चीनले अमेरिकासंग लियो बदला, अमेरिकी सामानमा भन्सार २५ प्रतिशत बढायो
काठमाडौं । विदेशी स्टील र एलुमिनियमा कर बढाउने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि चीनले पनि अमेरिकी वस्तुमा भन्सार दर बढाएको छ। चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयात गरिने १२८ बस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको छ। चिनियाँ कदमले सोमवार आयात हुने करिब ३ अर्ब डलर बराबरको सामान प्रभावित हुने अनुमान गरिएको छ। अमेरिकाको नयाँ कर प्रणालीले पारेको क्षति कम गर्न र चिनियाँ चासो र सन्तुलन बचाउनका लागि पछिल्लो कदम चालिएको बेइजिङले जनाएको छ।यसअघि चीनले आफूले व्यापार युद्ध नचाहेको तर आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने बताएको थियो। ट्रम्पले व्यापार युद्धहरू राम्रो हुने र त्यस्तो स्थितिमाथी जित हासिल गर्नू अमेरिकालाई सहज हुने बताएका थिए।वासिङ्टनस्थित बीबीसी संवाददाता क्रिस बक्लर भन्छन् अमेरिकी अधिकारीहरूले भन्सार दर बढाउन सकिने १० औं अर्ब डलर बराबरका अन्य चिनियाँ सामानहरूको पहिचान गरिसकेको बताएका छन्। त्यसले दुई देशबीच थप व्यापार युद्ध हुने सम्भावनालाई बल दिएको छ। अमेरिकाबाट आउने सुख्खा फल, जिन्सेङ वाइन र स्टिल बारमा १५ प्रतिशतले भन्सार दर बढ्ने चीनको भनाइ छ। उस्ले थप बस्तु र सामानमा भन्सार बढ्न सक्ने संकेत गरेको छ। मार्च २२ मा अमेरिकाले चीनबाट आउने ६० अर्ब डलर बराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनियाँ लगानीलाई सीमित बनाउने घोषणा गरेको थियो। अमेरिकाको भनाइमा चीनले वर्षौंदेखि गरिरहेको भनिएको प्रतिलिपि अधिकारको चोरीको बदलामा त्यस्तो कदम चालिएको हो।
चीन-भारतबीच शीतयुद्ध चल्दा अाेली सरकार चीन नजिक बन्दै गएकाे भारतीय पूर्व अर्थमन्त्रीकाे विश्लेषण
लेखक विश्वमा नयाँ शीतयुद्ध सुरु भएको छ । यो शीतयुद्ध अमेरिका र रुसबीच भइरहेको छैन । किनभने महाशक्ति बन्ने होडबाजीका लागि यी दुई देश कूटनीतिक युद्धमा होमिएका छन् । आफूलाई सर्वमान्य ठान्ने अमेरिकाले समेत आफ्नो पुरानो पकड तथा साख गुमाइसकेको अवस्था छ । खैर, यो शीतयुद्ध अमेरिका र चीनको बीचमा पनि भइरहेको छैन । किनभने उनीहरू व्यापार युद्ध लडिरहेका छन् । वास्तवमा वर्तमान अवस्थामा चीन र भारतबीच नयाँ शीतयुद्ध सुरु भएको छ । यो शीतयुद्ध दुईवटा परस्परविरोधी विचारका कारणले भएको हो । भारतले चीनलाई ईष्र्याका दृष्टिले हेर्ने गर्छ भने चीनले भारतलाई घृणाको दृष्टिले हेर्छ । यसैगरी, भारतले चीनलाई विस्तारवादीको संज्ञा दिएको छ । मोदीको मेलमिलापको नीति तथा गुजराती सत्कारले कुनै काम गरेको छैन । चीनको विशाल रणनीति सबै पक्षलाई मध्यनजरमा राख्दा चीनले विशाल रणनीति अपनाएको छ । उसको पहिलो रणनीति भनेको एसिया तथा युरोपका केही भागलाई सीमा बनाएका आफ्ना छिमेकी देशमा प्रभुत्व बढाउनु हो । एकताका सोभियत युनियनले प्रभाव तथा ट्रम्पअघिको अमेरिकी सत्ताले एसियाली मुलुकमा प्रभाव विस्तार गरेझैँ आफ्नो आसपासका देशको नेतृत्व चीन लिन चाहन्छ । यसरी आफूलाई कसैले चुनौती दिन नसक्ने नेतृत्वदायी भूमिका चीनले खोजिरहेको प्रस्ट छ । भारत, जापान, अस्ट्रेलिया