एचएच बजाजको नयाँ शोरुम बर्दियाको गुलेरियामा
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम बर्दियाको गुलेरियामा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको ‘बर्दिया अटो इन्टरनेशनल’ नामको शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ । यस कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।
प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न बोर्डमा दियो आवेदन
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको जानकारी दिएको छ । आउदो असारसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुरउने पर्नेछ ।
प्राइम लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक लिमिटेड बिच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद सेयर जारी गरिरहेको छ । कम्पनीको आगामी चैत १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । हकप्रद पश्चात कायम भएको उक्त पुँजीमा कम्पनीले १२.५ प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ ।
नेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न अनुमति पायो, ३० करोड १९ लाखको सेयर आउदै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले साविकका सेयरधनीलाई ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउदो असारसम्म कम्पनीले चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।
दिगो निर्माण सामाग्रीको खोजी र गोर्खा इको प्यानलकाे विकास
लेखक संसार अहिले दिगो निर्माण सामाग्रीको खोजीमा छ । साथै, उर्जा किफायती, वातावरणमैत्री, प्राकृतिक श्रोतसाधनको विनाश नहुने गरी बनाइएको निर्माण सामाग्रीको खोजीमा संसार छ । यही विषयलाई मध्यनजर गरी साउण्ड प्रुुफ, फायर प्रुफ, कम तौल भएको (हलुका), वातावरण मैत्री, टिकाउ, ओस प्रतिरोधि, कम खर्चिलो, कन्सिल वायरिङ गर्न सकिने, किला ठोक्न मिल्ने, किचेन तथा बाथरुम टायल सजिलै टाँस्न मिल्ने खोजी भइरहेको हुन्छ । संसारमा विकास भइरहेका धेरै बैकल्पिक निर्माण समाग्रीहरुमध्येको एक हो, गोर्खा इको प्यानल । सन् २०११ देखि बजार र उद्योगको अनुसन्धान गरी नेपाली बजारमा ल्याइएको निर्माण सामाग्री गोर्खा इको प्यानल हो । भूकम्पले ध्वस्त संरचनाको पुननिर्माण यथाशिघ्र होस् भन्ने चाहनाकासाथ गोर्खा इको प्यानलले इको प्यानलको उत्पादन गर्दै आएको हो । गोर्खा इको प्यानल भवन संरचना निर्माणमा प्रयोग हुने प्रि–फेब्रिकेटेट (छोटकरीमा प्रि–फ्याब) प्रविधिमा आधारित इको प्यानल हो । कुनै पनि स्थायी वा अस्थायी संरचना निर्माण गर्दा बाहिरी तथा भित्री (पार्टेशन) वालका लागि गारोका रुपमा गोर्खा इको प्यानलको प्रयोग गर्न सकिने उत्पादन हो । बहराइनको अल खाजा कम्पनीसँगको संयुक्त लगानीमा सन् २०१४ बाट संचालनमा आएको इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल (आईजीडीएन) प्रालिले नेपालमै पहिलोपटक इको प्यानलको उत्पादन गर्न थालेको हो । यस प्यानलले अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आइएसओ’ समेत पाइसकेको छ । शहरी विकास