विकासन्युज

नेपाल इन्भेष्टमेण्ट बैंक र दक्षिण कोरियाको ई नाइन पे कम्पनीबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.(पृथ्वी रेमिट) र दक्षिण कोरिया स्थित ई नाइन पे कम्पनी लिमिटेडबीच विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ । यस सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँ स्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी ई नाइन पेको मोबाइल एप्स प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । साथै, ई नाइन पेको दक्षिण कोरियामा रहेको शाखाहरुबाट समेत नेपालमा रकम पठाउन सकिन्छ । ई नाइन पे मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपाल स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामातुरुन्तै जम्मा हुनेछ, साथै अन्य वाणिज्य तथाविकास बैंकको खातामापनि रकमजम्मागर्न सकिन्छ । ई नाइन पेमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण (रेमिट्यान्स) सेवा पृथ्बी रेमिटका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ । यी दुई कम्पनीबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सोमबार बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ब्रेकिङ न्युज: त्रिभुवन विमानस्थलमा युएस बंगला विमान दुर्घटना, १४ जनाकाे उद्धार

काठमाडौं । बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएसबंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ ।विमान अवतरण गर्ने क्रममा सोमबार दिउसो २ बजेर २० मिनेट जादा दुर्घटना भएको हो । विमानस्थल वरिपरि धुवाँ देखिएको छ । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हो। ढाकाबाट आएको ड्यास–८ विमान अवतरणको क्रममा रनवे बाहिर पुगेको थियो । विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्निएको थियो । त्रिभुवन विमानस्थलका प्रमुख देवानन्द उपाध्यायले युएस बंगला एयरको विमान दुर्घटना भएको बताए । उनले उद्धार कार्य जारी रहेकाले कति क्षति भयो भन्नेबारे चाँही जानकारी नआएको बताए । विमानबाट १४ जना यात्रुको सकुशल उद्धार गरी अस्पतालमा पठाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । उद्धार कार्य जारी छ । अहिले विमानस्थल बन्द गरिएको छ । दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।  

घर निर्माण गर्दै हुनुहुन्छ ? यस्ता छन् वास्तु शास्त्रको सुझाव

ज्योतिषी वास्तुशास्त्री नारायणप्रसाद दुलाल कुनै पनि घर, कार्यालय, कलकारखाना, वासस्थान, व्यापारिक प्रतिष्ठान या अन्य भौतिक वस्तु एवं पर्यावरणमा पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशबीचको ऊर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई सन्तुलनमा राख्ने विज्ञान नै वास्तु विज्ञान हो । पूर्वीय वास्तुशास्त्र अनुसार पृथ्वीमा भूमिदेव वास्तु पुरुष हुनुहुन्छ भन्ने मान्यता विद्यमानलाई नकार्न सकिदैन, भूमिमा निर्माण गरिने घर, महल, व्यापारिक प्रतिष्ठान, कार्यालय, कलकारखाना आदि कहाँ बनाउने ? कस्तो बनाउने ? कसरि बनाउने? पञ्चतत्त्वको समन्वय कसरि गर्ने ?  