तथा केही दक्षिणपूर्वी एसियाका देशले चीनको यस्तो कदमलाई प्रभुत्ववादको दृष्टिले हेरेका छन् । तर, यी देशको यस्तो आशंकालाई चीनले अस्वीकार गर्दै आएको छ । यद्यपि, राष्ट्रपति सी जिनपिङले चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई०’ नामक परियोजनाको सुरुवात गरेका छन् । भारत र भुटान मात्र चीनको बिआरआई परियोजनामा सहभागी नहुने भन्दै विरुद्धमा देखिएका छन् । तर, भारतलाई समग्रमा चारैतिरबाट घेरेका बंगलादेश, माल्दिभ्स, बर्मा, नेपाल, पाकिस्तान र श्रीलंकाजस्ता मुलुकमा आर्थिक साझेदारीको नामबाट चीन पसिसकेको छ । यी देशसँग चीनको व्यापार तथा लगानीमा उल्लेख्य वृद्धि आएको छ । बंगलादेशको सबैभन्दा ठूलो व्यापार साझेदारको रूपमा चीन रहेको छ । श्रीलंकामा सबैभन्दा बढी आयात गरिने सामग्री चीनबाट आयात हुने गरेका छन् । पाकिस्तानको पूर्वाधार विकासका लागि चीनले ठूलो लगानी गर्दै छ । भारतलाई समग्रमा चारैतिरबाट घेरेका बंगलादेश, माल्दिभ्स, बर्मा, नेपाल, पाकिस्तान र श्रीलंकाजस्ता मुलुकमा आर्थिक साझेदारीको नामबाट चीन पसिसकेको छ । बलियो माक्र्सवादी प्रभावका कारण नेपालको केपी ओली सरकारले चीनप्रति झुकाव देखाउने अपेक्षा गरिएको छ । माल्दिभ्स र भारतको मनमुटाव बढिरहेको सन्दर्भमा माल्दिभ्सका धेरै संवेदनशील टापुहरूमा चीनले पकड बनाइसकेको छ । पाकिस्तानको ग्वादार बन्दरगाहमा चीनले गरेको लगानीलाई उदाहरणको रूपमा हेर्न सकिन्छ । श्रीलंकाले माम्बान्तोता बन्दरगाहको ७० प्रतिशत स्वामित्व चीनलाई हस्तान्तरण गरेको छ । अफ्रिकी मुलुक जिबुटीलाई नौसेनाको आधार क्षेत्र बनाएझैँ कालान्तरमा श्रीलंकालाई समेत चीनले त्यसै गर्ने कुरालाई नकार्न सकिन्न । सन् २०१६ मा चीनले बर्मासँग २४ अर्ब अमेरिकी डलरबराबरको सहायता सम्झौतामा हस्ताक्षर गरेको छ । बर्माको क्यौक्प्यु क्षेत्रमा समुद्रभित्र नै बन्दरगाह बनाउन पनि चीनले अनुमति पाइसकेको छ । बलियो माक्र्सवादी प्रभावका कारण नेपालको केपी ओली सरकारले चीनप्रति झुकाव देखाउने अपेक्षा गरिएको छ । माल्दिभ्स र भारतको मनमुटाव बढिरहेको सन्दर्भमा माल्दिम्सका धेरै संवेदनशील टापुमा चीनले पकड बनाइसकेको छ । भारत असफल हुनुको कारण भारतले गरेका धेरै रणनीतिक गल्तीलाई विज्ञले पहिल्याएका छन् । पाकिस्तानलाई एक्ल्याउने भारतको नीतिलाई सबैभन्दा ठूलो कमजोरीको रूपमा हेरिएको छ । जसका कारण पाकिस्तान चीनको पञ्जामा पर्न गयो । यस्तो अवस्थामा एउटा मात्र छिमेकीसँग भारतको युद्ध हुने अवस्था छैन । युद्ध हुने अवस्था आएमा भारतले चीन र पाकिस्तान दुवैको एकैसाथ सामना गर्नुपर्ने स्थिति आउनेछ । भारतको अर्को भुल भनेको नेपालको नयाँ संविधान निर्माणका क्रममा हस्तक्षेप गर्नु हो । भारतीय पक्षबाट नेपालको नयाँ संविधानको विरोध गरिनुले नेपालको राष्ट्रवादी भावनामा चोट पुर्यायो । यसकै कारण केपी आली नेतृत्वको पार्टीले नेपालमा लोकप्रियता हात पार्यो । भारतीय हस्तक्षेपकै कारण नेपालमा जतीय विभाजन आयो । यस्तो विभाजनको घाउ निको पार्न नेपालले लामो समय खर्च गर्नुपर्ने हुन्छ । माल्दिभ्सको सन्दर्भमा, संकटका दौरान सम्पूर्ण विपक्षी पार्टीले सहयोगको अपेक्षा गरेकोमा भारतले