विकासन्युज

एनआईसी एशियाकोे शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चौँथो शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकबाट संचालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि उक्त सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन इलाम नगरपालिकाका मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरेका छन् । साथै, उक्त सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ । बैंकले १८७ शाखा सहित १९० एटिएम मार्फत बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

राजस्वले चालु खर्च धान्न सक्दैन–अर्थमन्त्री

काठमाडौं । राजस्वले मुलुकको चालु खर्च धान्न नसक्ने भएको छ । मुलुको वर्तमान आर्थिक अवस्था सम्बन्धि स्वेत पत्र जारी गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्वले मुलुकको चालु खर्च धान्न नसक्ने जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको कुल विनियोजनमा मुलुकको चालु खर्च रू ८०४ अर्ब रहेको छ । जुन चालु वर्षको प्रक्षेपित राजश्वकाकाे अनुमानमा ११० प्रतिशत हो । ‘हामीले अपानइएको सरकारी वित्त तथ्याङ्क प्रणाली अनुसार पूँजी निर्माण गर्ने कतिपय कार्यक्रमहरुको वर्गीकरण पनि चालुतर्फ हुने भएकोले नधान्ने देखिएको हो,’ उनले भने ‘तथापि साधारण खर्च भने राजस्वको झण्डै ६० प्रतिशत हुने गरेको छ ।’ जुन नेपाल जस्तो सार्वजनिक लगानीमार्फत द्रुत पूँजी निर्माण गर्नुपर्ने मुलुकका लागि निकै उच्च रहेको उनको भनाइ छ ।

नेपालको समग्र अर्थतन्त्र आयातमुखी, विदेशबाट १७ अर्बको चामल र ७ अर्बको तरकारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समयमा मुलुको समग्र अर्थतन्त्र आयातमुखी भएको बताएका छन् । मुलुकको आर्थिक अवस्थाका बारेमा शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आयातले अर्थतन्त्रलाई भयावह अवस्थामा पुर्याएको जानकारी गराएका छन् । उत्पादन संरचना नै आयातमुखी हुनु र रेमिट्यान्स आप्रवाहले अर्थतन्त्रलाई बढी उपभोगमुखी बनाउदा आयात बढेको उनले जानकारी दिएका हुन् । युवा जनशक्ति वैदेशिक रोजगारीमा आश्रित हुनुपर्ने वाध्यताले आन्तरिक उत्पादन र उत्पादकत्वमा भारी गिरावट आउदा आयात बढेको अर्थमन्त्रीको ठहर छ । खाद्यान्न, लताकपडा, विलासिताका वस्तु, औषधी र इन्धनलगायत अत्यावश्यक वस्तु आयातमा निर्भर रहेको उनले जानकारी दिए । ५ वर्षयता इन्धन १५ र खाद्यन्न आयात १४, सवारीसाधा र सोको पाटपुर्जाको १२ र सुनचाँदीको हिस्सा ५ प्रतिशत रहेको उनले बताए । यस्तै पछिल्लो समयमा विद्युत आयात बढेर हिस्सा १ प्रतिशत पुगेको छ । नेपालमै उत्पादन हुने आधाभुत खाद्यवस्तुको आयात बढ्दै जानु चिन्ताको विषय भएको उनले बताएका छन् । चालु आर्थिक वर्षको ७ महिनामा १७ अर्बको चामल, १३ अर्बको खानेतेल , ७ अर्बको तरकारी र ३ अर्ब रुपैयाँको फलफुल आयात भएको छ ।

‘मुलुकको जीडीपीमा उद्योग क्षेत्रको हिस्सा ४ प्रतिशत घट्यो’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताए । मुलुकको वर्तमान आर्थिक अवस्थाको सम्बन्धि स्वेतपत्र जारी गर्दै उनले मुलुकमा उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताएका हुन् । ‘व्याप्त राजनीतिक संक्रमण र सोको उपजका रुपमा रहेको बन्द, हड्तालका कारण उद्योगहरु बन्द अवस्थामा पुगेको थियो,’ उनले भने ‘मुलुक विना औद्योगिकिकरणको अवस्थाबाट गुज्रिरहेको छ ।’ कुल ग्रार्हस्थ्य उत्पादमा(जीडीपी) औद्योगिक उत्पादको हिस्सा २० वर्ष अघि करिब १० प्रतिशत रहेकोमा हाल आएर ६ प्रतिशतभन्दा कममा सिमित भएको उनले जानकारी दिए । पछिल्लाे सममयमा विद्युत आपूर्तिमा सहज भएपनि कारोबार लागत बढ्नु, बजार विकास नहुनु लगायतको कारण प्रतिस्पर्धी क्षमतामा ह्रास आएको उनको भनाइ । उनका अनुसार अहिले पनि अधिकांश स्थापना भएका उद्योहरु बन्द या घाटामा गइरहेको छ ।

