विकासन्युज

बैशाखदेखि होङसी शिवमले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै, घट्ला त बजार मूल्य ?

काठमाडौं । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले आउदो बैशाखदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने भएको छ । आउदो चैतसम्म सिमेन्ट कारखानाको सबै काम पुरा र परीक्षण उत्पादन पुरा गरेपछि वैशाखसम्म उद्योग सञ्चालनमा आउने भएको हो । यसअघि गत फागुनदेखि नै उद्योगले सिमेन्ट उत्पादन थाल्ने तयारी गरेपनि २ महिना ढिलाइ गरी सिमेन्ट उत्पादन थाल्ने भएको हो । होङसीले बैशाखदेखि औपचारिक रुपमा सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए । उनले पुर्वाधारलगायत सबै प्रक्रिया चैतमा पुरा गरी नयाँ वर्षदेखि सिमेन्ट उत्पादन थाल्ने बताए । उनीहरुले अप्रिलसम्म सिमेन्ट उत्पादन गर्ने जानकारी गराएको अधिकारीको भनाई छ । होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो ।उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । कारखाना बनाउने काम सुरु गरेको १ वर्षमा होङसीले सिमेन्ट उत्पादन थाल्ने भएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ ।कम्पनीको उत्पादन बजारमा आएपछि सिमेन्टको मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणस्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूको विश्लेषण रहेको छ ।    

ग्रीनहिल सिटीले ९० लाखमा घडेरी र २ करोडमा घर दिने

काठमाडौं । तपाइ नयाँ घर किन्दै हुनुहुन्छ ? जग्गा किनेर घर बनाउने सोच बनाउनु भएको छ ? अब ग्रीनहिल सिटी प्राइभेट लिमिटेडले तपाईको सपना पुरा गर्नेछ । कम्पनीले राजधानीमा ९० लाखमा घडेरी र २ करोडमा घर दिने योजना ल्याएको छ । ग्रीनहिलले ५ औ फेज राजधानीको मुलपानीमा ल्याएको छ । जग्गा खरिद गरेर आफैले घर बनाउन पनि सकिने र निर्माण भएको भवन पनि खरिद गर्न सकिने ग्रीनहिल सिटीले जनाएको छ । कित्ता काट भइसकेको, ३४० रोपनीमा ८ सय घर, २५० बसोबास गरिरहेको र तुरुन्त लालापुर्जा पाइने ग्रीनहिलले जनाएको छ । गौशला र मित्रपार्कबाट १० मिनेटको दुरीमा रहेको छ । ग्रीनहिलले बालकोटमा रोजभिलेज, इमाडोल र धुम्बराहीमा आवास योजना बनाई वितरण गरिसकेको छ ।  

चैत चाै‌थाे साता अन्तर्राष्ट्रिय चिया महोत्सव

काठमाडौं । चैत २३, २४ र २५ गते तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव २०१८ हुने भएको छ । नेपाली चियाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार जानकारी गराइ बजारिकरण तथा पहिचान स्थापना गर्ने उद्देश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवका संयोग उदय चापागाईले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष महत्व राखेको जानाएका छन् । उनका अनुसार उक्त महोत्सवको माध्यमबाट नेपाली चियाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र बजारीकरणकाे लगि सहयाेग पुग्नेछ ।

लगातार बजार घटेपछि इन्भेष्टर्स फोरम तात्यो, सेयरधितो कर्जा ७० प्रतिशत पुर्याउन अर्थमन्त्रीसंग माग

काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा बढाउन सरकारसंग माग गरेको छ । फोरमले सोमबार अर्थमन्त्रीलाई बुझाएको १६ बुँदे मागपत्रमा हालको सेयरधितो कर्जा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको हो । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिने पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । सेयर धितो कर्जाको सीमा बढाएमा सेयर बजार बढ्ने फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउछन् । यस्तै सेयर कर्जामा लगाइएको पुँजीगत जोखिम भार पनि शत्प्रतिशत घटाइनु पर्ने माग फोरमले गरेको छ । फोरमले सेयर कारोबार अनलाईनमार्फत गराउन सरकारको ध्यानकर्षण गरेको छ । पुँजीबजारमा गैरआवासिय नेपालीलाई भित्राउनका लागि आवश्यक कानूनको निर्माण, पुँजी बजारको सुधारका लागि दोस्रो स्टक एक्सचेन्जको सञ्चालन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस क्लियरिङ हाउसलाई प्रविधिमैत्री बनाउने, ब्रोकरको क्षेत्राधिकार विस्तार गरी आस्वामा आवद्ध वाणिज्य बैंकमार्फत सेयर कारोबार सुविधा विस्तार र ब्रोकर सेवा शुल्क र बर्हिगमन अन्तराष्ट्रिय चलन अनुसार गराउन सुझाएको छ । ब्रोकरमार्फत सेयर कर्जा तत्काल उपलब्ध गराउने, मार्केट मेकर र धितोपत्र व्यवसायीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश दिलाउने, ३ दिनको राफसाफलाई कारोबार सकिएको २४ घण्टाभित्र झार्ने, बोनस सेयर साधारणसभा भएको ७ दिन र हकप्रद बाँडफाँड भएको ७ दिनभित्र नेपाल स्टकमा सुचिकृत हुने व्यवस्था मिलाउन फोरमले अर्थमन्त्रीको ध्यानकर्षण गराएको छ । डिबेन्चर र बण्ड मार्केट्सलाई व्यवस्थित र तरल बनाउने र फाइनान्सियल डेरिभेटिभ कारोबारलाई सञ्चालनमा ल्याउन माग गरिएको छ । यसअघि पटक पटक उठाएका मागलाई पुरा नगर्दा बजार विस्तार नभएको फोरमको ठहर छ । बजार निरन्तर घट्दै जादा सम्बन्धित क्षेत्र मौन रहदा लगानीकर्ता निरुत्साही भएको मागपत्रमा उल्लेख छ । विगत ५ वर्षयता शिक्षक, वकिल, प्राध्यापक, गृहणीलगायत सबै प्रकारका लगानीकर्ताले सेयर बजारमा आफनो पुँजी परिचालन गरिहेको फोरमले जनाएको छ ।    

नेपालमा विमान दुर्घटनाको इतिहास: ८५ दुर्घटना, ७१७ जनाको मृत्यु

काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ । यो दुर्घटनासँगै नेपाली हवाई सेवाको ६८ वर्षे इतिहासमा ८५ वटा दुर्घटना पुगेको छ । नेपालको विभिन्न स्थानमा भएको ८५ वटा दुर्घटनाबाट हालसम्म ७१७ जनाको मृत्यु भैसकेको छ । अन्तिम पटक बंगलादेशबाट काठमाडौलाई उडान भरेको यूएस बंगला विमान दुर्घटनामा परेको हो । अपराहन्न २ बजेर २० मिनेट जादा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको थियो । दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । कुल ७१ जना सवार यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको उनले बताए । यस्तै एक जना वेपत्ता भएका छन् । दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा रहेका छन् । नेपाली आकाशलाई युरोपियन युनियनले ९ महिना अघि मात्र कालो सूचिबाट हटाएको थियो । कालो सूचिबाट हटाएको ९ महिनामै अर्को भयानक दुर्घटना भएको छ । नेपालमा सन् १९५५ सालमा हिलो पटक दुर्घटना बाराको सिमरामा कालिंगा एयरको भीटी एजेटएक्स डीसी जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा २ जनाको मृत्यु भएको यियो । नेपालमा भएको विमान दुर्घटनाबाट हालसम्म १२५ जना घाइते भएका छन् भने अन्तरिक उडानमा २ सय ९६ जना, अन्तर्राष्ट्रिय उडानमा ३ सय ६० जना र हेलिकटर दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटना आन्तरीक उडानमा भएको छन् । हालसम्मको आन्तिरिक उडानमा ४६ वटा विमान दुर्घटना भएका छन् । त्यसैगरी ७ वटा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएका छन भने ३१ ओटा हेलिकटर दुर्घटना भएका छन् । नेपालमा सबैभन्दा ठुलो जाहाज दुर्घटना सन १९९२ मा भएको थियो । काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सकाको विमान दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो । सन् १९९२ मा नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएका थिए। त्यसैगरी सन् २००० मा डडेल्धुरामा भएका नेपाल एयर लाइन्सको डीएचसी जहाज दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो। यसबाहेक आन्तरिक उडानतर्फ सन् २०१६ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा २३, सन् २०१० मा ओखलढुंगामा भएको तारा एयरकै जहाज दुर्घटनामा २२ र सन् २०१२ मा मनोहराखोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो। यसैगरी नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा एक पटक २४ जनाले ज्यान गुमाएका थिए।        

