विकासन्युज

पूर्वमा घट्यो करिव ४ प्रतिशत विद्युत चुहावट, ४७ करोड ५३ लाख युनिट ऊर्जा बिक्री

काठमाडौं । प्रदेश नम्बर एकका नौ जिल्लामा चालू आर्थिक वर्षको माघसम्ममा नम्बर एकमा विद्युत चुहावट करिब ४ प्रतिशत घटेको छ । नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतका १७ बितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष ०७३/७४मा रहेको १७.६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३.९१ प्रतिशतले घटाएर १३.७४ प्रतिशत कायम गरेका हुन् । क्षेत्रीय कार्यालय अन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ । प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ । विराटनगर बितरण केन्द्रले १४.०५ प्रतिशत रहेको चुहावटलाई ४.२१ प्रतिशतले घटाएर ९.८४ प्रतिशत कायम गरेको छ । ८.९५ प्रतिशत रहेको विद्युत चुहावटलाई दुहवी वितरण केन्द्रले ३.०७ प्रतिशतले घटाएर ५.८८ प्रतिशत कायम गरेको छ । बिराटनगर र दुहवी कार्यालय अन्तर्गत ठूला औद्योगिक ग्राहकहरु छन् । दमक बितरण केन्द्रले ४.७३ प्रतिशतले चुहावट घटाएको छ । केन्द्रले असारसम्मको २३.२२ प्रतिशतको चुहावटलाई घटाएर १८.४९ प्रतिशतमा झारेको हो । मोरङको रंगेली बितरण केन्द्रको चुहावट भने अझै ३२.३० प्रतिशत छ । असासम्ममा ३६.४२ प्रतिशत चुहावट रहेको माघसम्ममा ४.१२ प्रतिशत मात्रै घटेको छ । इनरुवा बितरण केन्द्रको ३६.५९ प्रतिशतको चुहावट १०.०७ प्रतिशतले घटेर २६.५२ प्रतिशत पुगेको छ । यसैगरि, वेलबारी बितरण केन्द्रको २६.१३ प्रतिशत चुहावट १.२४ प्रतिशतले घटी २४.८९ प्रतिशतमा सीमित भएको छ । विद्युत चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा बितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यासम्पादन सम्झौता लगायतका कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैर प्राविधिक चुहावटमा कमी आएको छ, ओभरलोडमा रहेको ट्रान्सफर्मर फेरिरहेका छौं जसले गर्दा प्राविधिक चुहावटमा क्रमिकरुपमा कमी आइरहेको छ’,उनले भने,‘अझै चुहावट नियन्त्रण अभियानलाई हामी अझै शसक्तरुपमा अगाडि बढाउँछौं ।’ चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्राधिकरणको यही अभियानलाई साथ दिंदै झापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘विद्युत चुहावट मुक्त’ घोषणा गरिसकेको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले गर्मी सुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने बताए । ‘माघसम्मको तथ्याङ हेर्दा विद्युत चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको टार्गेटभन्दा कम छ, तर गर्मी सुरु हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ’, उनले भने, ‘तर, हामीलाई दिइएको टार्गेट पूरा गर्ने प्रयासमा क्रियाशील छौं ।’ क्षेत्रीय कार्यालयलाई गत आबमा रहेको १७.६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने टार्गेट दिइएको छ । गत असारसम्म प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६.८२को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।