विभागबाट यसले स्थायी घरमा प्रयोग गर्न मिल्ने भनी स्वीकृतिसमेत पाइसकेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयको सम्बन्धित निकायबाट समेत स्वास्थ्य संस्था निर्माणमा समेत प्रयोग गर्न सकिने भनी यस प्यानललाई अनुमति प्रदान गएिको छ । प्यानलको गुणस्तर कायम गर्नका लागि पुल्चोक इञ्जिनियरिङ कलेजसँगको सहकार्यमा सह–अनुसन्धान तथा ख्वप कलेज, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुबाट पनि निरन्तर अनुसन्धान गरिँदै आएको छ । विशेषताहरु गोर्खा इको प्यानलको आकार ठूलो भएको हुँदा निर्माण अवधि छोटो हुने, प्यानलको सर्फेस स्मुथ रहेको हुँदा प्लाष्टर गर्नु नपर्ने, जडान गर्न सजिलो, कम खर्चिलो (मूल्य प्रति वर्गफिट २५० देखि ४५० रुपैयाँसम्म छ), भुकम्प प्रतिरोधी छन् । वास्तवमा यही नै गोर्खा इको प्यानलका विशेषताहरु हुन् । गोर्खा इको प्यानल हलुका तौल भएको एस्वेष्ट्सरहित् क्याल्सियम सिलिकेट बोर्ड (फेस बोर्ड), वालुवा, सिमेन्ट, इ.पि.एस. (चलन चल्तीको भाषामा थर्मोकोल) लगायतका कच्चा पदार्थको मिश्रणबाट बनेको हुन्छ । यी कच्चा पदार्थको प्रयोगका कारण गोर्खा इको प्यानलमा न्वाइज इन्सुलेशन (साउन्ड प्रुफ), फायर फ्रुप (चाँडै आगोले नसमात्ने), वातावरणमैत्री लगायतका विशेषता छन् । ताप तथा ओसको असर पनि थेग्ने हुँदा यसको प्रयोगबाट बनाइएका कोठा गर्मीमा शितल र जाडोमा न्यानो हुन्छ । गोर्खा इको प्यानल इँटा जोडाइबाट बनाइने परम्परागत गारोको विकल्प हो । २० देखि ३० तलासम्मको आवासीय भवन, व्यापारिक कम्प्लेक्स, विद्यालय, स्वास्थ्य संस्था आदिको स्थायी तथा अस्थायी संरचना निर्माणमा यसको प्रयोग गर्न सकिन्छ । हालसम्म यो एक हजारभन्दा बढी विद्यालय, एक सयभन्दा बढी स्वास्थ्य संस्था, कयौं व्यापारिक तथा व्यक्तिगत भवनदेखि लिएर नयाँ राष्ट्रपति कार्यालयमा समेत यो प्यानल प्रयोग गरिएको छ । गोर्खा इको प्यानलको स्ट्याण्डर्ड साइज २ फिट चौडाई तथा ७.५ फिट लम्बाईमा हुन्छ । मोटाई ५० एमएमदेखि १८० एमएमसम्ममा उपलब्ध छ । ‘टङ्ग एण्ड ग्रुभ’ आकारले ‘लक’ हुने भएकोले यसमा ज्वाइन्ट बलियो हुन्छ । उक्त ग्रुभमा विशेष प्रकारको एडहेसिभ सिमेन्ट प्रयोग गरी यसलाई जडान गरिन्छ । हेर्दा गह्रुँगो देखिए पनि यो प्यानलमा प्रयोग हुने थर्मकोलले गर्दा इँटाको गारोभन्दा तीन गुणा कम तौलको हुन्छ, जसले गर्दा गोर्खा इको प्यानले बनाइएको घर परम्परागत गारो लगाइएकोभन्दा भूकम्पबाट बढी सुरक्षित छ । वातावरणमैत्री संसारभर नै वातावरण पदूषण चिन्ताको विषय बनिरहँंदा गोर्खा इको प्यानलका सामानहरु वातावरणमैत्री छन् । उत्पादनदेखि लिएर यसले कुनै पनि क्रममा वातावरणलाई नकारात्मक प्रभाव पार्ने काम गर्दैन । साथसाथै यो उर्जा किफायती पनि छ । उर्जा किफायती गोर्खा इको प्यालन उर्जा किफायती छ । यसले उर्जा विनाश हुनबाट जोगाउँंछ अर्थात् यसको उत्पादनमा उर्जा खर्च हुँंदैन । साथसाथै यसको उत्पादन गर्दा प्राकृतिक श्रोतसाधनको विनाश हुँंदैन न त प्रदूषित नै पार्छ वातावरणलाई । किनकि यसले कुनै पनि वातावरण प्रदूषण हुने गरी केही