ओपो र डोल्बि ल्याब्रेरेटोरिजद्धारा ग्लोबल स्ट्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टी साझेदारीको घोषणा
काठमाडौं । अडियो, ईमेजिङ र आवाज प्रविधिका लागि विश्वमै अग्रणी विशेषज्ञ तथा विकासकर्ता, डोल्बि ल्याब्रेरेटोरिजले, विशेषगरी यूवा पुस्ता माझ लोकप्रिय वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोसंग ग्लोबल, स्ट्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारीको घोषणा गरेको छ । सहकार्यको माध्यमबाट अब ओपोले डोल्बिको उच्च क्षमताको अत्याधुनिक अडियो कोडिङ (एचई एएसी), जेपीईजी–एचडीआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्ने छ । एचई एएसी, डोल्बि ल्याब्रेरेटोरिजद्धारा विश्वभरका सयौँ कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका लागि अन्तरराष्ट्रिय मानक हो । त्यसैगरी, जेपीईजी–एचडीआर स्ट्याटिक ईमेज ईनकोडिङ मानक हो । यसले ८ बिट्स भन्दा बढीको डायनामिक रेञ्जमा डाटा सञ्चय गरी प्रयोगकर्तालाई पोष्ट प्रोसेसिङका दौरान स्याम्प्लिङमा सघाउँछ । ‘कञ्जुमर ईलेक्ट्रोनिक्सको अग्रणी, ओपो आफ्ना स्मार्टफोनमा नवप्रबर्तनात्मक प्रविधि समाहित गर्ने कार्यका लागि परिचित छ । ओपोलाई हाम्रो वैश्विक सझादारहरुको समुहमा सम्मिलित गर्न पाउँदा हामी निकै खुशी छौँ ’, डोल्बि ल्याब्रेटोरिजका कार्यकारी उपाध्यक्ष, जनरल काउन्सिल एण्ड कर्पोरेट सेक्रेटरी, एण्डि शर्मनले भने । ‘उपभोक्तालाई आफ्ना उत्पादन मार्फत उत्कृष्ट अनुभव प्रदान गर्न हामी निरन्तर प्रयासतर छौँ । यस्ता सहकार्यले भविष्यमा थप उत्कृष्ट उत्पादन तथा अनुभव प्रदान गर्न सक्नेमा हामी विश्वस्त छौँ । डोल्बि ल्याब्रेटोरिजसंगको यो सहकार्य घोषणा गर्न पाउँदा हामी गौरवान्वित छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । ओपोले यस बर्ष आफ्नो दशौँ बार्षिकोत्सव मनाइरहेको छ । सन् २०१८को सुरुवातमा ओपो आधिकारिक रुपमा जापानी बजार प्रवेश गरेको थियो । साथै, निकट भविष्यमा यूरोपेली बजारमा समेत प्रवेशको तयारी गरिरहेको छ ।
जिओे अटोमोवाइल्सले ल्यायो नयाँ फोर्ड मस्ताङ्ग गाडी, यस्ता छन् विशेषता (फोटोफिचर सहित)
काठमाडौं । नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले शुक्रबार(आज) एक समारोहबीच नयाँ ‘फोर्ड मस्ताङ्ग’को अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार यस फोर्ड मस्ताङ्ग ५.० लिटर, भी८ ईन्जिन जडान गरिएको छ जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मस्ताङ्ग हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ । फोर्डका उत्कृष्ट प्रविधिबाट सु–सजित यस फोर्ड मस्ताङ्गमा भ्वाइस कमान्ड/स्टाइलिस एलईडी लाइट रहेको छ । बजारमा आएको नयाँ मस्ताङ्गले अझै राम्रो प्याकेज ल्याएका छन् । एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी थ्री कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिन्छ । विश्वमा नै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली ईन्जिनको लागि प्रख्यात रहेको यस गाडीको मूल्य भने तोकिएको छैन । यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।
“सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” योजना अन्तर्गत जमन तामाङले पाए रेनौल्टको क्विड(आरएक्सएल) कार