सुजुकीको ‘सिलेरियो एक्स’ गाडी नेपाली बजारमा, मूल्य २६ लाख ९९ रुपैयाँ

काठमाडौं । सीजी मोटोकर्प, नेपालका लागि सुजुकीफोर व्हिलरसको आधिकारिक वितरक तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने र्स्पोटि र ट्रेन्डि ‘सिलेरियो एक्स’ बजारमा ल्याएको छ । सिलेरियो एक्स र्स्पोटस्मा एरोडाइनामिक शैलीअनि अग्रभागको वरिपरि एक्स् थीममाआधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुने कम्पनीले जनाएकाे छ । ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियर मालगाएको अत्यन्तचमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि-पिलर यसको अर्को ट्रेन्डि विशेषता हो । सिलेरियोले आफुलाई पूर्ण फेमिलीकारको रुपमा नेपालीबजारमा स्थापित गरेको छ । सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरुप अझ स्टाइलिस अनि र्स्पोटि बनाउदै लग्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार सिलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवाजोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् । सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्कृत समयोजनले गाडीको इन्टेरियर अझ र्स्पोटि देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समिश्रण झल्किन्छ । कालो रंगको सिटमा सुन्तला रंगको समयोजनले गाडीको स्र्पोटि लुक्स लाई थप निखार दिएको कम्पनीले जनाएको छ । सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टम (एबीएस)को साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्राथप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्थागरिएको छ । अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ लगायतकाविभिन्नआरामदायीबन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनिआरामदायी बनाउँछ । शक्तिशाली के. नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ केएमपीएलको माइलेज दिने दाबी गरिएको छ । कम्पनीले यस गाडीको शुभारम्भ मूल्य २६ लाख ९९ रुपैयाँ तोकेको छ ।

आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा आवश्यक: विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूकाबीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघिय संरचना कार्यान्वयन गरिएको बताउँदै उनले प्रदेश सरकारहरूले यहि सोंचका साथकाम शुरू गर्न आग्रह गरेका छन् । ‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ति राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक बृद्धिदर उच्च हुन पुग्यो’ अध्यक्ष चौधरीले भने, ‘हाम्रा मुख्य मन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तब्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नयाँ उत्साह आउने विश्वास मैले लिएको छु ।’ साथै, उनले अब प्रदेश सरकारहरूले प्रान्तिय संरचना वा कानूनी पक्षहरूका बारेमा अलमल नगरि विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउन जोड दिएका छन् । उनले रामजानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरि जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने बताएका छन् । प्रदेश नम्बर २ लाई व्यवसायिक कृषी उत्पादन गरि निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनु पर्नेमा पनि उनले जोड दिए । ‘प्रदेश नम्बर २ को कृषी उपज प्रत्येक नेपालीको भान्सामा पुर्याउने नीतिका साथ काम गर्नु आवश्यक छ’, अध्यक्ष चौधरीले भने, ‘यहा“को उर्वर भूमीबाट कृषी क्रान्तिको नयाँ अध्याय शुरू गर्न सकिन्छ ।’ ‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ रहेका छन् । ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आईसिपी, ड्राईपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् ।’ उनले भने, ‘यस प्रदेशले आफ्नो सामर्थ्य समयमै चिन्न सकेमाआर्थिक विकासमा अग्रणी बन्न सक्छ ।’ अध्यक्ष चौधरीले अहिले यो प्रदेशमा अहिले पनिकरिब ३० प्रतिशत गरिवी छ तर, पाँच बर्षमा यि सबै परिसूचकहरू उत्साहजनक हुनेछन् भनेर प्रदेश सरकारले आफ्नो काममार्फत् जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताएका छन् ।  

एनआईसी एशियाको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ बन्द हुँदै, चैत २ गतेसम्म मात्र खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले हाल सञ्चालन गरिरहेको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ योजना बन्द हुने भएको छ । बैंकले गत फागुन ११ गतेदेखि सञ्चालनमा ल्याएको उक्त दुई योजनाहरु आगामी चैत २ गतेदेखि बन्द गर्न लागेको हो । बैंकले नेपाल बैंकर्स संघसँग सहमति गरेपछि उक्त अधिकतम ब्याज दिने योजना बन्द गर्न लागेको हो । बैंकले धनवर्षा मुद्दती खातामा वार्षिक १२ प्रतिशत ब्याज र समुन्नतिप्लस बचत खातामा १० प्रतिशत ब्याज दिँदै आएको थियो । मंगलबार बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजनाले आमजनतामा अत्यन्त लोकप्रियता हासिल गरेको थियो । तर विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंकबीच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीले हामीले यो योजना शुक्रबारदेखि बन्द गर्दै छौं ।’ साथै, समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गर्दै जाने बैंकले जनाएको छ । त्यस्तै, जनउत्तरदायीएवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरकाबीच वर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले उक्त निर्णय गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लालबाबु पण्डितको कमाल: तारे होटलले सुरु गर्यो ईआइए

