हिमाली जिल्लामा हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने बाध्यता
काठमाडौं । दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ । जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पहुँच र भनसुनको आधारमा हवाई टिकट बाँड्ने परिपाटीले सर्वसाधारणलाई हरेक दिन समस्या हुने गरेको बुटवल निवासी गोपाल पौडेलले बताए । लामो समयसम्म सदरमुकाम दुनैमा रहेको निर्दन उत्थान बैँकमा काम गरेर सरुवा भएपछि घर फर्कन थाल्नुभएका पौडेललाई पनि टिकट नपाएर जुफाल विमानस्थलमा तीन दिन रोकिनुप¥यो । जुफाल विमानस्थलमा नियमअनुसार जो अगाडि आउँछ त्यसैलाई प्राथमिकता दिनुका साथै फोनबाट टिकट ‘बुक’ गराउने परिपाटिको अन्त्य गरेपछि मात्र सर्वसाधारणलाई सहज हुने उनको बुझाइ छ । सीता र गोमा एअर सेवामुखी भन्दा नाफामुखी भएकाले जुफाल विमानस्थलमा यात्रको चाँप भएको बेला पूर्वतिर उडान गर्ने गरेकाले सीता र गोमा एयरप्रति डोल्पालीले आपत्ति जनाएका छन् । “अहिले जुफाल विमानस्थलमा यात्रुको चाप छ, उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी पनि बढेका छन् सीता र गोमा एयर भने हप्तामा नियमित उडानसमेत गर्न छोडेर पूर्वतिर उडान शुरु गरेको छ” ठूलीभेरी नगरपालिका–९ का स्थानीयवासी अमर कठायतले भने । उडान थप्न दुई मन्त्रीलाई माग हवाई टिकटको समस्या भएपछि जिल्लाबाट प्रदेश नं ६ मा मन्त्री बन्नुभएका कृषि, वन, उद्योग वातावरण तथा पर्यटनमन्त्री नन्द सिंह बुढा र संस्कृति नागरिक उड्डयन पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग पनि जिल्लावासीले सहजरुपमा हवाई उडान सुचारु गर्न अनुरोध गरेका छन् । “डोल्पामा हवाई यातायातको विकल्प छैन्, जाजरकोट डोल्पा मोटरबाटो निर्माणाधीन छ, डोल्पामा सडक यातायातको पहुँच विस्तार नहुञ्जेल सम्मको लागि हवाई टिकटमा सिण्डिकेट घटाउनेदेखि सरकारी तथा निजी विमान कम्पनीलाई नियमित उडान गराउन मन्त्रीहरुले विशेष पहल गर्नुपर्छ” त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीयवासी पूर्णकेशर न्यौपानेले भने । नेपाल एयरलाइन्स, सीता गोमा एयरले गर्दै आएको नियमित उडान समेत घटाएकाले हवाई टिकटको समस्या दिनप्रतिदिन बड्दै गएको हो । सरकारी विमान कम्पनी नेपाल एयरलाइन्सले पनि हप्तामा दुई पटक गर्ने उडान घटाएर एउटा बनाउँदा सर्वसाधारणलाई झनै समस्या भएको छ । उडान कम भएपछि जुफाल विमानस्थलमा यात्रुको चाप बढ्दै गएको नागरिक उड्डयको कार्यालयले जनाएको छ । जुफाल विमानस्थलमा तारा एयर जस्तै नियमित उडान गर्न सीता, गोमा एयरलाइन्सलाई पनि डोल्पालीले आग्रह गरेका छन् । सडक यातायातको पहुच नभएको डोल्पामा जिल्ला बाहिर जानका लागि हवाई यातायात नै प्रयोग गनुपर्ने बाध्यता छ । रासस
३० सचिवको सरुवा, अर्थमा ल्याइए राजन खनाल
काठमाडौं । सरकारले ४ जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयमा राजन खनाललाई ल्याएको छ । खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । यस्तै राजश्व सचिव शिशीरकुमार ढुङानालाई यथावत राखिएको छ। गृह मन्त्रालयमा प्रेमकुमार राई, र युवाखेलकुदमा मोहनकृष्ण सापकोटलाई सरुवा गरेको छ । अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । यस्तै सञ्चार मन्त्रालयमा सचिवमा महेन्द्र गुरुङलाई सरुवा गरिएको छ । भौतिक पुर्वाधारका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्ट र नेपाल ट्रष्टका अर्जुनकुमार