पन्छिने काम गर्यो । श्रीलंकामा सिरिसेना र विक्रमसिंघे गठबन्धनको सरकालाई बेवास्ता गरेर महेन्द्रा राजपाक्षेलाई पुनः सत्तामा जाने वातावरण बनाएको आरोप भारतमाथि लागेको छ । बंगलादेशका दुई परस्परविरोधी राजनीतिक पार्टीबीचको विभाजन तथा राजनीतिक लडाइँका दौरान पनि भारत कहिल्यै तटस्थ बस्न नसकेको आरोप छ । यसरी भारतका छिमेकी मुलुक चीनले खुलमखुला स्थान बनाउन सफल भएको यथार्थ अब कुनै आश्चर्यको विषय रहेन । यथेष्ट स्रोतसाधन भएका यी मुलुकमा चीनले आफ्नो पकड बनाइसकेको छ । चीनको उपस्थितिलाई लिएर यी मुलुकमा कुनै प्रकारको आन्तरिक विरोध भएको छैन । यसको अर्थ भारतका छिमेकी मुलुकमा सीको प्रभावले स्थान बनाइसकेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ एक मात्र यस्ता नेता हुन्, जसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्न नसकिने कुरा स्पष्ट पारेका छन् । यति मात्र होइन, चीनले भारतलाई कुनै पनि हालतमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्य तथा परमाणु आपूर्ति समूहको सदस्य बन्न नदिने ठम्याइ अधिकांश पर्यवेक्षकको छ । एसियाको एक मात्र महाशक्तिका रूपमा चीनले आफूलाई देखेको छ । अमेरिकास“गको समानान्तर शक्ति हासिल गर्ने उद्देश्यमा अहिले चीन अघि बढेको छ । आत्मसात् गर्न सक्ने केही दीर्घकालीन रणनीतिमा भारतले अब ध्यान केन्द्रित गर्न जरुरी छ । चीन बराबरकै आर्थिक शक्ति बन्ने रणनीति भारतको हुनुपर्छ । यसका लागि भारतले एकीकृत आर्थिक ज्ञानको प्रयोग, बलियो संरचनागत सुधार, नीतिमा अमूल परिवर्तनमा जोड दिनुपर्ने हुन्छ । यसबाट अगामी २० वर्षभित्र भारतले ८ देखि १० प्रतिशतसम्मको दिगो आर्थिक वृद्धि हासिल गर्न सक्षम हुनेछ । यो हैसियतमा भारतलाई पुर्याउनु नै भारतमा एकछत्र छाएका नरेन्द्र मोदीका लागि वास्तविक चुनौती हुनेछ । (पी चिदम्बरम भारतका पूर्वअर्थमन्त्री हुन् ।) स्रोतःइन्डियन एक्सप्रेस डट कम/नयाँपत्रिका
रसुवागढी हाइड्रोपावरले १ अर्ब ७१ करोडको तेस्रो आईपीओ ल्याउदै
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले पौने २ अर्ब रुपैयाँ बराबरको तेस्रो साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई २५ प्रतिशत अर्थांत १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७३ हजार कित्ता र आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । तेस्रो आईपीओ निष्कासनको काम अघि बढाउन लागेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । उनले वित्तीय विवरण अद्यावधिक र रेटिङको काम सकेर धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने जानकारी दिए । सबै प्रक्रिया पुरा गर्दा ढिलोमा ५ महिनाभित्र तेस्रो आईपीओ निष्कासन गर्ने कोइरालाको भनाई छ । रसुवागढीले पहिलो र दोस्रो गरी १ अर्ब ६४ करोड रुपैयाँ बराबरको १ करोड ६४ लाख कित्ता निष्कासन गरेको थियो । जसअनुसार पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्तालाई निष्कासन गरेको थियो । दोस्रो चरणमा संस्थागत लगानीकर्ता अन्र्तगत नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता संचय कोषका कर्मचारीलाई आईपीओ निष्कासन गरेको हो । पहिलो र