विकासन्युज

डाइनाप्याकका परिमार्जित सडक निर्माण उपकरण बजारमा

काठमाडौं । सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । डाइनाप्याकका आधिकारिक वितरक नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जीनियरिंग कर्पोरेशन (एनसीइसी) ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो । नेपालमा आफ्ना उत्पादनको बिक्री सुरु गरेको १० वर्षको अवसरमा कम्पनीले डाइनाप्याकका परिमाजित उपकरण भित्र्याएको जनाएको छ । कम्पनीले सन् २००८ देखि नेपाली बजारमा डाइनाप्याकका औजारहरु उपलब्ध गराउदै आएको बताएको छ । मुलुकभर रहेका बिक्री र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्री बितरण गरिने जनाएको छ । कम्पनीका प्रमुखकार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए । ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ,’ उनले भने । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमा उत्पादन भएका उक्त प्लाण्टहरु नेपाली बजारमा उपलब्ध भइरहेको जनाइएको छ ।

विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो

काठमाडौँ — दुर्घटनाग्रस्त यूएस बंगला विमानबाट २० जनाको शव निकालिएको छ । यस्तै १२ जनालाई उपचारका लागि उद्दार गरेर अस्पताल पठाइएको छ। अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।विमानमा ७६ यात्रु रहेको बताइएको छ। उद्दार कार्य जारी छ। थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, काठमाडौंका अशिस रंजित र दिनेश हुमागाईको उपचार भइहरहेको छ। अधिकांश बोल्न नसक्ने अवस्थामा रहेको बताइएको

माछापुच्छ्रे बैंकले ल्यायो ६ प्रतिशत ब्याज दिने स्मार्ट बचत खाता, साथमा स्मार्ट सुविधा निःशुल्क

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको ‘एमबीएल स्मार्ट बचत’ खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम ५ हजार रूपैयाँ बचतमा बैंकले ६ प्रतिशत ब्याज दिने भएकाे छ । बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्नेछन् । स्मार्ट सुविधाअन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइलमनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा र लकर सुबिधा पर्नेछन् ।उक्त खाता खोलेपछि ग्राहकहरुले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रुपान्तर समेत गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा दिईरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

उपत्यकामा सडक विस्तारः घर भत्काउन एक अर्ब २६ करोड, कहाँ कहाँ चल्दैछ डोजर ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सडक विस्तारका लागि एक अर्ब २६ करोड रुपैंयाँ खर्चने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालु आर्थिक बर्षभित्रै एक अर्ब २६ करोड रुपैंयाँ खर्च गर्न लागेको हो । ‘हामीले गत बर्ष र यस बर्षको एक अर्ब २६ करोड रुपैंयाँ पैसा चाहियो भनेर सरकारलाई भनेका छौं’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले भने । श्रोत सुनिश्चिता गरिएको भए पनि अर्थमन्त्रालयले पैसा नदिएकाले पछिल्लो समय सडक विस्तारको काम सुस्ताएको थियो । ‘सम्पन्न भएका कामको भुक्तानीका लागि पनि पैसा दिएको छैन र नयाँ कामका लागि पनि पैसा छैन्, अब पैसा आएपछि धमाधम सडक विस्तारको काम अघि बढाउँछौं’, तिवारीले विकासन्युजसँग भने । यसैबिच अर्थ सचिव शंकर कोइरालाले उपत्यका भित्रको सडक विस्तारका लागि पैसाको अभाव हुन नदिने बताए । ‘५० लाख जनसंख्या भएको काठमाडौंमा सडक विस्तारका लागि पैसाको अभाव हुन्न, श्रोत सुनिश्चिता भएको सबै पैसा दिन्छौं’, सचिव सुवेदीले भने । उपत्यका विकास प्राधिकरणका विकास आयुक्त तिवारीका अनुसार २०७४ कात्तिक १४ गते तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ७५ करोड ५६ लाख ८८ हजार रुपैंयाँको श्रोत सुनिश्चिता गरेका थिए । त्यस्तै, कात्तिक ३० गते नै कार्कीले थप ४१ करोड २४ लाख १९ हजार ८ सय ५३ रुपैंयाँको श्रोत सुनिश्चिता गरिदिएका थिए । तर श्रोत सुनिश्चिता भएको पैसा समेत नपाएपछि प्राधिकरणले उपत्यकामा सडक विस्तारको काम द्रुतगतिमा अघि बढाउन पाएको थिए । प्रधानमन्त्री कार्यालयले उपत्यकामा सडक विस्तार र सवारी व्यवस्थापनका बारेमा छलफल गर्न बोलाएपछि प्राधिकरणले पैसा नभएको बताएको थियो भने अर्थसचिवले श्रोत सुनिश्चिता भएको रकम दिने बताएका थिए । यी हुन डोजर चल्ने सडक प्राधिकरणले चावहिल जोरपाटी साँखु सडक, त्रिपुरेश्वर कलंकी कोटेश्वर सडक, सातदोबाटो धोलाहिटी सडक, सातदोबाटो लगनखेल सडक, भक्तपुर सुर्य बिनायक सडकको विस्तार कार्य तत्काल अघि बढाउने जनाएको छ । ती सडक खण्डमा अदालतको अवरोध नभएको र यस अघि भत्काउन बाँकी संरचनाहरु भत्काइनेछ । ‘स्थानीय बासिन्दाले नै हामीलाई पैसा चाहियो भनिरहेका छन्, हामीसँग पैसा नभएर नदिएका हौं’, तिवारीले भने ।