आदि जिज्ञासालाई प्रभावकारी ढंगबाट समाधान गर्ने शास्त्र वास्तुशास्त्र हो अतः वास्तु वस्तुको अनुकुलता हेर्ने शास्त्र हो । आधुनिक वैज्ञानिक युगमा गृह निर्माणमा वास्तुशास्त्रको महत्वपूर्ण स्थान छ, वास्तुको वैज्ञानिक आधार भनेको प्रकृति, वातावरणमा रहने पञ्चतत्त्व, पृथ्वीको चुम्बकीय तरङ्ग एवं गुरुत्वाकर्षण शक्ति मात्र नभएर हाम्रो शरीरमा रहने चुम्बकीय ध्रुव, ऊर्जा,शक्ति, सतह, उचाइ, ज्यामितीय आकार, चुम्बकीय दिशा, भौगोलिक दिशा, सौर्य ऊर्जा आदि हुन् । पञ्चतत्त्वहरुको सहि सम्मिश्रणले ‘बायो-इलेक्ट्रिक मैग्नेटिक एनर्जी’ उत्पत्ति हुन्छ, जसाले गर्दा मनुष्यलाई सकारात्मक उर्जाका साथै मानशिक शान्ति, उत्तम स्वास्थ्य, धन, ऐश्वर्य, समृद्धि एवम् भौतिक सुख मिल्दछ, वास्तुशास्त्र एउटा व्यावहारिक शास्त्र भएकाले प्राचिन कालीन ऋषि-मुनिहरुले आत्मासात गर्दै धार्मिक दृष्टिले पनि हेरेको पाइन्छ । हाम्रो नेपाली समाजमा आफ्नो सुन्दर घर निर्माण गर्नु महत्त्वपूर्ण उपलब्धि मानिन्छ किनभने गृह निर्माण धेरै वर्षको मेहनत एवं पौरखबाट मात्र सम्भव हुन्छ । गृह निर्माणको सपना धेरैका हुन्छन् कतिपय पूरा हुन्छन् त कतिपय चाहदाँ चाहदै पनि अधुरै रहन्छन् । यस्तै अधुरै रहने कारणहरु मध्ये वास्तुको मिलान पनि एक हो । निर्माण हुन लागेका वा भैसकेका घर एवम् व्यापारिक प्रतिष्ठान वास्तु अनुकुल हुन सकेन भने पीडादायी हुन सक्छ । मेहनत एवं पौरखबाट गरेको कार्य नै गलत भए पश्चातापबाहेक अरू केही हुँदैन । वास्तुशास्त्रको तिरस्कार गरेर रुढीवादी परम्परा मान्ने कतिपय मानिसहरु जे-जस्तो भएपनि घर महल भए पुग्यो भन्ने सोचाईका कारण उनीहरु सदा-सर्बदा दुःख, चिन्ता, हैरानी, ग्लानी एवम् मानसिक द्धन्दबाट जीवनयापन गर्न बाध्य छन् त्यसैले वास्तुअनुरूप घर बनाउनु महत्वपूर्ण हुन्छ । घरको जग खन्नेदेखि झ्यालढोका राख्ने, शौचालय, पाठशाला, सयनकक्ष, रंग, आकार एवं आन्तरिक सजावटसम्म वास्तुअनुसार मिलाएर वस्तु स्थापना गर्नुपर्दछ, घर-परिवारमा सुख प्रदान गर्ने, धर्म, अर्थ काम र मोक्षको सिद्धिका साथै  अन्यजीवजन्तुलाई पनि सुख प्राप्त हुने थलो भनेकै घर हो । आजको गृहविज्ञानले पनि घर व्यक्ति अनुकूलको हुनु पर्छ भन्ने कुरामा जोड दिन्छ । वास्तुशास्त्रअनुसार घर निर्माण गर्दा खुला ठाउँ, किचेन, बेडरूम, पानी ट्याङ्की, शौचालय, शयनकक्ष, बालबालिकाको शयनकक्ष, अध्ययनकक्ष, भर्याङ्ग, बैठक कोठा लगायत सम्पूर्ण संरचनाका स्थूल र सूक्ष्म पक्षमा ध्यान दिन आवश्यक छ । पञ्चभूतका साथै स्तुशास्त्रमा दिशा पनि एकदमै महत्वपूर्ण तथा आधारभूत कुरा हो। घरएवं व्यापारिक प्रतिष्ठान अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने वा स्थापना गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, जो हरेकलाई यस्को बारेमा ज्ञान हुनुपर्ने प्रमुख कारण हो र यी सामान्य विषयमा सचेत रहन सकियो भने मात्र वास्तुशास्त्र अनुसारको घर निर्माण हुन्छ । वास्तुशास्त्रमा आवासीय भवन निर्माण गर्दा८ दिशा र त्यसका विशेषताहरू यसप्रकार छन्ः १. पूर्व घरको मूल द्धार र बस्ने कोठापूर्व दिशातर्फ हुनुपर्दछ। पूजा-आजा गर्ने कोठापुर्व वा पूर्वोत्तर दिशातर्फ हुनुपर्दछ। विद्यार्थीका लागि पूर्वी कोठा राम्रो मानिन्छ । विद्यार्थीहरूले पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ । भान्छामा पूर्वाभिमुख भएर खाना बनाउनु पर्दछ । धन-सम्पत्तीको दराज, लकर, बाकसआदिको मूख पूर्व दिशातर्फ खुल्नेगरी राख्नुपर्छ। चर्पी कहिल्यै पनि पूर्व दिशामा फर्किएको हुनुहुँदैन  । २. दक्षिण-पूर्व (आग्नेय) भान्छा कोठालाई यो दिशातर्फ राख्नु सबैभन्दा उत्तम हुन्छ। भान्सा कोठाको पूर्व दिशामा झ्याल राख्नु लाभप्रद मानिन्छ । भान्सा कोठाको रंग पहेंलो, सुन्तला, चकलेटी वा रातो हुनुपर्छ । विद्युतीय सामग्रीहरूलाई यसै दिशातर्फ राख्नु राम्रो मानिन्छ जस्तैः टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण-पूर्वी कोठामा राख्नु उत्तम हुन्छ। गाडीको पार्किङ स्थल यस कोणमा राख्न सकिन्छ । चर्पी तथा पानी ट्याङ्की यस दिशामा राख्नु हुँदैन । ३. दक्षिण घरको अन्य दिशाका भागहरूलाई भन्दा दक्षिण भागलाई अग्लो बनाउनुपर्दछ । घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ । सामान्य शयन कक्ष यस दिशामा राख्न सकिन्छ  । शौचालय दक्षिण दिशामा उपयुक्त मनिन्छ । शौचालय दक्षिण वा उत्तर फर्केको हुनुपर्दछ । भान्छाकक्ष तथा भोजनकक्ष दक्षिण दिशामा राख्नु हुँदैन  । ४. दक्षिण(पश्चिम (नैऋत्य) यो दिशामा शौचालय वा सेफ्टी टंकी राख्नु उपयुक्त हुन्छ । भण्डारण कोठाको लागी पनि श्रेठ ठाउँ यहिनै हो  । शयनकक्ष यस दिशामाराम्रो मानिन्छ । घरका अग्रजहरूको कोठा पश्चिम(दक्षिणतर्फ बनाउनुपर्छ । भगवानको पूजाकक्ष यस दिशामा नराख्नुहोला । घरको दक्षिण-पश्चिम दिशाको कोठालाई भाडामा दिनु उत्तम हुन्छ । ५. पश्चिम पानीको ट्यांकी पश्चिम दिशामा राख्नु उपयुक्त मनिन्छ । शौचालयरवाथरुमपश्चिम दिशामा उपयुक्त मनिन्छ । पश्चिम दिशामा फोहोर संकन गर्ने स्थान बनाउन सकिन्छ । यस दिशामा भर्याङ अथवा द्वार पनि राख्नु उचित हुन्छ  । भोजन कक्षलाई यो दिशामा बनाउन सकिन्छ । गोबरग्याँस लाई पश्चिमपट्टी राख्नु उत्तम हुन्छ। ६. पश्चिम-उत्तर(व्याव्य) यस दिशामा बैठक कोठा बनाउनु उचित हुन्छ । मनोरञ्जनक उपकरणहरु राख्नु उत्तम हुन्छ। शयन कक्षपनियस दिशामा राख्न सकिन्छ, पाहुनाका लागि बनाइने स्थान पश्चिम-उत्तर वा त्यसको आसपास हुनुपर्छ। यस दिशामा मोटर गाडीको ग्यारेज बनाउनु उचित हुन्छ, यसैगरी फलफूलहरू पश्चिमी भागमा लगाउनु राम्रो मनिन्छ । गाईको गोठ पश्चिम-उत्तरको कोणमा शुभ हुन्छ । नवविवाहित दम्पत्तीको कोठा उत्तर-पश्चिम दिशामा नबसेको राम्रो हुन्छ । ७.