बेनीमा पर्यटकीय पदमार्ग निर्माण शुरु
काठमाडौं । सदरमुकाम बेनीदेखि मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जोड्ने पर्यटकीय पदमार्ग निर्माण कार्य शुरु भएको छ । बेनी नगरपालिका र पर्यटन विभागको लगानीमा बेनीदेखि पौलत्स्य जगन्नाथ हुैंदै टोड्के पुग्ने पदमार्ग निर्माणको काम शुरु भएको हो । पदमार्ग निर्माणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु चार लाख र पर्यटन विभागले रु तीस लाख विनियोजन गरेको बेनपा– ७ वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले काम शुरु गरेका छन् । नगरपालिकामार्फत हुलाकचोक भन्दा माथिदेखि ११९ मिटर पदमार्ग निर्माण हुने भएको छ । यसअघि नगरपालिकाको दुई लाख पचास हजार लगानीमा हुलाकचोकदेखि ८५ मिटर पदमार्ग निर्माण भइसकेको छ । नगरपालिकाको बजेटको काम सकिएलगत्तै पर्यटन विभागको बजेटबाट काम शुरु गरिने उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताए । यसवर्ष बेनीदेखि रामायण पार्कको प्रवेश विन्दुको रुपमा प्रस्तावित आँपरुखसम्म करिब डेढ किलोमिटर पदमार्ग पु¥याउने योजना छ । हाल भिरालो र कच्ची बाटो रहेको ठाउँमा पिसीसी ढलान गरेर पक्की पदमार्ग निर्माण गर्न लागिएको हो । बेनीदेखि पदमार्ग विस्तार गर्दे टोड्केसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष बानियाँले बताउनुभयो । पदमार्ग निर्माण भएपछि बेनीमा आउने पर्यटकलाई गुफाको डिल, पछै, जगन्नाथ, टोड्के भ्रमणका लागि सहज हुने अपेक्षा गरिएको छ । रासस
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट
काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रम ओलीलाई बधाई दिएका छन् । उनले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो समेत दिएका छन् । यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत गार्ड अफ अनर प्रदान गरिएको थियो । रासस
भारतले दियो ओलीलाई ‘गारत’ सम्मान
काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले गारत सम्मान दिएको छ । सम्मान पछि पत्रकार सम्मेलनमा बोल्दै ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् । भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । उनले जनताको जीवनस्तर उकास्नका लागि दुई देश मिलेर काम गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको बताए । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थियो । रासस
पशुपतिका मगन्तेलाई मानव सेवा आश्रममा पुनर्स्थापना
काठमाडौं । पशुपतिनाथ मन्दिर आसपास क्षेत्रलाई भिखारीमुक्तु घोषणा गरिएपछि गत मंगलवारयता झण्डै १५० मगन्तेमध्ये ८० जनाभन्दा बढीलाई मानव सेवा आश्रममा पुनर्स्थापित गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बाँकीमध्ये केहीलाई उपचार गराइ खर्च दिएर घर पठाइएको छ। मानव सेवा आश्रमले २०८२ सालसम्ममा देशका प्रमुख शहरका सडक भिखारीमुक्त गराउने लक्ष्य लिएको छ।सडक किनार, पाटीपौवा तथा खासगरी मन्दिर आसपाससहित देशका मुख्य शहरमा मानसिक र शारीरिक रूपमा अशक्त भइ माग्न बसेकाहरूको संख्या झण्डै तीन हजार रहेको बताइन्छ।धार्मिक तथा पर्यटकीय क्षेत्रबाट उनीहरूलाई हटाएर पुनर्स्थापित गर्ने मानव सेवा आश्रमको लक्ष्य छ। पशुपति क्षेत्रबाट शुरू गरिएको उक्त अभियानबारे कोषका सदस्य सचिव प्रदीप ढकालले भने जीविकोपार्जनका लागि हात फैलाएर माग्नुपर्ने अवस्थाका व्यक्तिहरू विकल्प भएमा सम्मानित जीवन जिउन वा पुनर्स्थापित हुनका लागि तयार भएको पाइएपछि विभिन्न संघसंस्थासँग समन्वय गरी हामीले पुनर्स्थापनको प्रयास गरिरहेका छौँ। पुनर्स्थापनाका क्रममा उक्त क्षेत्रमा अधिकांशले कष्टकर जीवनयापन गरिरहेको पाइए पनि केही नक्कली रूपमा मगन्ते बनेको पाइएको कोषले जनाएको छ।विभिन्न जिल्लामा झण्डै पाँच सय जनालाई आश्रय दिएको आश्रमले उनीहरूलाई रोजगारी र सीपमूलक तालिम दिइ सामान्य जीवनमा फर्काउने योजना बनाएको छ। मानव सेवा आश्रमका प्रमुख संरक्षक गोविन्द टण्डनले भने, हामीले २०८२ सालसम्म नेपालको कुनै पनि सडकमा मागेर जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्नका लागि सरकार, प्रदेश र स्थानीय निकायहरूलाई अनुरोध गरिरहेका छौँ। त्यही अभियानअन्तर्गत आवश्यकता अनुसार आश्रम स्थापना पनि गरिरहेका छौँ। हामीले २०८२ सालसम्म नेपालको कुनै पनि सडकमा मागेर जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्नका लागि सरकार, प्रदेश र स्थानीय निकायहरूलाई अनुरोध गरिरहेका छौँ। स्रोतः बीबीसी
अर्थमन्त्रीको स्वेतपत्र झुटको पुलिन्दा–शेरबहादुर देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा तीन चौथाइ समय सरकारमा बसेका कम्युष्टिहरुले नै सञ्चालन गरेको र मुलुकको वेथितिको मुख्य जिम्मेवार उनीहरुनै भएको आरोप लगाएका छन् । शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको स्वेतपत्रमा सफेद झुट बोलीएको उनले बताए । ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’ देउवाले भने, ‘मुलुकलाई वेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरु हुन् । देउवाले यसअघि कांग्रेस सभापति सुशीलकोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफ्नो नेतृत्वको सरकारले उक्त संविधानअनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताएका थिए । देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरु सकरात्मक हुदै गएको बेलामा स्वोदेशी तथा विदेशी लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने गरी अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको आरोप लगाएका छन् । ‘लामो समयपछि अघिल्लो बर्ष आर्थिक बृद्धिदर सात प्रतिशत पुगेको थियो,’ उनले भने । यो वर्ष पनि आर्थिक बृद्धिदर करिब ६ प्रतिशत छ भने कसरी अर्थतन्त्र धरासायी भयो उनले प्रश्न गरे । देउवाले आफ्नो कार्यकालमा मुद्रास्फ्रीती ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या १० लाख पुगेको, राष्ट्रिय ढुकुकटीमा १० अर्ब डलर बराबर संचिति रहेको र २ सय ५७ अर्ब सरकारी ढुकुटीमा नगद वचत रहेको अवस्थामा कसरी ढुकुटी रित्तो भयाे भन्दै उक्त अर्थमन्त्रीकाे भनाइ गैरजिम्मेवारपूर्ण रहेको सभापति देउवाकाे तर्क छ।
यातायात सिण्डिकेट हट्यो, देशभर सडक परमिट खुला
काठमाडौ । यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले आज देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । यो निर्देशनपछि देशभरका यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ । राजधानीकै धेरै सडकमा एउटै यातायात समितिका सवारी मात्र सञ्चालन हुँदै आएको छ । यसले यात्रु मारमा पर्ने गरेका छन् । विभागले चैत १८ गते आइतबार यातायातसम्बन्धी पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको थियो । संशोधन एवम् नयाँ जारी भएका निर्देशिका कार्यविधिबमोजिम कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए । विभागले नयाँ रुट परमिट लिन यातायात समितिको सिफारिश लिनुपर्ने व्यवस्था पनि हटाएकाले अब जुनसुकै कम्पनीका सवारी सबै सडकमा निर्बाध गुड्न पाउने बताए । यातायात कम्पनीलाई विभागमा पञ्जीकरण भई रुट परमिट लिन यातायात कार्यालयमा निवेदन दिन पनि विभागले आह्वान गरेको छ । काठमाडौंदेखि धुलीखेलसम्मको रुटबाट तोडिएको यातायात व्यवसायीको सिण्डिकेट अब देशभरी नै तोडिएको छ । काठमाडौंदेखि धुलिखेलसम्म ७ यातायात व्यवसायी संघले ३० वटा बस सञ्चालनमा ल्याएका छन् । साझा यातायात, सिटी यातायता, मेट्रो याताया र अन्नपुर्ण यातायातले सो रुटमा २० वटा बस सञ्चालनमा ल्याएका हुन् । विभागले मयुर यातायातलाई अनुमती दिएपछि व्यवसायी र विभागबीच विवाद बढेको थियो ।
एनआईसी एशिया बैंकद्वारा कर्णाली प्रदेशका ८ विद्यार्थीलाई २ लाख छात्रवृत्ति
काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो । बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको जनाएको छ । बैंकले मुलुकभरका १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्पmत् सेवा प्रदान गर्दै आएको छ । बैंकको अनुसार बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढी र कुल कर्जा करिब रू १०६ अर्ब पुगेको छ । कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको जनाएको छ ।
आइएमई इन्स्योरेन्स र भरपर्दो कृषक सहकारी संस्थाबीच सामुहिक दुर्घटना बीमा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जना भन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ । सोही अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहकहरुको रु. ५० हजारको औषधोपचार बीमा तथा रु. १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको जानकारी गराए । संस्था तथा संस्थासँग आवद्ध सदस्यहरुको आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्स कम्पनीबाट प्राप्त हुने उनले विश्वास दिलाएका छन् ।