विकासन्युज

वाइडबडी विमान जेठमा आउने, असारदेखि दक्षिण कोरिया, जापानमा उडान थाल्ने

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलो ठुलो (वाइडबडी) विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ । निगमकाे जहाजकाे फाइल तस्बिर निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने निगमको तयारी छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम व्यवस्थापन सुधारबारे हालै गरेको पत्रकार सम्मेलनका क्रममा निगमको वाइडबडी विमान जेठको तेस्रो साता आउने र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडानको अनुमतिलगायतका प्रक्रिया पूरा गरेपछि उडान शुरु गरिने बताउनुभएको थियो । विमान आएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान शुरु गरिने उहाँको भनाइ थियो । निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा विमान २० करोड ९६ लाख अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ । उक्त सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने २०१८ कै मे महिनासम्ममा आउने भनिएको थियो । तर, झण्डै दुई महिनापछि पहिलो विमान आउने भएको हो । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार २८० सिट यात्रु क्षमताको वाइडबडीे विमान आएको १५ दिनभित्र व्यावसायिक उडान शुरु गरिनेछ । पहिलो विमान आएलगत्तै अर्को विमान भित्र्याउने निगमको योजना छ । निगमको इतिहासमै पहिलोपटक नयाँ वाइडबडी विमान खरिद गरेर व्यावसायिक उडान भर्ने तयारीमा रहेको निगमले वार्षिक कम्तीमा रु पाँच अर्बको व्यापार बढ्ने दाबी गरेको छ । सन् २०१७ मा निमगले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ । जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । विदेशबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा छ । वाइडबडी विमानका गन्तव्य निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । ती उडान गन्तव्य तय गर्नका लागि आवश्यक कार्यसमेत शुरु गरिसकेको निगमले जनाएको छ । प्रमुख लक्ष्य विदेशी पर्यटक भित्र्याउने भए पनि नेपालीसमेत बढी आउने गन्तव्यमा उडान गर्न लागेको हो । कोरिया, जापान र साउदी अरेबियाबाट धेरै नेपाल आउने गरेको बताइन्छ । निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । आन्तरिकतर्फ नौवटा विमान छन् । यीमध्ये चीनबाट ल्याइएका वाइ १२ चारवटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन् । काठमाडौँबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दैआएको छ । निगमको न्युयोर्क गन्तव्य निगमले अन्तर्राष्ट्रिय उडानमा विमान बढाउँदै भविष्यमा अमेरिकाको राजधानी न्युयोर्क गन्तव्य पु¥याउने लक्ष्य लिएको छ । निगमका महाप्रबन्धक कंसाकारले आफूहरुको मुख्य उद्देश्य न्युयोर्क पु¥याउने रहेको र त्यसअनुरुप व्यवस्थापकीय योजनामा भएको बताए । “हाम्रो उद्देश्य न्यूयोर्क पु¥याउने नै हो, बेलायतको लण्डन अर्को हव रहेपनि पर्यटनका लागि पनि न्यूयोर्क पुग्नैपर्छ जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायत गन्तव्यमा नपुगी सुखै छैन,”–उनले भने । महाप्रबन्धक कंसाकारले निगमलाई चलायमान र विश्व बजारमा प्रतिस्पर्धी बनाउन वार्षिक दुईदेखि चारवटा विमान थप्नैपर्ने बाध्यता रहेको बताए। डेढ वर्षभित्र आठ विमान निगमले सेवा सुधार्ने कार्ययोजनाअन्तर्गत आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुबैतर्फ विमान थप्दै निगमको कूलआय बढाउँदै लैजाने जनाएको हो । आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी ९ए३२०–२००० विमान खरिद गरिने निगमका महाप्रबन्धक कंसाकारले जानकारी दिए। नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरमा नै हवाई सुरक्षाको प्रत्याभूति गराउने निगमले जनाएको छ । रासस