उत्तर  अाठै दिशाहरूमध्ये याे दिशालाई धार्मिक दृष्टिले पनि पवित्र मानिन्छ। उत्तरमा इनाररपानीटंकी राख्न सकिन्छ  । सफलताको लागि कार्यालयकक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु राम्रो हुन्छ  । घरको आँगन अथवा खुल्ला ठाउँ उत्तर तर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ । उत्तरमानै मनोरञ्जन गर्ने हल बनाउनु राम्रो हुन्छ, भान्छा, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्नु हुदैन । सुत्दा पनि उत्तरतर्फ शिर गरेर कदापि सुत्नु हुदैन । ८. उत्तर-पूर्व (ईशान)  आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ, उत्तर-पूर्व दिशालाई भगवानको दिशा मानिन्छ। पूजा गर्ने कोठा यो दिशामा राख्नु सबैभन्दा फलदायी हुन्छ।विद्यार्थीको लागि यो कोण अत्यान्य शुभ मानिन्छ। विद्यार्थीले पूर्व–उत्तर फर्केर पढ्नु उपयुक्त हुन्छ । यो दिशाको सहि सदुपयोगले मनुस्यको जीवनमा सुख, शान्ति र संवृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ । घरको उत्तर-पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ। घरको उत्तर-पूर्व दिशामा खुल्ला ठाउँ या गार्डेन बनाउनु सबैभन्दा उत्तम हुन्छ। अध्यनकक्ष पूर्व ईशान कोणको विचमा उपयुक्त हुन्छ । ईशानकोणमा ईनार वा भूमिगत पानीटंकीबनाउनु शुभ मानिन्छ । भान्छा तथा चर्पी ईशानकोणमा कहिले पनि बनाउनु हुदैन । अन्य कुनामापनि चर्पीरबाथरूम बनाउनु हुदैन  । यसका अतिरिक्तः घरको सामुन्ने दुधालु वृक्ष लगाउनु हुँदैन । काँडावाला रूख पनि घरको सामुन्ने लगाउनु हुदैन । घरको उचाइ भन्दा  अग्ला रुखले पनि  हानि गर्छ । घरको उचाइ दक्षिण-पश्चिमबाट घटाएर पूर्व–उत्तरमा कम हुनुपर्छ ।बिमको ठीक तल बस्नु एवं सुत्नुहुँदैन । पूर्व पट्टि पिपलको रूख हुनु हुदैन । घरको अधिकांश ढोका र झ्याल उत्तर-पूर्वी दिशामा खुल्नुपर्छ । घरको सिढी दक्षिणवर्ती घुमेको हुनुपर्दछ । घरको सिढीको संयख विषम अर्थात् २१, २३, २५ आदि हुनुपर्छ । भर्यासङमुनि पूजा कोठा तथा शौचालय बनाउनुहुँदैन । युद्ध, अपराध तथा हत्या–हिंसाका तस्बिर टाँस्नु हुँदैन । घरको अगाडी तुलसीको बोट लगाउनु शुभ हुन्छ । घरको भित्ता दक्षिण-पश्चिममा बढी बाक्लो हुनु तथा उत्तर-पूर्वको भित्ता सानो वा पातलो हुनु राम्रो हो । भूमिको पूजा घर बनाउनुअघि नै गर्नुपर्छ र यसका साथै घर निर्माण गर्नुभन्दा पहिले या बनिसकेको भवनमा वास्तुशास्त्रीको सल्लाह लिएर उचित कार्य गर्न सकिन्छ । घर मानव जीवनको अपरिहार्य एवम् महत्वपूर्ण आश्रय स्थल हो । मानवका आधारभूत वस्तुहरू गाँस, वास र कपासमध्ये वासस्थान एक हो । घर वस्नेहरूका लागि सुख शान्ति प्रदान गर्ने हुनु आवश्यक हुन्छ भने व्यापारिक प्रतिष्ठान बाट सफलता हात पर्नु महत्वपूर्ण हुन्छ त्येसैले धेरै धन खर्च गरेर मात्र घर राम्रो हुँदैन । घरमा वा व्यापारिक प्रतिष्ठानमा आवश्यक पर्ने विषयवस्तुको उचित मिलान हुन सकेन भने त्यही घर वा व्यापारिक प्रतिष्ठान अशान्ति र नोक्सानीको कारक बन्न सक्छ । त्यसैले जीवनलाई सुन्दर, सफल, अनुकुलका साथै सार्थक बनाउन वास्तु शास्त्रको सहि उपयोगले आफ्नो अनुकुलको घर निर्माण र व्यवस्थापन गर्नु अत्यावश्यक देखिन्छ ।

