१ अर्बको अल्पकालीन बजेट ल्याइने, तरकारी आयात रोक्ने योजना
कञ्चनपुर । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी १ अर्ब २ करोड पाँच लाख रुपैयाँको बजेट ल्याउने तयारी भएको बताएका छन् । वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि पुगेका मन्त्री बोहराले प्रदेशमा २५ करोडको तरकारी भारतबाट भित्रिने गरेको उल्लेख गर्दै तरकारी आयातलाई विस्थापन गर्न किसानमुखी बजेट ल्याउन लागिएको जानकारी दिए । दैजी छेला औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने उनले जनाए । दैजी–जोगबुढा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, तटबन्ध निर्माणका लागि काम अगाडि बढाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गाको नापनक्शा बनाई जग्गाधनी पुर्जा दिने काम अगाडि बढाइदिन नगरपालिकाका प्रमख अशोककुमार चन्दले मन्त्री बोहरासमक्ष आग्रह गरेका थिए । रासस
२०७५ सालदेखि सार्वजनिक विदामा व्यापक कटौती भई १५ दिन मात्रै, यी हुन विदा हुने दिन
काठमाडौं । निजी क्षेत्रको सुझावलाई मनन गर्दै सरकारले सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ । सार्वजनिक बिदा धेरै हुँदा मुलुकको आर्थिक विकासमा असर परेको भन्ने निजी क्षेत्रको गुनासो आएपछि सरकारले कटौती गरेको हो । विभिन्न चाडपर्व, दिवस र जयन्तीको बिदा कटौती गर्दै सरकारले सार्वजनिक बिदाको संख्या १५ दिनमा झारेको छ । आउदो बैशाखदेखि नेपालमा हुदै आएको सार्वजनिक बिदा २२ दिन कटौती हुनेछ । नेपाल चेम्बर्स अफ कमर्सले विज्ञप्ती जारी गरी सरकारको सो निर्णयको स्वागत गरेको छ । चेम्बरले नै सार्वजनिक विदा कटौतीका लागि पहल थालेको हो । सार्वजनीक बिदाको कटौतीबाट आम नागरिकले राहत महसुस गर्ने चेम्बरलेको भनाई छ । २०७५ सालमा कटौती हुने सार्वजनिक बिदा सरकारले यसअघि दिदैं आएको गणतन्त्र, लोकतन्त्र , निजामती सेवा, राष्ट्रिय एकता, शहीद र राष्ट्रिय प्रजातन्त्र दिवस बैंशाखदेखि कटौती हुने छन् । त्यसैगरी चाडपर्वमा कोजाग्रत पुर्णिमा, घटस्थापना र द्धवादशी कटौती भएका छन् । त्यस्तै रामनवमी, श्रीकृष्ण जन्माअष्टमी, नयाँवर्ष ल्होसार, क्रिसमस, छठलगायतका सार्वजनिक बिदा कटौती भएको छ । २०७५ सालदेखि सरकारी कार्यालय माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म ८ महिना बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म ३ महिना बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी कार्यालय खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ । सरकारले सार्वजनिक बिदा कटौती गरेपछि सार्वजनिक सेवा प्रवाहमा सहज हुने देखिएको छ । विशेषगरी सवारी लाइसेन्स र पासपोर्ट लगायत सेवा प्रवाहमा प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । विकशित मुलुकहरुमा सार्वजनिक बिदा धेरै हुदैन् । अमेरिकाले सबैभन्दा थोरै ८ दिन मात्र बिदा दिने गर्दछ । छिमेकी देश भारतले सबैभन्दा धेरै २१ दिन बिदा दिने गरेको छ । यी देशहरुमा प्राय हप्ताको ५ दिन मात्र कार्यालय खुल्नेछन् भने देश हेरी शनिबार र आइतबार बिदा हुनेछन् । यी देशका कर्मचारीहरुले दैनिक ९ बजेदेखि साझँ ५ बजेसम्म दैनिक ८ घण्टा काम गर्दछन् । विश्वका कुन देशमा कति दिन सार्वजनिक बिदा ? अस्ट्रेलिया ९ दिन चीन ९ दिन भारत २१ दिन जापान १९ दिन मलेसिया १५ दिन न्यजिल्याण्ड १० दिन सिङगापुर ११ दिन दक्षिण कोरिया १६ दिन अस्ट्रिया १३ दिन डेनमार्क ९ दिन दुबई १२ दिन जर्मनी १५ दिन नेदरल्याण्ड ९ दिन स्वीडेन ९ दिन इंगल्याण्ड १३ दिन सयुक्तराज्य अमेरिका ८ दिन