सिन्धु विकास बैंक अब दोलखाको सिङ्गटी र सिन्धुपाल्चोकको सिलढुङ्गामा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले दोलखा जिल्लाको सिङ्गटी बजारमा र सिन्धुपाल्चोक जिल्लाको सिलढुङ्गामा थप दुई शाखा विस्तार गरेको छ । दोलखा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र बिगु गाउँपालीकाका अध्यक्ष युधिष्ठीर खडकाले सिङ्गटी शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यस्तै, सिलढुङ्गा शाखाको उद्घाटन सिमिति बैंकिङ्ग कार्यालय लिसंखुपाखर गाउँपालीकाका अध्यक्ष कमलप्रसाद नेपालले गरेका हुन् । बैंकले निकट भविष्यमा नै सिन्धुपाल्चोकको विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमिति बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ । यस दुई शाखा सहित बैंकले १४ वटा शाखाबाट आफ्नो सम्पूर्ण बैंकिङ सेवा दिइरहेको छ ।  

काम नगर्ने ठेकेदारलाई कारवाही गरिने

काठमाडौ । ठेक्का लिने तर समयमै काम नसक्ने ठेकेदारको पहिचान गरेर सरकारले कारवाही गर्ने भएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी सञ्जाल, धुवाँधुलो र प्रदूषणको अवस्था र सुधारका बारेमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीले अधिकांश सरकारी योजना ठेकेदारका ढिलासुस्ती र लापर्वाहीका कारण समयमै सम्पन्न हुन नसकेको बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले गलत गर्ने र आवश्यक मापदण्ड पूरा नगर्ने ठेकेदार जुनसुकै राजनीतिक पहुँचका भए पनि कारवाही हुने जानकारी गराए ।सरकारी काममा अन्तरनिकायगत समन्वय प्रमुख समस्या रहेको उल्लेख गर्र्दै उनले भने, “निश्चित समयावधि तोकेर आफ्ना काम सम्पन्न गर्नूस् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार छौँ ।” प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङले उपत्यकामा धुलोधुवाँ नियन्त्रणका लागि समयमै सडक निर्माण र मर्मत गर्न तथा सवारी साधनको उचित व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिए। सडक विस्तार भइसकेका स्थानमा तत्काल कालोपत्र गर्न बिजुलीका खम्बामा देखिएका अनावश्यक तारको व्यवस्थापन गर्न निर्देशन दिँदै उनले भने, “अब सबै कामको उच्चस्तरबाट नियमित अनुगमन हुन्छ ।” प्रधानमन्त्री कार्यालयका अर्का सचिव प्रेमकुमार राईले उपत्यकामा निर्माणाधीन कतिपय परियोजनामा मापदण्ड पालना गरेको नदेखिएकाले त्यसमा सम्बन्धित निकायले कडाइका साथ पालना गर्न लगाउनुपर्ने बताए । तत्काल परिणाम देखिने गरी नमूनाका रुपमा काम गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बजेटको कमीले कुनै पनि विकास निर्माणका काम रोकिनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउँदै स्रोत सुनिश्चितता भइसकेका कुनै पनि योजनामा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले सडकमा रहेका सबै संरचना हटाइसकेपछि मात्र कालोपत्र गर्न सकिने भएकाले कालोपत्र गर्न केही ढिलाइ देखिएको बताए । उनले सवारी साधनको प्रदूषण नियन्त्रणमा २०७५ वैशाख १ गतेदेखि नयाँ नियम लागू हुन लागेको जानकारी दिए। जनसंख्या तथा वातावरण सचिव प्रकाश माथेमाले काठमाडौँ उपत्यकामा प्रदूषणको प्रमुख कारण सडकको धुलो र सवारी साधनको बढ्दो चाप भएकाले यसको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायले अल्पकालीन र दीर्घकालीन योजना बनाई समाधान खोज्नुपर्ने बताए। कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा पनि सडक निर्माणमा ढिलासुस्ती गरेर ठेकेदारले दुःख दिएको गुनासो गर्दै त्यस्ता ठेकेदार विरुद्ध कडा निर्णय लिनुपर्ने बताए । रासस