एभरेष्ट बैंकको शाखा बनेपामा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको बनेपामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विभिन्न स्थानहरुमा शाखा विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस शाखको उद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गरेका थिए । बैंकले हाल ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

न्यायाधिश चोलेन्द्रशम्शेरले गरे प्रधानन्यायाधिश पराजुलीलाई बहिष्कार

काठमाडौं । प्रधानन्ययाधीश गोपालप्रसाद पराजुलीको पुर्ण इजलास न्यायाधिश चोलेन्द्रशम्शेर जबराले बहिष्कार गरेका छन् ।  न्यायाधिश राणाले प्रधानन्यायधिश पराजुलीको अवकास गत साउनमै भएको दावी गर्दै सोमबार पुर्ण इजलास बहिष्कार गरेका हुन् । प्रधानन्यायाधिशको इजालस न्यायाधिशले बहिष्कार गरेको नेपालको इतिहासमा संभवत यो पहिलो घटना हो । प्रधानन्यायाधिश पराजुलीले कान्तिपुर पब्लिकेशन र प्रा.डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धित मुद्दा आफनोू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए पुर्ण इजलासमा थिए । अवकास पाइसकेका प्रधानन्यायाधिशसंग मुद्दा नहेर्ने भन्दै उनले इजलाससमेत बहिस्कार गरेपछि स्थगित भएको छ । प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेपछि पत्ता लागेको न्यायाधिश राणाले बताए । तर पराजुली आगामी बैशाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

उद्योगमन्त्रीले भने– देश बनाउन अब सबै बौहुलाउनु पर्छ

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले देशमा जिम्मेवारी लिएकाहरु एकपटक बौहुलाउन पर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले २४ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक समृद्धिको खातिर बौहुलाउन पर्ने बेला आएको जिकिर गरे । “समाजमा राम्रो काम गर्ने मान्छे बौलाहा नै हुन्छ” उनले भने । यादवकाअनुसार समाजमा मान्छे दुई कारणले बौहुलाउछ । एक उसको दिमागनै बिग्रेको हुन्छ भने अर्को जसले नयाँ काम गर्न खोज्छ उसलाई समाजले पचाउदैन र बौलाहा भन्छन् । सहि अर्थमा काम गनैलाई त्यस्तै उपाधि मिल्ने उनको बुझाइ छ । पुरानो गलत चिजलाई भत्काउन बौलाउन पर्ने बेला भएको उनको तर्क छ । मन्त्रीहरुमाथि नै ब्यग्य गर्दै मन्त्री यादवले भने,‘हामीलाई मन्त्री नहुृदा त्यसै हिड्दा डुल्दा पनि भएको थियो, अब मन्त्री भइसकेपछि भने नयाँ र महंगा गाडी चाहिने ?’ हामीले हाम्रो हिडाई बसाई लगायतमा पनि परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । देशको अवस्था र धरातल अनुुसार खाने, लाउने तथा वस्ने गर्नुपर्छ । उनले आफ्नो पार्टीको अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भ्रष्टचार गर्न नदिने भनेको भन्दै आफु त्यो कुरामा प्रतिबद्ध रही उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयमा भ्रष्टचार हुन नदिने प्रतिबद्धता गरे । ‘यदि हाम्रो मन्त्रालयदेखि कुुनै किसिमको बाधा अड्कौ आउछ । कसैले पैसा माग्छ भने सिधै म कहाँ आउनुहोस्,’ उनले भने । उनले जसरी सरकारले उद्योगी व्यवसायी लगायत जनतालाई सहयोग गर्छ त्यसरी नै सरकारलाई भोग्न परेको सहि समस्या राखेर सहयोग गर्न पर्ने आग्रह छ । उनले आफ्नो