अष्ट्रेलियाको ला ट्रोब बिजनेश स्कुलले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । नेपाली विद्यार्थीहरूलाई ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई छात्रवृति दिने भएको छ । छात्रवृति विश्वविद्यालयका प्रमुख, प्रोफेसर जेन ह्यापमिल्टनले नेतृत्व गरेको एक टोली काठमाडौं आएको हो । विद्यालयले नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखी बिजनेश स्कुलले जनवरी महिनाबाट पोष्ट ग्रायाजुएट बिजनेश कोर्शहरूमा नयाँ भर्ना सुरु गरेको छ । नयाँ भर्नासगै पठनपाठन छिटो सम्पन्न गर्न यस स्कुलले द्र्रुत अध्ययन कार्यक्रमहरु शुरु गरेकको हो । सम्बन्धित उद्योगहरूको आवश्यकता पूर्ति गर्नको लागि र रोजगार बजारमा देखिएका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राखी नयाँ कार्यक्रमहरू पनि आरम्भ गरिएको छ । विद्यार्थीहरूका लागि उत्कृष्ट तर अवसरहरू सिर्जना गर्ने निरन्तरको प्रयासले ला ट्रोब बिजनेश स्कुल नेपालमा आएको विद्यालयले जनाएको छ । हाम्रो नयाँ पोष्ट ग्रायाजुएट बिजनेश कोर्शहरूमा भर्ना कार्यक्रम र एक वर्षमा नयाँ भर्ना लिनेछ ।
लगानीकर्तालाई डबल डिजीटमा लाभांश दिने छौं- अनुपमा खुञ्जेली
अनुपमा खुञ्जेली वाणिज्य बैंकमा पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएकी छिन् । नेपाली बैंकिङ क्षेत्रमा महिला पनि सीईओ हुन सक्छन् भनेर प्रमाणित गर्न उनी सफल भएकी छिन् । स्ट्याण्डर्ड चाटर्ड बैंक, नविल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत खुञ्जेलीले एक महिनाअघि मात्र सीईओको जिम्मेबार पाएकी हुन् । अवसर र चुनौती दुबै भएको बताउने उनले आगामी ५ वर्षमा बैंकलाई अझ सबल बनाउने प्रण गरेकी छिन् । बैंकको भावी योजनामा केन्द्रीत रहेर सीईओ खुञ्जेलीसंग विकास न्युजले गरेको कुराकानी : अनुपमा खुञ्जेली, सीईओ, मेगा बैंक महिला सीईओ बनाउन ब्रेक थ्रु मेगा बैंक र अनुपमा खुञ्जेली कसले गरेको हो ? सर्बप्रथम मेगा बैंकले गर्यो । हामीभन्दा ठुलो संस्था हो । हाम्रोभन्दा यसको आयु लामो हुन्छ । त्यसकारण संस्थाले नै ब्रेक थ्रु गरेको हो । महिलालाई नेतृत्व दिन अहिलेसम्म कुनै पनि बैंक बोर्डले निर्णय गर्न सकेको थिएन । यसमा मेगा बैंकले मलाई अवसर दिएको छ । तपाई भाग्यमानी हो कि मिहेनती ? मान्छेलाई बन्न भाग्य पनि चाहिन्छ । तर मिहेनत नगरी सफलता पाइन्दैन । मेरो लागि सफलताको शुत्र भनेको अवसरको साथै कडा परिश्रम हो । यहाँ भाग्यलाई पनि जोड्न सकिन्छ । पहिले अवसर र कडा मिहेनत नै हो । मौकामा मिहेनत गरेर देखाउन सक्नुपर्छ । मिहेनत निरन्तर हुनुपर्छ । नत्र सफलता हात लाग्दैन । बैंकमा सीईओ भएपछि यहाँले कस्तो अनुभव गर्नु भएको छ ? म धेरै खुसी भएको छु । मलाई अब अवसर र चुनौती दुबै छ । त्यसमा पनि जिम्मेवारीलाई सफल र उदाहरणीय बनाउन मलाई चुनौती छ । म बैंकिङ क्षेत्रमा काम गरेको २७ वर्ष भयो । करिब ३ दशकदेखिको अनुभव लिएर अघि बढेको कारण शुरुवातदेखि यस टिमलाई मैले नजिकदेखि हेर्ने मौका पाएको छु । म मेगा बैंकको लाइसेन्स प्रक्रियादेखि नै जोडिएको हुँ । त्यसैले मलाई यो टिमप्रति विश्वास छ । भोलिको दिनको मेरो सफलता भनेको मेगा बैंकको टिमको देन हो । अहिलेको टिम राम्रो छ । टिमको क्षमतालाई हामीले बुझेर अघि बढाउन सकियो भने सफलता हात पर्छ । ठुलो संस्थामा सिस्टम ड्राइभ गर्न अथवा बसाल्नका लागि बलियो खम्बा आवश्यक हुन्छ । आजको दिनमा मेगा बैंकको खम्बा कसलाई मान्नुभएको छ ? हाम्रो बैंकिङ क्षेत्रमा विभिन्न विभागहरु छन् । अहिलेको व्यवस्थापन सिद्धान्तले पनि आफ्नो डिपार्टमेन्टमा स्मुथ्ली रन गर्न