नेपालमै सस्तोमा बिजुली उत्पादन गरेर पेट्रोलियम आयात घटाउन सकिन्छ:
काठमाडौं । बिजुली विदेशमा बेचेर हैन स्वदेशमा खपत बढाउने उद्योग व्यवसाय र खोल्न आवश्यक भएको छ । स्वदेशमै सस्तोमा बिजुली उत्पादन गरेर अरू देशको भन्दा सस्तोमा बनाउदै हाल भइरहेको पेट्रोलियम आयात घटाउन सकिन्छ । बिजुलीको योजना बनाउदा ठुलो संख्यामा रोजगारी श्रमिक र विज्ञ सबैलाई सिर्जना गरेर धनी भईन्छ । विश्वका भारतसहित विकसित मुलुकहरू अब चाडै पेट्रोलियम ईन्धनबाट चल्ने गाडी बन्द गर्ने अभियानमा छन् । अब पनि नेपाल चुप बस्दै रहदा यहाँका गाडी चल्ने ईन्धन पनि बजारमा किन्न नपाईने भएपनि महंगो मोल तिर्नुपर्ने र पेट्रोल ईन्धनले बनेका सामान कसैले नकिन्ने वा नस्वीकार्ने अवस्थामा पुग्न सक्छ । बंगलादेश पनि आणविक उर्जा उत्पादन गर्नमा लागिसकेको छ । चीन त झन् आक्रम ढंगले आणविक उर्जातर्फ मग्न छ । भारत अमेरिकासंग कोईलालाई अझै उपयोग गर्ने प्रविधि हस्तान्तरण सम्झौता हेरेर फस्न लागेको देखिदै छ । ग्लोबल वार्मिंग गर्ने ईन्धनबाट उत्पादित वस्तु अब कि अबैध कि नबिक्ने हुने दिन टाढा देखिन्न ।
भारतले भनेकै ठाँउमा पुल बनाउन सरकारले दियो अनुमति
दार्चुला । नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँमा तीन वटा पुल लगाउन आज नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिएका छन्। भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ को नजांग, लखनपुर र छाङकङरे खोलामा अस्थायी काठेपुल लगाउन नेपाल सरकारसँग अनुमति माग गरेको थियो । कैलाश मानसरोवर जाने तीर्थयात्री तथा सौका समुदायको हुने बसाइँसराइलाई मध्यनजर गर्दै केही समयका लागि मात्रै अनुमति दिएको प्रजिअ गौतमले जानकारी दिएका छन्। यसअघि भारतीय पक्षले नेपालको सहमति बिना नै ब्यास गाउँपालिका–२ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नं १ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठेपुल लगाएर भारत पट्टि निर्माण भइरहेको सडकमा काम गर्ने मजदुरलाई आवतजावत गराइरहेको थियो भने नेपाली भूमिमा डेढ किमी कच्ची सडक र झण्डै दुई किमी बाटोसमेत निर्माण गरेको थियो । रासस
सूचना नदिए भ्रष्टाचारको आशङ्का
सल्यान । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । सदरमुकाम खलंगामा जनप्रतिनिधिका लागि शारदा नगरपालिकाले आयोजना गरेको ‘आधारभूत कानून, सुशासन तथा सूचनाको हक’ विषयको गोष्ठीमा उनले कार्यालयमा हुने हरेक सूचना नलुकाई जस्ताको त्यस्तै नागरिकलाई दिनुपर्ने उनको भनाइ छ । नागरिकले मागेको सूचना कर्मचारीले नदिएमा भ्रष्टाचारको आशंका हुने बताउँदै उनले सूचना माग्ने कुरामा पछि नहट्न पनि सबैलाई आग्रह गरेका छन्।रासस
सेयर लगानीकर्ता भन्छन् : बजार बढ्ने सकरात्मक संकेत
