नेपाल औषधीले सिटामोलको पुनः उत्पादन थाल्यो, १ ट्याब्लेटको १ रुपैयाँमा पाइने
काठमाडौं । सरकार स्वामित्वको नेपाल औषधी लिमिटेडले बुधबारदेखि सिटामोलको पुनः उत्पादन थालेको छ । अन्तर्राष्ट्रिय मापदण्ड लगायतका विभिन्न कारणले २०६६ सालदेखि उद्योगले सिटामोल लगायतको सम्पूर्ण औषधी उत्पादन गर्न बन्द गरेको थियो । बुधबारदेखि परिक्षणका रुपमा उत्पादन सुरु गरी फागुनभित्रै सिटामोललाई बजारमा लैजाने तयारी भएको उद्योगका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए । सरकारी उद्योगले सुरु गरेको सिटामोल उत्पादनले औषधीको मूल्य नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कम्पनीले दैनिक ३ लाख २० हजार ट्याबलेट सिटामोल उत्पादन गर्ने सक्ने क्षमताको उपकरण जडान गरेसँगै सिटामोलको उत्पादन थालनी हुने भएको हो । सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ । ‘दुई हप्ताअघि नै भारतबाट सिटामोल उत्पादन गर्ने ट्याब्लेट पञ्जिङ मेसिन उद्योगमा ल्याइसकेका छाै,’ उनले भने ‘प्राविधिक टोली नआएको कारण मेसिन सञ्चालनमा ल्याउन सकिएको थिएन ।’ कम्पनीको उत्पादन प्रमुख विजय श्रीरत्न बज्रचार्यले परीक्षण उत्पादनपछि दैनिक एक ब्याज साईजमा सिटामोलको उत्पादन गर्ने बताए । ‘एक ब्याज साईजमा ३ लाख २० हजार ट्याप्लेड सिटामोलको उत्पादन हुन्छ,’ उनले भने ‘साथै आवश्यकता अनुसार उत्पादनको क्षमता बढाउन सकिन्छ ।’ उनले सिटामोलको उत्पादनसँगै बाँकी ८ थरीका ट्याब्लेट औषधीहरु ३ महिनाभित्र उत्पादन सुरु गर्ने बताए । ‘कम्पनीले आवश्यक विभिन्न मेसिनहरु थपिरहेको छ, भवनभित्र पुनःसंरचना गरेका छौं,’ उनले भने ‘कम्पनीले २० लाख ट्याब्लेट उत्पादन गरिसकेपछि मात्रै बजारमा बिक्री गर्ने छौं ।’ उनका अनुसार तीन महिनाभित्र आइरन चक्की, भिटामिन, कोडिन, साल्बुमोल लगायतका खोकी, पिसाब, एलर्जी, ग्यास्टीक जस्ता अत्यावश्यक रोगहरुको औषधिहरु उत्पादन गर्ने भएको छ । २०२९ सालमा स्थापना भएको कम्पनी २०६६ सालमा पूर्ण रुपमा बन्द भएको थियो । यसै वर्ष वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवन जलको उत्पादन सुरु गर्दै पुनःसञ्चालनमा आएको थियो । कम्पनीले औषधी उत्पादनको लागि विश्व स्वास्थ्य संगठन( डब्ल्युटीओ)ले गरेको कुशल निर्माण विधि (जीएमपी) सुरु गर्नका लागि सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋिण साह्यता गर्ने निर्णय गरेको छ । जसअनुसार हालसम्म पहिलो किस्ता ६ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको कम्पनीको भनाइ छ । जसमा सिटामोल उत्पादन गर्न करिब डेढ करोड रुपैयाँ खर्च भएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले फागनु २७ देखि हकप्रद निष्कासन गर्ने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।
महालक्ष्मी विकास बैंकको बेथरी एक्शटेनसन काउन्टरलाई शाखामा स्तरोन्नति
काठमाडौं । महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्ला, मायादेवी गाँउपालिका वडा नम्बर ६, बेथरीस्थित एक्शटेनसन काउनटरालाई बुधबारदेखि शाखामा स्तरोन्नति गर्ने भएकोे छ । साथै सोही दिनदेखि कारोबार समेत सञ्चालनमा ल्याइने बताइएको छ । विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी महालक्ष्मी विकास बैंकको रहको दावी गर्दै बैंकले पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । जसका २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सुदूरपश्चिमका दुर्गम जिल्लाहरुमा समेत उक्त बैंकले बैैंकिङ पहुँच पुर्याइरहेको जानकारी दिएको छ ।
कल्याणकारी कोषको ताकेता, ७ दिनभित्र विवरण पेस गर्न प्रतिष्ठानलाई अल्टिमेटम