सक्ने म्यानेजर्जहरु ल्याउनु पर्छ भन्छ । मेगा बैंकको बलियो खम्बा भनेको सिनियर म्यानेजमेन्ट नै हो । टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज भएको छ । त्यहाँबाट पनि दक्ष जनशक्ती आएका छन् । त्यसकारण पुरै म्यानेजमेन्ट टिमको दक्षतालाई नै बैंकको खम्बा मान्छु । विगतमा पनि त्यहि थियो, अहिले पनि छ । मेगा बैंकको खम्बा अनिलकेशरी शाह हुन् । बलियो मियोको रुपमा अनिलको भूमिका रह्यो र समकालिन बैंकहरुमा मेगा अगाडी नै रह्यो । यी तर्कहरुलाई कतिको मान्नुहुन्छ ? यो तर्कलाई पुर्ण विश्वास गर्छु । जतिखेर मेगा बैंक पुर्ण रुपमा स्थापना भइसकेको थिएन । त्यसबेला हामीलाई बलियो व्यक्तित्वको जरुरी थियोे । ती सम्पूर्ण भूमिकाको निर्बाह अनिल शाहजीले गरिदिनुभयो । उहाँले एउटा दह्रो फाउन्डेशन दिनु भएको छ । भोलिको दिनमा हामीले यो बलियो फाउन्डेशनमा घर बनाउदै जाने हो । त्यसलाई सफल पार्ने जिम्मा हाम्रो हो । उहाँले जुन धरोहर छोडेर जानु भएको छ । त्यसलाई सही दिशा र गतिमा दौडाउने जिम्मेवारी पनि हाम्रै हो । उहाँले एक समय हलोदेखि हाइड्रोसम्म भनेर चलाएको अभियानबाट मेगा बैंकलाई नचिन्ने कमै होलान् । मेगा बैंकलाई उहाँले त्यो फाउन्डेशन दिनु भएको छ । अनिल शाहजीको जतिको हाइट मलाई प्राप्त हुन्छ भनेर अहिले भन्न सक्दिन । मेरो आगामी चार वर्षको कार्यकालको समीक्षा तपाईहरुले नै गर्नु हुनेछ । किनभने हाम्रो फाउण्डर सीईओ शाहाजी व्यक्तित्व र बैंकिङ क्षेत्रमा उचाई भएको जगजाहेर नै छ । हामी त्यो आधार पाएर अघि बढ्न लागेको बैंक हो । आगामी दिनमा यसलाई राम्रो गर्दै जानेछौं । नयाँ उचाइमा लैजाने कुरामा कुनै दुविधा नै छैन । अनिलजीले स्ट्रोङ फाउन्डेशन बनाइसकेको बैंकमा सफल नेतृत्व गरे/गरिन भन्ने कुरा आउँदो चार वर्षको कार्यकालमा यहाँहरुले नै समीक्षा गर्नुहुनेछ । आगामी चार वर्षमा मेगा बैंक कुन स्तरमा पुग्छ ? हाम्रो बैंक अहिले ८ वर्ष पुगेको छ । समकालिन बैंकहरुले मर्ज गरिसकेका छन् । शुरुमा हामीले सानो मर्ज गरेका थियौं । अहिले टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज गरेका छौँ । अब शाखा नेटवर्किङ, ब्यालेन्स साइज अझ बढ्छ । अझ द्रुत गतिमा अगाडी बढ्छौं । आगामी दिनमा बलियो, सवल, समृद्ध हुँदै मेगा बैंक यहाँहरुको विश्वास जित्दै अघि बढ्नेछ । बैंकिङ व्यवसाय भनेको विश्वासको खेती हो । यसमा आफ्नो सबै स्टेकहोल्डर्सको विश्वास जित्नु पर्छ । मुख्य गरी प्रमोटर पब्लिक सेयर होल्डरहरुलाई प्रतिफल राम्रो दिनुपर्यो । कस्टमरहरुलाई सुविधा राम्रो दिनुपर्याे । कर्मचारीहरुलाई बेस्ट इम्प्लोइको आभाश दिनुसक्नु पर्याे । सोसाइटी एट लार्जबाटै हामीले नाफा कमाएका छौं । समाजलाई पनि सामाजिक उत्तरदायित्वको आधारमा केही दिन सक्नुपर्छ । अहिले स्थिर सरकार आएको छ । देशमा नयाँ राजनीतिको शुरुवात भएको छ । हाम्रो ५ वर्षको रणनीतिक योजना (स्ट्राटेजी प्लान) तयार भइसकेको छ । बोर्डले दिएको ५ वर्षको भिजनलाई अगाडी बढाउँदै लैजाने हो । ५ वर्षको रणनीतिक योजनाको गोल के हो ? म नाफाको कुरा मात्र गर्दिन । तैपनि अहिले हामी समकालिन बैंकहरुसँगको प्रतिस्पर्धामा सबैभन्दा अगाडी उभ्याउन चाहन्छौं । आगामी चार वर्षमा हाम्रो जस्ता बीचको बैंकहरुसँग प्रतिस्पर्धामा ती बैंकहरुको ‘क्याटोगोरी’मा एक नम्बरमा आउने प्रयास गर्नेछौं । हामीसँग भएको स्ट्राटेजीज प्लान अनुसार प्रत्येक वर्ष बैंकको ग्रोथ बढिरहेको छ । मार्केटमा धेरै उत्तारचढाव आउँछ । उत्तरचढावलाई हाम्रो स्ट्राटेजीज प्लानमा इनकर्पोरेट गरेर अगाडी लाने छौं । जनता, सिभिल, सेन्चुरी मेगासंगै आएका