भारत पुगेर महासंघको अध्यक्ष राणाले नेपलामा लगानी गर्न आग्रह गरिन्
काठमाडौं । मित्रराष्ट्र भारतको तीन दिने राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक सस्थाहरुले नया दिल्लीमा एक कार्यक्रमकाे आयोजना गरेका छ। उक्त कार्यक्रममा नेपालबाट निजी क्षेत्रको नेतृत्व गर्दै सहभागी भएकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् । भारतीय निजी क्षेत्रका प्रतिनिधि सस्थाहरु भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचेमले संयुक्त रुपमा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् । कार्यक्रममा उनले नेपालमा स्थिर सरकार भएको भन्दै लगानी गर्न आग्रह गरेकी थिइन् । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधै लालायित रहेको उनको भनाइ थियो । उनले कार्यक्रममा नेपालको पछिल्लो वदलिदो परिस्थितिको सम्बन्धमा पनि प्रकाश पारेको बताइएको छ । ‘नेपालमा लगानी गर्ने उपयुक्त समय अहिले जस्तो विगतमा कहिले थिएन,’ उनले भनिन् ‘नेपालमा सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा लगानी गर्ने उपर्युक्त समय आएको छ ।’ त्यस्तै उनले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको आवश्यकता रहेको जनाइन् । रकारले विद्युत आपूर्तिको प्रभावकारी व्यवस्थापन गरेको कारण लोडसेडी अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमता वृद्धि भएको उनले कार्यक्रममा जानकारी गराए । जसकारण हाल निकै ठुला परियोजनाहरु अगाडी बढिरहेको भन्दै आगामी दिनमा उद्योग बढ्ने उनको बुझाइ छ ।
पोखरा फाइनान्स बेंसी सहरमा
काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले लमजुङको वेंसी सहर बजारमा नयाँ शाखा उद्घाटन गरि सञ्चालनमा ल्याएको छ । शाखामार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायतका सेवा प्रदान गर्ने बताएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्ने उद्देश्यले वेंसी सहरमा शाखा खोलेको जनाएको छ । शाखाको उद्घाटन लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा गरेको बैंकको भनाइ छ । बैंकको जारी पूँजी रु ७५ अर्ब ४१ करोड रहेको छ । संस्थाको हालसम्म निक्षेप रु. ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड गरेको भने जगेडा कोषमा रु. ४१ करोड ७४ लाख रहेको जानकारी दिएको छ ।
हकप्रद सेयरको बाढी, ३९ कम्पनीको साढे २१ अर्बको निष्कासन, अझै साढे ९ अर्ब लाइनमा
काठमाडौं । साउनयता बैंक तथा वित्तीयलगायत विभिन्न ३९ कम्पनीले साढे २१ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्न स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउनेमा अधिकाँश बैंक तथा वित्त र बीमा कम्पनी रहेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा गरी २१ करोड ४८ लाख ९५ हजार कित्ता हकप्रद निष्कासन गरेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गरेका हुन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले ८ अर्ब, विकास बैंकले साढे २ अर्ब र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्तापँुजी पुराउनु पर्ने व्यवस्था गरेपछि हकप्रद सेयर निष्कासन गरेका हुन् । स्वीकृति पाएका मध्ये अधिकाँशले हकप्रद सेयर निष्कासन गरिसकेका छन् । भरखरै स्वीकृति पाएकाले निष्कासनको तयारी गरेका छन् । अनुमति पाएका मध्ये सबैभन्दा बढी हकप्रद सेयर मेगा बैंकले निष्कासन गरेको छ । मेगाले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो । यस्तै प्रभु बैंकले २ अर्ब ३५ करोड २५ लाख, सिभिल बैंकले २ अर्ब ७ करोड ४० लाख, कुमारी बैंकले १ अर्ब १९ करोड ३८ लाख र सिद्धार्थ बैंकले ६८ करोड २६ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेका छन् । कुमारी बाहेक सबै बैंकले हकप्रद निष्कासन गरेका छन् । हकप्रद निष्कासन गरेपछि सबै बिक्री नहुदा पुनः लिलामी हुदै आएको छ । संस्थापक लगानीकर्ताले पनि हकप्रद सेयरका लागि आवेदन नदिएपछि बिक्री नभएको हो । १८ कम्पनीको ९ अर्ब ५८ करोड पाइपलाइनमा विभिन्न कम्पनीको ९ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने तयारीमा छन् । यसमध्ये सबै भन्दा ठुलो हकप्रद नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको छ । एनसीसीले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंक तथा वित्त र बीमा बाहेक अपी पावर कम्पनी लिमिटेड र श्रीराम सुगर मिल्स लिमिटेडले हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । अपीले नयाँ आयोजना बनाउन र श्रीरामले उत्पादन क्षमता बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । श्रीरामले ३ सय, एनसीसी बैंकले १०० र अपीले २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसंग अनुमति मागेका छन् । हकप्रद निष्कासन गरेका विवरण प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला
सामसङद्वारा नयाँ वर्ष अफर घोषणा, विभिन्न प्रोडक्टमा ७ हजारसम्म छुट
काठमाडौं । नेपाली बजारमा बिक्री भइरहेको सामसङ स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो ‘२०७५ साल सामसङ अफर बबाल’ घोषणा गरेको छ । ‘नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि नयाँ अफर ल्याएका छौँ’, सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले भने ‘हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै ग्राहकमाझ हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउदै लैजानेछ ।’ योजनाअन्तर्गत सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्ने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार उपभोक्ताले ग्लाक्सी ट्याब एस थ्रीकोे खरिदमा लेभल बक्स स्पिकर, एस ८/ एस ८ प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा स्पिकर सित्तैमा पाउँने जानकारी गराएको छ । उपहारसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा समेत भारी छुटको व्यवस्था गरेको जनाएको छ । जसमा रु ६ हजार ९० को छुट सहित नोट ८ लाई ९६ हजार ९०० सयमा रु ७ हजारको छुटसँगै एस८ प्लासको मुल्य ७९ हजार ९ सय तथा एस ८ को मूल्य रु ७६ हजार ९०० बाट रु ६९ हजार ९०० तयमा झारिएको कम्नपीले जनाएको छ । त्यसैगरी, रु २००० को छुट सहित जे७ प्रो र जे ७ याक्सको मूल्य क्रमशः रु ३२ हजार ९०० बाट रु ३० हजार ९०० तथा रु २८ हजार २९० बाट रु २६ हजार २९० मा झारेको छ । जे ७ प्राइम२ को मूल्य अब रु २७ हजार ९९० र जे ७ नेक्स्ट (३२ जिबी)को मुल्य रु २० हजार ९९० निर्धारित गरिएको छ जसको मूल्य यसअघि क्रमशः रु २८ हजार ९९० र रु २१ हजार ९९० रहेको थियो । कम्पनीको अनुसार रु १२ सयको छुट सहित अन नेक्स्टको मूल्य रु २५ हजार १९० बाट रु २३ हजार ९९० तय गरेको छ ।
इन्डिया–नेपाल विजनेश फोरमा प्रधानमन्त्रीले भने : इतिहासकै बलियो सरकार भएकाले नेपालमा लगानीको थप अवसर
नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताएका छन् । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताए । नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उनले नेपाललाई विकासशील देशमा लैजान आफू प्रयत्नशील रहेको उल्लेख गरे। अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो । भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै उनले नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गरे। सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार छ भने। सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको स्पष्ट पारे। नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्को प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे। कृषि, पर्यटन तथा जडीबुटी उद्योगमा समेत लगानीको महत्वपूर्ण अवसर रहेको प्रधानमन्त्रीको जोड थियो । सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा राजनीतिक स्थिरता कायम भएको, स्थिर सरकार गठन भएकाले लगानीको वातावरण बनेको उल्लेख गरे । माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता ठूला जलविद्युत् आयोजना निर्माणका क्रममा रहेको उनले बताए । ती आयोजना नौ÷नौ सय मेगावाट क्षमताका आयोजना हुन् । माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनको काम शुरु भएको र अरुण तेस्रो, निर्माणको क्रममा जान लागेको उनको भनाइ थियो । लगानी बोर्डले विभिन्न ठूला परियोजनालाई अगाडि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा भारतीय उद्योगी तथा व्यवसायीको लगानी पनि सुरक्षित हुने अवस्था रहेको उल्लेख गरे ।