नास्टले जनाएको छ ।
१ अर्ब ७० करोडको म्यूचल फण्ड बजारमा आउँदै, सबै बिक्री होला ?
काठमाडौं । लगानीकर्ताको आर्कषण घटेका बेला २ बैंकले १ अर्ब ७० करोड रुपैयाँ बराबरको सामूहिक लगानीकोष (म्यूचल फण्ड) निष्कासन गर्न लागेका छन् । ग्लोबल आईएमई बैंकले ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ नेपाल इन्भेष्टमेन्ट बैंकले र एनआईबीएल सहभागिता फण्ड निष्कास गर्न लागेका हुन् । दुई कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले कुल १७ करोड इकाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । दुबैले निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डले अनुमति दिए पश्चात बजारमा यी दुई कम्पनीले म्यूचल फण्डको बिक्री गर्ने छन् । दुबै बैंकले फण्ड निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । ग्लोबल आइएमई क्यापिटल ब्यालेन्स फण्ड निष्कासन हुन लागेको छ । त्यस्तै, एनआइबिएल सहभागिता फण्डको ५० करोड रुपैयाँ बरारबको ५ करोड इकाई बजारमा आउँदै छ । यस फण्डले पनि बोर्डको अनुमति पाए पश्चात एनआईबिएल क्यापिटल मार्फत सो मात्राको म्यूचल फण्ड जारी गर्ने छ । यसअघि निष्कासन गरिएका म्युचल फण्डको बिक्री राम्रो नभएपछि थप निष्कासन हुन लागेका दुई कम्पनीको फण्ड पनि बिक्री नहुने संभावना देखिएको छ । गत वर्ष निष्कासन भएको ग्लोबल, एनएमबी र नविलको म्युचल फण्डको खुदसम्पत्ति (नेटवर्थ) नै ऋणात्मक भएपछि यसको असर बजारमा परेको हो । निष्कासन भएका म्युचअल फण्डको अवस्था राम्रो नदेखिएपछि यसको असर नयाँ निष्कासन गर्नेलाई परेको सीआईबीएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । “यसअघिका म्युचल फण्डको प्रगति राम्रो भए लगानीकर्तामा सकरात्मक सन्देश जाने थियो” उनले भने “पहिलाको फण्डको खराब नतिजाले नयाँमा लगानीकर्ताको आकर्षण नबढेको हो ।”१ अर्ब रुपैयाँका सिटिजन्स म्युचल फण्ड निष्कासन गर्दा ८५ करोड रुपैयाँ मात्र खरिदका लागि आवेदन परेको उनले सुनाए । उनकाअनुसार अझै १५ करोड रुपैयाँको म्युचल फण्ड बिक्री गर्न बाँकी छ । हालै एनआईसी एसिया बैंकले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्डको पनि बिक्री नभएपछि समय थप गरिएको छ । एनआईसी ग्रोथ फण्ड फागुन १३ गते बन्द गर्ने योजना रहेकाे याेजना व्यवस्थापक एनआईसी क्यापिटल लिमिटेडले जानकारी दिएको छ । म्युचल फण्ड बिक्री नहुनुमा बैंकको महंगो ब्याजदर पनि प्रमुख कारण रहेको एनएमबी क्यापिटल लिमिटेडका सीईओ श्रीजेयस घिमिरे बताउछन् । महंगो ब्याजदरले प्रतिफल नआउने देखेपछि लगानीकर्ताले खरिद नगरेको हुन सक्ने उनको अनुमान छ । “साधारण सेयर (आईपीओ) हकप्रद र एफपीओ आइरहेका बेला एकैपटक २ बैंकको म्युचल फण्ड आउँदा पनि बिक्रीमा असर परेको देखिएको छ” उनले भने “केही समय अघिपछि गरेर ल्याएको भए बिक्री हुने थियो ।” उनले एनएमबीको ३ गुणा आवेदन परेको सुनाए । चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन म्यूचल फण्ड १ ले म्यूचल फण्ड निष्काशन गर्ने बोर्डको अनुमति पाई बिक्री पनि गरिसकेका छन् । बजारमा सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले बिक्रीमा ल्याएको म्यूचल फण्डको सजिलै बिक्री भएको थियो ।
मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ५ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि नेप्सेले यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकेको छ ।
ऊर्जामा परनिर्भरता घटाउँछौं: लालबाबु पण्डित
