विकासन्युज

कुमारी बैंकले हकप्रद सेयर निष्कासन गर्न पायो बोर्डको अनुमति

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । बैंकले चुक्तापुँजी बढाउन साविका सेयरधनीलाई हकप्रद निष्कासन गर्न लागेको हो । बैंकको चुक्तापूँजी ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ छ ।

रहेनन् उद्योगी रमेश गुप्ता

काठमाडौं । उद्योगी व्यवसायी रमेश गुप्ताको अल्पायुमै निधन भएकाे छ। टाउकोको समस्या झेलिरहेकाे उनकाे भारतको दिल्लीमा उपचारको क्रममा सोमबार दिउसो देहवसान भएको नेपाल परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । उनी परिसंघका राष्ट्रिय परिषद सदस्य थिए । लक्की ग्रुपका उपाध्यक्ष रहेका उनको शिवम् सिमेन्ट, होङ्सी सिमेन्ट, लुम्बीनी विद्युत, विभिन्न बैंक तथा विमा कम्पनीहरुमा लगानी रहेको जनाइएको छ । व्यापार व्यवसायबाट आफ्नो क्यारियर शुरु गरेको युवा उद्यमी गुप्ताको निधनले परिसंघ स्तब्ध भएको अध्यक्ष शर्माले बताए । ‘मुलुकले उद्योग क्षेत्रमा राम्रो सम्भावना बोकेको युवा उद्यमीलाई गुमाएको छ,’ उनले भने ।

‘सम्पती कर व्यवस्थापन कार्यविधि २०७४’ कार्यन्वयनमा, स्थानीय तहको आम्दानी बढ्ने

काठमाडौं । सरकारले एकिकृत कर व्यवस्थापन कार्यविधी २०७४ अाजबाट कार्यन्वयनमा ल्याएको छ । मन्त्रिपरिषदको निर्णयले कार्यविधि पास गरी स्थानीय तहमा पठाएको हो । अब स्थानीय तहले चालु आर्थिक वर्षको साउनदेखि मालपोत लगायत सम्पत्ती सम्बन्धीको कर स्थानीय तहले उठाउनेछ । साथै कर निर्धारणको पनि अधिकार प्राप्त गर्नेछ । प्रस्तुत नमुना कार्यविधिमा सम्पती मुल्यांकन समिती गठन, सम्पतीको विवरण संकलन, मूल्यांकन प्रक्रिया, कर निर्धारण, कर असुली, दण्ड र पुरस्कार सम्बन्धी उल्लेख गरिएको छ । सम्पुर्ण स्थानीय तहलाई कार्यविधीको अभिलम्ब कार्यन्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आग्रह गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डोमेस्टिक उडान अलग गर्नुपर्छ: पुर्व क्याप्टेन वाइ के भट्टराई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानलाई अलग राख्नुपर्ने पुर्व क्याप्टेन युवराज कुमार भट्टराईले बताएका छन् ।म्यानेजमेन्ट एशोसियसन अफ नेपालले गरेको ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई दुर्घटना’ नामक अन्र्तक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । काठमाडौंको बुढानिलकण्ठ वा काभ्रे धुलिखेलमा आन्तरिक उडानका लागि विमानस्थल बनाउन सकिने भएकाले सम्बन्धित पक्षको ध्यान जानु पर्ने कुरामा उनले जोड दिएका हुन् । एउटा मात्र अन्र्तराष्ट्रिय विमानस्थलमा ६० प्रतिशत भन्दा बढी हिस्सा आन्तरिक उडानले ओगट्दा यसले प्रत्यक्ष रुपमा अन्तर्राष्ट्रिय उडानलाई प्रभाव पारेको छ । अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले एक घण्टासम्म पालो कुर्नु पर्ने अवस्था रहेको छ । ‘पोखराबाट २५ मिनेटमा काठमाडौं आइपुग्छ तर ल्यान्डिङको लागि १ घण्टासम्म पालो कुर्नपर्ने अवस्था रहेको छ, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ,’ भट्टराईले भने । काठमाडौं वरिपरि डाडाहरुले घेरेको छ । विशेसगरी कुहिरो र तुवालोले गर्दा पाइलटलाई समस्या पर्ने गर्छ । अन्य देशहरुमा जस्तै आन्तरिक उडान गर्ने छुट्टै विमानस्थल बनाउन सकिएको खण्डमा नेपाली हवाई सुरक्षामा थप टेवा पुग्नेछ । पाइलटले रनवे देख्न नसकेकै कारण बंगलादेशी विमान दुर्घटना भयो दुई जिरोमा ल्यान्डिङ गर्न जो कोहि पाइलटकको लागि चुनौतिपुर्ण हुनेछ । यसको लागि उच्च अनुभव आवश्यक हुन्छ । त्यो दक्षता बंगलादेशी पाइलटमा देखिएन । दुई जिरोमा ल्यान्डिङ गर्दा राम्ररी रनवे देख्न गाह्रो हुन्छ । त्यसैले मलाई जहाँसम्म लाग्छ पाइलटले राम्ररी रनवे देख्न नसकेकै कारण सन्तुलन गुमाउन पुगे र दुर्घटना निम्त्यायो । जहाज दुर्घटना भएपछि ९० सेकेण्डसम्म आगो लाग्दैन त्यसपछि भयानक आगलागी हुन्छ । यो आगो नियन्त्रण गर्न चुनौती पुर्ण हुन्छ । एटीसीको कुनै गल्ती छैन जहाज ल्यान्डिङ गर्ने सबै कुरा पाइलटको हातमा रहेको हुन्छ । कुनै पनि पाइलटले उडान गर्नुअघि एयरपोटको अवस्थाबारे अध्ययन गरेका हुन्छन् । एटिसीमा बस्ने व्यक्तिले अंग्रेजी बुझेन, राम्रोसँग कुरा गर्न सकेन भन्नु हल्ला मात्र हो, यो सबै कुरा पाइलटले ध्यान दिनुपर्ने कुरा हो । विमानस्थल व्यावसस्थापनसँग पाइलटले राम्ररी कुरा गरेको देखिदैंन । एटीएको रुमबाट तपाइलाई जुनमा सजिलो हुन्छ त्यहिबाट ल्यान्डिङ गर्नुस् भन्ने कुरा गलत हो । यदि एटिसी रुमबाट यस्तो कुरा आएको भएपनि जहाज पाइलटले नै सुरक्षि अवतरण गर्नुपर्छ । सबै कुरा पाइलटकै हातमा हुन्छ । को पाइलट अनुभवी छैनन अधिकांश जहजजमा को पाइलटको अनुभव कम रहेको देखिन्छ । क्याप्टेन पाइलटले जहाजलाई सन्तुलनमा राख्न नसकेपछि को पाइलटले यसलाई नियन्त्रणमा लिन सक्नुपर्छ । एक महिनाको अनुभवले को पाइलट बन्नु भनेको राम्रो पक्ष होइन । को पाइलटको अनुभवी नहुँदा दुर्घटना बढेको देखिन्छ । विमानस्थल असुरक्षित होइन त्रिभुवन विमानस्थल असुरक्षित भन्नु गलत हो । संसारमा कुनै यस्तो विमानस्थल हुदैंन जुन यो सुरक्षित भन्ने । जहाज उडाउने आफैंमा जोखिमको काम हो चाहे त्यो विश्वको जुनकुनै कुनामा उडोस् । जहाजको प्राविधिक खराबी बाहेक कुनैपनि अवस्थामा पाइलट नै सजग हुने हो । कुनैपनि उडान भर्न भन्दा पहिले विमानस्थलको सम्पुर्ण पक्षको अभ्यस्त भैसकेको हुनेछ । तर कहिलेकाही सानो प्राविधिक गल्तीले पाइलटलाई अपठ्यरो हुने गर्दछ । पाइलटमा मानसिक असर साधरणतय पाइलट सम्पुर्ण किसिमको मानसिक अवस्थाबाट मुक्त भई फ्रेस मुडमा जहाज उडाउनु पर्छ । आर्थिक रुपमा असुरक्षित नहोस भनेर प्राय सबै एयरलाइन्सहरुले पाइलटलाई राम्रो पारिश्रमिकको व्यवस्था गरेको हुन्छ । घर परिवार र सबै क्षेत्रबाट पाइलटलाई सकारात्मक व्यावहार गर्नुपर्छ । पाइलटमा पनि जस्तो सुकै अवस्थामा जहाज सन्तुलन गर्न सक्ने दृढ स्वभाव हुनुपर्छ । ५१ जनाको मृत्यु हुनु दुखद विमान स्थलमै दुर्घटना भएर ५१ जनाको मृत्यु हुनु दुखद कुरा हो । लाखौं खर्चिएका भविस्यका डाक्टर लगायत महत्वपुर्ण व्यक्तिको मृत्युले ठुलो क्षति पुर्याएको छ । संसारमा भएका विमान दुर्घटनाका घटनाहरु बाहिर आउन सक्दैन । यसले मृतकका आफन्तहरुमा थप पिडा दिने गरेको छ । ढिलो गरी आउने प्रतिवेदनहरुमा प्राय पाइलटलाई नै दोषी देखाउने प्रचलन रहेको छ ।  

