युएस बंगला विमानमा सवार २४ नेपालीको नाम खुल्यो
काठमाडौं । बंगलादेशबाट काठमाडौं उडान भरेको युएस बंगला विमानमा सवार २४ जनाको नाम खुलेको छ । त्रिभुवन विमानस्थलमा अपराहन्न २ बजेर २० मिनेट जादा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुदा हालसम्म ४९ जनाको मृत्यु भएको छ । विमानबाट यात्रा गरेका नेपालीहरुको अहिलेसम्म खुलेको नाम सञ्जय पौडेल सञ्जया महर्जन नीगा महर्जन एन्जिला श्रेष्ठ पूर्णिमा लोहनी श्वेता थापा मिली महर्जन सरुमा श्रेष्ठ एल्जिना बराल चारु बराल समिरा व्यञ्जनकार आस्ना श्रेष्ठ पिङ्की धामी किशोर त्रिपाठी अवधेशकुमार यादव श्रीमती ज्ञानीकुमारी गुरुङ दिनेश हुमागाइँ श्रेया झा हरिशंकर पौडेल आशिष रन्जित सोबिन्द्रसिंह बोहोरा वसन्त बोहोरा प्रवीण चित्रकार श्रीमति सजना देवकोटा
अपडेटः विमान दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइतेको अस्पतालमा उपचार हुदै
काठमाडौं । बंगलादेशबाट काठमाडौलाई उडान भरेको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अपराहन्न २ बजेर २० मिनेट जादा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको थियो । दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । कुल ७१ जना सवार यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको उनले बताए । यस्तै एक जना वेपत्ता भएका छन् । दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा रहेका छन् ।
बन्द अन्तराष्ट्रिय विमानस्थल खुला, प्रधानमन्त्री अस्पतालमा
काठमाडौ । युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज अपराह्न २ बजेर १८ बजेदेखि बन्द भएको विमानस्थल ४ बजेर ५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो । विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए । प्रधानमन्त्री अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । रासस
कैलाश विकास बैंकको ४४औं शाखा विराटनगरमा, थप दुई जिल्लामा खोल्ने तयारी
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४४ औँ शाखा मोरङ्ग जिल्लाको विराटनगरमा स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकले उक्त शाखाबाट सोमबारदेखि कारोबार शुरु गरेको हो । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४४ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताएका छन् । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पौष मसान्तमा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ ।
विमान दुर्घटनाबाट ४६ को निधन, संख्या अरु बढ्न सक्ने
काठमाडौं । बंगलादेशको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ । राजधानी ढाकाबाट अपराहन्न साढे २ बजे काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुदा यात्रुको मृत्यु भएको हो । ४६ जना यात्रुको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । उनकाअनुसार मृतकको संख्या बढ्नसक्ने देखिएको छ । दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन्। साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुगेका थिए । रासस
भक्तपुरको कमलविनायकमा मुक्तिनाथ विकास बैंक
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठले गरेका हुन् । उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको भावी योजनाको बारेमा जानकारी गराएका छन् । कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले मुक्तिनाथको भक्तपुर शाखा मार्फत भक्तपुरका उद्योगी व्यवसायीहरुले राहत पाउने विश्वास रहेको बताएका छन् ।
लक्ष्मी बैंकको नयाँ शाखा पाल्पाको तिनाउँमा
काठमाडौं । लक्ष्मी बैंकले पाल्पाको तिनाउँ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो जिल्लामा बैंकको दोश्रो शाखा हो । यस शाखा सहित बैंकको शाखा संख्या ७८ पुगेको छ । साथै बैंकको ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । आ.व. २०७३/७४मा बैंकले ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको थियो । सोहि आवमा बैंकले १०० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।