विकासन्युज

मंगलबार बैरो संघको निर्वाचनः प्रगतिशीबाट पोखरेल र लोकतान्त्रिक समूहबाट गैरे चुनावी मैदानमा

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २७ औँ साधारणसभा असोज ७ गते राजधानीमा हुँदैछ । संघको नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह खडा गरेर निर्वाचनमा होमिँदै छन् । लोकतान्त्रिक समूहबाट गैरेले नेतृत्व गर्ने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो । त्यसैगरी सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा गरिएको छ । यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ । अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्यादित, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । प्रगतिशील समूहबाट पोखरेल उम्मेदवा आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा उम्मदवारी दिने पोखरेलले बताए । संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिनेछन् । सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने पत्रकार सम्मेलनमा बताइयो । निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले गराए नाम दर्ता नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

दशैं तिहारभर गाडी जुनसुकै रुटमा चल्नसक्ने, अग्रिम टिकट बुकिङ सुरु, कहाँको भाडादर कति ?

काठमाडौं । दशैंमा देशभरका सवारीसाधन जहासुकै चल्न पाउने भएका छन् । सीमित रुटका लागि इजाजत लिएर सञ्चालन गर्दै आएका सवारी साधनलाई चाडपर्व अवधिभर जहासुकै चल्न पाउनेगरी ‘रुट फ्रि’ गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ । त्यसका लागि विभागले छलफल गरिरहेको र १/२ दिनभित्र निर्णय हुने बताइएको छ । लामो दूरीमा चल्ने सवारी साधनको संख्या कम हुने भएकोले यात्रुको चाप थेग्न छोटो दूरी र शहरी क्षेत्रमा चल्ने सवारी साधनलाई लामो दूरीमा सेवा दिनेगरी त्यस्तो व्यवस्था गर्न लागिएको हो । लामो दूरीका बसहरुको अग्रिम टिकट बुकिङ सकिएपछि ‘रुट फ्रि’को सम्बन्धमा निर्णय हुने विभाग स्रोतले जनाएको छ । अग्रिम टिकट बुकिङ खुला यातायात व्यवस्था विभागले आइतबारदेखि लामो दूरीका यात्रुहरुका लागि बसको अग्रिम टिकट बिक्री खुला गरेको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिने यात्रुहरुका लागि त्यस्तो टिकट बिक्री खुला गरिएको हो । विभागले साविकको भाडादरमै त्यस्तो टिकट बुक गर्नुपर्नेगरी बिक्री खुला गर्नुपर्ने व्यवस्था गरेको छ । सो भाडादर अघिल्लो वर्षको दशैंअघि समायोजन गरिएको थियो । विभागले गत असार १ गतेदेखि लागु हुने गरी सवारीसाधनको भाडा बढाए पनि मन्त्रालयको निर्देशनपछि सो भाडादर वृद्धिको निर्णय फिर्ता लिइएको थियो । चाडवाडको मुखमा बर्षैपिच्छे भाडादरको विषयलाई लिएर यातायात व्यवसायी र सरकारबीच विवाद हुने गरे पनि यो वर्ष भने साविककै भाडादरमा टिकट बुकिङ गर्न व्यवसायीहरु तयार भएका हुन् । विभागले तोकिएकोभन्दा बढी भाडा लिएको पाइएमा त्यसरी बढी भाडा लिने सवारीलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । हाल २५० किलोमिटरभन्दा लामो दूरीलाई विभागले लामो दूरीको रुट भनेर व्याख्या गर्दै आएको छ, ती रुटहरुमा टिकट बिक्री खुला भएको हो । मध्यम र छोटो दूरीका हकमा भने यात्रुहरुले तोकिएकै दिनमा टिकट काटेर यात्रा गर्न सक्नेछन् । कुन रुटको भाडा कति ? विभागले देशभर चल्ने रुटहरुका लागि अघिल्लो वर्ष असोज ७ गतेदेखि लागु हुनेगरी भाडादर तोकेको थियो । त्यही भाडादर यो वर्ष पनि लागु हुने जनाएको हो । अघिल्लो वर्ष भाडादर निर्धारण गर्दा इन्धनको मूल्यलाई ३५ प्रतिशत र अन्य सूचकलाई ६५ प्रतिशत मानेर भाडादर समायोजन गरेको थियो । सो भाडादर समायोजन गर्दा डिजेलको मूल्य १०१ रुपैंया र पेट्रोलको मूल्य ११४ रुपैंयाका आधारमा तोकिएको थियो । अहिले काठमाडौंमा डिजेलको मूल्य ९५ रुपैंया र पेट्रोलको मूल्य १०७ छ । सो मूल्यमा ५ रुपैंयाभन्दा बढी तलमाथि भएपछि भाडादर समायोजन गर्ने भने पनि यो वर्ष डिजेलमा ६ रुपैंया र पेट्रोलमा ७ रुपैंया मूल्य घटे पनि भाडादर समायोजन भएको छैन । विभागले अघिल्लो वर्ष काठमाडौंबाट छुट्ने सवारीबो भाडादर निम्नअनुसार तोकेको छ । सो भाडादरमा डिलक्स सुविधा लिएका सवारी साधनलाई २० प्रतिशतसम्म अतिरिक्त भाडा लिनसक्ने व्यवस्था गरेको छ । [pdf id=172584]

