११ बजाज डोमिनार चालक सगरमाथातर्फ प्रस्थान
काठमाडौं । अटोमोबाइल ब्राण्ड हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता हाे । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ । एचएच बजाजले डोमिनार ४००का ११ जनालाई शाहसी चालकहरु छनोट गरिएको छ । उक्त डोमिनार यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने यो राम्रो अवसर हो । उक्त यात्रा आइतबारबाट शुुरु भएर ३० मे २०१८ सम्म चल्ने कम्पनीको भनाइ छ । चालकहरुको लागि राइड रुट काठमाडौंबाट शुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा बोल्दै भने ‘साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यो सहभागीहरुका लागि एभरेष्ट वेस क्याम्पसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने रहेको उनले बताए । । चालकको रुपमा प्रसान्त मानन्धर, कोशिष पराजुली, सुमन मर्हजन, देबकुमार श्रेष्ठ, जम्पा दोर्जे शेर्पा लगायत रहेका छन् ।
यसरी उत्रिए नायक नायिकासँगै र्याम्पमा डेढ दर्जन मोडल
काठमाडौं । मंसिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणासहित चलचित्र ‘रणबीर’का अभिनेता शुशिल पोखरेल र अभिनेत्री शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै र्याम्पमा उत्रिएका थिए । आरआर ग्रुपले शुक्रबार काठमाडौंमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन शोमा अभिनेता अभिनेत्री ‘शोज’ टपरका रुपमा मञ्चमा उत्रिएका हुन् । कार्यक्रममा चलचित्र रणबीरको गितमा कलाकारले प्रस्तुत गरेको आयोजकले जनाएको छ । रणबीरकी निर्माता गोमा बिष्टले एलेक्सी फेसनकातर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रणबीरका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिएका थिए । धिमे वाजासहित शुरु भएको फेशन शोको शुरुमा अभिनेत्री सारा सिरपाली मञ्चमा प्रस्तुत भएकी थिइन् । गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेशनसहित सो कार्यक्रममा १८ जना मोडलहरु र्याम्पमा उत्रिएका जानकारी गराइएकाे छ । गायिका मनिषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरु प्रस्तुत भएका थिए । फेशन शो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बिगतका वर्षमा झै यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरुलाई यो फेशन शोमा प्रस्तुत गरिएको बताइन् । फेशनको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । फेशन शोमा मोडलहरु कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणा, प्रियँका, श्वेच्छा, कविता, दावा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी, सिमा लगायतका मोडल र्याम्पमा उत्रिएको अयोजकको भनाइ छ ।
सन्दिप लामिछाने चम्किदा दिल्लीले जित्यो
काठमाडौं । नेपालका खेलाडी सन्दिप लामिछाने चम्किएपछि दिल्ली डेयरडेभिल्सले मुम्बईलाई पराजित गरेको छ । सन्दिपले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराए । आजको खेलमा जित हासिल गरेपनिदिल्ली डेयरडेभिल्सले आईपीएलबाट बाहिरिएको छ । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनायो। दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए । १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।
अन्तरिम आदेश, सीमा विवादले अवरुद्ध चाबहिल–जोरपाटी–साँखु सडक, विस्तार कहिले सुरू होला ?