नवौं वार्षिकोत्सवमा जनता बैंकले गर्यो विभिन्न कार्यक्रम

काठमाडौं । शुक्रबार जनता बैंक नेपाल लिमिटेड ८ वर्ष पुरा गरि ९ औं वर्ष प्रवेश गरेको छ । नवौं बर्ष प्रबेशको अवसरमा समाजप्रतिको दायित्व पुरा गर्न बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले उक्त अवसरमा निःशुल्क स्वास्थ्य सिविर, रक्तदान, छात्रवृत्ति लगायत कार्यक्रम गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’अभियान सञ्चालन गरि नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने निर्णय गरेको बताएको छ । सो अन्तर्गत शुक्रबार माचौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि ५ सय बढी महिलाहरुलालाई स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षणमा सहभागी गराएको बताइएको छ । साथै बैंकले नयाँबानेश्वर, धनगढी लगायतमा समेत परिक्षण शिविर सञ्चालनमा ल्याएको छ । बैंकले रक्तदान कार्यक्रम हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । शुक्रबार पनि बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट लगायतका शाखामा सो रक्तदान गरिएको बताएको छ । त्यस्तै बैंकले वार्षिकोत्सवकै अवसरमा नागरिक समाज प्रतिष्ठानदमकको जेष्ठनागरिक आवासमा भान्साकोठा सुधारको लागि रु. २५ हजार नगद र समाजकल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक तथा खाद्यान्न वितरण गरेको जनाएको छ । साथै बैंकले वभिन्न विद्यालयका ४४ जनाविद्यार्थीलाई रु २ लाख २० हजार छात्रवृत्ति वितरण गरेको बताएको छ । बैंकले हाल देशभर रहेका १०६ शाखा कार्यालयमार्फत सेवाप्रदान गर्दै रु ५३ अर्ब निक्षेप संकलन तथा रु ५० अर्व कर्जा प्रबाह गरेको जानकारी दिएको छ ।  

नयाँ वर्ष २०७५ मा यामाहाको ‘आमन्त्रण’ याेजना, सतप्रतिशतसम्म क्यास ब्याक पाउन सकिने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको उक्त योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउने छन् । जसमा उनीहरुले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउन सक्ने जनाइएको छ । ‘नयाँ वर्षको उल्लासलाई बढाउने उद्देश्यले हामीले यो ग्राहक योजना ल्याएका हौं । हामीलाई विश्वास छ यामाहाको यो योजनाबाट ग्राहक सन्तुष्ट हुनुहुनेछ,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले भने, ‘यस पटक हामीले स्क्र्याच कार्ड होइन, स्क्र्याच बुक ल्याएका छौं जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउन सक्नुहुनेछ ।’ स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टकोतर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउन सक्ने अवसर रहेको कम्पनीको भनाइ छ । त्यस्तै ग्राहकहरुले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्रि सर्भिसिङ र अन्य उपहार समेत प्राप्त गर्ने जनाएको छ । उक्त योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकको क्यालेन्डर बिमोचन

काठमाडाै‌ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेन्डर चैत्र शुक्रबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठका साथमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईद्वारा बिमोजन गरिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको जनाइएको छ । बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ गरि कुल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

झारलाङ र रिगाँउ गाविसमा स्थानीय बाटो निर्माणको लागि ३ करोड ३१ लाख वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हङ्गर लाइफको सहकार्यमा चैत्र ११ देखि १८ गतेसम्म नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो । विशेष गरि भुकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापतको कामका लागि नगद वितरण योजना अन्तर्गत नगद भुक्तानी गरिएको हो । धादिङ जिल्लाको झारलाङ र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६५० परिवारलाई ३ करोड ३१ लाख १४ हजार वितरण गरेको छ । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको भनाइ छ ।

सरकारी कम्पनीको सिटामोल बजारमा, पहिलो दिन बिरअस्पतालले किन्यो ३० हजार ट्याब्लेट

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी नेपाल औषधी लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल शुक्रबारबाट बजारमा ल्याएको छ । करिब डेढ महिनाअघिदेखि कम्पनीले सिटामोलको उत्पादन सुरु गरेको थियो । कम्पनीले ५ लाख ट्याब्लेट तयार गरेपश्चात मात्रै बजारमा बिक्रीको लागि सार्वजनिक गरेको कम्पनीका महाप्रबन्धक डा.रोभस कुसम सुवेदीले बताए । ‘बजारमा सरकारी सिटामोलको माग अत्यधिक रहेको कारणले ५ लाख ट्याब्लेट उत्पादन गरिसकेपछि मात्र बिक्री शुरु गरेका छौं,’ उनले भने ‘अर्को ५ लाख ट्याब्लेट तयारी हुने अबस्थामा छ ।’ शुक्रबार बिर अस्पताललाई औषधी बिक्री गरेता पनि मुलकभर आइतबारदेखि मात्रै बिक्रीको लागि लैजाने उनको भनाइ छ । उनले मुलकभर रहेका औषधी स्टकीसहरुसँग बिक्री सम्बन्धमा कुरा भइरहेको जानकारी दिए । प्रतिट्याब्लेट सिटामोलको बजार मुल्य कम्पनीले तोके अनुरुपको १ रुपैयाँमा रहेको छ । पहिलो चरणमा सिटामोल उत्पादन गरेको कम्पनीले आगामी दिनहरुमा आइरन चक्की, भिटामिन, कोडिन, खोकी, पिसाब लगायतका ८ भन्दाबढी थरी औषधी ट्याब्लेट उत्पदान गर्ने कम्पनीको योजना छ । पछिल्लो समय कम्पनीले दैनिक ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्न सक्ने क्षमताको उपकरण जडान गरेको छ । उक्त उपकरण जडान गरेसँगै सिटामोल उत्पादन शुरु गरेको हो । २०२९ सालमा स्थापना भएको कम्पनी २०६६ सालमा पूर्ण रुपमा बन्द भएको थियो । यसै वर्ष वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवन जलको उत्पादन सुरु गर्दै पुनःसञ्चालनमा आएको हो ।