कुमारी बैंकले गर्याे अत्याधुनिक कोर बैंकिङ सफ्टवेयरको सुरुवात

काठमाडौं । कुमारी बैंक लिमिटेडले अत्याधुनिक कोर बैंकिङ(सीबीएस) सफ्टवेयर फिनाकल–१०.२.१९ सेवाको सुरुवात गरेको छ । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले उक्त नयाँ प्रविधि भित्र्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेन्द्र भण्डारीले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले नयाँ कोर बैंकिङ सफ्टवेर खरिद गरेको बताए । बैंकहरुमध्ये कुमारी बैंक फिनाकल प्रविधिको पछिल्लो संस्करण (सीबीएस) प्रयोग गर्ने पहिलो बैंक भएको उनले जानकारी दिए । उनका अनुसार सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इन्फसाइस इण्डीयासँग सम्झौता गरिएको थियो । ‘विगतदेखिनै देशको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन कुमारी बैंकले अग्रणी भूमका निर्वाह गरेको छ,’ उनले भने ‘यस बैंकले नेपालमा सबैभन्दा पहिले इन्टरनेट बैंकिङ सेवा सुरुवात गरेको थियो ।’ बैंकको डेपुटीसीईओ उमेशसिंह भण्डारीले वर्षदिन लाग्ने उक्त सफ्टवेयर बैंकले अत्यन्त छोटो अबधि ५ महिनामै प्रयोगमा ल्याउन सफल भएको बताए । ‘यति छिटो समयमा नयाँ प्रविधि फिनाकल सफ्टवेयर सफलतापूर्वक कार्यान्वयन ल्याउनेमा विश्वका बैंकमध्ये नेपाल पहिलो हो,’ उनले भने ‘बैंकभित्र भएको दक्ष जनशक्तीको प्रयत्नले यो सम्भव भएको हो । बैंकको अनुसार फिनाकल प्रविधि संसारभरी चल्तीमा रहेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर मध्ये एक हो । हाल सो प्रविधि विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ ।