काठमाडौ । घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने र पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो सडक हुँदा पनि विस्तारको काम अलपत्र छ । यो अवस्था चाबहिल–जोरपाटी–वाग्मती पुल–साँखु सडकको हो । सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक बिस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो । अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ । दायाँ भागमा सडक बन्नुअघिको राजकुलो मिचेर व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ । आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ पुरानो र नयाँ नापीका बारेमा विवाद भएर घर नभत्केको बताउछन् । जोरपाटी ओरालोसम्म यो विवाद कायमै छ । बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल चुहावट भएर सडकमा फोहर पानी जम्ने गरेको छ । वर्षाद्का समयमा बाढीले बौद्ध क्षेत्रमा सवारी चल्दैन । खानेपानी र ढल चुहिँदा यो क्षेत्रको सडकमा धेरै खाल्डाखुल्डी छन् । अझ दायाँबायाँ भत्काउँदै गरिएका घरको धुलो र हिलोले सडकमा निस्कन नसकिने अवस्था रहेको स्थानीय पार्वती तामाङ गुनासो गर्छन । वाग्मती पुलबाट थलीसम्मको २.४ किमी सडक विस्तार तीन वर्षमा ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्छ । बज्रगुरु÷च्याङ्मिला÷खानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिणढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको सूचना अधिकारी श्रेष्ठले सुनाए। मूलपानी क्षेत्रमा सडकको अधिकार क्षेत्रको विवाद छ । यो क्षेत्रमा पनि विद्युत् र टेलिफोनको तार हटेको छैन । मूलपानीमा वनको रुखका कारणसमेत काममा ढिलाइ भएको छ । थलीबाट खुलालटारसम्म तीन किमीको खण्डमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले घर भत्काउन क्षतिपूर्ति दिन ढिलाइ गरेको आयोजनाले जनाएको छ । प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने क्षतिपूर्ति दिन करोडौँ लाग्ने भए पनि सरकारले बजेट उपलब्ध गराउन नसकेको बताउछन् । थली क्षेत्रका ३८ घरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश गराएकाले काम हुन सकेको छैन । आयोजनाका प्रमुख दीपक केसी प्राधिकरणले सडक अधिकार क्षेत्रको रेखांकन, क्षतिपूर्ति दिएर घरटहरा हटाउने काम नसकेकाले कालोपत्र गर्न नपाएको बताए। यसका कारण चाबहिलबाट साँखुसम्म घाम लागेका बेला धुलाम्य र पानी परेका समयमा हिलाम्य हुने गरेको छ । डाँछी तथा ब्रह्मखेल क्षेत्रमा सडकको सीमा विवाद छ । यहाँ पनि विद्युत् र टेलिफोनका तार हटेको छैन । खुलालटारबाट सलम्बुटारसम्मको २.४६ किमी क्षेत्रमा ५१ घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिटी÷सुनकोशी÷वल्र्डवाइड जेभीले निर्माण जिम्मेवारी पाएको यो खण्डको इन्द्रायणी र सलम्बुटार क्षेत्रमासमेत सडकको सीमा विवाद छ । विद्युत् र टेलिफोनका पोल एवं तार यो क्षेत्रमा हट्न सकेको छैन । लामा÷समानान्तर जेभीले निर्माण गरिरहेको करिब एक किमी साँखु क्षेत्रका केही घरमासमेत अन्तरिम आदेश जारी भएको छ । अन्तिम खण्डको ६०० मिटर क्षेत्रमा बिस्तारका कुनै काम गर्न नदिने भनी स्थानीयवासीले अवरोध गरेका छन् । साँखु क्षेत्रमा पनि विद्युत् र टेलिफोनका पोल एवं तार हटेका छैनन् । स्थानीय हरिराम श्रेष्ठ उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै सर्वोच्चमा मुद्दा दिइएको बताउनुहुन्छ । १२.५० किमी सडक बिस्तार गर्न वर्षौं लाग्ने भएको छ । केही खण्डको समय सकेर एक वर्ष थप गरिएको आयोजनाले जनाएको छ । सर्वोच्च अदालतले गत असोज १३ गते सडक विस्तार सम्बन्धमा परेका मुद्दाको पैसला गरे पनि पूर्णपाठ नआउँदा पनि काममा ढिलाइ भएको छ । सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थी केही महिनामै पूर्णपाठ दिइने बताए ।रासस
सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने
काठमाडौं । यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ । यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको हो । विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो । एउटामात्रै विमानस्थल हुँदा सामान्य दुर्घटना हुँदा समस्या आउने, लामो समयसम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्नेजस्ता जटिलताका कारण पनि सरकारले दिन, रात दुवै समयमा विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो । हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो ।हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन अवधि लम्ब्याउन निर्देशन दिएका थिए। विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी गरिएको छ । त्यसका लागि अध्यागमन, सुरक्षाकर्मी, ग्राउण्ड ह्यान्डलिङलगायतमा समेत थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधासमेत बढोत्तरी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम विमानस्थल सञ्चालनको अवधि थपिएको र त्यसका लागि प्राधिकरणका तर्फबाट आवश्यक तयारी सम्पन्न भएको बताए । सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको सबै तयारी सकिएको प्राधिकरणले जनाएको छ । हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै कार्य समयमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्छ । प्राधिकरणसँग हाल २५० एटिसी छन् । विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दाबढी उडान भर्दै आएका छन् । रासस
यामाहा फेसिनो अब ‘ग्ल्यामरस गोल्ड’मा, एक्सचेन्जमा खरिद मूल्यको ७५% पाउने
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ । राजधानीमा आयोजित एक समारोहमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो सार्वजनिक गरेकी हुन् । तीन वर्षअघि नेपाली बजारमा आएदेखि नै फेसिनोले युवा राइडरहरुमाझ लोकप्रियता कायम गर्दै आएको छ । यो स्कुटर डिजाइनका हिसाबले सुन्दर मात्र छैन प्राविधिक रुपमा उच्चकोटीको समेत छ । फेसिनो ‘ग्ल्यामरस गोल्ड’सहित ‘डेपर ब्लु’ र ‘बिमिङ ब्लु’मा पनि उपलब्ध हुनेछ । नयाँ कलरका माडेलमा अघिल्ला मोडेलमा झैं एयर–कुल्ड, ४ स्ट्रोक, ११३ सीसी को ‘ब्लु कोर’ इन्जिन रहेको छ । यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको छ । नयाँ मोडेलको फ्रन्ट फेसियामा स्टाइलिस र डाइनामिक कर्भ र बडीमा स्टाइलिस ग्राफिक्स प्रयोग गरिएको छ । साथै, सिट कभर डुअल टोन कलरको छ जसले आराम र गुणस्तरलाई झल्काउँने कम्पनीले जनाएकाे छ । यसमा प्रयोग गरिएको ब्लुकोर इन्जिनले गर्दा इन्धन खपत समान रहन्छ र यसको सीधा प्रभाव माइलेजमा पर्छ । एक सय तीन किलोग्राम वजन भएको स्कुटर चलाउनलाई आरामदायी समेत छ । भर्खरै मिडियारिच गरेको एक अध्ययनमा स्टाइल र कम्फर्टका लागि यामाहाका स्कुटरलाई सबैभन्दा बढी रुचाइने गरेको देखिएको थियो । सोही अवसरमा मिस नेपाल २०१८ तथा यामाहा फेस अफ फेसिनो उपाधि विजेता श्रृंखला खतिवडालाई एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फेसिनो हस्तान्तरण गरे । खतिवडाले द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल ब्युटी पेजेन्टमा बाँकी २४ जना प्रतिस्पर्धीलाई उछिनेर दुवै उपाधि जितेकी थिइन् । उनी अब एक वर्षका लागि यामाहा फेसिनोको विज्ञापन अभियानमा सहभागी हुनेछिन् । गत महिना एमएडब्लुले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ घोषणा गरेको थियो । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउनेछन् । यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछ । त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजना तीन वर्षका लागि लागू हुनेछ ।