कलेज पढ्ने १५ हजार केटीहरुले गरे गर्भपतन, बाँझोपनकाे जोखिम अधिक

काठमाडौं । २० वर्षभन्दा कम उमेरमा छोरीको विवाह गर्नु स्वास्थ्यको लागि हानिकार हुन्छ भनेर स्वास्थ्यकर्मीहरु, महिला अधिकारकर्मीहरुले बताउँदै आएको हामी धेरैले सुनेकै छौं । तर धेरैलाई थाहा छैन कि २० वर्षभन्दा कम उमेरमा नै यौन सम्पर्क गर्ने, गर्भधारण गर्ने र गर्भपतन गर्ने युवतीहरुको संख्या कहाली लाग्दो ढंगले वृद्धि भईरहेको छ । एक वर्ष अवधिमा स्कूल र कलेज बढ्ने उमेरका २० वर्ष मुनिका करिव १५ हजार केटीहरुले गर्भपतन गर्ने गरेको सरकारी आँकडाले देखाएको छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसर नेपालमा आर्थिक वर्ष २०७२÷७३ को १४ हजार ६ सय ९९ जना केटीहरुले २० वर्ष नपुदै गर्वपतन गराएका थिए । त्यसमा ७ हजार ३ जना केटीहरुले औषधी प्रयोग गरी गर्भ तुहाएका थिए भने ७ हजार ६ सय ९६ जना केटीहरुले शैल्यक्रिया गरी गर्भ फालेका थिए । यसरी गर्भपतन गराउँदा महिलामा रक्त अल्पता, सेतो पानी बग्ने, बाँझोपन हुने, तल्लो पेट दुख्ने, कमजोर हुने जस्ता समस्या आउने गरेको काठमाडौँ जिल्ला जनस्वस्थ्यका सूचना अधिकारी पुस्कर विजुक्षे बताउछन् । सबै भन्दा धेरै गर्भपतन काठमाडौँ जिल्लामा गराइन्छ । विभागका अनुसार काठमाडौंमा उक्त एक वर्षमा ४ हजार ७ सय १७ जना केटीहरुले २० वर्ष नपुदै गर्भपतन गराएका थिए । जसमा २ हजार ७ सय ८१ जनाले औषधी प्रयोग गरेका थिए भने १ हजार ९ सय ३६ जनाले अप्रेसन मार्फत गर्वपतन गराएका थिए । दाङ जिल्लाका १ हजार ६ सय २९ जना केटीहरुले २० वर्ष नपुदै गर्भपतन गराएका थिए भने सर्लाही जिल्लाका ८ सय १ जना केटीहरुले २० वर्ष नपुदै गर्वपतन गराएका थिए । ६ वटा जिल्लामा २० वर्ष मुनिका केटीहरुले गर्वपतन नै गराएका छैनन् । रुकुम, बझाङ, मुस्ताङ, मनाङ, तेह्रथुम र रसुवामा कसैले पनि गर्भपतन गराएका थिएनन् । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ ‘गर्भवती महिला’को मञ्जुरीमा पतन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ । सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग स्वाथ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि तत्काल परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् । असुरक्षा र अज्ञानता असुरक्षित यौन सम्पर्क र गर्भपतन गम्भिर समस्याको रुपमा अगाडि आईरहेको बताउँछिन् महिला अधिकारकर्मी एवं वरिष्ठ अधिबक्ता मिरा ढुंगाना । सुरक्षा व्यवस्था कमजोर भएकोले बलजफ्ती करणी बढेकोले र गर्भपतन पनि बढेको उनले बताइन् । समाजमा अरु धेरै कुरा कुलेर हुने भएपनि अझै स्कूल, कलेज र परिवारमा यौन शिक्षाको विषयमा खुलेर छलफल गर्ने अभ्यास नभएकोले पनि समस्या बढेको उनी बताउँछिन् ।

यसरी गरियो प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा स्वागत (भिडीयोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुग्नुभएको छ । उनलाई  इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए।   भिडीयो