काठमाडौं । राष्ट्रियस्तरको कल्याणकारी कोषले उद्योग प्रतिष्ठानहरुले बोनस रकमको विवरण र बोनस रकम जम्मा नगरेपछि ताकेता सुरु गरेको छ । कोषले बोनस रकमको विवरण नबुझाउने प्रतिस्ठानलाई ७ दिन भित्रमा विवरण बुझाउन अल्टिमेटम दिएको हो । श्रम ऐन २०७४ मा उल्लेख नभएकाले रकम जम्मा गर्नु नपर्ने भन्ने भ्रममा नपर्न प्रतिष्ठानलाई कोषले सचेत समेत गराएको छ । आर्थिक वर्ष सकिनु भन्दा पहिले नै प्रतिस्ठानले रकम जम्मा गर्नु पर्ने हो । तर आर्थिक वर्ष सकिएको ६ महिना सकिसक्दा पनि प्रतिष्ठानले रकम जम्मा नगरेपछि अल्टिमेटम दिनु परेको कोषकी अधिकृत गंगा केसीले बताइन् । बोनस ऐन २०३० अझै क्रियशिल रहेको र बोनस नियामावली २०३९ को नियम १२ अनुसार प्रतिष्ठानले रकम वितरण गरिरहेको केसीले बताइन् । प्रतिष्ठानले वितरण गरेको बोनसको विवरण ७ दिन भित्र सम्बन्धित श्रम कार्यलयमा बुझाउनु पर्नेछ । साथै कोषले बोनस ऐनको दफा १३ अनुसार १ महिना भरिमा बोनस रकम कोषको खातामा जम्मा गर्न आग्रह गरेको छ । कानून बमोजिम रकम जम्मा नगरे कारबाही प्रक्रिया अगाडी बढाउने कोषले जनाएको छ ।
कोकाकोलाको ‘कोक खाम रसिया जाम’ अभियान, ४० जनाले विश्वकप हेर्न पाउने
काठमाडौं । कोकाकोला नेपालले ४० जना नेपालीलाई रसिया विश्वकप प्रत्यक्ष हेर्न लैजाने भएको छ । कोकाकोलाको ‘कोक खाम रसिया जाम’ भन्ने योजना अन्तर्गत ४० जना नेपालीले विश्वकप प्रत्यक्ष हेर्न पाउने भएका हुन् । कोकाकोलाको उपहार योजना अन्तर्गत १२,६०० जना पुरस्कृत हुनेछन् । साथै २४ इन्चको टेलिभिजन समेत उपभोक्ताले जित्ने अवसर रहेको छ । कोकाकोला विगत ४० वर्षदेखि फिफाको आधिकारीक प्रायोजकको रुपमा रहदैं आएको छ । यस योजना अन्तर्गत २०० जना उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप बिशेष उपहारहरु जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता बस्तुहरु जित्न सक्ने छन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् । ‘विश्वकप सुरु हुन अगाडि ‘कोक खाम रसिया जाम्’ अभियान संचालन गर्न पाएकोमा हामी निकै खुशी छौं । फिफासँग हामीले ४० वर्ष देखि सहकार्य गर्दै आइरहेका छौं । हाम्रा महत्वपूर्ण उपभोक्तालाई हामीले सबैभन्दा ठूलो अवसर सिर्जना गरेका छौं र उहाहरुलाई यो अभियानमा भाग लिन प्रोत्साहन गर्द छौ । कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने । यो योजनामा भाग लिनका लागि कोकाकोला बत्तलको लेवल पछाडि रहेको युनिक कोड टाइप गरी ३७७२२ मा पठाउनु पर्नेछ । योजना फेब्रुवरी १५ देखि सुरु भएर अप्रिल १५ सम्म संचालन हुनेछ । यो अफर ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू हुनेछ । यो क्याम्पेनमा १८ बर्ष पूरा गरेका नेपाली नागरिकले भागलिन पाउने छन् । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइने छ ।
पेट्रोलियम खानी अन्वेषण गर्न चिनियाँ टोली मार्चमा नेपाल आउँदै, २ अर्ब २० करोड बजेट तयार
काठमाडौं । पेट्रोलियम खानीको थप अन्वेषणका लागि चिनियाँ प्राबिधिकको टोली मार्च महिनामा पुनः नेपाल आउने भएको छ । यस अघि सन २०१६ को अप्रिल ३० मा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत-दैलेख, बुटवल-पाल्पा र चतरा-बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । सो अध्ययनबाट प्राप्त तथ्यहरुका आधारमा नेपालका खानीहरुको पेट्रोलियम उत्खनन् गर्न सक्ने निष्कर्षसहित चिनियाँ टोली पुनः नेपाल आउन लागेको हो । ‘हामीसँग भएका तथ्यांकहरुको अध्ययन, उनीहरुले आफैंले गरेको अध्ययनका आधारमा नेपालका खानीहरुमा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्षसहित थप अध्ययनका लागि चिनियाँ टोली नेपाल आउन लागेको हो’, पेट्रोलियम परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने । २०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो । श्रोतका अनुसार चिन सरकारले नेपालमा पेट्रोलिमय उत्खननका लागि २ अर्ब २० करोडको बजेट विनियोजन गरेको छ । तर नेपालले भने ४ अर्ब रुपैंया लाग्ने प्रक्षेपण पठाएको छ । सम्बन्धित खानीमा कति पेट्रोलियम पदार्थ छ ? उत्खननका लागि कति बजेट लाग्छ ? कुन गुणस्तरका हुनेछ ? उत्खनन्बाट वित्तिय लाभ प्राप्त हुन्छ वा हुन्न भन्ने अध्ययन गर्न करिब ५ बर्ष समय लाग्ने बताइएको छ । चीनले नेपालका सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रका खानीमध्ये कुनै एकको अन्वेषण तथा उत्खनन गर्नेछ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको हो कति पाउँछ नेपालले लाभ ? नेपालले १२.