पोखरा फाइनान्सकाे थप दुई शाखा भैरहवा र बेसीशहरमा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा भैरहवा र बेसीशहरमा सञ्चालनमा ल्याएको छ । फाइनान्सले यही सोमबारदेखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११औं शाखा भैरहवा र १२औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो । उक्त भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि­आश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए । निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् । हाल यस संस्थाको चुक्ता पृ्ँजी ६५ करोड ५७ रुपैयाँ रहेको छ । संस्थाले २०७४ पौष मसान्तसम्ममा निक्षेप ३ अर्ब ९४ करोड रुपैयाँ तथा कर्जा लगानी ३ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ ।

बैशाख १ गतेदेखि ‘पाटन दरबार स्क्वायर’मा सवारी साधन निषेध

काठमाडौं । आगामी बैशाख १ गतेदेखि पाटन दरबार स्क्वायर क्षेत्र सवारी साधन निशेधित क्षेत्र बन्ने भएको छ । ललितपुर महानगरापालिकाले बैशाख १ गतेदेखि पाटन दरबार स्क्वायर आसपास क्षेत्रलाई सवारी साधन निशेधित बनाउन लागेको हो । ‘हामीले ललितपुर महानगरपालिकाका सम्पदा क्षेत्रलाई सवारी साधन निशेधित क्षेत्र बनाउने तयारी गरेका छौं, बैशाख १ गतेदेखि मंगलबजार क्षेत्रमा यो लागु हुनेछ’, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले पनि पाटन दरबार स्क्वायर क्षेत्रलाई सवारी निशेधित क्षेत्र बनाउन अध्ययन भैरहेको बताए । ‘पाटन क्षेत्रलाई सवारी साधन मुक्त बनाउनका लागि अध्ययन भैरहेको छ, २० दिनभित्र अध्ययन सकिन्छ’, महानगरपालिकाका प्रवक्ता महर्जनले भने । उनले मंगलबार आसपासका वल्खो, क्वाल्खो, हखा, महापाल, स्वठ लगायतका क्षेत्रमा सवारी साधन निशेधित गर्न लागिएको हो । यस अघि नै ठमेल क्षेत्रमा सवारी साधन मुक्त बनाईसकेको छ । ठमेललाई सवारी साधन मुक्त बनाएपछि त्यसको सर्वत्र प्रसंशा भैरहेको छ । ललितपुर महानगरपालिकाले सोलार वत्तिलाई हटाएर सडकमा समेत विद्युतिय वत्ति जडान गर्न लागेको मेयर महर्जनले बताए । उनले निर्वाचन पुर्वको उत्साह घट्दै गएको बताउँदै कर्मचारी संयन्त्रले स्थानीय सरकारलाई नटेरेको गुनासो पनि पोखे । उनले महानगर भित्र पर्ने चक्रपथमा चार ठाउँमा इन्टर कनेक्सन फ्लाइओभर बनाउने पनि बताए । महर्जनले फोहर उठाउन ब्रोमरसहितका आधुनिक उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।

