बजेट भाषण शुरुः उच्च आर्थिक वृद्धिदर र न्यायोचित वितरण मार्फत समाजवाद(भिडियोसहित)
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५/७६ को बजेट भाषण शुरु गरेका छन् । दुबै संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट भाषण आरम्भ गरेका हुन् । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्) उनले उच्च आर्थिक वृद्धिदर र त्यसको न्यायोचित वितरणमा बजेट केन्द्रित भएको बताएका छन् । उनले समाजवाद उन्मखु बजेट तर्जुमा गरेको समेत बताएका छन् ।
वायु सेवा निगमले को-पाइलटलाई सिधै दिल्ली उडान भर्न दिएपछि पाइलट आन्दोलित
काठमाडौं । वायुसेवा निगमले को पाइलटलाई अन्तराष्ट्रिय उडान भर्न दिएपछि विवाद सुरु भएकोछ । को पाइलट सुदिप रिजाललाई सिधैं अन्तर्राष्ट्रिय उडान दिएपछि आन्तरिक उडान गर्ने पाइलट आन्दोलित भएका हुन् । करारमा नियुक्त गरिएको को पाइलट रिजाललाई पहिले डोमेस्टिक उडान भर्ने जहाजको को पाइलट बनाउनुपर्ने हो तर सिधैं अन्तर्राष्ट्रिय विमानमा को पाइलट राखेपछि विवाद बढेको हो । आन्तरिक उडान गर्ने पाइलटहरुले मगंलबार बिहान ४ वटा उडान बहिस्कार गरेका थिए । उनीहरुले विराटनगर, धनगढी, र नेपालगञ्जको आन्तरिक उडान बहिस्कार गरेका थिए । क्याप्टेन सुभाष रिजालले आफ्नै भाई भएकै कारण सिधैं ठुलो विमानको को पाइलटमा नियुक्त गरेको डोमेस्टिक उडान गर्ने पाइलटहरुले आरोप लगाएका छन् । अहिले भने नियमित उडान सुरु भैसकेको विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
एफपीओ आउने भएपछि एनएमबीको सबैभन्दा बढी कारोबार, सेयर मूल्य घट्याे
काठमाडौं । थप निष्काशन(एफपीओ) आउने भएपछि एनएमबी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ ल्याउने भएपछि लगानीकर्ताहरुकाे आकर्षण बढेको हो । बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ निष्कासन गर्न लागेकाे हाे । मंगलबार बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बैंकको कारोबार रकममा वृद्धि भएपनि सेयर मूल्यमा भने गिरावट आएको छ । सोमबार प्रतिकित्ता ४४४ रुपैयाँ रहको बैंकको सेयर मूल्य मंगलबार घटेर प्रतिकित्ता ४१९ रुपैयाँमा झरेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटी हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । समग्रमा मंगलबारको नेप्से परिसूचक ९.१८ अंकले घटेर १३२७ अंकमा झरेको छ । सो दिन कुल १६७ कम्पनीको ८ लाख ४० हजार कित्ता सेयर ४१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा बीमा समूहबाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह ३३ अंकले घटेको छ । बीमा समूह भने सामान्य ५ अंकले उकालो लागेको छ ।
राजधानीमा पेट्रोलियम पदार्थको अभाव, डिलर्सले लुकाए
काठमाडौं । मूल्य बढ्ने सम्भावना भएपछि राजधानीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । भारतमा पेट्रोलियम पदार्थको भाउ बढेसँगै नेपाली बजारमा उपभोक्ताहरुले पेट्रोल डिजेल लगायतको अभाव बजेटकै मुखमा वेहोर्नु परेको हो । नेपाल आयल निगमले पर्यायप्त बजारमा मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको बताएको छ । निगमले त्यसो भनिरहदा उपभोक्ताले भने पेट्रोल र डिजेल पाउन लाइन लाग्नु परेको छ । त्यसैबाट पनि पेट्रोलियम डिलर्सहरुले पेट्रोल लुकाएको स्पष्ट हुने सरोकारवलाहरुको आरोप छ । अहिले बजारमा पेट्रोलियम पदार्थ भर्नका लागि सवारी साधनको लाइन लाग्नु परेको छ । उपभाेक्ताहरुले सवारी साधनमा पेट्रोल र डिजल भर्न कठिनाइ भोग्नु परेको बताएका छन् । अघिल्ला, पछिल्ला दिनहरुभन्दा सोमबरदेखि सवारी साधनमा इन्धन भर्न समस्या निम्तिएको उनीहरुको भनाइ छ । अहिले राजधनीमा पेट्रोल डिजलको अभाव सामना गर्नु परेको छ । मूल्य बढ्ने र बजेटको कारणले पनि पेट्रोलियमको सप्लाईमा प्रभाव परेको उनीहरु बताउछन् । किर्तीपुर