बैंक हुन् । यीमध्येमा हामी अगाडी छौं । सबै बैंकले आफुलाई अगाडी बढाउन लागि रहेका हुन्छन् । अब त्यस्ता बैंकहरुलाई उछिनेर अघि जानु छ । टुरिजमसंगको मर्जरसँगसँगै हाम्रो भोल्युम आधा खर्ब भएको छ । हामी चार वर्षको अन्तरालमा निक्षेप परिचालन १ खर्ब रुपैयाँ पुर्याउने छौँ । हामी १० अर्ब रुपैयाँ भन्दा बढीको क्यापिटलमा जान्छौं । त्यसपछि १ खर्ब भन्दाबढीको भोल्युम जेनेरेट गर्न सक्छौँ । यो हाम्रो लक्ष्य हो । त्यतिगर्दा सेयर होल्डरलाई डबल डीजीटमा रिटर्न दिने छौँ। हाम्रो शाखा १०२ वटा बन्छ । बैंक भनेको प्रोफिट ओरिन्टेड अर्गनाइजेशन पनि हो । शाखालाई विस्तारसँगै प्रोफिट पनि जेनेरेट गर्ने छौं । मेगाको नेतृत्व र नीतिमा अस्थिरता छ भन्ने आशंकाहरु आइरहेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ? पोलेसी लेखनमा म पहिलो दिनदेखि नै संलग्न हुनुका साथै सचेत पनि छु । सिस्टमको कुरा गर्ने हो भने हामीसँग स्ट्रोङ अप्रेशन छ । हामीसँग बलियो रिक्स युनिट छ । सरकारी इसुमा पनि वीथ कम अ लङ वे । राष्ट्र बैंकको अडिटरीमा पनि वीथ कम अ लङ वे । पहिलेभन्दा प्रगति भइरहेको छ । अडिटहरुमा पनि रिक्सको पोलिसी लगाएर अघि बढिरहेको अवस्था हो । अर्गनाइजेशनमा व्यक्तिले फरक पार्न हुँदैन भन्ने सोचबाट म अघि बढेको छु । यो अर्गनाइजेशन सिष्टम पोलीसी र प्रोसिडूयरले ड्रिभेन हुनुपर्छ । कुनै एउटा व्यक्ति परिवर्तन भएर अर्गनाइजेशन ह्याम्पर हुने, अर्गनाइजेशनमा ह्रास आउने किसिमको काम हुनुहुँदैन । त्यसैले म सिस्टमलाई विश्वास गर्छु । लिडरशिप रोलमा हामीले गर्नुपर्ने हाम्रो मुख्य दायित्व सिस्टम बलियो बनाउनु हो । सिस्टम अहिले पनि सवल छ । त्यसमा हाम्रो मिहेनत छ । त्यसको लागि हामी डे वानदेखि नै लागिपरेका छौं । मेगा बैंकका स्टेक होल्डरबाट, मुख्यगरी इन्भेस्टरहरुको तर्फबाट तीब्र आक्रोस आएको सुन्छौं । बैंकको परफरमेन्समा सन्तुष्टि छैन । बैंकले राम्रो गरेन भनेर सेयर बेच्न पाएको छैनन् । यहाँ के भन्नु हुन्छ ? म उहाँहरुको आक्रोशलाई बुझ्छु । किनभने हाम्रो शेयर ट्रेडिङ रोकेको वर्ष दिनभन्दा बढी भइसक्यो । त्यसैले पनि मेरो सबैभन्दा पहिलो दायित्व मर्जर गराउनु थियो । यो पुरा भएको छ । अब केही दिनमा सेयर कारोबार खुल्ने छ । त्यसमार्फत हाम्रो सेयरधनीको ठुलो आक्रोसलाई मत्थर गर्दै जान्छौं । कतिपय राम्रो बैंकहरुको पनि ५ सय पुगेको सेयर मूल्य घटेर ३ सय, साढे ३ सयमा कारोबार भइरहेको छ । त्यसैले पनि सेयर होल्डरहरु आत्तिएको हुन सक्छन् । तर मेगा बैंकले ८ वर्षमा दिएको रिटर्नलाई राम्रो मान्नु पर्दछ । कारोबार खुलेपछि मेगाको सेयर कति रुपैयाँमा किनबेच होला ? अहिलेको हिसाबले जाँदैन होला । किनभने सबैको सेयर मूल्य झरेको छ । देशको सेयर इन्डेक्स नै तल झरेको छ । यस्तो अवस्थामा मेगा बैंकको सेयर बढ्ने कुरा आउँदैन । आगामी दिनमा सेयर मार्केट पनि राम्रो हुँदै जाला र असारको रिजल्ट हेरेपछि विश्वास जगाउने अवस्था रहन्छ जस्तो लाग्छ । चैत मसान्तमा लोलेबल क्राइसीस र केही प्रोभिजिङले यो क्वाटरलाई मैले त्यस्तो राम्रो मानेको छैन । तर असारसम्ममा यो सबै कुरालाई पछाडि राख्दै अगाडी बढ्छौं । बैंकको जस अबजस मैले लिनुपर्छ । आगामी दिनमा पनि लिन्छु । यो परीक्षामा म खरो रुपमा उत्रिने छु । पछिल्लो अनटाइम मर्जर नहुनुमा हामी नै जिम्मेवार हौं । यसको डिलको जिम्मा पनि मैले लिनु पर्दछ । मर्जर दुई जनाबीचको विवाह जस्तो हो । जसमा फरक प्रकृतिमा आएका अर्गनाइजेशनको मान्छे मिलेर यसलाई मूर्त रुप दिने अवस्था हो । मर्जर टाइममै सक्न पाएको भए हाम्रो अर्गनाइजेशनलाई नै राम्रो