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिद्धारा संचालित “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” उपहार योजनाको भाग्यशाली विजेता जमानसिंह तामाङ भएका छन् । तामाङले उक्त योजनाकोे बम्पर उपहारको रुपमा रेनौल्टको क्विड(आरएक्सएल) कार पाएका छन् । लक्की ड्र मार्फतमा साउदी अरबको टेलीमनीबाट तामाङले आफ्नी श्रीमती बिमलादेवी तामाङ्गलाई पैसा पठाए वापत विजेता छानिएका हुन् । सिटी एक्सप्रेसले काठमाण्डौंको शंकर होटेलमा आयोजित एक समारोहबीच बम्पर कार बिजेता तामाङलाई रेनौल्टको क्विड(आरएक्सएल) कार हस्तान्तरण गरेको हो । एक्सप्रेसले मंसिर २८ गते ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले फेसबुक लाइभ सहित भएको कार्यक्रममा लक्कि ड्र मार्फत बम्पर उपहारको घोषणा गरेका थिए । यस उपहार योजनाको अवधी २०७४ साल भाद्र १८ गतेदेखि मंसिर १५ सम्मको थियो । यस उपहार योजना अबधीमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ्ग, साप्ताहिक रुपमा १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर प्राप्त गर्न सफल भै सकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेताको छनौट गरिएको थियो ।
चरम गरिबीलाई शून्यमा झार्ने सरकारी अठोट पुरा गर्न गाह्रो
काठमाडौं । आगामी ५ वर्षमा मुलुकको चरम गरिबीलाई शून्यमा झार्ने अठोट चुनौतिको रुपमा रहेको छ । आर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था सम्बन्धि स्वेतपत्र जारी गर्दै मुलुकमा व्याप्त चरम गरिबीलाई शून्यमा झार्ने अठोट निकै चुनौतिपूर्ण रहेको बताए । त्यस्तै उनले नेपालमा विगत एक दशकको औसत आर्थिक वृद्धिदर ४ प्रतिशतबाट नबढेको जानकारी दिए । ‘जबकी छिमेकी मुलुकहरु भारत र चीनमा यो अवधिको औसत आर्थिक वृद्धिदर क्रमशः ८ र ९ प्रतिशत रहेको थियो,’ उनले भने ‘विगत दश वार्षमा मुद्रास्फ्रीति वितरण समावेशी हुन सकेको छैन ।’ त्यसकारण अझै २१.६ प्रतिशत नेपाली आय गरिबी र २८.६ प्रतिशत घरपरिवारहरु बहुआयामिक गरिबीको रेखामुनि रहेको उनको भनाइ छ । उनका अनुसार अन्तर्राष्ट्रिय परिभाषा (प्रतिव्यक्ति प्रतिदिन आय १.९ अमेरिकी डलर) अनुसार गणना गर्ने हो भने ३६ प्रतिशत नेपालीहरु गरिबीको रेखामुनि छन् ।
विज्ञ अर्थमन्त्रीको ठहरः अर्थतन्त्रमा व्यापक अराजकता, बैंकको कर्जाले आर्थिक वृद्धि दरमा योगदान गरेन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा व्यापक अराजकता देखिएको ठहर गरेका छन् । अर्थतन्त्रको वर्तमान अवस्था समेटिएको श्वेत पत्र जारी गर्दै अर्थमन्त्री डा. खतिवडाले भनेका छन–श्रोतको अनिश्चितताबीच तयार पारिएको बजेट कार्यान्वयन हुन नसक्ने र गैर बजेटरी खर्च वृद्धि हुने प्रवृत्तिले सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपुर्ण बनेको छ । वित्तिय अनुशासनका सिमा निर्ममतापूर्वक तोडिएका छन् ।’ उनले बजेट अनुशासन उल्लंघन भएकाले सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको पनि बताए । विज्ञ अर्थमन्त्री डा. खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुको पुँजी परिचालनले आर्थिक विकासमा सहयोग नगरेको आरोप पनि लगाए । अर्थमन्त्री डा. खतिवडाले बैंक तथा वित्तिय क्षेत्रले लगानी गरेको कर्जाको छानविन गर्ने समय आएको पनि बताए । ‘बैंकको कर्जाले अर्थतन्त्रमा राम्रो प्रभाव पारेन्, आर्थिक वृद्धिदरमा असर गरेनन्, अब बैंक तथा वित्तिय संस्थाहरुको कर्जालाई विवेकशिल ढंगले उपयोग गर्नु पर्छ, आर्थिक वृद्धिदर बढाउने मुल क्षेत्रमा कर्जा बढाउनु पर्छ’, डा. खतिवडाले श्वेतपत्र जारी गर्दै भने । उनले निजीकरणको अभ्यास मुलतः असफल भएको बताउँदै अध्ययन गरेर मात्रै सरकारी उद्योग तथा संस्थानहरुको व्यवस्थापन गर्ने पनि श्वेत पत्रमा लेखेका छन् । निजीकरण गरिएका उद्योग तथा संस्थानहरुले राजश्व संकलनमा कुनै योगदान गरेको पनि श्वेत पत्रमा लेखिएको छ । अर्थमन्त्री डा. खतिवडाले अनौपचारिक अर्थतन्त्र बढेकाले राजश्व संकलन समेत प्रभावित बनेको बताए । उदारीकरणका नाममा भन्सार दरबन्दीहरु घटाइएको तर आन्तरिक राजश्वको श्रोत खोज्न भने असफल भएको निष्कर्ष पनि निकालेका छन् । उनले कर प्रशासनले राजश्वको नयाँ श्रोत खोज्न कुनै कसरत नगरेको आरोप पनि श्वेत पत्रमा लगाएका छन् ।