बस्दै आएका दिलिप भट्टराईले आफ्नो बाइकको पेट्रोल सकेको र पेट्रोल भर्ने क्रममा २/४ ओटा पम्म धाए पनि पेट्रोल नपाएको बताए । उनले पछि भद्रकाली शैनिक पेट्रो पम्पमा आएर पेट्रोल भरेको बताए । सवारी चालकहरुले गाडीको लागि डिजल भर्न समेत केहीदिन अघिको तुलनामा बढी कुर्न परेको बताएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने पेट्रोलियम पदार्थको अभाव नरहेको बताए । बजारको माग अनुसार पेट्रोलियम पदार्थ आवश्यक पर्ने भएकोले निगमले पर्याप्त पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । उनको अनुसार अझै पनि बजारमा पेट्रोलियम पदार्थ व्यवस्थित हुन नसक्दा केही समस्या आउने गरेको स्वीकारे । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले पनि बजारमा अहिले पेट्रोलियम पदार्थको कुनै समस्या नरहेको बताए । ‘हामीले आवश्यक मात्रामा बजारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेका छौं,’ उनले भने ‘अभाव छैन ।’ त्यस्तै निगम तथा पेट्रोलियम व्यवसायीहरुले पेट्रोलियम पदार्थको घटबढ हुने मूल्य तथा बजेटको कारणले बजारमा अभाव ननिम्तिने जिकिर गरेका छन् ।
कृषि विकास बैंकको सञ्चालक समिति बैध कि अबैध ? राष्ट्र बैंक पनि अनिर्णित
काठमाडौं । कृषि विकास बैंकको वर्तमान सञ्चालक समिति बैध कि अबैध ? उसले गरेका निर्णय बैध हुने कि अबैध ? सोमबार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर छलफल भयो । तर राष्ट्र बैंक आफैं पनि निर्णयमा पुग्न सकेन । ‘कृषि विकास बैंकको सञ्चालक समिति सम्बन्धि विवादमा गम्भिर कानुनी गाँठो परेको छ । त्यो विषयमा राष्ट्र बैंक सञ्चालक समितिमा सोमबार छलफल भयो । तर निर्णय भने केही हुन सकेन’ राष्ट्र बैंकका एक सञ्चालकले विकासन्युजसँग भने । सञ्चालक समिति बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) लागू भएको २ वर्ष भईसक्यो । उक्त ऐनले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति बढीमा ७ सदस्यीय हुने किटानी गरेको छ । सोही ऐन अनुसार गत फागुन २९ गते सम्पन्न कृषि विकास बैंकको साधारणसभाले प्रबन्धपत्र र नियमाली संशोधन गरी सञ्चालक समिति ७ जनाको मात्र हुने व्यवस्था गरेको थियो । बाफिया र साधारणसभाको निर्णयका आधारमा अर्थमन्त्रालयले सञ्चालक चन्द्रबहादुर अधिकारीलाई पद मुक्त गर्यो । उनलाई मन्त्रालयले नै सरकारी लगानीको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त गरेको थियो । चन्द्रबहादुर अधिकारी यी सबै विधि, प्रक्रिया र निर्णयपछि पनि कृषि विकास बैंकको सञ्चालक समिति ७ सदस्यीय हुन सकेन । पद मुक्त गरिएका अधिकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । अदालतले उनकै पक्षमा फैसला गर्यो । सञ्चालक समिति ८ सदस्यीय भएको छ । ८ जनाको सञ्चालक समितिको बैठक बस्ने कि नबस्ने भन्ने विवादले कृषि विकास बैंकमा गत चैत र बैशाख दुई महिनामा एउटा पनि बैठक बस्न सकेन । अन्ततः कानुनको व्याख्या गर्ने सर्बोच्च अदालतको निर्णय अनुसार नै ८ जना सञ्चालक समितिको बैठक बस्न थालेको छ । निर्णयमा आठै जना सञ्चालकहरुले हस्ताक्षर गर्दै आएका छन् । ‘बाफियाले ७ जना सञ्चालक हुनुपर्छ भनेको छ । सोही अनुसार साधारणसभाले पनि प्रबन्धपत्र, नियमावली संशोधन गरेर ७ जनाको सञ्चालक समिति बनाएको हो । तर सर्वोच्च अदालतको निर्णयको पनि परिपालना गर्नै पर्यो’ बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले भने–‘राष्ट्र बैंकले स्थलगत अध्ययन गरेको छ । उसले प्रस्टीकरण माग्न सक्छ । हामीले पनि अदालतको आदेश अनुसार जवाफ पेस गर्नुपर्ला ।’ वर्तमान बैंक सञ्चालक समितिले गरेका निर्णय विरुद्ध उजुरबाजुर भयो, बैंक सञ्चालनमा अप्ठ्यारो पर्यो भने के गर्ने ? भन्ने विकासन्युजको प्रश्नमा सिटौलाले भने- ‘हामी त्यस्तो नहोला भन्नेमा आशावादी छौं । कानुनी विवाद भयो भने अदालतले जे निर्णय गर्छ, त्यही हुन्छ ।’ बैंकमा अहिलेको समस्या आगामी सात महिनासम्म रहने भएको छ । सञ्चालक चन्द्रबहादुर अधिकारीको कार्यकाल आगामी मंसिरमा सकिने भएकोले त्यसपछि भने ७ जनाको सञ्चालक समिति रहने बताइएको छ ।
