आर्थिक वृद्धिदर ८ प्रतिशत कायम गर्न जिडिपीको ४३ प्रतिशत लगानी गर्नुपर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार यहाँ आयोजना गरेको अन्तक्रियामा उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने जानकारी दिएका छन् । भैरहवामा एक वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, निजगढको विमानस्थललाई स्तरोन्नति गरी तीन वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, धनगढी, विराटनगर र जनकपुरमा क्षेत्रीय विमानस्थल बनाइने, सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याइने लक्ष्य राखिएको मन्त्री अधिकारीले बताए । नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास रहेको बताउँदै पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर गर्ने र आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने योजनाबीच तालमेल नहुने चर्चा गर्दै कूल गार्हस्थ्य उत्पादनको ४३ प्रतिशत लगानी गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय र प्रादेशिक तहका करको अधिकार प्रदेश र स्थानीय सरकारमै भएको अवस्थामा राजश्व बाँडफाँट गर्नुपर्ने हुँदा संघमा ३० प्रतिशत राजश्व उठाउन नसकिने उनको भनाइ थियो । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएकाले बजेट यथार्थफरक भएको बताउँदै आर्थिक वृद्धिदरको सम्भावना रहेको विचार व्यक्त गरेका छन्। संघीयता कार्यान्वयन भएपछिको पहिलो वर्षमा नै प्रदेश र स्थानीय सरकारलाई थोरै बजेट दिनु गलत भएको बताउँदै उनले बजेटमा प्रदेश र स्थानीय तहलाई भने पर्याप्त रकम नदिइएका कारण द्वन्द्व बढनसक्ने औँल्याएका छन् । संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले प्रस्तुत बजेटले सकारात्मक सन्देश दिए पनि कार्यान्वयनको पाटो भने जटिल भएको बताए । उनले भने,“संघीयता अनुसारको बजेट भएन, प्रदेश र स्थानीय सरकारलाई कर उठाउने अधिकारमा प्रष्ट पार्नुपर्थ्यो ।” राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले झन्झटिलो प्रक्रियाबाट सांसदलाई चार करोड रुपैयाँ दिने प्रक्रिया गलत भएको विचार व्यक्त गरेका छन्। रासस
रोल्पाको जुगारमा नेपाल इन्भेष्टमेण्ट बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ । यस शाखाले त्यँहाका स्थानीयलाई वित्तीय कारोबारमा सहज हुने बैंककाे अपेक्षा रहेकाे छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । साथै, बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने छ । हाल बैंकले ६३ वटा शाखारहित बैंकिङ्ग सुविधा, १०० वटा एटिएम र ६ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिँदै आइरहेको छ ।
७ जना डीलरसहित मेघा लुब्रीकेन्टस कम्बोडिया र थाइलैंडको भ्रमणमा
काठमाडौं । मेघा लुब्रीकेन्टसले आफ्नो उत्पादन बिक्री गर्ने डीलरहरुलाई कम्बोडिया र थाइलैंडको भ्रमणमा लगेको छ । लुब्रीकेन्टसले यस वर्ष आफ्ना सात जना उत्कृष्ट डीलरहरुलाई ७ दिने भ्रमणमा लगेको हो । प्रत्यक वर्ष लुब्रीकेन्टस्ले आफ्ना डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै लुब्रीकेन्टस उद्योग अवलोकन गराउँदै आएको छ । यसअघि इन्डोनेशीयाको भ्रमण गराएको थियो । यो क्रम हरेक बर्ष गरिने मेघा लुब्रीकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
लहान र भिमसेन थापामा मेगा बैंक, दुई सातामै १० वटा शाखा खोल्न सफल
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । बैंकले सिरहाको लहान र गोरखाको भिमसेन थापामा शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो । यी शाखासहित बैंकको शाखा कार्यालय ९३ पुगेको छ । हाल बैंकको ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