मोटरसाइकल वा कार किन्ने तयारीमा हुनुहुन्छ ? सरकारले बढाउँदैछ भन्सार
काठमाडौं । तपाई मोटरसाइकल वा कार किन्ने तयारीमा हुनुहुन्छ भने तत्काल किन्नुस् । किनकी आगामी बजेटले मोटरसाइकल र कारको भन्सार दर बढाउँदैछ । कार र माेटरसाइकल अझ महंगो हुदै छ । अर्थ मन्त्रालयले १२५ सीसी भन्दा माथीका मोटरसाइकल र १२०० सीसी भन्दा बढि क्षमताका कारहरुमा भन्सार बढाउने तयारी थालेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट मार्फत १२५ सीसी भन्दा माथीका मोटरसाइकल र १२०० सीसी भन्दा माथीका कारहरुलाई बिलासिताका वस्तुको सूचिमा राखेर भन्सार बढाउन लागेको हो । गाडी चढ्नेको क्षमता कहाँबाट बढ्यो ? हिसाव राखेको छु–अर्थमन्त्री युवराज खतिवडा अनावश्यक रुपमा सवारी साधनहरुको आयात भएको, त्यसले उत्पादनमा सहयोग नगरेको तथा राजश्व वृद्धिमा समेत सकारात्मक प्रभाव नपारेको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले भन्सार दर बढाउने तयारी थालेको हो । ‘सवारी साधनहरुको आयातलाई उत्पादनसँग जोड्ने र राजश्व संकलनमा पनि सकारात्मक प्रभाव पारोस भन्ने उदेश्यका साथ बिलासिताका सवारी साधनहरुको आयातमा भन्सार बढाउने तयारी गरेको देखिन्छ’, अर्थ मन्त्रालय स्रोतले भन्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको गाडी चढ्ने हैसियत कसरी निर्माण भएको भन्नेबारे आफु जानकार रहेको बताउँदै आएका छन् । गत चैत अन्तिम साता नाडाको बार्षिक साधारण सभामा अर्थमन्त्री डा. खतिवडाले भनेका थिए–‘म आटोमोबाइलको आयातलाई बढो ध्यानपूर्वक हेरिरहेकाे छु । कुन साल कति सवारी आयात भए, कुन सालदेखि कुन साल दोब्बर आयात भयो भनेर तथ्याङ्क राख्ने र केलाउने गरेको छु । अनि अटोमोबाइल किन्नेहरुको कसको क्षमता कहाँबाट बढ्यो ? त्यो पनि हिसाब राख्ने गर्छु । त्यस्तै अटोमोबाइल मोबिलिटीको लागि वा सोखको लागि हो भनेर पनि अर्थशास्त्रीय दृष्टिकोणको हेर्छु, विश्लेषण गर्छु । कति सीसीको, कति सिलिण्डरको, कति क्षमताको, कति ध्वनी निकाल्ने, कति ननिकाल्ने, कति प्रदुषण गर्ने, कति नगर्ने, सवारी साधान पनि प्रकार–प्रकारका हुने भए । खुला आयात नीतिको लाभ लिएर नचाहिने चिजहरु पनि हामी त्यही द्वारबाट प्रवेश गराउछौं ।’ अर्थमन्त्रीको यहि अभिव्यक्तिलाई हेर्दा पनि उनी बिलासिताको सूचिमा पर्ने सवारी साधनहरुको आयातलाई निरुत्साहित गर्न चाहान्छन भन्ने स्पष्ट हुन्छ । राजश्व संकलनमा एग्रेसिभ हुने संकेत देखाईरहेको अर्थमन्त्रालयले बिलासिताका सवारी साधनहरुको भन्सार बढाएर आफ्नो लक्ष्य प्राप्ति गर्ने प्रयास गरिरहेको हो । सडकमा सवारी साधनहरुको संख्या बढेको तर त्यसले नागरिकको उत्पादकत्व पनि नबढाएको र राज्यकोषमा पनि अपेक्षाकृत योगदान नगरेको भन्दै सरकारले भन्सार बढाउन लागेको हो ।
सनराइज बैंकले दियो बनेपाको मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस
काठमाडौं । सनराइज बैंक लिमिटेडले बनेपाको नाला स्थित करुणामय् मन्दिरलाई सीसीटिभी क्यामेरा र यूपीएस हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त मन्दिरलाई क्यामेरा हस्तान्तरण गरेको हो । उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ लगाएत नाला समाजका प्रतिनिधीहरु साथै बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकको भक्तपुर शाखाको अगुवाईमा करुणामय् मन्दिर सरसफाई कार्यक्रमसम्पन्न भएको छ ।