दोस्रो आईपीओ आइतबार बाँडफाँट भइसकेको छ । रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ । आयोजनाको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाको अनुमानित लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । ३ वटै आईपीओबाट गरी ३ अर्ब ३५ करोड रुपैयाँ उठाउनले लक्ष्य रसुवागढीको छ । कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधरणको हुने गरी लगानी संरचना तयार पारिएको छ । निर्माण अगावै आईपीओ निष्कासन गर्दा आयोजनाको ब्याज कम हुने कोइरालाको भनाई छ ।
सप्तकोसी डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्न बोलायो विशेष सभा
काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंकको क्षेत्र विस्तारको प्रस्ताव पारित गर्न वैशाख १५ गते विशेष साधारणसभा बोलाइएको छ । विराटनगरमा हुने सभाले कार्यक्षेत्र विस्तार गर्ने प्रस्तावका अधिरित्त प्रवन्धपत्र तथा नियमावली पनि संशोधन गर्ने छ ।
रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्री नभएपछि पुनः लिलामीमा
काठमाडौं । संस्थापक सेयर बिक्री नभएपछि रिलायन्स फाइनान्स लिमिटेडले पुनः लिलामी गर्ने भएको छ । फाइनान्सले चैत २६ गतेदेखि ५ लाख ३५ हजार ३१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख ३ गतेलाई तोकिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । सो भन्दा बढी आवेदनका हद नलाग्ने सनराइजले जानकारी दिएको छ । १० लाख रुपैयाँ भन्दा बढीको सेयर किन्नेले अनिवार्य रुपमा प्यान नम्बर हुनुपर्ने छ । यसअघि गत चैत १ देखि ८ गतेसम्म संस्थापक सेयर बिक्री खुला गरेकोमा ७ हजार कित्ताका लागि मात्र आवेदन परेपछि पुनः बोलपत्र आब्हन गरेको सनलाईजले जानकारी दिएको छ ।
सिद्धार्थ बैंकले इलामको गोर्खे, लक्ष्मीपुर र गोदकमा सुरु गर्यो शाखारहित बैंकिङ सेवा
काठमाडौं । सिद्धार्थ बैंकले दुर्गम जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले तीन स्थानमा शाखारहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको छ । बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोकसहित इलाममा तीन वटा शाखारहित सेवा सुचारु गरेको हो । गोर्खे बजार शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–०१ का वडा अध्यक्ष राजकुमार सेराङ, लक्ष्मीपुर शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–१३ का वडा अध्यक्ष धनबहादुर राई र गोदक शाखारहित बैंकिङ सेवाका उद्घाटन इलाम नगरपालिका–१० का वडा जेष्ठ नागरिक टेकबहादुर घिमिरेले गरेको बैंकले जनाएको छ । उक्त शाखारहित सेवाबाट ती क्षेत्रका बासिन्दालाई स्थानीय स्थरमै सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्ने जनाइएको छ । उक्त ३ वटा शाखारहित बैंकिङ सेवासहित बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १०८ एटीएम र ६८७ पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरिरहेको बैंकको भनाइ छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रू ८७ अर्ब ५७ करोड र कर्जा लगानी रू ७९ अर्ब २९ करोड गरेको जानकारी दिएको छ । साथै सोही अवधीमा बैंकले रू १ अर्ब १३ करोड खुद मुनाफा समेत आर्जन गर्न गरेको छ ।