कार्कीलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ल्याइएको छ । भौतिकमा प्राधिकरणका सचिव मधुसुदन अधिकारीलाई पठाएको छ । अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । आफनो काम सहज बनाउन मन्त्रिहरुको शिफारिशमा सचिवको सरुवा गरिएको हो । कुन सचिवको कता सरुवा प्रेमकुमार राई –गृह मन्त्रालय मोहनकृष्ण सापकोटा –युवा तथा खेलकुद खगराज बराल –शिक्षा महेन्द्रमान गुरुङ –सूचना तथा सञ्चार राजन खनाल –अर्थ मधुसुदन मैनाली –भौतीक पूर्वाधार तथा यातायात राजीव गौतम –कानून महेश दाहाल –श्रम तथा रोजगार अर्जुन कार्की –राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पर्यटन – कृष्णप्रसाद देवाकोटा, यथावत सामान्य प्रशासन र संघीय मामिला तथा स्थानीय यथावत डा. युवकध्वज जीसी –कृषि विष्णु ओली –वन लक्ष्यमण मैनाली –प्रधानमन्त्री कार्यालय विष्णु लम्साल –रक्षा मन्त्रालय सरच्चन्द्र पौडेल –योजना आयोग
जगदम्बाले सिमेन्ट उत्पादन दोब्बर बनायो, तेस्रो उद्योग सञ्चालमा ल्याएर दैनिक १ लाख १० हजार बोरा पुर्याउने
काठमाडौं । जगदम्बा ग्रुपले सिमेन्ट उत्पादन विस्तार गरी दोब्बर बनाउने भएको छ । सञ्चालनमा आउन लागेका ठुला सिमेन्ट उद्योगसंग प्रतिस्पर्धा गर्न जगदम्बाले सिमेन्ट उत्पादन थप्न लागेको हो । ग्रुपअन्तर्गतको शुभश्री जगदम्बा सिमेन्टले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने ग्रुपका सिनियर ब्राण्ड म्यानेजर जगन्नाथ दाहालले बताए । उनका अनुसार यसअघि उद्योगले दैनिक ४५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियाे । सिमेन्ट उत्पादन बढाउन उद्योगले नयाँ विदेशी प्रविधिको जडान गरेको छ । विश्वकै उत्कृष्ट युरोपियन ‘एफएल स्मिथ’ कम्पनीबाट भर्टिकल रोलिङ मिल ‘भिआरएम’ प्रविधि भित्रयाइ सञ्चालनमा ल्याएको दाहालले जानकारी दिए । पूर्ण रुपमा प्रविधि सञ्चालन भएपश्चात उद्योगले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन हुने उनको भनाइ छ । ‘नयाँ प्रविधि सञ्चालनमा ल्याएको २ साता नाघिसकेको छ,’ उनले भने ‘उक्त प्रविधि सञ्चालनमा आएसँगै सिमेन्टको उत्पादन तथा गुणस्तर बृद्धि हुन थालेको छ ।’ उनका अनुसार १/२ महिनाभित्रै पूर्ण क्षमतका साथ लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुनेछ । पहिलेदेखि सञ्चालित उद्योग हाताभित्रै जगदम्बाले आफ्नो नविन प्रविधि सञ्चालनमा ल्याएको हो । पहिले कम्पनीले प्रतिदिन ४५ हजार बोरा मात्रै सिमेन्टको उत्पादन गर्दै आएको थियो । नयाँ प्रविधि जडानसँगै उत्पादन झण्डै दोब्बर हुने भएको हो । ‘भिआरएम’ प्रविधिमार्फत उत्पादित सिमेन्ट गुणस्तरीय हुनका साथै कुनै पनि संरचनाको पकड शक्ति समेत मजबुत हुने कम्पनीको दाबी छ । कम्पनीको अनुसार पुरानो प्रविधिको तुलनामा विद्युतको खपत निकै कम गर्ने ‘भिआरएम’ प्रविधि वातावरणमा प्रदुषण नफैलाउने किसिमको छ । नेपाली सिमेन्ट उद्योगको क्षेत्रमा लगानी बृद्धि गर्दै नवीन अत्याधुनिक प्रविधिको प्रयोग शुरु गरेको उनले बताए । मुलुकमा हाल भइरहेको पुनर्निर्माणसँगै सिमेन्ट लगायको निर्माण सामाग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै कम्पनीले उक्त प्रविधि प्रयोग गर्न शुरु गरेको उनकाे भनाइ छ । उनका अनुसार प्रविधि वातावरणमैत्री हुनकासाथै कम उर्जाको खपत गर्नमा सहयोगी रहेको छ । ग्रुपल तेस्रो सिमेन्ट उद्योग स्थापनाको योजनामा पनि अघि सारकेको छ । त्यसको लागि कम्पनीले