पनि वेष्टहरु निकाल्दैन । भूकम्प प्रतिरोधी हलुका निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा इको प्यानल भूकम्पप्रतिरोधी छ । यस अर्थमा विद्यालयका विद्यार्थी सुरक्षित हुन्छन् । गएका भूकम्पहरुमा विद्यालय भत्कँंदा धेरै विद्यार्थीको मृत्युसमेत भएको थियो । साथै विद्यालयमा बार लगाइएका गारो तथा पर्खालहरु भत्कँंदा पनि धेरै क्षति पुगेको थियो । तर भूकम्पपतिरोधी हलुका गोर्खा इको प्यानलको प्रयोगमा यो समस्या आउँंदैन । कताकता प्रयोग भए ? मुलुककै उच्चपदस्थ व्यक्तित्व राष्ट्रपति कार्यालयदेखि लिएर गाउँंगाउँंका जनताका घरहरु पनि गोर्खा इको प्यानलबाट बनेका छन् । हलुका निर्माण सामाग्रीको रुपमा रहेको निर्माण सामाग्री भएका कारण गाउँंठाउँंमा ढुवानी गर्न सहज भएकाले पनि गोर्खा इको प्यानलको माग वढ्दो छ । राष्ट्रपतिको कार्यालयदेखि लिएर जनताको घरसम्म बने पनि गोर्खा इको प्यानल विद्यालय भबन निर्माणमा पनि अति उपयुक्त ठहरिएको छ । निजी तथा सकारी घरदेखि लिएर थुप्रै विद्यालय भबन पनि गोर्खा इको प्यानलको प्रयोगबाट बनिसकेका छन र बन्दैछन् पनि ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुन:निर्वाचित, सपथग्रहण भाेलि
काठमाडौं । दाेस्रो कार्यकालका लागि राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित भएकी छिन् । मंगलबार संघीय संसदमा भएको निर्वाचनमा भण्डारीले कुमारी लक्ष्मी राईलाई पराजित गरेकी हुन् । संविधान जारी भएपछि राष्ट्रपति बनेकी भण्डारी अागामी ५ वर्षसम्म राष्ट्रप्रमुख रहने छिन् । वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । भतमारका अाधारमा भण्डारीले ३९ हजार २७५ मत पाइन् भने राईले ११ हजार ७३० मत पाएकी छिन् ।
विमान दुर्घटनाप्रति संघ स्तब्ध, पर्यटनलाई नकारात्मक प्रभाव पर्न नदिन माग
काठमाडाैं । सोमबार करिब सवा २ बजे बंगलादेशबाट नेपाल आएको युएस बंगला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हुन गएको दुर्घटनाले होटल संघ नेपाल तथा यस संघका समस्त सदस्यहरु स्तब्ध र मर्माहत भएका संघका अध्यक्ष अमरमान शाक्यले जनाएका छन् । उक्त दुर्घटनामा पर्यटन व्यवसायी, पर्यटक, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरुको दुःखद निधन भएकोमा संघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुर्घटनामा परी घाइते भएका सम्पूर्णहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नियमित रुपमा हुने गरेको यस किसिमको दुर्घटनाले विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकहरुलाई नकारात्मक प्रभाव पर्न गई पर्यटक आवागमनमा कमी आउने हुनाले पर्यटकहरुमाझ विश्वशनीय वातावरण सुनिश्चितताका लागि संघले सरकारसँग माग गरेको जानकारी गराएको छ ।
राष्ट्रपतिको चयनका लागि मतदान सकियो
काठमाडौं । मुलुकको राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । आज भएको मतदानमा संघीय संसद र प्रदेशसभाका गरी कुल ५३६ जनाले मतदान गरेका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारीलक्ष्मी राई चुनावी मैदानमा छन् ।