आईएमई जनरल इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले सेयरधनीको लागि ८० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४३ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिएर ४३ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ९७ करोड २० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँमा कारोबार भएको छ ।
बैंकको लगानी अनुत्पादक क्षेत्रमा बढी प्राथमिकता प्राप्त जलविद्युतमा न्युन
काठमाडौं । यो वर्ष राज्यको प्राथमिकता प्राप्त क्षेत्र जलविद्युतमा ६८ अर्ब रुपैयाँ मात्र लगानी भएको छ । यो लगानी कुल कर्जाको ३ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले २२ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै कृषि क्षेत्रमा ५.३ प्रतिशत अर्थात १ खर्ब २० अर्ब लगानी भएको छ । उत्पादनशिल क्षेत्रमा १६.३ र निर्माण क्षेत्रमा १०.३ प्रतिशत कर्जा प्रवाह भएको अर्थ मन्त्रालयले जनाएको छ । बैंकको कर्जा लगानी उत्पादनशिल र आयआर्जनको क्षेत्रमा भन्दा कम योगदान भएका क्षेत्रमा हुदै आएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उनले बैंकको कर्जा लगानी कृषि, उद्योगलगायत उत्पादनमुलक क्षेत्रमा भन्दा पनि उत्पादन नहुने र रोजगारी सिर्जना कम हुने क्षेत्रमा बढी भएकलो वित्तीय स्रोत विवेकपुर्ण ढंगले हुन नसकेको उनको ठम्याइ छ । यस्तै बैंकको शाखा विस्तार तिब्र गतिमा भएपनि अझै पनि एउटा शाखाले ९ हजार जनसंख्यालाई वित्तीय सेवा दिनुपर्ने वाध्यात्मक अवस्था रहेको उनले औल्याएका छन् । कुल ४० प्रतिशतले बैंकिङ सेवा उपयोग गरेपनि कर्जा भने ५ प्रतिशतले मात्र पाएका छन् । ७५३ स्थानीय तह मध्ये ३७९ मा मात्रै बैंकको सेवा पुगेको छ ।
“नेपालको अर्थतन्त्र चुनौतीपूर्ण”
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले स्वेतपत्र जारी गर्दै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरेका छन् । पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उनले भने, “ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन सकेका छैनन्, उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम बढी देखिएका छन् ।” सरकारले सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रमा पुर्याउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न सबै पक्ष लाग्नुपर्ने देखिन्छ । रोजगारीमूलक र उत्पादनमूलक क्षेत्रको लगानी संकुचनसँगै थप चुनौती थपिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले उद्योग क्षेत्र प्रतिस्पर्धी हुन नसकेको बताए । उनले भने, “सरकारी लगानीका उद्योग घाटामा छन्, नेपालको श्रम बजारमा बेरोजगार बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा वित्तीय परिचालन आवश्यक रूपमा पुग्नसकेका छैनन् । तरलतामा चाप बढदै गएको छ ।” पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उनले बैठकमा शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताए । तयारी बिना बजेट विनियोजन गर्ने, आर्थिक वर्षको अन्तिम महिनामा विकासका काम गरेर खर्च गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले राष्ट्रसेवक कर्मचारीको निवृत्तीभरणमा धेरै लगानी भएको बताएका छन् । सार्वजनिक संस्थानमा सरकारले गरेको लगानीको मूल्य नपाएको भन्दै उनले सार्वजनिक संस्थानमा तलबभत्ता र अवकाशको रकम दिन बाँकी रहेको जानकारी गराएका छन् । विदेशीको नेपालप्रतिको सद्भाव रहेको भन्दै उनले सूचना प्रविधिको विकास गरी आर्थिक समृद्धि गर्न सकिने धारणा व्यक्त गरेका छन् ।