काठमाडौँ । नेपालीले अब उर्जा क्षेत्रमा परनिर्भता घटाउँदै लैजाने जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले बताएका छन् । बुधबार व्यावसायीहरुसँगको भेटमा मन्त्री पण्डितले सो कुरा बताएका हुन् । मन्त्रीसँगको भेटमा व्यावसायीहरुले संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न सरकारलाई सुझाव दिएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रतिनिधिमण्डलले मन्त्री पण्डितलाई भेट गरी लघु जलविद्युत्, बायोग्यास, सौर्य विद्युत्, सौर्य तापीय ऊर्जा, बायोमास, प्रविधिबाट जनताको ऊर्जाको बढ्दो माग पूरा गराउन सम्बद्ध निकायबाट सशक्त कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकामा जोड दिएका हुन् । सो अवसरमा मन्त्री पण्डितले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरणका लागि नीति तथा कार्यक्रम सहज प्रक्रियाबाट कार्यान्वयन गरी वातावरणको अवस्था सुधारका लागि सरकार क्रियाशील हुने बताए । उनले वैकल्पिक ऊर्जाका कार्यक्रमबाट दुर्गम हिमाली, पहाडी जिल्लाका साथै तराईका बासिन्दामा ऊर्जाको पहुँच बढाउन सरकार, सहयोगी निकाय र निजी क्षेत्र एकजुट भई उर्जा क्षेत्रको परनिर्भरता घटाउने बताए ।रासस
नेपाल रेडक्रस सोसाइटीले स्वर्णजयन्ती बर्षमा ३६५ कार्यक्रम आयोजना गर्ने
भक्तपुर । नेपाल रेडक्रस सोसाइटीको भक्तपुर शाखाको स्थापनाको ५० औँ बर्षको अवसरमा भक्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोह बीच पूर्वमन्त्री तथा सँसद सदस्य महेश बस्नेतले स्वर्णमहोत्सव कार्यक्रमको सुभारम्भ गरेका थिए । भक्तपुर रेडक्रसका सभापति तथा स्वर्णमहोत्सव समारोहका सँयोजक मनोज थापाले जिल्लामा रहेका २१ वटा उपशाखा, ७७ वटा जुनियर सर्कल र १५ वटा यूवा सर्कलको सहयोगमा स्वर्णजयन्ती वर्षभरी विपद पूर्वतयारी र स्वास्थ्य क्षेत्रमा सेवा तथा चेतनामूलक ३ सय ६५ वटा कार्यक्रम गरिने घोषणा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले स्थानीय, प्रादेशिक तथा सँघीय तहमा भरखरै निर्वाचित जनप्रतिनिधिहरुसँग रेडक्रस लगायतका सँस्थाले सहकार्य गर्ने अवसर आइरहेको बताएका छन् । उनले भने “भक्तपुर लगायत देशैभरी विकासको नयाँ लहर ल्याउन खोजिएको छ, तर प्रदुषण, सडक दुर्घटना घटाउँदै शुरक्षित शहरहरु बनाउन सँघसँस्थाले योगदान गर्नुपर्दछ ।” हरेकहप्ता औषतमा भक्तपुरको ६ लेनको सडकमा दुर्घटनाको कारण एक जना युवाले ज्यान गुमाएका छन्, त्यतातर्फ थप काम गर्नु छ । भक्तपुर रेडक्रसका सभापति मनोज थापाले रगत नपाए भक्तपुर जानु भन्ने अभियानलाई सुदृढ बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने शुरक्षित शहरका लागि विपद् पूर्वतयारीका क्षेत्रमा सँस्था क्रियाशिल छ । गत वर्ष २२ हजार युनिट रगत सँकलन र ४० हजार युनिट रगत वितरण गरिएको तथा २५०० परिवारको लागि राहत सामग्री भक्तपुरमा भण्डारण रहेको छ । कार्यक्रममा ५० वटा बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाल रेडक्रसका का.वा अध्यक्ष अजीत शर्मा, महामन्त्री देवरत्न धाख्वा, वाराही उपशाखाका सभापति राम खाटाखो, जुनियर युवाको तर्फबाट टेक नारायण, प्रधानाध्यापक तथा जुनियर सँरक्षकको तर्फबाट पद्म माध्यामिक विद्यालयका प्राचार्य राम हाडा, जिल्ला समन्वय समितिका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिएका थिए । विभिन्न पुरस्कारहरु प्रदानः जिल्ला शाखाको २३ औँ बार्षिक सभा समेतको कार्यक्रमको अवसरमा प्रमुख अतिथि बस्नेत तथा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष शर्माले गत आर्थिक बर्षको मूल्याँकनका आधारमा दुवाकोट उपशाखालाई अवाल अवार्ड तथा उत्कृष्ट उपशाखाको प्रमाण पत्र प्रदान गरे । बालकोट उपशाखा र झौखेल उपशाखाले उत्कृट दोस्रो र तेस्रो उपशाखाको पुरस्कार प्राप्त गरे । यसैगरी राकेश थापलाई उत्कृष्ट स्वयँसेवक, जुनियर सर्कलतर्फ विकास दाहाल, कर्मचारीतर्फ प्रतीक चासी र उत्कृष्ट यूवा सर्कल तर्फको लागेजु अवार्ड बाराही यूवा सर्कललाई प्रदान गरियो । २०२५ फागुन ७ गते भक्तपुरमा रेडक्रस शाखाको स्थापना भएको थियो ।