संचय कोषको प्रशासक बन्न ५ जनाको दरखास्त, व्यवसायिक योजना र अन्तरवार्ताका लागि समितिले बोलायो

  काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी संचय कोषको प्रशासक बन्नका लागि आफनो व्यसायिक योजना पेश गर्न ५ जना उम्मेदवारलाई बोलाएको छ । मन्त्रालयले गठन गरेको प्रशासक नियुत्तिका गठित छनौट तथा शिफारिश समितिले ओमकृष्ण श्रेष्ठ, जितेन्द्र धिताल, तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई बोलाएको हो । रौनियारले हाल कोषका कामु प्रशासकको जिम्मेवारी सम्हालेका छन् । काफले कोषको सहायक प्रशासक हुन । समितिले बुधबार व्यवसायिक योजना प्रस्तुत गर्न भनेको छ । बिहीबार अन्तरवार्ताका लागि बोलाएको छ ।

चार वर्षको लागि स्वावलम्बन लघुवित्तको सिईओमा बस्याल नियुक्त

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्याललाई ४ वर्षका लागि नियुक्त गरेको हो । निर्धन उत्थान बैंकको उच्च पदबाट अवकास प्राप्त बस्यालसँग लघुवित्त बैंकिङ क्षेत्रको लामो अनुभव रहेको छ ।    

स्वरोजगार लघुवित्त १०० प्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्ड पुग्यो

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन संस्थाले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उसले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएको छ । संस्थाले १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर चण्डेश्वरी उच्च मावि काभ्रे–४, बनेपालाई कम्प्युटर प्रदान गरेको छ । उग्रचण्डी नाला समाजमार्फत साे कम्प्युटर हस्तान्तरण गरिएको जनाइएकाे छ । कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । बैंकको काठमाडौं उपत्यकामा ११ शाखाहरु तथा ५ एक्स्टेन्सन काउन्टर रहेको छ । त्यस्तै उपत्यकाबाहिर ८२ शाखाहरु, ३ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैंकिङ सेवा गरी जम्मा १११ स्थानबाट आफ्नो कारोबार सञ्चालन गरिरहेको जनाएकाे छ ।