शिक्षामा १३४ अर्ब ५० करोड
काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
सातै प्रदेशमा फुटबल र क्रिकेट रंगशाला बनाइने
काठमाडौं । सरकारले ७ वटै प्रदेशमा रंगशाला निर्माण गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवाडाले संसदमा बजटेबारे जानकारी दिदैं रंगशालालाई बजेट छुट्याएका हन् । अब प्रदेशमै फुटबल र क्रिकेट मैदान निर्माण हुने भएको हो ।
विश्वविद्यालय अनुदान १४ अर्ब ३६ करोड
काठमाडौं । सरकारले विश्व विद्यालयमा जाने अनुदानमा वृद्धि गरी आगामी वर्षदेखि १४ अर्ब ३६ करोड रुपैया पुर्याएको छ ।
स्वास्थ्य बजेट ५६ अर्ब ४१ करोड
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेकाे छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ३ अर्ब, विदेशबाट फर्किनेलाई १० लाख ऋण
काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ३ अर्ब बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवाडाले संसदमा बजेटबारे जानकारी दिदैं सो कुरा बताएका छन् । विदेशबाट फर्किनेले व्यवसाय गर्न १० लाख रुपैंया ऋण पाउने भएका छन् ।
सवारीसाधनमा धुम्रपान र मदिर निधेष
काठमाडौं । सरकारले यो वर्षदेखि सबै सवारीसाधनमा धुम्रपान र मदिरा निषेध गर्ने भएको छ । सरकारले ल्याएको बजेटमा सवारीसाधनमा धुमपान र मदिरा निषेध गर्न लागेको हो ।
विनाधितो १० लाख ऋण, शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण
काठमाडौं । सरकारले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने भएको छ । सरकारले आगामी आर्थिक बर्षदेखि शैक्षिक प्रमणपत्र धितो राखेर ५ प्रतिशतसम्म ब्याज अनुदानमा ७ लाखसम्म ऋण दिने भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड विनियोजन विनियोजन गरिएको छ । अर्थमन्त्रीले यसै आर्थिक वर्षमा रोजगारी प्रत्याभूति विधेयक पेश हुने बताएका छन् । विना धितो परियोजनामा आधारित कर्जा १० लाख रुपैयाँसम्म प्रवाह गरिने भएको छ । त्यस्ताे परियाेजनामा भएकाे लगानी सुरक्षित बनाउन बीमा गरिने भएकाे छ । त्यस्तै सरकारले न्यूनतम ज्याला वृद्धि गर्ने भएको छ ।
यो वर्ष राजश्व लक्ष्य भन्दा कम हुने : अर्थमन्त्री
काठमाडौं । यो वर्षको राजश्व लक्ष्य भन्दा कम हुने भएको । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँको लक्ष्य लिएकोमा ७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ मात्र उठ्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । झण्डे २ अर्ब कम हुने देखिएको उनले बताए ।