मन्त्रालयमा कर्मचरीहरुलाई पुरानो दिन गए अब, नयाँ ढंगले चल्नका लागि निर्देशक दिइसकेको जानकारी गराए । त्यस्तै कार्यक्रममा अर्र्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धिको लागि उद्योग र उत्पादनहरु बढाउन पर्ने बताए । सरकारको मात्रै प्रयासले नहुने भन्दै उद्योगि व्यवसायीहरु अघि बढ्न पर्ने उनको भनाइछ । ‘हामीले विगतदेखि नै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउदै आएका छौं,’ उनले भने ‘तर त्यो व्यवस्था अलि प्रभावकारी हुन सकेन ।’ उत्पादननै नभएको वस्तुहरु निर्या हुने अवस्था सृजना भए । ‘अब नेपालमै उत्पादन भएको प्रमाणपत्रको आधारमा मात्रै सहयोग गर्ने छौं ।’ मुलुकमा धेरै ठूलो रोजगारी आवश्यक रहेको भन्दै उनले उक्त रोजगार विभिन्न उद्योगहरुको माध्यमबाट मात्र सृजना हुने बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान दुवैको धारणा राजनैतिक दलहरुले प्रतिबद्धता गरे अनुसार मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्ने रहेको थियो । उनीहरुले सरकारले भनेजस्तै अबको १० वर्षमा माग्ने मुलुकबाट दिने मुलुकको रुपमा स्थरोन्नति गर्नु पर्ने अडान राखे । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभरी छरिएर रहेका घरेलु तथा साना उद्योगको माध्यमबाट मात्रै देशको उन्नति हुने बताए । सरकारले त्यस्ता उद्योगहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताए ।

सिमेन्ट, स्टिल, एग्रोटेक, फुड उद्योगमा लगानी बढिइरहेको छ-महानिर्देशक शंकर अर्याल

अहिले सरकारले ‘आर्थिक समृद्धि’ लाई मुख्य नारा बनाएको छ । सरकारले त्यसो भनिरँदा आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको औद्योगिक क्षेत्रमा के भइरहेको छ ? स्वदेशी तथा वैदेशिक लगानीको अवस्था के–कस्तो छ ? सिमेन्ट, स्टील लगायतका उत्पादनमुलक उद्योगहरु खुल्ने क्रम कसरी अघि बढिरेहेको छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत भई उद्योग विभागको महानिर्देशक शंकर अर्यालसँग विकासन्युजका लागि पृथराज थेगिमले गरेका विकास वहसः शंकर अर्याल-महानिर्देशक, उद्योग विभाव पछिल्लो समय उत्पादनमूलक उद्योग खुल्ने क्रम कस्तो छ ? पहिलेको तुलनामा अहिले औद्योगिक वातावरण बनेको छ । साथै उद्योगको संख्या तथा लगानी पनि बढेको छ । शान्ति सुरक्षाको व्यवस्था राम्रो छ । स्वदेशी तथा विदेशी लगानी क्रमश बढ्दैछ । यसलाई अझ बढाउन हामी प्रयत्नशील छौं । उत्पादनमूलक उद्योगहरु जस्तै सिमेन्ट, स्टिल, उर्जा क्षेत्रमा बढी लगानी आइरहेको छ । त्यस्तै गएको वर्षको तुलनामा उत्पादनमूलक उद्योगहरु खुल्ने क्रम पनि उत्साहजनक छ । भूगोलको आधारमा हेर्ने हो भने तराई क्षेत्रमा बढी उद्योगहरु खुलिरहेका छन् । विद्युत उपलब्ध हुने क्षेत्रमा बढी उद्योगहरु खुल्ने गर्छ । पश्चिम र मध्यपश्चिम क्षेत्रमा बढी सिमेन्ट उद्योगहरु खुलिरहेका छन् । लगानीमैत्री वातावरण बनाउन विभागले के नयाँ काम गरिरहेको छ ? लगानीमैत्री वातावरण बनाउनको लागि औद्योगिक व्यवसाय ऐन २०७३ जारी भएको छ । सोहीअनुसारको नियामावली बन्दै छ ।  