जर्मनीको आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा

बर्लिन । जर्मनीमा सन् २०१९ को दोस्रो त्रैमासिकसम्ममा यहाँ प्रयोग हुने कुल विद्युतको ४६ प्रतिशत उत्पादन नवीकरणीय उर्जाबाट भएको तथ्याङ्क जर्मनीको संघीय तथ्याङ्क कार्यालय डेस्टाटिसले सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ । डेस्टाटिसका अनुसार जर्मनीको उत्पादित विद्युतमध्ये ५६ करोड किलोवाट विद्युतको स्रोत नवीकरणीय उर्जा रहेको छ । यो अघिल्लो बर्षको यही समयभन्दा ६.३ प्रतिशतको वृद्धि हो । अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा सवैभन्दा बढी ४३.८ प्रतिशत विद्युतको स्रोत प्राकृतिक ग्यास रहेको थियो भने दोस्रो धेरै १३.६ प्रतिशत हावाबाट निकालिएको थियो । जर्मनीको २९ प्रतिशत हिस्सामध्ये महत्वपूर्ण विद्युतीय उर्जाको स्रोत कोइला रहेको छ भने हावाबाट २० प्रतिशत, फोटोभोल्टायिक्सबाट १३ प्रतिशत र आणविक शक्तिबाट १२ प्रतिशत रहेको डेस्टाटिसले जनाएको छ । जर्मनीमा नवीकरणीय उर्जाको हिस्सा गत बर्ष ४१ प्रतिशत रहेको र यसबर्ष पनि ६.३ प्रतिशतको वृद्धि भएको भएपनि सन् २०३० सम्म जर्मनीमा नवीकरणीय उर्जाको विद्युत उत्पादनमा योगदान पुर्याउने लिइएको राष्ट्रिय लक्ष्य ६५ प्रतिशतभन्दा यो अझै निकै निम्न उत्पादन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । जर्मनीमा गत बर्ष विद्युतीय उत्पादनबाट तीन अर्ब ११ करोड टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख छ । जर्मनीमा विद्युतबाट जति धेरै कार्बन उत्सर्जन अन्य कुनै स्रोतबाट नहुने पनि बताइएको छ । जर्मन सरकारको जलवायु मन्त्रालयले विभिन्न उपायबारे निर्णय लिँदै यहाँको कार्बन उत्सर्जनलाई सन् १९९० को तुलनामा ४० प्रतिशतले घटाउने लक्ष्य लिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच तथ्याङ्क सार्वजनिक गरेपछि बसेको बैठकमा जर्मनीको सत्ताधारी दलहरू (सीडीयू, सीएसयू र एसपीडी)को गठबन्धनले जर्मनीमा कार्बन उत्सजर्नमा यातायात क्षेत्रको प्रभाब तथा वैकल्पिक इन्धन र ट्रेनको कर कटौति साथै भवनहरूको उर्जा क्षमताका बिषयमा छलफल गरेको थियो । २ रासस÷सिन्ह्वा

चितवन मेडिकल कलेजले ३० दिन भित्र बढी शुल्क फिर्ता गर्ने सहमति

चितवन । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । शनिबार दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएको हो । विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको उनले बताउनुभयो । बढी शुल्क कसलाई कति फिर्ता गर्ने भन्ने विषयमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यकिन हुने प्रजिअ बस्नेतले बताए । मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्दलगायतका विद्यार्थी, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतबीच जिल्ला प्रशासन कार्यालय चितवनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वार्ता चलेको थियो । सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । कलेजले, सरकारले तोकेकोभन्दा रु १२ देखि १५ लाखसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए । शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।