एसईई परीक्षार्थीको लागि एनसेलको योजना, १ रुपैयाँमा सिमदेखि हरेक रिचार्जमा बोनस डेटा
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रू १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । यसका साथैपरीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभलिन सक्नेछन् । कम्पनीको अनुसार उक्त अफर सोमबारदेखि लागु हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्। योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् । पहिलो सिम सुचारु गर्ने ग्राहकले ५० वा सो भन्दा बढीको रिचार्ज गरेपछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कल गर्दा प्रतिमिनेट कर बाहेक रू ०.९९ मात्र शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्ने जनाइएको छ । साथै एक वर्षसम्म रू ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्तगर्ने छन् । डेटा योजना एसईई परीक्र्र्षाीका लगि ल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत कर सहितमात्र रू २० मा ३०० एमबि डेटाको मजा लिन सक्ने बताइएको छ । यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने कर सहित मात्र रु २० मा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजेदेखि बिहान ७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभलिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागिमान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरि सो अफर अन्र्तगतको डेटाको लिन कम्पनीको भनाइ छ ।
वैशाख दोस्रो सातादेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला, २५० स्टल रहने
काठमाडौं । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना हुने भएको छ । वैशाख १४ देखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले कार्यक्रममा बताए । मेलालाई बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव लगायत कार्यक्रमले थप आकर्षण बनाउने मेला संयोजक मोहन कटुवालले बताए । नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई मेलामा समावेश गरिन उनको भनाइ छ । प्रदर्शनीकै बीच वैशाख १५ गते नेपाल चाइना कार्यकारी परिषदको सहकार्यमा नेपालमा चाइनिज लगानी प्रवर्धन गर्न चाइनिज लगानीकर्ता सम्मिलित ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ को सन्दर्भ पारेर बीटुबी कार्यक्रम आयोजना गरिने महासंघको भनाइ छ । त्यसैगरी, सार्क मूलुकका लघु घरेलु तथा साना उद्योगहरुको पारिस्परीक हित प्रवद्र्धन गर्न र सार्क स्तरिय नेटवर्क बिस्तार गर्ने उद्देश्यले सन् २००५ मा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका छाता संस्थाहरुको सम्मेलनबाट स्थापना गरिएको साउथ एसियन कन्ट्रिज एसएमइ फोरमको तेस्रो सम्मेलन समेत वैशाख १६ गते हुने आयोजकले जनाएकाे छ । प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । २५० वटा स्टल रहने उक्त मेलामा २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाबाट ७ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष भने १० करोड रुपैयाँ अप्रत्यक्ष कारोवार हुने प्रक्षेपण गरिएकाे छ ।