विदेशी लगानी भित्र्याउनका लागि विदेशी लागानी (एफडीआई) ऐन पनि परिवर्तनको लागि प्रस्ताव गरिएको छ । विभिन्न कारणवस टुङ्गीन भने सकेको छैन । अझ बढी विदेशी लगानी ल्याउने उद्देश्यले उक्त ऐनलाई समय सापेक्ष शंसोधन गर्न लागिएको हो । अर्को पेटेन्ट र ट्रेडमार्क ऐन २०२२ मा बनेको थियो । त्यसलाई पनि समयानुकूल शंसोधन, परिमार्जन गरेर अध्यावधिक गराउने कार्यमा लागिरहेका छौं । उद्योग मन्त्रालयको पहलमा ती कार्यहरु भइरहेको छ । त्यसैगरी औद्योगिक पोलिसीहरु पनि नयाँ आएको छ । संगठनको पुनसंरचना भइरहेको छ । विभागमा अनलाइनको सुरुवात गरिसकेका छौं । विदेशी लगानी शाखा र उद्योग दर्ता शाखामा अनलाइन निवेदन दिन सकिन्छ । अहिले केन्द्र, प्रदेशको संरचनाहरु पनि पछिल्लो राजनैतिक परिवर्तनअनुसार प्रभावकारी बनाउने सन्दर्भमा हेरफेर हुँदैछ । नीतिगत सुधार भएपनि व्यवहारमा लागू भएको देखिन्दैन, किन ? त्यो कुरा ठिक हो । नीति मात्र बनेर पनि हुँदैन । व्यवहारमा पनि लागू हुनुपर्छ । अहिले नीति बनेको छ । त्यसलाई व्यवहारिक हिसाबमा लागानीमैत्री वातावरण बनाउने दिशामा विभाग अघि बढिसकेको छ । विभागबाट पाइने सेवा सुविधा छिटो छरितो गर्ने प्रक्रियामा सुधार गर्दै लैजादै छौं । अनलाइनको एप्लिकेशनहरु त्यसैभित्र पर्दछ । एकल विजनेश सेवाको पनि औद्योगिक व्यवसाय ऐनमा व्यवस्था गरेका छौं । उक्त सेवामार्फत धेरै कार्यालयहरुमा जान पर्ने समस्याबाट मुक्त गराउन सकेसम्म औद्योगिक व्यवसायीहरुलाई एउटै कार्यालयबाट सेवा दिइनेछ । जसमा जग्गा उपलब्ध गराउनेदेखि लिएर लगानी स्वीकृति, पूँजी उपलब्ध गराउने, वन, कर, लगायतका प्रक्रियाको लागि अन्य कार्यालयमा जान नपर्र्ने व्यवस्थाको कल्पना गरेका छौं । त्यसको लागि नीतिगत सुधार, संरचनात्मक व्यवस्था आवश्यक छ । अहिले हामी एकल बिन्दु समितिको सचिवालय भनेर विभागमा काम गरिरहेका छौं । यसलाई स्थायी संरचनाकै कल्पना ऐनले गरेको छ । मन्त्रलय पनि त्यही ‘वर्कआउट’मा अघि बढेको छ । अहिले पनि व्यवसायीहरुले उद्योग विभागले प्रदान गर्ने सेवा सुविधा ढिला–सुस्ती, झन्झटीलो भएको बताएका छन् । अझै पनि सेवा लिन घुस दिनु पर्ने समस्या रहेको आरोप लगाएका छन नि ? त्यस्तो त विल्कुलै छैन । सबै कागजात पूरा भएर आयो भने २/३ दिनभित्र सबै काम बन्छ । कागजपत्र नभएको अवस्थामा केही बढी समय लाग्छ ।  हाल विभागबाट अनलाइन र म्यानुवल दुबै माध्यमबाट काम भइरहेको छ । उद्योग व्यवसायीहरुलाई विभागबाट कुनै झन्झट हुने वातावरण छैन । त्यस्तो केही समस्या परेको छ भने उहाँहरुले विभागमा सिधै सम्पर्क गरेर काम गराउन सक्नुहुन्छ । कुनै पनि लेन–देनको कुरालाई प्रोत्साहन दिदैनौं । नेपालमा लगानीकर्ताहरु व्यापार तथा सेवा क्षेत्रमा बढी केन्द्रित भएको पाइन्छ । उनीहरुलाई उद्योग क्षेत्रमा आकर्षित गर्न किन सकिएन ? यो चाँही गम्भीर चिन्ताको विषय छ । देश आत्मनिर्भर हुनका लागि उत्पादन बढाउन पर्छ । उत्पादन गर्नुभन्दा अरु व्यवसाय गर्न सजिलो हुने भएकोले पनि निजी क्षेत्र व्यापार तथा सेवा क्षेत्रमा