२५० युवा उद्यमीलाई २ लाख लिन सरकारले बोलायो, १५ दिनभित्र सम्झौता गरिसक्नु पर्ने
काठमाडौं । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयमा तपाईले प्रस्ताव हाल्नु भएको छ ? यदी छ भने तपाईलाई पनि २ लाख रुपैयाँ दिनका लागि सरकारले बलाएको छ । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले मुलुकभरका २५० पशुपन्छी सम्बन्धि उद्योगी व्यवसायीलाई २ लाखको दरले ५ करोड रूपैयाँ अनुदान दिने भएको छ । अनुदान लिनका लागि छनौट भएका संस्थालाई निर्देशनालयले बोलाएको हो । मंगलबार मात्रै निर्देशनालयले प्रस्ताव गरेका मध्ये २५० युवा पशुपन्छी उद्योगी व्यवसायीलाई सम्झौताको गर्न आउन भनेको छ । आउदो १५ दिनभित्र सम्झौता गर्न आउन बोलाएको हो । म्याद अवधिम्ममा पनि सम्झौतामा नआए १५ बाँकी १५ पशुपन्छि सम्बन्धि विभिन्न फार्म तथा उद्योगहरुसँग गर्ने निर्देशनालायका कार्यक्रम निर्देशक डा. बलराम थापाले बताए । उक्त युवा लक्षित पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रउक्त सरकारले पहिलो पटक मुलुकभर गर्न लागेको हो । उनको अनुसार सम्झौता गरिने ती उद्योग तथा व्यवसायीलाई अनुदान स्वरुप प्रत्येकलाई २ लाख रुपैयाँ उपलब्ध गराइनेछ । ‘प्रस्तावित कार्यक्रमको लागि सरकारले ७० प्रतिशत अनुदान दिनेछ,’ उनले भने ‘उद्योगी व्यवसायीले भने ३० प्रतिशत थप्नु पर्ने हुन्छ ।’ सम्झौताको लागि सम्बन्धित प्रदेश तथा जिल्लाहरुमा कर्मचारी पठाइसकेको उनको भनाइ छ । आजदेखि नै सम्झौताको कार्यक्रम शुरु भइसकेको उनले जानकारी दिए । उनले असार १५ सम्ममा बजेट अनुसारको काम सक्नु पर्ने बताए । उनका अनुसार ती विभिन्न फर्म, संस्था, हाउस, शप उद्योगहरुले आवश्यक विभिन्न यन्त्र, प्रविधि लगायत खरिद गर्न सक्नेछन् ।
सेञ्चुरी कमर्सियल बैंकको थप तीन शाखा सञ्चालनमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नयाँबजार र दाङको शहिदगेतमा शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । यस शाखा सहित बैंकले जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
बंगलादेशसँगको व्यापारघाटा घटाउन राजधानीमा उच्च स्तरीय वाणिज्य वार्ता
काठमाडौँ । बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवर्द्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक बुधबारदेखि शुरु भएको छ । सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढंगले बंगलादेशी बजारमा पुर्याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेको छ । नेपाल–बंगलादेश चौथो वाणिज्य सचिवस्तरीय उक्त बैठकमा दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न तेस्रो बैठकमा सहमति भएका विषयको कार्यान्वयन एवं प्रगति बारे विचारविमर्श हुनेछ । बिहीबार समापन हुने उक्त बैठकमा विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली धागो बंगलादेशका बजारमा पुर्याउने र नेपाली विद्यार्थीले झेल्नुपरेका प्रवेशाज्ञा सम्बन्धि समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले बताए । नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकतोक चटगाउँ र मोंगाल बन्दरगाहसम्म जान दिनुपर्ने, व्यापार, पारवहन र दुवै देशलाई हवाई एवं सतहमार्गबाट जोड्दै तीमार्फत निरन्तर सम्पर्क, सम्बन्ध विस्तारलाई पनि आफूहरुले छलफलको अर्को मुख्य विषयवस्तु बनाएको नेपाली प्रतिनिधिमण्डलका सदस्यसमेत रहेको उनले जनाकारी दिए। बैठकको १८ बुँदे कार्यसूचीअनुसार दुवै देशका मालबाहक सवारीसाधानको सञ्चालनको ढाँचालाई अन्तिम रुप दिने, बजारसम्मको पहुँच तथा भन्साररहित विशेष सुविधा कार्यान्वयनका ढाँचा परिपूर्ण गर्ने, ढाका–काठमाडौँ बससेवा सञ्चालन तथा