काठमाडौं । आगामी दिनमा सेयर बजार सकरात्मक रुपमा अघि बढ्ने संकेत मिलेको लगानीकर्ताले बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजीबजार प्रति सकरात्मक देखिएको भन्दै लगानीकर्ताले दीर्धकालमा यसको सकारात्मक असर देखिने प्रक्षेपण गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २ वर्षअघि सेयरबजार सर्वाधिक रुपमा बढेर १ हजार ८८१ अंक पुगेको बताउदै उनले आगामी दिनमा बजार बढ्ने संकेत देखिएको बताए । विकास न्युजसंग कुरा गर्दै उनले सार्वजनिक गरिएको श्वेतपत्रमा अर्थमन्त्री डा. खतिवडा बजार घटेको प्रति चिन्तित देखिएको र सरकार यसप्रति सकरात्मक भएकाले आगामी दिन बजार बढ्ने छ । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन बैंकलाई विदेशबाट पनि लगानी ल्याउन अनुमति दिएकाले आगामी दिनमा तरलताको समस्या हटेर ब्याजदर कम भई सेयरमा लगानी बढ्ने उनको विश्वास छ । सेयर बजारको विष भनेको बढ्दो ब्याजदर भएको बताउदै उनले भने “विदेशबाट थप लगानी आएपछि ब्याजदर कम भई सेयरमा लगानीको वातावरण बन्ने संकेत देखिएको छ ।” ब्याजदर बढेर १४ प्रतिशत पुग्दा सेयर बजारका अतिरित्त अन्य व्यवसाय संकटमा पर्न थालेको भन्दै उनले ब्याजदर घट्न थालेपछि सेयरमा लगानी बढ्ने उनको निष्कर्ष छ । अर्थमन्त्रीले सार्वजनिक गरेको श्वेतपत्रले पुँजीबजारको विकासका लागि दीर्धकालिन औषधीको खोजी गरेको उनको ठम्याइ छ । अर्थमन्त्री खतिवडाले ठुलो लगानी परिचालन गर्नका लागि संस्थागत र नीतिगत परिमार्जन आवश्यक भएको औल्याउदै उनले पुँजीबजारमा केही सुधारका काम थाल्ने संकेत समेत गरेका छन् । खतिवडाले अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजी बजार सशक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको बताएका छन् । साथै उनले पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको स्वीकार पनि गरेका छन् । अर्थमन्त्रीले लगानीकर्ताको न्युनता, वित्तीय बजारमा लगानीयोग्य पुँजीको अभावले ब्याजदरमा भएको वृद्धि र सेयर आपूर्ति बढ्दा पुँजीबजार घटेको विश्लेषण गरेका छन् । पुँजीबजारमा पारदर्शिताको अभाव, साना लगानीकर्ताको सेयर सम्बन्धित ज्ञानको कमी, सही सूचनाको अभावले गर्दा सेयर बजार ओरालो लागेको खतिवडाको तर्क छ ।
अनुमगनलाई व्यवस्थित गर्ने सरकारको तयारी, कालोबजारी ऐन शंसोधन गरिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रका समस्या अवगत गराउन शुक्रबार मन्त्रालय पुगेको टोलीसँंग मन्त्री यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने निजी क्षेत्रलाई अवगत गराएका थिए । त्यसको लागि व्यवसायीहरुले पनि सहयोग गर्नु पर्ने उनको भनाइ छ । अनुमगनलाई व्यवस्थित गर्न कार्यविधि बनाएर अगाडि वढ्ने उनले प्रतिबद्धता गरे । यसका लागि काम अगाडी बढीरहेको आपूर्ति मन्त्री यादवले जानकारी गराएका थिए । २०३२/०३३ सालमै बनेको कालोबजारी ऐनलाई शंसोधन गर्न सरोकारवाला सवै पक्षसँंग बसेर प्रक्रिया अगाडी वढाउने मन्त्री यादवले आश्वासन दिएको चेम्बरले बताएको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पुरानो कालोबजारी ऐनको शंसोधन गर्न विगतदेखि नै जोड दिदै आएको जानकारी गराए ।
कांग्रेसका नेता खुमबहादुर खड्का रहेनन्
काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारका गराइरहेको उनको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार बेलुका निधन भएको जानकारी आएको छ । उनले लामो समयदेखि सक्रिय रुपमा नेपाली कांग्रेसको राजनीतिक गरेका थिए ।