म्युचअल फण्डको मूल्यमा गिरावट, जलविद्युत कम्पनीको सेयर मूल्य १०० तल पुग्यो

काठमाडौ । धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फण्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ । म्युचुअल फण्डको प्रतिएकाइको मूल्य १० रूपैयाँ रहने गरेको छ । प्रतिएकाइ मूल्यभन्दा तल ओरालो लागेर म्युचुअल फण्डको कारोबार भएका कारण पनि धितोपत्र बजारमा त्यसले प्रभाव पारेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृतमध्ये छ कम्पनीको मात्रै प्रतिएकाइ मूल्य आधारभूत मूल्यभन्दा माथि रहेको छ । धितोपत्र बजारमा सामूहिक लगानीका लागि त्यस्ता फण्डको कारोबार हुने गरेको छ । सेयर बजारमा आएको निरन्तर गिरावटको प्रभाव म्युचुअल फण्डको कारोबारमा समेत देखिएको छ । स्टकमा सूचीकृत भएका मध्ये सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मात्रै प्रतिइकाई मूल्य २० रुपैयाँ छ । यो नै सामूहिक लगानी कोषको सबैभन्दा बढी मूल्य भएको स्मिक हो । दोस्रोमा नबिल ब्यालेन्स फण्ड रहेको छ । त्यसको प्रतिएकाइ मूल्य १५ रुपैयाँ ७५ पैसा छ । तेस्रोमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड छ । सो फण्डको प्रतिएकाइ मूल्य १२ रुपैयाँ २१ पैसा छ । चौथोमा सिद्धार्थ इक्विटी स्किम छ । त्यसको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ७५ पैसा छ । पाँचौँमा लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ५० पैसा रहेको छ । छैटौमा रहेको एनआइबिएल समृद्धि फण्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ १० पैसा छ । त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको प्रतिएकाइ मूल्य आधार मूल्यभन्दा पनि तल पुगेको छ । कूल सामूहिक कोषमध्ये आधाभन्दा बढी सामूहिक लगानी कोष प्रतिएकाइ मूल्य ओरालो लाग्दा सेयर बजारमा समेत त्यसले प्रभाव पारेको जानकारको भनाइ छ । स्टकमा सूचीकृत भएको ग्लोबल आइएमई स्किम एकको प्रतिएकाइ मूल्य ९ रुपैयाँ ९० पैसा रहेको छ भने लक्ष्मी इक्विटी फण्डको ९ रुपैयाँ ६० पैसा प्रतिएकाइ मूल्य छ । यस्तै, नबिल इक्विटी फण्डको ९ रुपैयाँ ४० पैसा, एनआइबिएल प्रगति फण्ड ९ , एनएमबी हाइब्रीड फण्डको ९ रुपैयाँ २२ पैसा, सानिमा इक्विटी फण्डको ९ रुपैयाँ ८० पैसा र सिद्धार्थ इक्विटी फण्डको ९ रुपैयाँ ६८ पैसामा प्रतिएकाइ बिक्री भइरहेको छ । धितोपत्र बोर्डमा अझै २ सामूहिक लगानी कोष बिक्रीका लागि आवेदन दिइएको छ । बोर्डका अनुसार ग्लोबल आइएमई ब्यालेन्स फण्ड र एनआइबिएल सहभागिता कोषले आवेदन दिएको हो । ग्लोबल आइएमई ब्यालेन्स फण्डको १ अर्ब २० करोड बराबरको १२ करोड एकाइ र एनआइबीएल सहभागिता कोषको १ अर्ब ७० करोड बराबरको १७ करोड एकाइ सामूहिक लगानी कोष बिक्रीको तयारी गरिएको छ । जलविद्युत् कम्पनीको सेयर मूल्य १०० तल सामूहिक लगानी कोषको मात्रै नभई जलविद्युत् कम्पनीको सेयर पनि आधारभूत मूल्यभन्दा तल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता १०० को सेयर घटेर ९८ मा आएको छ । यस्तै स्टकका सूचीकृत कूल १७ जलविद्युत् कम्पनीमध्ये १० वटा कम्पनीको शेयर प्रतिकित्ता २०० भन्दा तल रहेको छ । चिलिमे, सानिमा माई, अपि पावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको मात्रै दोस्रो बजारमा शेयरको मूल्य २०० भन्दा माथि छ । अपि पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३३७ छ । अरुण काबेली पावर लिमिटेडको २५२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १७४, बरुण हाइड्रो पावरको १७१, बुटवल पावर कम्पनीको ४८५, छ्याङदी हाइड्रो पावरको १५८ र चिलिमे हाइड्रो पावरको ७६६ रुपैयाँमा सेयर कारोबार भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोको १२१, हिमालयन पावर पार्टनरको ३१६, खानीखोला हाइड्रो पावरको १३६, नेसनल हाइड्रो पावरको ९८, नेपाल हाइड्रो डेभलपर्सको १९४, ङादी हाइड्रोको २०६, रिडी हाइड्रो पावरको १३०, सानिमा माई हाइड्रो पावरको ३३६, सिनर्जी हाइड्रोको १४० र युनाइटेड मोदीको १८५ रुपैयाँमा कारोबार भइरहेको छ । ‘क’ वर्गका बैंकको पनि उस्तै हालत सेयर बजारमा ‘क’ वर्गका वाणिज्य बैंकको हालत पनि उस्तै रहेको छ । जनता बैंक, सेञ्चुरी कर्मसिएल बैंक र सिभिल बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा कम छ । जनता बैंकको प्रतिकित्ता सेयर १६२, सेञ्चुरी कर्मसिएल बैंकको सेययर प्रतिकित्ता १७७ र सिभिल बैंकको १५० रुपैयाँमा कारोबार भइरहेको छ । रासस