सामसङको ग्यालेक्सी एस९ र एस९प्लस बजारमा आउँदै, आजैदेखि प्रि-बुकिङ्ग खुला

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी एस९ तथा एस९प्लस बजारमा प्रस्तुत गर्ने भएको छ । एस९ र एस९प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । कम्पनीका अनुसार यसमा संशोधित गरिएको डियूलअपर्चोयर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधातथा पर्सनलाईज्ड ए आर इमोजीस तथाडल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्दछ । सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले मोबाइल फोनबाट स्व–अभिव्यक्ति एवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको बताएका छन् । यो स्मार्ट फोनमा सहज रुपमा आवद्धहुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको प्रमुख स्थापितले बताएका छन् । क्यामरा ग्यालेक्सी एस९ तथा एस९प्लसमा सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्गपावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटोशेयर गर्न सकिने कम्पनीले जनाएको छ । सुपर स्लो–मोको साथ कुनैपनि क्षणलाई बनाउन सकिन्छ विशेषः यस २ फोनमा हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसलेप्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ । यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधापनि रहेको छ, जसलेमुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्डगर्न थाल्दछ । यसमाभएको ३५ विभिन्नअप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ । साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन् । फोनमा भएको सुविधा प्रयोग गरी एक क्लिकका भरमा जिफ फाइलसजिलै बनाई शेयर गर्नपनि सकिने कम्पनीको भनाई छ । लो–लाईट क्यामराः एस९ तथा एस९प्लस मोबाइलमा डियूलअपर्चोयर(एफ१.५/एफ२.४) भएको हुँदा ज्यादा उज्यालोको अवस्थामा या न्यून उज्यालोको अवस्थामा पनि स्वतः सफा एवं चुस्त फोटो खिच्न सकिन्छ । ए आर इमोजीः समासङमा भएको यो सुविधाबाट प्रयोग कर्ताहरुलेआफु जस्तै इमोजी तयार गर्न सक्छन् भने त्यसमा सोहीअनुसार साउन्ड अनुकरण गरी राख्न पनि सकिन्छ । यसमा डाटा बेसड मेसिन लर्निङ अल्गोरिदम प्रयोग गरिएको हुन्छ । जसले प्रयोग कर्ताको टुडी तस्वीरलाई १०० भन्दा ज्यादा फेसियल फिचरहरुको मध्यमबाट थ्रीडी मोडेलमा बदल्न सक्नेछन् । यस्तो इमोजीलाई शेयर गर्न, भिडियो बनाउन, विभिन्न स्टिकरको रुपमा प्रयोग गर्न पनि सकिन्छ । बिक्सबीः सामसङको इन्टलिजेन्स प्लाटफर्म बिक्सबीको माध्यमबाट प्रयोगकर्ताले सहजै रुपमाआफ्नो वरिपरिभएका विभिन्नजानकारी प्राप्तगर्न सक्नेछन् । रियल टाइम अब्जेक्ट डिटेक्शन तथा रिकग्निसनको साथविक्सबीले तुरुन्तै तस्वीरको जानकारी दिन्छ । यूजर लाइभ ट्रान्सलेसनको माध्यमबाट विभिन्न भाषाको तथा विदेशी विनिमयदरको जानकारी पनि उपलब्ध गराउँछ । मनोरञ्जनले भरिपूर्णः मनोरञ्जनको लागि स्मार्टफोनको नै प्रयोग गरिन्छ, त्यसैले सामसङले अडियो तथा भिजुअल अनुभव प्रदान गर्न यस्ता उपकरणहरुको निर्माण गर्दै आएको छ । एकेजीयुक्त स्टेरियो स्पीकरको साथग्राहकले क्लियर साउन्डको अनुभव गर्न सक्नेछन् । यस फिचरको साथ प्रयोगकर्ताले आफू खुशी फिल्म हेर्न तथा आफूलाई मनपर्ने कलाकारको नवीनतम एल्बम सुन्न सक्नेछन् । यसमा डल्बी वातावरण विद्यमान रहेको छ, जसबाट प्रयोगकर्तालाई ३६० डिग्रीमा एउटा थिएटरको जीवन्त अनुभव प्राप्त हुने छ । सामसङको ग्यालेक्सी एस९ तथा एस९प्लसमा अडियोको जीवन्त अनुभव प्राप्त हुने छ । यसमा ब्राइट सुपर एमोएलईडी इन्फिनिटी डिस्प्ले रहेको छ जसलेगर्दा जस्तोसुकै अवस्थामा पनि डिस्प्लेको गुणस्तरीयता