अर्थमन्त्री खतिवडा भन्छन्-‘पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको जस्तो देखियो’

पोखरा । अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उनले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गरे । मन्त्री खतिवडाले उत्पादनमा जोड दिई पूँजी बजारको विकासलाई प्राथमिकता दिएको र लगानीको क्षेत्र पहिचान गरिरहेको बताए । काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि रु ४० अर्ब बजेट छुट्टयाएको उल्लेख गर्दै उनले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले पारदर्शी, स्वच्छ र सदाचारी व्यवसायी बन्न आफैँबाट शुरु गरे भ्रष्टाचार निर्मूल हुने बताए । अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै मन्त्री खतिवडाले कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने ठोकुवा गरे । आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशान कायम गर्नुपर्ने भन्दै सरकार यस विषयमा सजग भएको उनको धारणा थियो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले लगानीको वातावरण बन्दै गएकाले उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्न आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रका समस्यामा सरकार गम्भीर हुन नसकेको भन्दै व्यवसायीमैत्री वातावरणमा जोड दिन आग्रह गरे । कार्यक्रममा सङ्घका अध्यक्ष दामु अधिकारीले व्यवसायीका समस्या प्रस्तुत गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन अर्थमन्त्री खतिवडासँग आग्रह गरे । पोखरा विमानस्थल निरीक्षण यता, अर्थमन्त्री खतिवडाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । उनले सो अवसरमा विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिएका थिए । विमानस्थलका लागि थप जमीन अधिग्रहण, मुआब्जा वितरण र काममा आइपरेका समस्याबारे जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री खतिवडाले विमानस्थलको रनवे बढाउन सकिने÷नसकिने, कस्ता प्रकृतिका जहाज अवतरण गर्न सक्छन् लगायतका विषयमा चासो राखेका थिए । सो अवसरमा मन्त्री खतिवडालाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ४७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका थिए । उनले तोकिएको मितिभन्दा छ महिना अघि नै काम सम्पन्न गर्ने गरी कार्य भइरहेको बताए । सन् २०२१ जुलाई १० सम्म निर्माण सक्ने अन्तिम मिति रहे पनि सन् २०२० को डिसेम्बर सम्ममा सम्पूर्ण काम सक्ने गरी काम गरिरहेको मुनाकर्मीको भनाइ थियो । विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन र ब्लास्ट प्याडको काम सम्पन्न भएको छ । विमानस्थलको ८५ प्रतिशत अर्थवोर्क९कटिङ र फिलिङ० सकिएको, आठ स्लाव तथा कल्र्भट र सिँचाइ च्यानलको ९५ प्रतिशत काम सकिएको बताइएको छ । टर्मिनल भवन, ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको मुनाकर्मीले बताए । विमानस्थलको चक्रपथ निर्माणका लागि आवश्यक ५९ रोपनी जमीन तथा ३४ घरटहरा अधिग्रहणको काम भइरहेको छ भने ९५ प्रतिशत मुआब्जा वितरणको काम सकिएको छ । कूल रु २२ अर्ब लागतमा निर्माण हुने विमानस्थलमा हालसम्म रु आठ अर्ब ५० करोड खर्च भएको छ । विमानस्थल निर्माणका लागि सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र सिएएमसी इञ्जिनियरीङ कम्पनीबीच सम्झौता भएको हो । सन् २०१७ जुलाई ११ देखि निर्माण कार्य शुरु भएको थियो ।

असोज १२ गतेदेखि ‘हिमालयन आर्ट फेस्टिभल २०१९’ 