काठमाडौं । जनसंख्या तथा वातारण मन्त्री लालबाबु पण्डितले वातावरण प्रभाव मूल्यांकन (ईआइए) नगर्ने होटलमाथी कारवाहि गर्ने चेतावनी दिएपछि होटलहरुले ईआइए प्रक्रिया सुरु गरेका छन् ।   ईआइएका लागि काठमाडौं महानगरपालिका वडा नं ३ लाजिपाटस्थीत रहेको होटल सांग्रीलाले सूचना जारी गरेको हो । होटलले ३२ वर्ष अघि नै गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङकन अहिले गर्न लागेको हो । होटलका अनुसार वातावरण संरक्षण नियामावली २०५४ बमोजिम सो प्रस्तावको कार्यन्वयनबाट जैविक, भौतिक, सांकसतिक वातावरणबिचको अन्तरसम्बन्ध र प्रभाव विश्लेसण गर्न लागिएको हो । चैत १४ गतेसम्म सम्बन्धित कार्यालयमा आइपुग्ने गरी लिखित राय तथा सुझाव दिन सरोकारवाला व्यक्ति तथा संघ संस्थालाई होटलले आग्रह गरेको छ । नेपालम ३२ वर्षअघि देखि सुरु भएको होटल साांग्रिला ५ तारे स्ट्यान्डरको होटल हो । यस होटल १६९ बेड क्षमताको रहेको छ ।

मापसे र नो हर्नपछि अब उपत्यकामा ‘स्पिड लिमिट’, ३० किलोमिटर तोक्ने तयारी

काठमाडौं । मादक पदार्थ सेवन(मापसे) र नो हर्न अभियानको सफलतासँगै अब उपत्यकामा ‘स्पिड लिमिट’ कायम गरिने भएको छ । ट्राफिक प्रहरी, सडक विभाग र वातावरण मन्त्रालयले संयुक्त रुपमा ‘स्पिड लिमिट’ तोक्न लागेको हो । ‘उपत्यकाको वातावरण प्रदुषण रोक्न र सवारी साधनको दुर्घटना समेत कम गर्न सवारी साधनहरुको स्पिड लिमिट तोक्नुपर्ने आवश्यकता औँल्याएका छौं, सडक विभाग, ट्राफिकसँग छलफल भैरहेको छ’, वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले भने । महानगरिय ट्राफिक महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीले पनि उपत्यका भित्र गुड्ने सवारी साधनहरुको स्पिड लिमिट तोक्नेबारे छलफल भैरहेको बताए । उपत्यकाका सडक, सवारी साधनको संख्याका आधारमा स्पिड लिमिट ३० किलोमिटर तोकिनु उपयुक्त हुने उनले बताए । ‘उपत्यकामा तिब्रगतिका सवारी साधन दुर्घटना हुँदा अधिकांशमा ज्यान गएको देखिन्छ, त्यसकारण स्पिड लिमिट कायम गरिनु आवश्यक छ’, ट्राफिक महाशाखका सहायक प्रवक्ता मरासिनीले भने । माघ मसान्तसम्ममा ३५७० वटा दुर्घटनामध्ये १७ वटा उच्च गतिका कारण भएका छन् र अधिकांशमा ज्यान गएको पनि उनले बताए । सडक विभागका प्रवक्ता मुक्ति गौतमले पनि उपत्यका भित्र सवारी साधनको गति तोक्न सकिने बताए । ‘शहरी सडकमा स्पिड लिमिट तोकिएको हुन्न । तर अन्यत्र भन्दा कम चाँही हुन्छ, उपत्यकामा ३० किलोमिटर उपयुक्त हुन सक्छ’, विभागका प्रवक्ता गौतमले भने । उनले गति तोक्नुका साथै ठुला सवारी साधनहरुको उपयोगमा पनि प्रोत्साहन गरिनुपर्ने धारणा पनि राखे । वातावरण मन्त्रालयले ठुला सवारी साधनलाई प्रोत्साहन गर्ने, युरो ४ मापदण्डका सवारी मात्रै आयात गर्ने लगायतका अवधारणा पनि अघि सारेको छ । उपत्यका भित्र ठमेललाई सवारी साधन मुक्त बनाईसकिएको छ । त्यस्तै उपत्यकामा नो हर्न अभियान पनि सफल भैसकेको छ भने मापसे अभियानले दुर्घटना कम गर्न महत्वपुर्ण भूमिका खेलेको छ ।