हुन्थ्यो । मर्जरको दुखको दिन सबै पार गरेर हामी निस्कियौं । लगानीयोग्य पुँजीको अभाव भएपछि राष्ट्र बैंकले बाहिरबाट पैसा ल्याउन बाटो खुलाएको छ । मेगा बैंकले के गर्दै छ ? बाहिरबाट पैसा ल्याउन हामीले पनि तयारी थालेका छौ । परिवत्र्य विदेशी मुद्रामा ऋण लिएर हामीले दिने त नेपाली रुपयाँमा नै हो । त्यसको हेजीङ कस्ट पनि लाग्छ । अहिलेसम्म नेपालमा करिब ५ वर्षसम्म हेर्दा हेज गर्ने ठाँउ र संस्था पनि कमी छन् । हामीले त्यसलाई पनि विकास गर्नुपर्छ । हामी हेजमा जानुपर्छ । विदेशी मुद्रा विनिमय लिएर हिड्न सकिन्दैन । त्यसैले गर्दा हामीले पनि प्रयास गरिरहेका छौं । हेजीङ गर्ने कम्पनीहरुसँग पनि कुरा गरिरहेका छौं । बाहिरबाट परिवर्त्य विदेशी मुद्रामा ऋण लिन बाटा खुलेका छन् । यो धेरै राम्रो हो । मान्छेलाई मोटिभेशन हुनुको लागि धेरै फ्याक्टर मध्ये पैसा पनि हो । एक कमर्शल बैंकको सीईओ भइसकेपछि कति पैसा कमाइ हुन्छ ? सबै जना कमर्शियल बैंकको सीईओ हुन चाहन्छन् । राष्ट्र बैंकको मापण्डअनुसार अघि बढ्छौंं । त्यसलाई मिचेर हामी अगाडी बढ्दैनौं । बैंकका रेगुलेशन भित्रै बसेर निर्णय गरेका छौं । खाइपाई आएको घटाउन हुँदैन भन्ने वातावरणमा चल्यो । अब नयाँ सीईओ निर्धारण गर्दा तलब घट्छ । तलब निकै घट्नेछ । राष्ट्र बैंकको नियमअनुसार कति हुनुपर्छ मेगा बैंकको सीईओको तलब त्यसमै आधारित गरेर अबको तलब निर्धारण हुनेछ । एउटा बैंकको उच्चस्तरिय जिम्मेवारी लिँदै गर्दा महिलाप्रतिको तपाईको धारणा के छ ? हामी महिला पुरुषभन्दा कम छैनौं । देशमा महिलाले अवसर नपाएको हैन । अब महिलाको विकासमा महिलाकै हातमा छ । आफुले मिहेनत गर्नु सक्नुपर्यो । लगनशीलताकासाथ भिजन, मिशन र गोललाई पुरा गर्न सक्नु पर्छ । अहिले पनि हाम्रो समाजमा केही त फरक छ । जसरी घरबाट हामीले काम गर्न पठाउँदा छोरालाई सयम दिइरहेका हुन्छौं । त्यही अनुसार बुहारीलाई बिहानदेखि बेलुकासम्म घरको काम हेर्नु पर्दैन ? भनेर सोध्ने बच्चाको जिम्मेवारी वहनमा प्रश्न आउने गरिएको छ । त्यो वातावरण हुँदाहुँदै पनि अहिले अधिकांश परिवारले श्रीमान् र श्रीमती दुबैले काम गर्नुपर्छ । दुबै जना आफ्नो खुट्टामा उभिनु पर्छ । अर्थिक दृष्टिकोणले पनि परिवारलाई सहयोग हुन्छ भन्ने कुरा बुझ्दै आएको छ । अबको दिनमा महिला भएर म पछि परे भन्नुको सट्टा इक्वेल फिटीङमा आएर काम गरेर अगाडी बढ्नुपर्छ जस्तो लाग्छ । मेगा बैंकमा इक्वेल फिटीङ ट्रिटमेन्ट अहिले छ ? मेगा बैंक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषबाट शुरु गरिएको हो । अहिले अलिकति आँकडाहरु फरक भए होला । सिनियर म्यानेजमेन्टमा हेरे पनि रविना जी, प्रज्ञा पान्डे जी हुनुहुन्छ । त्यस्तै सिनियर म्यानेजमेन्टमा हेर्ने हो भने डेनी जी हुनुहुन्छ । जेनु जीले डीपोजिट हेरिरहनु भएको छ । आउँदा दिनहरुमा धेरै महिला आउँदैछन् । हाम्रोमा मात्रै होइन ग्लोवल र सनराइजमा पनि त्यस्तै छ ।
मिर्मिरे माइक्रोफाइनान्सको सेयर कारोबार र मूल्य दुबैमा वृद्धि
काठमाडौं । आइतबारको बजारमा सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर कारोबारको साथै सेयर मूल्यमा पनि वृद्धि भएको छ । आईतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । सो दिन माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३१०२ रुपैयाँ रहेको छ । कम्पनीले हकप्रद दिने घोषणा गरेलगत्तै लगानीकर्ताहरु यस संस्थामा झुम्मिएका हुन् । त्यस्तै, प्रभु इन्स्योरेन्सको एक करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर र नेपाल बैंकको एक करोड बढीको सेयर कारोबार भएको छ । कुल १५९ कम्पनीको ३४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा ७ लाख ६९ हजार ३०३ कित्ता सेयर किनबेच भएको छ । समग्रमा नेप्से परिसूचक ०.४६ अंकले घटेर १३३९.१९ अंकमा झरेको छ । बजारमा बीमा समूह १९ अंकले बढेको छ भने होटल समूह १९ अंकले ओरालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी हिमालयन डिष्टिलरी लि.को सेयर मूल्य प्रतिकित्ता ३.५९ प्रतिशतले घटेको छ ।