पुँजी बजार संकुचनमा- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको सेयर बजार सतही हुनुका साथै संकुचित रहेको बताएका छन् । शुक्रबार देशको वर्तमान आर्थिक स्थितिको बारेमा श्वेतपत्र जारी गर्दै उनले सो कुरा बताएका हुन् । सेयर बजार निरन्तर गिरावट आइरहेका बेला अर्थमन्त्री खतिवडाले संकुचन हुदै गएको औल्याएका छन् । खतिवडाले अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजी बजार सशक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको बताएका छन् । साथै उनले पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको स्वीकार पनि गरेका छन् । साथै, अहिले बजार घट्नुमा कर्जा र निक्षेपको ब्याजदर बढ्नु, संस्थागत लगानीकर्ताको संख्या न्युन हुनु र चुक्ता पुँजीमा भएको वृद्धिको कारण सेयर आपुर्ति बढ्नु कारण भएको उनले बताएका छन् । अर्थमन्त्रीले लगानीकर्ताको न्युनता, वित्तीय बजारमा लगानीयोग्य पुँजीको अभावले ब्याजदरमा भएको वृद्धि र सेयर आपूर्ति बढ्दा पुँजीबजार घटेको विश्लेषण गरेका छन् । पुँजीबजारमा पारदर्शिताको अभाव, साना लगानीकर्ताको सेयर सम्बन्धित ज्ञानको कमी, सही सूचनाको अभावले गर्दा सेयर बजार ओरालो लागेको खतिवडाको तर्क छ । सेयर बजारमा वित्तीय संस्थाको ८१ प्रतिशत, जलविद्युतको ५, उत्पादनमुलक उद्योगको ३ र होटलको २ प्रतिशत हिस्सा रहेको उनले बताएका छन् । पुुँजी परिचालनमा मुख्य भुमिका निर्वाह गरेकोमा केवल धितोपत्रमा मात्र पुँजी बजार केन्द्रीत भएको उनको भनाई छ । उनले ठुलो लगानी परिचालन गर्नका लागि संस्थागत र नीतिगत आवश्यकता औल्याएको बताए ।

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेका उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यस्तै बैठकमा शुक्रबारै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गर्नुभयो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” प्रस्तुत गरेका छन् । उक्त अध्यादेशहरु यसअघि व्यवस्थापिका–संसद् नभएको अवस्थामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो । संसद्को अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेछ । रासस

शिवम् सिमेन्टसले ५२ करोड ८० लाख रुपैयाँको आईपीओ निष्कासन गर्दै

काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले ५२ करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । शिवम्ले१२ प्रतिशत अर्थात ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्कासन गर्ने शिवम् संभवत नेपालको पहिलो सिमेन्ट कम्पनी हो । कम्पनीले सिमेन्ट कारखाना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कारखाना प्रभावित स्थानीयलाई २ प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता र सर्वसाधारणलाई ४४ करोड रुपैयाँको ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । शिवम्को आईपीओ निष्कासको प्रारम्भीक अध्ययन सुरु भएको बोर्डले जानकारी दिएको हो । उद्योगको हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने भएकाे छ । गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो । शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो ।चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।  

सरकारी भवनको पुनर्निर्माण नगन्य, ३ वर्षमा साढे १ प्रतिशत मात्रै

काठमडौं । गएको भुकम्पनको कारणले क्षति भएको सरकारी भवनहरुको पुनर्निर्माण नगन्य देखिएको छ । तीन वर्षको अबधिमा १.५८ प्रतिशत मात्रै सरकारी भवनहरुको पुनर्निमाण भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को दोस्रो चौमासिक (मंसिर–फागुन) भित्र भएको पुनर्निर्माण प्रगतिको समिक्षा गर्ने क्रममा सरकारी भवनहरुको पुनर्निर्माण कार्य आशातीत रुपमा अघि बढ्न नसकेकाे देखिएकाे छ । पुनर्निर्माण प्राधिकरणले भुकम्पनबाट ३७९ सरकारी भवनहरुको पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ६ वटा सरकारी भवनको मात्रै पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । प्राधिरणको अनुसार १२० सरकारी भवन पुनर्निर्माणको क्रममा रहेको छ । २०३ भवन मर्मत तथा प्रवलीकरण सम्पन्न भएका छन् । मर्मत तथा प्रवलीकरणको क्रममा ३७ वटा रहेको प्राधिकरणको भनाइ छ । निजी आवास निर्माण त्यस्तै विभिन्न ३२ जिल्लामा भुकम्पबाट भत्किएका १ लाख १२ हजार ४५३ निजी आवास निर्माण कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ । गएको आर्थिक वर्ष ०७३/७४ मा विभिन्न ४४ हजार ९२७ निजी आवस निर्माण भएको थियो । पुरातात्विक सम्पदा पुनर्निर्माण त्यस्तै प्राधिकरणले तीन वर्षको अबधिमा विश्व सम्पदा सूचीमा समावेश भएको ३२ र सूचीमा समावेशबाहेकको ६८ सम्पदाको पुनर्निमाण सम्पन्न भएको छ । ३२९ सम्पदाको पुनर्निर्माण कार्य जारी छ । ७५० क्षति भएका पुरातात्विक सम्पदा मध्ये पूर्ण १३३ र आंशिक ६१७ रहेका छन् । विद्यालय भवनहरुको पुनर्निर्माण कुल ७ हजार ५५३ विद्यालयको पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ३ हजार ७९ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । २ हजार १०३ विद्यालयको पुनर्निर्माण भइरहेको छ भने २ हजार ३७१ विद्यालयको पुनर्निर्माण शुरु हुन बाँकी छ । स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण २५५ स्वास्थ्य संस्थाहरु पुनर्निर्माण भएको छ । १ हजार १९७ स्वास्थ्य संस्थाहरुमध्ये ५४४ स्वास्थ्य संस्थाहरु पूर्ण क्षति भएका थिए । जसमा ३३१ स्वास्थ्य संस्थाहरु मर्मत र प्रवलीकरण गरिएको छ । तीन महिनाको अबधिमा खानेपानी आयोजना, सडक लगायतका पूर्वधारहरुको पुनर्निर्माणका कार्य केही सम्पन्न भएका छन् भने केही निर्माण कार्य हुदैछ । तीन वर्षको अबधिमा प्राधिकरणले १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । जसमा चालु आर्थिक वर्षको फागुन मसान्तमा मात्रै ४७ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको थियाे ।