१५ दिन भित्र बक्यौता तिर्न कर कार्यालयको उर्दी, नतिरे के हुन्छ ?

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गत करदाता सेवा कार्यालय पुतली सडक, नयाँसडक लगायत कार्यालयले बक्यौता रकम उठाउन ताकेता सुरु गरेका छन्। विभिन्न शिर्षकमा कर नतिर्ने व्यक्ति तथा संस्थामाथी कार्यालयले १५ दिने अल्टिमेटम दिएको हो । अर्थमन्त्री युवराज खतिवाडाले राजस्व चुहावटमा कडाई गर्ने निती लिएसँगै कर कार्यालयहरुले कर असुलीका लागि ताकेता सुरु गरेका हुन् । करदाता सेवा कार्यालयले पटक-पटक टेलिफोन सम्पर्क र चिठ्ठीपत्र काट्दा पनि कर तिर्न कुनै प्रतिक्रिया नआपछि मंगलबार मात्रै १ सय ९१ व्यक्ति तथा संस्थामाथी ताकेता सुरु गरेको छ । करदाता सेवा कार्यालय नयाँसडकले मूल्य अभिवृद्धि कर नतिर्ने ६९ व्यक्ति तथा संस्थामाथी ताकेता थालेको हो । कार्यालयका अनुसार आजको (मंगलबार) १५ दिनभित्र कर दाखिला गर्न नआए आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया वा मूअकर ऐन २०५२ को दफा २१(१) बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ । करदाता सेवा कार्यलय, पुतलीसडकको पनि ताकेता करदाता सेवा कार्यालय, पुतलीसडकले पनि आयकर र मूल्य अभिवृद्धि करको बक्यौता रकम उठाउन ताकेता सरु गरेको छ । कार्यालयका अनुसार १२२ व्यक्ति तथा संस्थामाथी ताकेता सुरु गरेको हो । कार्यालयले काष्ठपमण्डप बजार प्राइभेट लिमिटेड, हरिहर निर्माण सेवा लगायत १२२ व्यक्ति तथा संस्थामाथी ताकेता गरेको छ । यदि समयमै कर दाखिला गर्न नआएमा कानूनी प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ । यसअघि महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यवसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको थियो ।

नेपालको उच्च शिक्षा समयको वर्वादी मात्रै हो

भीम उपाध्याय, पूर्वसचिव काठमाडौं । नेपालमा उच्च शिक्षा हासिल गर्न समय विताउनु  मात्र हाे, कलेज जानु भनेको वेरोजगारहरूलाई केही वर्ष अल्मलाउनुको मात्र हो । तिनका ९५ प्रतिशत शिक्षा आउटडेटेड, गुणस्तरहिन, अवैज्ञानिक र निरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि छैनन् । उर्जाशील ५/६ वर्ष अवधिको जीवन वर्वादी हो । विद्यार्थी दलका आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र हुन् । अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । रोजगारी पाईन्छ भन्ने पनि छैन । पाए विदेश जाने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आँची पुछ्ने कागज जति पनि मान्यता छैन । कठै, न चरित्र न ज्ञान न सीप न कला न साहित्य न भाषा न ईतिहास न भूगोल न अध्यात्म न विज्ञान प्रविधि न खगोल न मानवताको ज्ञानमा दख्खल । यस्तो यहॉको शिक्षाले के नै गर्न सक्छ त ।