राजनीतिक रुपमा असाध्यै समस्या रहेको बेलामा समेत नेपालमा भारतीय उद्योग तथा व्यवसायीले महत्वपूर्ण नाफा गरेको भन्दै हालको अवस्थामा झन लगानीमैत्री वातावरण बनेको स्पष्ट पारे । जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले ढुक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरे । नेपाल सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा मोनो–रेललगायतका पूर्वाधारको विकासका लागिसमेत काम गरिरहेको उल्लेख गर्दै उनले नेपाल लगानीका लागि उपयुक्त स्थल रहेको पटकपटक दोहो¥याएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्वासेले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण शुरु हुने क्रममा रहेको, केही नीतिगत सुधार गरिएको जानकारी गराए । ऊर्जा क्षेत्रको एकीकृत विकासका लागि सरकारले २०७२ फागुन ६ गते नै ९९ बुँदे ऊर्जा संकटकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको र निजी क्षेत्रलाई थप सहज गराइएको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रुपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराएकी थिइन् । उनले नेपाल र भारतका निजी क्षेत्र मिलेर पनि काम गर्न सकिने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको छाता संगठन भएकाले पनि महासंघले पनि थप सहजीकरण गर्ने स्पष्ट पारिन् । उनले लगानी बोर्डको क्षमता वृद्धि र कार्यक्षेत्रको विस्तारसमेत भएकाले लगानीको वातावरण बने जानकारी गराइन्। सिएनआइका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानीका लागि एकदमै उपयुक्त भएकाले जुनसुकै क्षेत्रमा पनि नाफा कमाउन सकिने भएकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीका लागि आउन भारतीय लगानीकर्तालाई आग्रह गरे । पिटिसी इन्डियाका अध्यक्ष दीपक अमिताभले आफ्नो कम्पनीले नेपाल, बंगलादेशलाई विद्युत् उपलब्ध गराइरहेको जानकारी दिए। नेपाललाई हाल १५० मेगावाट विद्युत् उपलब्ध गराइरहेको जानकारी दिँदै ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन जस्तै अन्य लाइन पनि निर्माण गर्नुपर्ने बताए। रासस
आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा सुरु अर्थले माग्यो सुझाव
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तयारी थालेको छ । अर्थमन्त्रालयले आगामी आवका लागि बजेट तयारी गर्न सुझाव मागेको हो । आर्थिक वर्ष २०७५/७६ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भैसके अर्थले जानकारी दिएको छ । बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका बारेमा सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ । सुझावहरु २०७५ वैशाख १५ गतेसम्म उपलव्ध गराइदिन मन्त्रालयले भनेको छ । मन्त्रालयले विभिन्न संघ, संस्था, वृद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी , संचार जगत तथा आम नागरिकसंग सुझाव मागेको हो ।
माछापुछ्रे बैंकद्वारा विर्तामोडको विद्यालयलाई खानेपानीको ट्यांकी हस्तान्तरण
काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा पञ्चरत्न माध्यामिक विद्यालय बिर्तामोड–२, चौतुबारी, झापाको विद्यार्थीहरुलाई स्वच्छ खानेपानी व्यवस्था गर्ने उद्देश्यले खानेपानीको ट्यांकीको साथमा आवश्यक पूर्वाधार निर्माण गरिदिएको छ । बिहीबार एक कार्यक्रमकाबीच पानीको ट्यांकी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा माछापुछ्रे बैंक लिमिटेड विर्तामोड शाखाका शाखा प्रबन्धक भरत प्रसाईबाट संयुतक्त रुपमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ । बैंकले मुलुकभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बैकिङ सेवा गरि ८० स्थानबाट ग्राहकहरुमाझ बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ । बैंकले देशभर ८६ वटा एटीएमहरु सञ्चालनमा ल्याएको बताएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल संस्कृत विश्वविद्यालयबीच सम्झौता
काठमाडाै । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । समारोहमा उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले उक्त सुविधा लिने र भविष्यमा थप प्राध्यापक तथा कर्मचारीहरु समेत अहिले गरिएको सम्झौताबाट लाभान्वित हुने बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत माहानुभावहरुलाई बैंकले आफ्ना आधुनिक बैंकिङ सेवाहरु प्रदान गराउदै जाने जानकारी दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले हालसम्म नेपालको ६८ जिल्लामा १८१ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा ग्राहकहरुलाई उपलब्ध गराउंदै आइरहेको छ । बैंकका हालसम्म १२४ वटा एटीएम सञ्चालनमा आएको छ । बैंकले नेपाल सरकारका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु (निजामति, प्रहरी, नेपाली सेना र शिक्षक), नेपाल राष्ट्र बैंक, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल टेलिकम र त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त कर्मचारीहरुको पेन्सन वितरणको कार्य गर्दै आइरहेको छ । बैंकले वार्षिक २२ अर्व रुपैयाँभन्दा बढी पेन्सन वितरण गर्ने गरेको छ ।