लागेका हुन सक्छन् । तर उद्योगको विकास अत्यावश्यक छ । त्यसैको पक्षमा हामी छौं । उत्पादनमूलक उद्योगको लागि कच्चा पदार्थ बाहिरबाट ल्याउने र राज्यबाट हुुने सहुलियत लगायतका विषयलाई लगानीकर्ताले उठाएका छन् । निर्यातलाई प्रोत्साहित हुने, आयातलाई निरुत्साहित गर्ने गरी करको सुधार तुरुन्त गर्न पर्ने देखिन्छ । स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्ने उद्योगहरुको विकास गरेर उत्पादन तथा रोजगारी प्रदान गर्ने वातावरण बनाउन पर्छ र त्यसको लागि विभाग लागिरहेको छ । कसरी लाग्नुभएको छ ? हामीले गर्ने भनेको नियम कानुनमा सुविधा दिने । प्रक्रियामा सरलता ल्याउने, अनावश्यक झन्झट नदिने हो । त्यो वातावरण हामीले बनाइराखेका छौं । खास लगानी गर्ने भनेको निजी क्षेत्र नै हो । निजी क्षेत्र पनि आउन प¥यो । त्यस्तै आयात निर्यात, कर लगायतको प्रत्यक्ष सुविधाहरु वाणिज्य र अर्थमन्त्रालय दिने हो । उद्योगी व्यवसायीहरुलाई दिने छुट, सुविधा हामीले दिइरहेका छौं । औद्योगिक व्यवसाय ऐन अनुसार आएमा उद्योगहरुले हाम्रोबाट पाउने सेवा सुविधा पाउछन् ।त्यस्तै औद्योगिक क्षेत्रहरुको व्यवस्था उद्योग मन्त्रालयअन्तर्गत रहेको छ । त्यसमा एकिकृत सुविधाहरु उपलब्ध गराइनेछ । सरकारले व्यवस्था गरेको औद्योगिक क्षेत्रमा उद्योग खोले विभिन्न सुविधा उपलब्ध हुनेछ । अर्को सिमेन्ट लगायतका ठूला उद्योगहरुको लागि सरकार आफैले संयोजन गरेर उद्योगसम्म बाटो, बिजुली पुर्याइदिने लगायतको व्यवस्था गर्ने नीति पनि आइसकेको छ । अधिकांश उत्पादनमूलक उद्योगहरु एकल तथा साझेदारी रुपमा चलेको देखिन्छ । ठूला उद्योगहरुमा शेयर लगानी गर्न सर्वसाधरणले पाएका छैनन् । त्यस्ता कम्पनीहरुलाई पब्लिक बनाउनेतर्फ विभागले के पहल गरिरहेको छ ? उद्योगको विकास हुदै गएपछि सर्बसाधारणले लगानी गर्न पाउछन् । विभागको पहिलो प्राथमिकता उद्योगको विकास हो । उद्योगको विकास भयो भने उद्योगहरुबीच प्रतिस्पर्धा हुन्छ । पूँजी संकलन बढाउनेमा प्रतिस्पर्धा होला । सुरुमा स्वदेशभित्रको उद्योग बढ्नु तथा थपिनु पर्यो । विदेशी लगानीमा उद्योगहरु बढ्न पर्यो । उद्योगहरु जति बढ्यो सर्वसाधारणको पहुँच त्यतिनै बढ्दै जाने हो । अहिले पनि कतिपय कम्पनीहरुले आफ्नो शेयर सर्वसाधारणलाई बिक्री गर्ने काम गरिरहेका छन् । अहिले कुन कुन क्षेत्रमा लगानीको आकर्षण बढेको पाउनु भएको छ ? पछिल्लो समय वैदेशिक लगानी उत्पादनमूलक क्षेत्र, कृषि, उर्जा, खनिज क्षेत्रमा बढी आएका छन् । निजी क्षेत्रले पनि सिमेन्ट, स्टिल, एग्रोटेक, फुड लगायतमा लगानी बढाइरहेको छ । विभागमा दर्ता भएको विदेशी तथा स्वदेशी उद्योग सबै सञ्चालनमा आउछन त ? विभागमा दर्ता भएका अधिकांश ठूला उद्योगहरु सञ्चानलमा आएका छन् । यद्यपि कति उद्योगहरु सञ्चालनमा आएका छन् । एकिन तथ्याङ्क भने लिन सकिएको छैन ।  अहिले उद्योगहरुले वार्षिक विवरण बुझाउन पर्ने व्यवस्था सरकारले गरिएको छ । नबुझाए जरिवाना तिर्नु पर्ने हुन्छ । त्यसको माध्यमबाट दर्ता भएका उद्योगहरु सञ्चालनमा छ, छैन थाहा पाउन सकिन्छ ।