काम अघि बढाइसकेकाे छ । ‘त्यसमा पनि ‘भिआरएम’ प्रविधि नै राख्ने तयारी भइरहेको दाहालले जानकारी दिए । सोही प्रविधिद्वारा सुसज्जित तेस्रो उद्योगको उत्पादन आएसंगै जगदम्बा ग्रुपले उत्पादन बढाएर १ लाख १० हजार बोरा प्रतिदिन सिमेन्ट उत्पादन गर्ने भएकाे छ । नेपालमा पछिल्लो समय सिमेन्ट उत्पादनमा विदेशी लगानी समेत अाेइरिन थालेकाे छ । चीन र नेपाली संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने गरी होङसी सिवम् सिमेन्ट उद्योग आउदो बैशाखदेखि सञ्चालनमा आउदै छ । यो उद्योगले नेपालमा ३७ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै चीनियाँ लगानीमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यकासाथ हुवासिन नारायणी सिमेन्ट उद्योग पनि सञ्चालनमा आउने तयारीमा छ । उक्त उद्योगले पनि १५ अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउने भएको छ ।
पुननिर्माण प्राधिकरणद्धारा १ खर्बभन्दा बढी खर्च
काठमाडौ । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब १ लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए । प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई ३ लाख रुपैयाँ उपलब्ध गराउन नसकिएको उनले बताए । विसं २०७२ मा गएको भूकम्पबाट ७ हजार ५५३ विद्यालयमा क्षति पुगेकामा ३ हजार विद्यालय बनिसकेको र १ हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ । त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । रासस
प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज बिहान ९ बजे भारत प्रस्थान गरेका छन् । उनलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए । यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन्।
वेष्ट फाइनान्सले सिनर्जीलाई प्राप्ति गर्ने, शनिबार साधारसभा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति (अक्वाएर) गर्ने भएको छ । प्राप्तिमा जान दुबै फाइनान्सले शनिबारसाधारणसभा बोलाएका छन् । दुबैको सभाले प्राप्ति गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । दुबै फाइनान्सको सेयर आदनप्रदान अनुपात १ बराबर १ रहेको छ । सेयर आदनप्रदान अनुपात सभाले पारित गर्ने छ ।
प्रधानमन्त्री ओली आज ९ बजे भारत प्रस्थान गर्दै, नयाँ सहमति नहुने
काठमाडौं । मन्त्री, उच्च सरकारी कर्मचारी, उद्योगीसहितको ठूलो समूहको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदैछन्। तीन मन्त्री र केही सरकारी उच्च पदस्थ कर्मचारी तथा उद्योगी, व्यवसायी सहितको टोलीको नेतृत्व गर्दै दिल्ली जान लागेका प्रधानमन्त्री ओलीले त्यहाँ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। भ्रमणका क्रममा नयाँ सहमति नहुने बताईए पनि विगतको तिक्तता मेट्न सकेमा द्विपक्षीय सम्बन्धमा नयाँ ढोका खुल्ने एकजना पूर्वराजदूतको भनाइ छ। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यसअघिका सरकार प्रमुखहरूले जस्तै प्रधानमन्त्री ओलीले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका हुन्। यस भ्रमणपछि अढाई वर्षअघि संविधान जारी गर्ने बेला र त्यसपछि नाकाबन्दीका कारण चिसिएको दुई देशबीचको सम्बन्ध आउँदा दिनमा सुमधुर हुने सरकारको अपेक्षा छ। भ्रमणमा परराष्ट्र, उद्योग र भौतिक पूर्वाधारमन्त्रीहरू, ओलीका राजनीतिक सल्लाहकार र मुख्य सचिव समेत सहभागी हुने छन्। भ्रमण