काठमडौं । असोज १२ गतेदेखि १६ गतेसम्म हिमालयन आर्ट फेस्टिभल २०१९ हुने भएको छ । नेपाल आर्ट काउन्सिलमा हुने उक्त मेलामार्फत ई–आर्टस् नेपाल एक अनलाइन आर्ट ग्यालरीे समकालीन नेपाली कलालाई विश्व बजारमा पुराउने लक्ष्य रहेको छ । सन् २०१० मा स्थापना भएको आर्टले स्थानीय कलाकारहरू र उनीको कलामार्फत सहकार्य गर्दै ई–आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ । ई–आर्टस् नेपालद्वारा सन् २०१७ मा सुरु गरिएको हिमालन आर्ट फेस्टिभल, नेपाली चित्रकलाका उत्कृष्ट संकलन र प्रदर्शनी हो । फेस्टिभलले नेपाली समकालीन नेपाली कलाप्रति व्यापक, समावेशी र समग्रात्मक दृष्टिकोण प्रदर्शन गर्छन, पेन्टिङ, पौभा, मूर्तिकला, स्थापनाकला (इन्टलेसन), फोटो, प्रिन्ट मेकिङ, सेरामिक सहितका विभिन्न शैलीका कलाका सयभन्दा बढी कलाकारका कार्यहरू प्रदर्शनका साथै प्रत्यक्ष प्रदर्शन पनि गराइरहेको छ । यस वर्ष हिमालयन आर्ट फेस्टिभलमा नेपाली कला परिदृष्टलाई समृद्ध तुल्याउनका लागि उहाँको दृढ संकल्पक र बहुमूल्य योगदानका लागि प्रख्यात कलाकार श्री उत्तम नेपालीलाई सम्मानित गरिँदैछ । कला उस्ताद उत्तम नेपाली उत्तम नेपालीका पेन्टिङहरूले केही परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिहरूको विश्लेषण गर्दछ । उनको काम गर्ने प्रविधिमा वास पेन्टिङदेखि आलंकारिक र ड्रइङ (रेखाचित्र) देखि अमूर्तकलासम्म भिन्न भिन्न रहेका छन् । केही सिर्जनाहरूले अभिव्यक्ति, अमूर्ततता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा दृश्यकलाबीचको भावनात्मक निकटता अनुभूति झल्काउँछन् । विभिन्न तत्वमा रहेका दोहोरो तत्वहरूलाई अस्वीकार गर्दै, कलाकारकाहरूले विषम छविहरू, कवि र चित्रकारहरूजस्तै अवधारणा र विधिहरू, दृष्टि र शब्द, अमूर्त तथा मुहार चित्र तथा पश्चिमी रुप र मूल सामग्री आदिलाई समेट्छन । कलाकारहरूले ‘अन्तर कला संवादमा नयाँ तरिका खोल्ने’ प्रयास गरेका आयोजक ई–आर्टस् नेपाल जनाएको छ ।

पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम हुन्छः मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित ’‘स्थानीय तहको क्षमता अभिवृद्धि’ विषयक दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई बढ्दो अवस्था कायम गरिरहेको बताए । मन्त्री बाँस्कोटाले भने, “केही साताअघि भएको सात दशमलव एकको वृद्धिदर अहिले सात दशमलव पाँच प्रतिशत कायम भएको छ ।” आर्थिक वृद्धिदरलाई बढाएर आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पु¥याइने लक्ष्य लिएको जानकारी दिए । मन्त्री बाँस्कोटाले सरकारले आर्थिक वृद्धिदरलाई बढाउने प्रमुख सूचक श्रमको सम्मान गर्ने नीति भएको उल्लेख गर्दै तल्लो वर्गलाई पनि सँगसँगै हिँडाउने नीति अवलम्बन गरेका छौँ, यो आर्थिक वृद्धिदरको प्रमुख सूचक मान्दछौँ भने। उनले विभेदको अन्त्यबाट नै मुलुकको समृद्धि जोडिएको बताउँदै विभेदलाई लोकतन्त्रले स्वीकार नगरेको उल्लेख गरे । मन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई उत्पादन एवम् उत्पादकत्वसँग जोड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उत्पादकत्वसँग नजोड्दा विभेद समाप्त नभएको बताए । उनले भने, “जुन तहको बजेट भए पनि स्थानीय तहले नै कार्यान्वयन गर्ने हो, विकासको अभियानले श्रम–संस्कृतिलाई उत्पादन र उत्पादकत्वसँग नै जोड्ने हो ।” मन्त्री बाँस्कोटाले जनता बसेको स्थानमा विकास निर्माणका काम गरिने बताए । “सु–शासन लोकतन्त्रमा अनिवार्य शर्त हो”, उनले भने, “लोकतन्त्रमा सुशासन अनिवार्य शर्त हो, यो बिना आर्थिक समृद्धि सम्भव छैन, समृद्धिका लागि प्राविधिक शिक्षा पनि अर्को पाटो हो ।” मन्त्री बाँस्कोटाले सङ्घीयता नेपाली मौलिकता अनुरुपको भएको चर्चा गर्दै अन्यत्रजस्तो छुट्टिने अधिकारसहितको सङ्घीयता नभएको बताए। “संविधानले कुनै पनि सरकारलाई अल्मल्याउने गरी अधिकार दिएको छैन, साझा र एकल अधिकार तोकेर तीनै तहका सरकारलाई गतिशील बनाउने गरी दिइएको छ ।” भन्दै एकल अधिकारको संविधान सम्पूर्णरूपमा प्रयोग भयो कि भएन भन्ने विषय महत्वपूर्ण हुने बताए । मन्त्री बाँस्कोटाले संविधानले निर्दिष्ट गरेका सबै कानूनहरु नबनेकाले आफूलाई चाहिने सबैखाले संविधानप्रदत्त कानून बनाएर प्रयोगमा ल्याउन आग्रह गरे । “हिजो फालिएका तत्वले प्रश्न उठाउने गरी काम गर्नुपर्छ, यसका लागि नयाँ कानून बनाएर सुशासन कायम गर्नुपर्छ”, उनले भने । सरकारले अवलम्बन गरेको राजनीतिक प्रणालीको ‘डेलीभरी’ जनताको घरआँगनमै दिने स्थानीय सरकार नै भएकाले जवाफदेही बन्न पनि उनले आग्रह गरे । मन्त्री बाँस्कोटाले अर्को फरक प्रसङ्गमा वर्तमान १८ प्रतिशत गरीबीलाई पञ्चवर्षीय योजनाको ‘सुखी नेपाली र समृद्ध नेपाल’को महाअभियानले १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको बताए। उनले भने, “मुलुकले लिएको लक्ष्यलाई जनप्रतिनिधिले पूर्णता दिनुपर्छ ।” जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले सु–शासन कायम गर्न तथा विकास निर्माणको विषय पहिचान, विधि, समस्या, अवसर, सम्भावना र चुनौतीको खोजी गरिने जानकारी दिए । गोष्ठीमा जिल्लास्थित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागिता रहेको थियाे । रासस

साताको शेयर बजार : एक अर्ब ८९ कराडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो । त्यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय आएको प्रतिक्रिया दिनु भएपछि नेप्से मङ्गलबार र बुधबार भने नयाँ विन्दुमा पुग्यो । साताभर कूल १७२ कम्पनीको कारोवार भयो । साताको तेस्रो दिन मङ्गलबार र चौथो दिन बुधबार बजारमा उछाल नै देखाप¥यो । सातारभर ६५ लाख ८६ हजार ८०४ कित्ता शेयर रु एक अर्ब ८९ करोड २७ लाख ४० हजार २७६ मा कारोवार भयो । साताभरको कारोवारमा नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेको छ । यस साता कारोवार मापक सूचक एक हजार १५५.३ अङ्कमा झरेको छ । अघिल्लो साता नेप्से ७९ प्रतिशतले घटेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुग्यो । त्यस दिन कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि सोही लय पहिल्यायो । सो दिन नेप्से १६.१८ विन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ विन्दुमा पुग्यो । नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढ्यो । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । नेप्से परिसूचक २६।९१ विन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकियो । प्रतिशतका आधारमा नेप्से २.३९ प्रतिशतले वृद्धि भयो । कूल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरीद बिक्री भए । बुधबार पनि नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुग्यो । कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुग्यो । कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भए । यस साता शिवम् सिमेन्टको सबैभन्दा बढी कारोवार भयो । सो कम्पनीको रु १५ करोड बराबरको शेयर कारोवार भयो । यस साता बजार पूँजीकरण रु १४ खर्ब ६७ अर्बमा सीमित भयो । बजार पूँजीकरणमा सधै शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकमले यस साता पनि आफ्नै हिस्सा कायम राख्यो । साताभर दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भए । त्यसमा रिलायन्स फाइनान्सको कूल आठ लाख ९१ हजार ८७४ कित्ता शेयर लाभांश र एभरेष्ट इन्सुरेन्स कम्पनीको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर सूचीकृत भए । रासस