यथावत् रहन्छ । व्यक्तिगत जीवन शैलीको लागि उपयुक्त : यो स्मार्टफोनमा स्मार्टथिङ्स एप्स, प्रयोग गरी घरमा, अफिसमा वा अन्यत्र कतै जाँदा जीवन शैलीलाई अझ सहज बनाउन मद्दत गर्दछ । स्मार्टथिङ्स एप्स सामसङको एस९ तथा एस९प्लसमा उपलब्ध रहेको छ, जसकोप्रयोग गरी अन्य सामसङ वा सामसङ बाहेकका उपकरणहरुसँग आवद्ध हुन सक्दछ । नयाँ जमानाको सामसङ डीएक्सले गर्दा मोबाइल सेट ठूलो तथा फुल स्क्रिनको अनुभव प्रदान गर्दछ । यस फोनलाई मनिटर किवर्ड र माउस, जस्ता उपकरणहरु यसमा आबद्ध गरी सहज रुपमा डकुमेन्टहरुलाई सम्पादनगर्न वा गेम खेल्न पनि सकिने छ । साथै यस फोनका प्रयोगकर्ताहरुले डीएक्सप्याडलाई टच प्याडमा बदल्न पनि सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी फाउन्डेशको साथ उच्च गुणस्तरीयता सामसङ आईपी६८ पानी तथा धूलो प्रतिरोधीएवं वायरलेस चार्जिङ्गको साथ स्मार्टफोनको लागि गुणस्तरीयता निर्धारण गरिएको छ । यस फोनमा माइक्रो एसडी कार्डको प्रयोग गरी ४०० जिबि सम्म मेमोरि बढाउन सकिन्छ । साथै फोनमा सामसङको नवीनतम सुरक्षा प्लेटफर्म नक्स ३.१ द्वारा सुसज्जित गरिएको छ । बायोमेट्रिक अथेन्टिकेसन अप्सन आइरिस, फिङ्गर प्रिन्ट तथा फेशियल रिकग्निशन जस्ता सुरक्षा संयन्त्र राखिएको छ । यसमा छुट्टा छुट्टै फिङ्गर प्रिन्टको सुरक्षाद्वारा फोल्डरहरुलाई सुक्षित गर्न सकिने छ । यो फोनमा विशेष कारको अप्टिकल सेन्सरको प्रयोगले प्रयोगकर्ताको स्वास्थ्य अवस्थालाई सही तरिकाबाट पहिचान पनि गर्न सक्दछ । यसले प्रयोगकर्ताको हर्ट लोड फ्याक्टरलाई मापन गर्न सक्दछ । मूल्य तथा उपलब्धता ग्राहकले ग्यालेक्सी एस९ तथा एस९प्लस फोन ५ हजार रुपैयाँको तुरुन्त क्याश व्याक सहित क्रमशः ९२ हजार ९०० रुपैयाँ तथा नेरु १ लाख ४ हजार ९०० रुपैयाँ तोकिएको छ । क्यास व्याक पछि एस९को मूल्य ८७ हजार ९०० रुपैयाँ तथा एस९प्लसको मूल्य ९९ हजार ९०० रुपैयाँ हुन आउने कम्पनीले जनाएको छ । यी दुबै सेटको प्रि–बुकिङ्ग यही फागुन २८ गते देखि कम्पनीको वेभसाइटमा गई गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ । यी दुई स्मार्टफोनहरु आगामी चैत ९ गतेबाट नेपालमा उपलब्ध हुने छन् । एस९प्लस विभिन्न ३ वटा आकर्षक रंग एस९प्लस मिडनाइट व्ल्याक, कोरल ब्लु तथा न्यू ह्यु, लाइलक् पर्पलमा उपलब्ध हुने छ भने एस९ मिडनाइट व्ल्याकमा उपलब्ध हुने छ । यी सेट नेपाल अधिराज्यका आधिकारिक आउटलेटहरुमा प्राप्त गर्न सकिने छ । साथै ग्राहकले प्रतिहप्ता १००० एमबिका साथ १२ हप्तासम्म कूल १२००० एमबिको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्न सक्नेछन् भने शिखर इन्सुरेन्सको मार्फत् एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बीमा दावी गर्न सकिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त प्रि बुकिङ्ग गर्ने ग्राहकहरुले वायरलेस चार्जर वा ५००० हजार रुपैयाँ बराबरको डिस्काउन्ट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एक्सोसरिज वा सामसङको स्मार्ट फोन खरिदमा डिस्काउन्ट लिन सक्नेछन् । साथै टर्किस एयर, के.जि.एच होटल तथा रुट्स फेसनसँग सहकार्य गरी विशेष छुटको व्यास्था पनि मिलाएको छ । सामसङले प्रि–बुकिङ्गमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा समावेश पनि गर्ने छ र प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवाभएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दोस्रो भाग्यशाली बिजेताका दम्पतिलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा २ रात वस्ने व्यवस्था मिलाएको छ भने २ जना तेस्रो भाग्यशाली बिजेताहरुलाई सामसङको फीट२ प्रो प्रदान गर्ने छ ।