कार्यतालिकाबारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, प्रधानमन्त्रीज्यू मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा अहिले बिहान ९ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। र, फर्किनुअघि प्रधानमन्त्री उत्तराखण्डको पन्तनगर जाने कार्यक्रम छ। त्यहाँ प्रधानमन्त्रीलाई अनररी डक्टर अफ साईन्सुको उपाधि (विद्यावारिधी) ले सम्मानित गरिने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल र भारतका उद्योयी व्यवसायी तथा भारतमा रहेका नेपाली समुदायसँग पनि विशेष भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। नेपालको परिस्थिति आन्तरिक रूपमा बदलिएको छ । नेपाल र चीनबीचको बढ्दो प्रगाढताका कारणले पनि नेपाल–भारत सम्बन्धलाई पनि केही न केही प्रभावित पार्ने भएकोले यो भ्रमणप्रति आशावादी हुनुपर्छ। भोलि भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटघाट गर्नेछन्। विशिष्ट पाहुनाका रूपमा उनी राष्ट्रपति भवनमा रहने छन्। नेपाल र चीनबीच निकटता बढेको ठान्ने भारत नेपालसँग सम्बन्ध सुधारमा बढी केन्द्रीत हुने एकजना पूर्वराजदूत जयराज आचार्यले बताए। भ्रमणप्रति आशा व्यक्त गर्दै उनले भने, ुुनेपालको परिस्थिति आन्तरिक रूपमा बदलिएको छ र नेपालर चीनबीचको बढ्दो प्रगाढताका कारणले पनि नेपाल र भारत सम्बन्धलाई पनि केही न केही प्रभावित पार्ने भएकोले यो भ्रमणप्रति आशावादी हुनुपर्छ। त्यो सद्भावमा प्रगति भएपछि अरू द्विपक्षीय सहयोगका कामहरू अगाडि बढ्न सक्छन्। भुकम्पपछिको पुनर्निर्माणका लागि भारतीय सहयोगको परिचालन, पञ्चेश्वर र अरुण तेस्रो जलविद्युत आयोजना तथा हुलाकी राजमार्ग लगायतका योजनाको कार्यान्वयनमा नेपाली पक्षले जोड दिने बताइएको छ। यसै भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत जाँच चौकीको दुवै प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । स्रोतः बीबीसी
काठमाडौँ जिल्ला ३८ औ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिदै
काठमाडौं । काठमाडौँ जिल्लालाई चैत्र २६ गते पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको छ । चैत्र २६ गते काठमाडौँको टुडिखेमा उपराष्ट्रपति नान्दबाहदुर पुनको प्रमुख अथिति, मन्त्री र प्रदेशका मुख्यहरुको उपस्थितिमा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको काठमाडौँ जिल्ला जनस्वस्थ्यका सूचना अधिकारी पुस्कर विजुक्षे बताए । हालसम्म ३७ वटा जिल्ला मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । अब काठमाडौँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेपछि ३८ औ वटा जिल्ला मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला हुने भएको छ । सुरुमा पूर्ण खोप सुनिश्चित घोषणा नवलपरासी जिल्लाले गरेको थियो । सरकारले सन् २०१७ सम्ममा सबै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्य अझै पुरा भएको छैन । विजुक्षेका अनुसार बालबालिकालाई खोपको पहुँचमा पु¥याई खोपको अभावका कारण हुने मृत्युदर रोक्न खोप कार्यक्रम प्रभावकारी हुनेछ । काठमाडौँ जिल्ला भित्रको १२ देखि २३ महिनाका २२ हजार २ सय ५७ जना बालबालीकाहरुलाई बि सी जी, डी पी टि, पोलियो, जापानिज ईन्सिफ्लाईटिस र दादुराको खोप दिहिसकेको छ । स्वस्थ्य स्वयमासेविका मार्फत स्थानीय स्वस्थ्य कर्मिहरुले १२ देखि २३ महिना भित्रका सबै बालबालीकाहरुले खोप पाएको सुनिश्चित भैसकेको पनि विजुक्षेले बताए ।