काठमाडौंमा काम अलपत्र पार्ने २४ ठेकदार कुर्दै सरकार, बेलुकी ५ बजेसम्म नआए पक्राउ गर्ने
काठमाडौं । काठमाडौंमा विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई सरकारले बेलुका ५ बजेसम्म कुर्ने भएको छ । सरकारले अत्यन्त जरुरी पत्र काटिएको ६० घण्टा बित्न लाग्दा पनि ठेकेदारले विवरण नपठाएपछि कारबाहि प्रक्रिया अघि बढाउन लागेको हो । अहिलेसम्म कुनै ठेकेदारले पनि विवरण नपठाएको सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । “पत्र काटिएको ६० घण्टा बितिसकेको छ, अहिलेसम्म कुनै ठेकेदारले विवरण बुझाएका छैनन्, आज बेलुका ५ बजेसम्म कुर्छौ, आएनन भने प्रहरी परिचालन हुन्छ,’ घिमिरेले विकासन्युसँग भने । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ३ दिनभित्र आयोजनाको कामबारे विस्तृत विवरण पठाउन २४ आयोजना प्रमुखलाई शुक्रबार नै निर्देशन दिएको थियो । कार्यालयले सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहित ११ स्थानीय तहमा शुक्रबार नै पत्र पठाएको हो । यसअघि बैशाख ३ गते गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौँ कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो । निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फार्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण ३ दिनभित्र पठाउन निर्देशन दिएको हो ।
स्पर्स लघुवित्तको त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले तेश्रो त्रैमासिक समिक्षा तथा आगामी आ.व.२०७५/०७६ को बजेट निर्धारण सम्बन्धी गोष्ठि सम्पन्न गरेको छ । उक्त गोष्ठिको उद्घाटन पोखराको नागढुंगा स्थित होटल स्टार र बीमा कार्यक्रमका प्रमुख अतिथि तथा वित्तीय संस्थाका संचालक एव जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजयकुमार मिश्रले गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै उनले शाखा प्रबन्धक तथा केन्द्रीय कार्यालयमा कार्यरत विभागीय प्रमुखहरुलाई इमान्दारी पुर्वक काम गर्दै संस्थाले दिएको लक्ष्य हासिल गर्न सुझाव दिएका थिए । उक्त गोष्ठिका सभा अध्यक्ष तथा वित्तीय संस्थाका सीईओ सजल खड्काले शाखा प्रबन्धकहरुलाई लक्ष्यअनुसार प्रगति हासिल गर्न, अध्ययनशील भई आफ्नो क्षमता विकास गर्न र आफु मातहतका कर्मचारीहरुलाई राम्रो संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका शाखाहरुको तेश्रो त्रैमाससम्मको लक्ष्य तथा प्रगति समिक्षा, लक्ष्र नपुग्नाको कारणहरु र आगामी रणनीतिहरुको बारेमा छलफल भएको थियो भने दोश्रो दिन आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि बजेट निर्माण गर्ने काम भएको संस्थाले जनाएको छ । वित्तीय संस्थाले अगामी ५ वर्षमा राष्ट्रिय स्तरको भई ७५ वटा शाखामार्फत करिब १ लाख सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब ३ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ । हाल संस्थाले ७,५०० घरधुरीलाई लघुवित्त सेवामा आवद्ध गराई ३१ करोड कर्जा लगानीमा रहिरहेको छ ।
गरिबलाई छाक टार्न, मध्यम वर्गलाई ऋण तिर्न र धनीलाई पैसा व्यवस्थापनमा मुस्किल छ, अब कस्तो बजेट ?