५ प्रतिशत रोयल्टी निःशुल्क प्राप्न गर्नेछ । त्यस बाहेक नाफाको केहि हिस्सा पनि नेपालले पाउनेछ । यी हुन १० ब्लक नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।
चैत पहिलो हप्ता मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी
काठमाडौं । चैत २ देखि ४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा छैठौं ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ हुने भएको छ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले राईजिङ नेपाल प्रालि तथा माईस इन्टरनेशनल प्रालिको व्यवस्थानमा युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गर्ने भएको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रदर्शनीको बारेमा जानकारी गराएका थिए । प्रदर्शनीका इभेन्ट मेनेजर दिपक थापाले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिने बताए । ‘प्रदर्शनीमार्फत नेपाली वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विस्तरमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ,’ उनले भने ‘साथै नेपाली वस्तुप्रति चासो बढाउन तथा स्वदेशि उत्पादन पनि गुणस्तरिय हुन्छ भन्ने विश्वा दिलाउन प्रदर्शनी महत्वपूणर्न रहने छ।’ प्रदर्शनीका संयोजक अनमोल बस्नेतले प्रदर्शनीमा ७५ ओटै जिल्लाका आ–आफ्ना ठाँउका पहिचान बोकेका वस्तु तथा सेवाहरुको सहभागिता रहनेछ । करिब १ सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकहरुले भाग लिने र लाखौको संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेकाे छ ।
बैंकहरुले सेयर लगानीकर्तालाई सी–आस्वा रजिष्ट्रेशन नम्बर लिन बोलाए
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर लगानीकर्तालाई खाता अद्यावधिक गर्न र सी–आस्वा रजिष्ट्रेशन नम्बर लिन बोलाएका छन् ।सार्वजनिक सुचना प्रकाशित गरेर आउदो शुक्रबारदेखि धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आस्वा) लागु हुने भन्दै बैंक खाता, हितग्राही खाता (डीम्याट एकाउन्ट) अद्यावधिक गरी सीआस्वा रजिष्ट्रेशन नम्बर लिन ग्राहकलाई अनुरोध गरेका हुन् । कृषि विकास बैंक, मेगा बैंक, कुमारी बैंक र नविल बैंकलगायत सबै बैकले सार्वजनिक सुचना प्रकाशित गरी खाता अद्यावधिक र सीआस्वा रजिष्ट्रेशन नम्बर लिन भनेका हुन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड आउदो शुक्रबारदेखि साधारण सेयर (आईपीओ) हकप्रद सेयर र थप निष्कासन (एफपीओ) दरखास्त अनलाइनमार्फत भर्न पाइने व्यवस्था गरेको छ । सीआस्वा अन्र्तगत सेयर अनलाईका अतिरित्त बैंक तथा वित्तीय संस्थामा गएर पनि भर्न सकिने व्यवस्था गरिएको छ । अनलाइनका अतिरित्त अहिलेको जस्तै बैंकबाट पनि आस्वामार्फत सेयर भर्न पाइने छ । अनलाईन सेवा नभए बैंक तथा वित्तीय संस्थाबाट पनि आस्वा प्रणालीबाट सेयर भर्न पाइने छ । सीआस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपीओमा आवेदन दिन सकिने छ । सीआस्वामार्फत प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ । सीडीएसले एकिकृत सफटवेयर तयार गरी सीआस्वा प्रणालीमार्फत सेयरका लागि आवेदन दिने व्यवस्था गरेको हो ।सीआस्वा रजिष्ट्रेसन नम्बर लिएपछि घरमा बसेर सिधै अनलाईनबाट र यदी नभए बैंकमा गएर पनि आवेदन दिने व्यवस्था गरिएको छ ।