हेटौंडाबाट-काठमाडौं सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा
हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताएका छन् । मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्धारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ बताए । उनले प्रदेशका १३ जिल्लामा राष्ट्र गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौंडाबाट काठमाडौं जोड्ने सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास दिलाएका छन् । दिवसका उपलक्ष्यमा हेटौंडास्थित बुद्धचोकबाट मंगलबार बिहान निस्केको पदयात्रा कान्ति राजपथ हुँदै जिल्ला समन्वय परिषद्को प्राङ्गणमा पुगेपछि विसर्जन गरिएको थियो । रासस
अब जुवाको कारोबार बैंकबाटै, जिते वा हारे पनि नगद लिनदिन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो व्यवसायलाई बैंकिङ कारोबारको दायरामा ल्याएको छ । केन्द्रीय बैंकले क्यासिनो इजाजत कारोबार, रिपोटिङ, खाता सञ्चालन र नगद ट्रान्सफरमा कडाइ गर्दै सम्पुर्ण क्यासिनो कारोबारलाई बैंकिङ प्रणालीको दायरामा ल्याएको हो । नयाँ व्यवस्थाअनुसार क्यासिनोमा जुवा खेल्ने खेलाडीले बाहिरबाट विदेशी मुद्रा ल्याउँदा बैंकिङ प्रणालीबाट र जितेर लैजाँदा पनि बैंकिङमार्फत कारोबार गर्नुपर्ने छ । (नियम हेर्न यसमा क्लिक गर्नुहोस्) बैंकमा खाता खोलेर आफनो रकम जम्मा गरेपछि प्रवेश भएको समय समेत लिएर रसिद काट्नुपर्ने व्यवस्था गरिएको छ । हालसम्म सिधै विदेशी मुद्रा लिने र खेल जित्नेले सिधै नगद विदेश लैजाने गरेकोमा अब क्यासिनोमा हुने हरेक कारोबार बैंकबाट मात्र गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले बताए । बैंकिङ प्रणालीमार्फत विदेशी मुद्राको कारोबार भएपछि सरकारले सिधै २५ प्रतिशत कर पनि पाउने र कारोबार पारदर्शी हुने उनको भनाई छ । अब राष्ट्र बैंक र कर कार्यालयले कुनै पनि बेला क्यासिनोमा छड्के गर्न सक्ने ढुङ्गानाले बताए । ढुङ्गानाका अनुसार विदेशबाट जुवा खेल्न सिधै नगद ल्याउन सक्ने, जितेमा वा बाँकी रकम फिर्ता लैजाने र क्यासिनोले डलर अपचलन गरेको पत्ता लागेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट विदेशी मुद्रा ल्याउन र लैजान नयाँ व्यवस्था गरिएको हो । कारोबार नदेखिँदा सरकारले करोडौं रुपैयाँ राजश्व गुमाउँदै आएको छ । अब जित्ने खेलाडीले नियमानुसार कर तिर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार क्यासिनो खेलाडीले ५ हजार डलरसम्म नगदमै लिन सक्ने छन् । क्यासिनोले बैंकसँग सम्झौता गरी प्वाइन्ट अफ सेल (पीओएस) मार्फत विदेशी मुद्रा प्राप्त गर्न सक्ने छन् । क्यासिनो कारोबारबाट प्राप्त विदेशी मुद्रा भोलिपल्टसम्म आफनो बैंक खातामा जम्मा हुनुपर्ने छ । भारतबाट आउने क्यासिनो खेलाडीले भारुमा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । खातामा रकम जम्मा गर्ने र जितेको रकम बैंकमार्फत भुक्तानी गर्नुपर्ने छ । क्यासिनोहरुले भारतीय मुद्रा खातामा १० करोड र परिवत्र्य विदेशी मुद्राको २० लाख डलर मात्र मौज्दात राख्न पाउने छन् । सो भन्दा बढी भएमा नेपाली मुद्रामा रुकमान्तर गर्नुपर्ने र वाजी जितेको रकम सोही मौज्दात रकमबाट पठाउनुपर्छ ।
घलेम्दी हाइड्रो आईपीओ निष्कासन गर्न पुग्यो धितोपत्र बोर्ड, साढे ५ करोडको ल्याउने
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको सो मात्राको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेकाे छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।