काठमाडौं । नेपाल कुनै पनि असफल राष्ट्र बन्न सक्ने सम्भावना रहेको बिभिन्न प्रतिवेदनहरुले देखाईरहेका छन् । एसियामा अफगानिस्तान, पाकिस्तानपछि नेपाल असफल राष्ट्र बन्न सक्ने मुलुकको सूचिमा छ । आयात र निर्यातको खाडल, राजश्व वृद्धि र विकासको अनुपात, ५०० अर्ब रूपैयाँको बेरुजु, पुँजीगत खर्चमा नदेखिएको गुणस्तर जस्ता कुराहरुले हाम्रो अर्थतन्त्र कहाँ छ ? भन्ने प्रमाणित गर्छ । मैले विगत १० बर्षदेखि नेपालको अर्थतन्त्रमा तात्विक फरक र परिवर्तन देखेको छैन् । गरिबलाई छाक टार्न मुस्किल छ, मध्यम वर्गलाई ऋण तिर्न मुस्किल छ अनि धनीहरुलाई पैसाको व्यवस्थापन कहाँ गर्ने भन्ने चिन्ताले सताईरहेको देखिन्छ । आर्थिक वृद्धिदरको अवस्था पनि नाजुक नै छ, गत बर्ष ६.९ प्रतिशत भयो, यसपाली ५.८९ प्रतिशत प्रक्षेपण गरेको छ । यो आर्थिक वृद्धिदर भन्ने कुरा विकासको परिसूचक हो की होइन ? अहिले विकासको नयाँ मापदण्ड आईरहेको छ । विकासको सहि सूचक भनेको पुर्वाधारको विकास हो । प्रति व्यक्ति आम्दानीको हेर्दा अहिले १ हजार ४ डलर पुगेको छ । भुटानमा ११.१, इथियोपियामा ८.७, घानामा ८ प्रतिशत, भारतमा ७.७ प्रतिशत, चीनमा ६.७ प्रतिशत र बंगलादेशमा ७.६ प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको छ यसपाली । हाम्रोमा एफडीआई, रेमिटेन्स, करेन्ट अकाण्टको कुरा गरौं । यी सबै नेगेटिभ छन् । यी कुरा लामो समयदेखि निरन्तर चलिरहेका छन् । हामीले अर्थतन्त्रलाई सुधार गर्न सकेनौं, प्रतिफल प्राप्त गर्न सकेनौं भने हामी पनि बनाना रिपब्लिक जस्तै बन्नेछौं । त्यहाँ निर्यात ठप्प छ, अर्थतन्त्र सिमीत धनाढ्यहरुको हातमा पुगेको छ । हामीले अर्थतन्त्रका बिसंगतिहरुको पहिचान गर्नु पर्छ । श्वेतपत्रले त्यस्तो अवस्था उजागर गर्ने प्रयास गरेको छ । हाम्रो अर्थतन्त्रको सबै भन्दा ठुलो बिसंगति भनेको महंगो हुनु हो । त्यसमा बिचौलियाहरुको ठुलो हात छ । उपभोगका समान, शिक्षा, स्वास्थ्य, यातायात, ढुवानी लगायतका सबै सेवा तथा वस्तुहरु महंगा छन् । अक्सफोर्ड विश्वविद्यालयले २०१६ मा गरेको एउटा अध्ययनले नेपालका ६५ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको उजागर गरेको छ । निरपेक्ष गरिबीको रेखामुनी रहेका नागरिकहरुको पहुँच भन्दा बाहिर छ हाम्रो अर्थतन्त्र । यो नै सबै भन्दा ठुलो बिसंगति हो हाम्रो । जिडीपी बढेको छ, प्रति व्यक्ति आम्दानी बढेको छ, तर रोजगारी सृजनामा त्यसको प्रभाव छैन् । त्यसैले ६० लाख युवा खाडी पुग्न बाध्य भएका छन् । सबै भन्दा प्राथमिकतामा राखिएको कृषि क्षेत्र हो । तर त्यहि कृषि क्षेत्र निर्वाहभूमि भएको छ । २४ अर्ब रूपैयाँको चामल बर्षेनी भारतबाट आयात भैरहेको छ । भन्सार नाकाले त आयातको २५ प्रतिशत मात्रै प्रतिनिधित्व गर्छ । खुल्ला सिमाका कारण बाँकी त भन्सार भन्दा बाहिरबाटै आईरहेको छ । अर्पाप्त पुर्वाधार हाम्रो अर्काे समस्या हो । पुर्वाधार बिना उद्योगको विकास सम्भव छैन र उद्योगबिना आर्थिक वृद्धि सम्भव हुन्न । निजी क्षेत्रको पुँजी परिचालन गरेर होस वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएरै भएपनि पुर्वाधारहरुको विकास गरिनुपर्छ । निजी क्षेत्रले जहिले भन्दै आएको कुरा भनेको पर्याप्त उर्जाको आपुर्ति, लगानीको सुनिश्चिता र मुनाफाको ग्यारेण्टी हुनु पर्छ । त्यस्तो अवस्थामा मात्रै निजी क्षेत्रको लगानी आकर्षित हुन्छ । हामी संसारको दोश्रो ठुलो अर्थतन्त्र चीन र पाँचौं ठुलो अर्थतन्त्र भारतकाे बीचमा छौं । तर हामी चेपिएर झनझन गरिब बनिरहेका छौं । नाजुक अवस्थामा पुगिरहेका छौं । धान, चामल, दाल, चिनी, गोलभेँडा सबै आयात गरिरहेका छौं । तर पनि हामीलाई अलिअलि पनि लज्जा बोध देखिएको छैन् । घरेलु तथा साना उद्योगमा नेपालको राम्रो सम्भावना छ । जलश्रोत अर्काे राम्रो सम्भावना भएको क्षेत्र हो । बजेटको