नियमन सम्बन्धि व्यवस्था पुनरवलोकन, व्यापार विस्तारका निम्ति प्रशासनिक एवं अन्य प्रक्रियाको सरलीकरण, ट्रक र रेलबाट सम्पर्क विस्तार गर्ने र सहमति भएका पारवहन बिन्दु तथा अन्य मार्गका साथै भन्सार नाकाका भौतिक पूर्वाधारको स्तरोन्नति, बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय पारवहन सम्झौतामा दुवै देशका अधिकारीले छलफल गर्नेछन् । त्यसैगरी, दुवै देशका भन्सार अधिकारीहरुको संयुक्त समिति गठन, दुवै देशका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोध र स्यानीटरी एण्ड फ्याटोस्यानीटरीबीचको सम्मिलन, स्थल र हवाईमार्गबाट बंगलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’ बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारी गर्ने, दुवै देशका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्ने सम्बन्धि द्विपक्षीय प्रावधान कार्यसूचीमा समावेश गरिएको छ । वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र उनका बंगलादेशी समकक्षी शुभाशीष बोश नेतृत्वको प्रतिनिधिमण्डलबीच नेपाल र बंगलादेशका औषधि उत्पादक कम्पनीका उत्पादन दुवै देशका बजारमा सहजरुपमा पुर्याउने, आपसी पर्यटन प्रवद्र्धन, विराटनगर र भद्रपुरबाट बंगलादेशको सैयदपुर हवाई सम्पर्क स्थापनासम्बन्धी सम्भावनाको खोजी, दुवै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा एकअर्काको सहभागिता, नेपाल र बंगलादेशबीच जलविद्युत् उत्पादनका क्षेत्रमा साझेदारीबारे पनि विचारविमर्श हुनेछ । जलविद्युत् उत्पादनका क्षेत्रमा द्विपक्षीय साझेदारी गर्न नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने मितिसमेत बैठकबाट निर्धारण हुनसक्ने बताइएको छ । विद्युत् उत्पादन, खरिद तथा प्रसारण लाइन निर्माणलगायत आपसी सहयोग प्रवद्र्धन र परियोजना निर्माणजस्ता सहायता विस्तारका क्षेत्र उक्त समझदारीपत्रले निर्धारण गरेको प्रारुपअनुसार हुनेछ । उक्त समझदारीपत्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुमोदन गरिसकेको छ । नेपालको साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सार्वजनिक संस्थासँग बंगालादेशका व्यापारिक संस्थाबीच सहयोग प्रवद्र्धन र दुई देशबीच द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता ९बिप्पा०बारे पनि बैठकमा ठोस छलफल हुनेछ । उनलेले चिया, कफी, अलैँची, अदुवा, औषधिजन्य वस्तु, कुचो, ताजा सागपात, फलफूल, धागो, दाल, कत्था, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका नेपाली उत्पादनलाई भन्साररहित बंगलादेशको बजारमा उपलब्ध गराउन आग्रह गरिएको छ । नेपालले एक करोड अमेरिकी डलरबराबरका उत्पादन बंगलादेश निर्यात गर्दै आएको छ भने उताबाट चार करोड डलरका सामान आयात गर्दै आएको छ । रासस
व्यवसायीहरु माथि आतंक मच्याउने दरबारमार्गका सई बीरेन्द्रबहादुर ऐडी पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त दरवारमार्ग, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक बीरेन्द्रबहादुर ऐडी पक्राउ परेका छन् । ऐडी भ्रष्ट्राचारको आरोपमा पक्राउ परेका हुन् । उनले व्यवसायीहरुसँग मासिक रुपमा रकम नदिए व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो बनाइदिने डर र धम्की देखाई सेवाग्राहीसँग घुस माग्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । व्यवसायीहरुसँग पटक पटक रकम असुली गर्दै आएका ऐडी पछिल्लो पटक रिचमण्ड फूड क्याफे महाराजगञ्ज २४ हजार घुस लिदैं गर्दा पक्राउ परेका हुन् । अब उनी बिरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्ट्राचार सम्बन्धी मुद्धा दायर हुने अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।