आकारको कुरा गर्ने हो भने मेरा आफ्नै मान्यता छन् । जिडीपीको ३० देखि ४० प्रतिशतको आकारमा बजेट बनाउन सकिन्छ सामान्य अवस्थामा । तर हामी संघियता कार्यान्वयन, विकासका महत्वकांक्षी योजना रहेकाले जीडीपीको ५० प्रतिशतको हाराहारीमा बजेट बनाउन सकिन्छ । अर्थात १५ खर्ब रूपैयाँको बजेट बनाउन सकिन्छ भन्ने मेरो धारणा हो । त्यो भन्दा ठुलो बजेट बनायो भने त्यसले अर्थतन्त्रमा बिग्रह उत्पन्न हुन्छ । मुद्रास्फिति बढ्छ । त्यसकारलो १५ सय अर्बको बजेट उपयुक्त हुन्छ । अहिले राजश्व लक्ष्य ६२ प्रतिशत छ बजेटको । अब ५९ प्रतिशत भन्दा बढि जान सकिन्न । पुँजीगत खर्च अहिले २६ प्रतिशत छ, अब पनि त्यसैको हाराहारीमा राखिनुपर्छ । अहिले ७६१ वटा सरकार भएका छन् । ७६० वटा सरकारका लागि केन्द्र सरकारले नै श्रोत जुटाइदिनुपर्ने अवस्था छ । चालु आवमा १८ प्रतिशत बजेट स्थानीय तहले पाएका छन अब १५ प्रतशित मात्रै पाउने सम्भावना छ किन की प्रदेशलाई पनि पैसा दिनुपर्नेछ । यसरी १५ सय अर्ब भन्दा ठुलो बजेट बनाउन सकिन्न । यो बजेटलाई धान्नका लागि जीडीपीको २५ प्रतिशतसम्म राजश्व परिचालन गर्न सकिन्छ । राजश्व प्रशासनको सुधार, क्षमता अभिवृद्धि, दायरा बढाउने, कर चुहावट नियन्त्रण गरेर त्यस्तो गर्न सकिन्छ । हामीले करको दर बढाउने खासै ठुलो सुबिधा देखिन्न । जीडीपीको २५ प्रतिशत राजश्व परिचालन गरियो भने ७५० अर्ब राजश्व संकलन हुन्छ । १५ सय अर्बमा ७५० अर्ब भनेको बजेटको आधा हुन आउँछ । बाँकी आधा श्रोतको जोहो भनेको आन्तरिक ऋण उठाउने नै हो । हामी अब ऋणको भारी बोकेर आर्थिक विकासको वृद्धिदर बढाउने अवस्थामा पुगेका छौं । हामीसँग क्षमता पनि छ, श्रोत पनि छ, योजना पनि छ तर प्रतिफल हामीले किन पाईरहेका छैनौं ? हामीले क्वान्टम जम्प किन गर्न सकिरहेका छैनौं ? त्यसका लागि अब भ्रष्टाचार न्युनीकरण गर्नु पर्छ । त्यो भनेको सबैले अनुशासनमा बसेर पर्छ । अख्तियार दुरुपयोग अनुशासन आयोगलाई थप शक्तिशाली बनाउनु पर्छ । ५ सय अर्बको बेरुजु छ, पुरानो बेरुजु फर्छयौट गरी नयाँ बजेट नदिने व्यवस्था गरौं । दोश्रो भनेको मितव्ययिताको योजना ल्याउनु हो । बामपन्थीको पाँच बर्से सरकारले आगमी २ बर्षसम्म हामी नयाँ सवारी साधन खरिद गर्दैनौं भनेर घोषणा गर्नु पर्छ । केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म बामपन्थीहरुको सरकार छन् । अब २ बर्ष गाडी नकिन्ने र स्वदेशी उत्पादन नै उपयोग गर्ने प्रतिवद्धता ती सरकारहरुले गर्नु पर्छ । (प्रा.डा. दाहालले व्यक्त गरेको विचारमा आधारित)
बिजुली खेर जाने अवस्था आएपछि सोलु पुगेर कुलमानले भने: जिम्मेबारी आयोजना प्रमुख र ठेकेदारले लिनुपर्छ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारणलाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदारलाई ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसन र प्रसारण लाइनको शुक्रबार, शनिवार र आइतबार स्थलगत निरीक्षण गरी काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएका हुन् । प्राधिकरणले प्रसारणलाइन निर्माणमा ढिलाई गरिंदिंदा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको सार्वजनिक भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि घिसिङ, प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी, ग्रिड विभागका निर्देशक रञ्जन चालिसे र विद्युत व्यापार प्रमुख प्रबल अधिकारीको टोली निजी प्रसारणलाइन तथा सवस्टेसन र त्यस क्षेत्रका जलविद्युत आयोजनाको निर्माण अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको हो । कार्यकारी निर्देशक घिसिङले प्रसारणलाइन निर्माणको काम सबैतर्फबाट सुरु गर्न आयोजना, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिए । ‘प्रसारणलाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरिदिन ऊर्जा र वन मन्त्रीलाई आग्रह गर्छु, तपाईहरु साइटमा काम गर्नुहोस्’ उनले भने,‘निर्माण प्रगतिको नियमित अनुगमन हुन्छ, समयमै काम सकिएन भने यसको जिम्मेवारी आयोजना प्रमुख र ठेकेदार कम्पनी लिनु पर्छ ।’ त्यही प्रसारणलाइन बन्ने भएपछि सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भई प्रसारणलाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौता (पीपीए)मा छ । कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनी प्रवन्धकलाई चेतावनी दिंदै भने ,‘यदि प्रसारण लाइन तथा सव स्टेसन तोकिएको समयमा बनाउन नसकेर विद्युत खेर जाने अवस्था सिर्जना भएमा प्राधिकरणले निजी आयोजनालाई तिर्नु पर्ने पेनाल्टी ठेकेदारबाट असुल गर्ने छौं ।’ सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९ को मार्चमा सक्ने लक्ष्य राखिएको छ । तिंला–ओखलढुंगा–उदयपुर–मिर्चैया (सिराहा) ९० किलोमिटर प्रसारणलाइन आयोजनाले ३०३ टावर निर्माण गर्नुपर्छ । त्यसमध्ये हालसम्म ५० टावरको जग हालिएको छ भने पाँचवटा खडा गरिएको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले जानकारी दिए । ‘सिराहा र उदयपुरतर्फबाट काम सुरु गरेका छौं’,उनले भने,‘प्रसारणलाइन निर्माणको मुख्य समस्या वन क्षेत्रको जग्गा प्रयोगमा रहेको छ, यसको समाधान तत्काल गरिदिनु पर्छ ।’ ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिंलामा सबस्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ । कार्यकारी निर्देशक घिसिङले कामलाई तिब्रता दिन श्रमिकको संख्या बढाउन निर्देशन दिए । अहिले सव स्टेसन निर्माणमा ४२ जना मात्रै श्रमिक खटिएका छन् । ठेकेदार कम्पनीले एक हप्ताभित्रमा श्रमिक संख्या थप गर्ने प्रतिबद्धता जनाएको छ । ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो । टोलीले तल्लो सोलु र माथिल्लो सोलु आयोजनाको पनि स्थलगत निरीक्षण गरेको थियो । तल्लो सोलुको समग्र निर्माण प्रगति करिव ५० र ८५ प्रतिशत रहेको आयोजनाहरुले जनाएका छन् । प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाका रुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारणलाइन निर्माण र तिंलामा ३३/११ केभीको सव स्टेसन बनाइरहेको छ । यसको काम ६ महिनाभित्रमा सकिने प्राधिकरणका प्रवत्ता एवं व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए । ‘२३.५ मेगावाटको सोलु आयोजनाले डिसेम्बरभित्र विद्युत उत्पादन गर्ने बताइरहेको थियो, तर स्थलगत निरीक्षणबाट आयोजनालाई काम सक्क अझै झण्डै एक वर्ष लाग्ने देखिएको छ’,उनले भने,‘ठेकेदारले सव स्टेसननको काम डिसेम्बर २०१८ भित्र सक्ने प्रतिबद्धता जनाइसकेको छ, त्यसैले माथिल्लो सोलुको विद्युत जोड्न समस्या हुँदैन ।’ ६ महिनाभित्रमा सोलुमा राष्ट्रिय ग्रिड प्राधिकरणले ६ महिनाभित्र सोलुमा राष्ट्रिय प्रसारणलाइन पुर्याउने भएको छ । कार्यकारी निर्देशक घिसिङले भने,‘सोलुमा अहिलेसम्म राष्ट्रिय प्रसारणलाइन जोडिएको छैन, ६ महिनाभित्र लाइन पुर्याउने गरी काम भइरहेको छ ।’ अहिले ओखलढुंगासम्म राष्ट्रिय लाइन पुगेको छ । प्राधिकरणले ओखलढुंगाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म ३३ केभी प्रसारणलाइन तानिरहेको छ । अहिले सल्लेरी च्याल्सा माइक्रो हाइड्रोपावरमार्फत सल्लेरीमा विद्युत आपूर्ति गरिएको छ ।
अर्थमन्त्री युवराज खतिवडा बने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ४४१ जनाभित्र अर्थमन्त्री युवराज खतिवडा अटाएका छन् । राजनितिक पृष्टभुमिबाट नआए पनि खतिवडा साबिकको एमालेबाट ४५ जनामा अटाएका हुन् । अब खतिवडा पनि कम्युनिष्ट पार्टीको केद्रिय सदस्य भएका छन् । उनीसँगै प्रखरबक्ता मानिएका सञ्चारमन्त्री गोकुल बास्कोटा पनि रहेका छन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो ।