विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने
काठमाडौं । विश्व मुटु दिवस २०१९ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि असोज ११ गते शनिबार तालिम दिने भएको छ । बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमूलक कार्यक्रमको आयोजना गर्न लागेको अस्पतालले जनाएको छ । साथै उक्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित बिरामी÷अन्य व्यक्तिहरुलाई अस्पतालले आमन्त्रण गरेको छ । कार्यक्रम बिहान ८ बजेदेखि १० बजेसम्म हुने जनाइएको छ । उक्त कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जेपी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठले तालिम दिने अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले जनाएका छन् ।
पूर्वाधार विकासमा विश्व बैंकले दिने भयाे ५६ करोड
बलेवा । बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । विश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीको थालनी भएको आयोजनाका कायम मुकायम निर्देशक रोशन श्रेष्ठले जानकारी दिएका छन् । आयोजनासँग सम्झौता भएर कार्यक्रम कार्यान्वयनमा आउँदा बागलुङ नगरपालिकाले ५६ करोड रुपैयाँ बजेट पाउने छ । नगरको जनसङ्ख्या, बजेट, भूगोल र पूर्वाधारको विकासको अवस्था हेरेर उक्त रकम निर्धारण गरिएको हो । नेपाल सरकार र विश्व बैंकबीच ऋण सम्झौताको चरणमा रहेकाले आयोजनाले कार्यक्रम सञ्चालन हुने नगरपालिकासँग छलफल र गोष्ठी गरेर तयारी थालेको हो । शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने यो आयोजनाले पूर्वाधार निर्माण र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यो कार्यक्रम १२ वर्ष पहिले पनि बागलुङ नगरपालिकामा सञ्चालनमा थियो । बागलुङ नगरपालिका सहित देशभरका छ वटा नगरपालिकामा कार्यक्रम चलेको थियो । पाँच वर्ष अवधिको कार्यक्रम अन्तिम चरणमा कार्यान्वयनमा आउँदा छनोटमा परेका योजनाको कामसमेत पूरा नहुँदै कार्यक्रम सकियो । अन्तिम समयमा कार्यान्वयनमा आएको कार्यक्रममा प्रभावित क्षेत्रका सर्वसाधारणको अवरोधले मात्रै कार्यक्रम नै सकिएको श्रेष्ठले बताए । “विश्व बैंक जस्ता दाताको कार्यक्रममा प्रभावित क्षेत्रमा कुनै पनि असर नहुने गरी काम गर्नुपर्ने भन्ने हुन्छ”, श्रेष्ठले भने, “पूर्वाधार निर्माणकै क्रममा समान्य समस्या देखापर्दा पहिलो चरणको कार्यक्रमले सफलता नपाएको हो ।” पहिलो चरणमा कार्यक्रम सञ्चालन गर्दा अधुरा रहेका योजनाको काम सम्पन्न गर्नकै लागि दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्नुपरेको श्रेष्ठ बताउँछन् । “पहिलो चरणमा चक्रपथका केही र पार्क निर्माणको काम भएका छन्”, श्रेष्ठले भने, “छनोटमा परेका केही कार्यक्रम अधुरै रहेकाले दोस्रो चरणको कार्यक्रम पनि बागलुङ नगरले पाएको हो ।” बागलुङ बजारको शिवधारा चोकदेखि धारापानीसम्मको पक्की सडक आयोजनाले निर्माण गरेको थियो । सरस्वती मन्दिरदेखि भलटाकुरासम्मको सडकको काम पनि आयोजनाअन्तर्गत नै भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन् । दोस्रो चरणको कार्यक्रम सञ्चालन हुने भएपछि बागलुङ नगरपालिकाले आन्तरिक तयारी थालेको छ । सडक कालोपत्र र खानेपानीको कामलाई नै प्राथमिकतामा राखेर योजना सम्झौतामा जाने प्रमुख पौडेलले बताए । “पूर्वाधार निर्माणको काम नगरस्तरमा छलफल गरेर सडक र खानेपानी नै लिएर जान्छौँ”, पौडेलले भने, “क्षमता विकासको काम भने आयोजनाको कार्यविधिअनुसार गरिनेछ ।” आयोजनाले देशभर २१ वटा नगरपालिकामा लगानी गर्न लागेको छ । पहिले योजना सञ्चालनमा आएका पाँच वटा र नयाँ १६ वटा नगरपालिकामा कार्यक्रम सञ्चालन हुन लागेको कामु निर्देशक श्रेष्ठ बताउँछन् । पहिला कार्यक्रम सञ्चालनमा आएको साविकको लेखनाथ नगरपालिका भने पोखरा महानगरपालिकामा गाभिएकाले दोस्रो चरणको कार्यक्रम पाउने छैन । “आगामी जनवरीसम्म सम्झौता गर्ने तयारीमा लागेका छौँ”, श्रेष्ठले भने, “नयाँ नगरको तुलनामा पहिले कार्यक्रम सञ्चालन भएका नगरपालिकामा समय लाग्न सक्छ ।” कार्यक्रम सञ्चालनमा आए नगरको विकासमा टेवा पुग्ने आयोजनाले विश्वास लिएको छ । आयोजना सञ्चालन हुने स्थानीय तहले पनि पूर्वाधार विकाससँगै आर्थिक क्रियाकलाप सञ्चालनमा सहजता आउने विश्वास लिएका छन् । “समावेशीकरणका आधारमा क्षमता विकास हुन्छ, पूर्वाधारले आर्थिक क्रियाकलाप बढाउँछन्”, नगरप्रमुख पौडेलले भने, “उपयोग गर्नसके यो आयोजना फलदायी बन्छ ।” वातावरणीय प्रभाव र सामाजिक असरलाई गहिरो गरी ध्यान दिने भएकाले कार्यक्रम सञ्चालनमा भने अवरोध आउनसक्ने पौडेलले बताए । “सामान्य उजुरीले मात्रै पनि काम रोकिन्छ”, उनले भने, “कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक छ”, गण्डकी प्रदेशका चार वटा नगरपालिकामा यो आयोजना सञ्चालनमा आउँदै छ । शुक्ला गण्डकी, व्यास, पुतलीबजार र बागलुङ नगरपालिकामा यो कार्यक्रम सञ्चालन हुनेछ । रासस
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मकवानपुर जिल्ला प्रशासन कार्यालयमा
काठमाडौँ । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौँडा उप-महानगरपालिका स्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । हेटौँडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको विहीबार जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले एक समारोहकाबीच उद्घाट्न गरेका हुन् । जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने जनाइएको छ ।
दशैंमा घर जाने टिकट मोबाइलबाटै, बसपार्कहरुमा भने उस्तै भीड
काठमाडौं । यतिखेर दशैं तिहार मनाउन घर जानेहरूको भिड लाग्ने गरेको छ । कतिपयले टिकट काटेर घर जान तयार भइसकेका छन् भने कति टिकट लिनका लागि राती समेत लाईन लागेर बस्नुपर्ने अवस्था छ । त्यो अवस्थालाई अन्त्य गर्न र यात्रुहरूको मागलाई मध्येनजर गर्दै बस सेवाले अनलाइन सेवालाई तिब्रता दिएको छ । वि.स २०७१ सालमा स्थापना भएको बस सेवा मार्फत यात्रुहरूले आफ्नो घरमै बसेर अनलाइन मार्फत टिकट लिन सक्छन् । घरमै बसीबसी टिकट काट्न पाइने र बसपार्कमा गएर टिकट लिनु पर्ने झन्झट अन्त्य गरेपनि भरपर्दो र सर्वसुलभ नहुँदा अहिले पनि रातभरी लाइनमा बसेर टिकम काट्नुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । अहिले पनि दशैं तिहार समयमा बसपार्कमा यात्रुहरुको भिड हुना गरेको छ । यद्यपि पछल्लो समय अनलाईन टिकटिङमा यात्रुहरुको आकर्षण बढेको छ । भदौ पाँच गते देखि यातायात व्यवस्था विभागले यात्रुहरुको लागि दशैंको अग्रिम टिकट बुकिङ शुरु गरेको हो । सो अवधिदेखि हाल सम्म बससेवाले आठ हजार टिकट लिइसकेको बससेवाका महाप्रवन्धक मोहन बेल्बासेले बताए । उनले अघिल्लो वर्ष ४ हजार जनाले टिकट लिएको बताए । यो वर्ष विभागले अग्रिम टिकट बुकिङ खोलेको चार दिनमै आठ हजार जनाले टिकट लिइसकेका छन् । धेरै ग्राहकको अनलाईन मार्फत टिकट काट्ने रुची हुँदा हुदै पनि सीमित सिट संख्याका कारण सेवा दिन नसकिएको उनले बताए । यातायात व्यवसायीले टिकट दिए जति पनि टिकट काट्न सकिने उनले बताए । तर हाल धेरै बस व्यवसायीहरुले टिकट काट्न अनुमति नदिएको उनले बताए । यात्रुहरुको सहजीकरणका लागि सरकारले कुनै चाँसो नदेखाएको उनले बताए । बससेवाले हाल काकडभिट्टा, विरगञ्ज, भद्रपुर, गौर, बुटवल, बिर्तामोड, हेटौडा, भैरहवा, बुधबारे, चितवन,सुनौली, बनियानी, गोर्खा, लुम्बीनी, तौलिहवा, तेह्रथुम। भुलभुले, ईलाम र धरानका लागि बस टिकट सेवा दिइरहेको छ । यस्तै बससेवा मार्फत यात्रुहरुले पाल्पा, पोखरा, दाङ, दैलेख, बाग्लुङ, म्याग्दी लगायतका ठाउँहरुका लागि टिकट लिन सक्नेछन् । उल्लेखित ठाउँहरुमा टिकट पाइने भएपनि पूर्वका लागि भने टिकटको अभाव भएको उनले बताए । सुदूरपश्चिममा भने त्यहाँका यातायात व्यवसायीहरुले टिकटको अनुमति नदिदा यात्रुहरुलाई सेवा दिन नसकिएको बताइएको छ । ‘सुदूरपश्चिमका यातायात व्यवसायीहरुबीच टिकट बारे कुरा भइरहेको छ’ उनले भने, यो दशैंमा नसकिए पनि त्यसपछि भने सुदूरपश्चिमका जिल्लाहरूका लागि पनि बससेवा मार्फत सेवा दिने सकिने छ ।’ यात्रुहरुले बसेसेवा डटकम, ईसेवा, आइएमई पे, मोवाइल बैंकिङ तथा इन्टरनेट बैकिङ लगायत माध्यमबाट सहजै टिकट काट्न सक्ने बताइएको छ । यस्तै याताायात व्यवस्था विभागले भने यातायात क्षेत्रलाई सरल र यात्रुहरुलाई टिकट काट्न सहज वातावरण सिर्जना गर्ने खालका कुनै रणनीति अपनाएको देखिदैन । अनलाईन टिकटिङ सम्बन्धि विभागले कुनै कुरा नसोचेको विभागका सूचना अधिकारी तिर्थराज खनाल बताउँछन् । उनका अनुसार यो दशैंमा यात्रुहरुलाई कुनै पनि मर्का नहुने गरी टिकट प्रदान भइरहेको बताए ।
टरौली सामुदायिक पुस्तकालयलाई मुक्तिनाथको सहयोग
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई भवन निमार्णका लागि तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ का सांसद कृष्णप्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरे । यता, मुक्तिनाथ विकास बैंकले भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स(विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’ अभियान सञ्चालन गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
दशैं नजिकिदै जाँदा दैनिक ३ अर्बका दरले निक्षेप संकलन, आधामात्रै कर्जा प्रवाह
काठमाडौं । दशैं नजिकिदै जाँदा २८ वटा वाणिज्य बैंकले भदौ २७ गतेदेखि असोज २ गतेसम्मको एक साताको अवधिमा २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ महिनामा निक्षेप संकलनको तुलनामा अत्याधिक कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले यो साता भने धेरै निक्षेप संकलन गरेर कम लगानी गरेको तथ्यांकले देखाएको छ । बैंकहरूले भदौ अन्तिम साताको त्यो अवधिदेखि असोज २ गतेसम्म २० अर्ब निक्षेप संकलन गरेर ११ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह गरेका छन् । साउन महिनामा घटेको निक्षेप संकलन भदौ महिनामा ११ अर्बले बढेको छ । असार अन्तिमसम्ममा २८ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेका बैंकहरूको निक्षेप साउन अन्तिममा २३ अर्बले घटेको छ । साउनमा निक्षेप संकलननै हुन नसक्दा पनि साउनमा ९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले भदौमा ४४ अर्ब कर्जा प्रवाह गरेका थिए । पछिल्लो महिना कर्जा प्रवाहको तुलनामा भएको न्यून निक्षेप संकलनले बैंकर्सहरूले दशैं पछि नै कर्जा प्रवाह गर्न गाह्रो हुने अनुमान गरेका थिए । कर्जा माग अत्यधिक भएपनि असोज लागेपछि बढ्न थालेको निक्षेप संकलनले केही राहत हुने बैंकर्सहरूको महसुस रहेको छ । बैंकर्सहरूका अनुसार हुन त अहिले दैनिक अर्बभन्दा बढी कर्जाको माग छ, तर पनि सरकारी खर्च भए कर्जा प्रवाहमा त्यति असर नपर्ने अनुमान छ । अहिले दशैं लक्षित रेमिट्यान्स र खर्चले पनि बैंकमा निक्षेप बढाएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स भित्रिएको छ । भदौ र असोजमा रेमिट्यान्स अझ बढी भित्रने गरेको छ । दशैंको लागि मात्रै करिब १५ देखि १८ अर्बसम्म रेमिट्यान्स भित्रने गर्छ । नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेशका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुंगानाले अहिले त्यति अप्ठ्यारो नपरेको बताए । ‘पछि हुने कुरा अहिले भन्न सकिदैन,’ उनले भने-‘हामी सहज अवस्थामा छौं, एक/दुई वटा बैंकमा अप्ठ्यारो पर्यो भन्दैमा असहज छ भन्न मिल्दैन । आर्थिक क्रियाकलाप बढ्न थालेपछि कर्जाको माग अझ बढ्न सक्छ । कर्जा मागको अनुपातमा निक्षेप बढेन भने त्यति बेला सोच्नु पर्ने हुन्छ ।’
लुटपाटमा संलग्न चार गिरोहलाई गोली प्रहार गरी पक्राउ
धनुषा । आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करिब ३ः३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई पक्राउ गरिएको हो । जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्न्सििङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्न्सििङमा लुटपाट गर्ने गिरोहका चार जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको निरीक्षक कार्कीले बताए । डाँकालाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ । उनको अवस्था समान्य रहेको छ । डाँकाको साथबाट हतियार तथा औजार बरामद गरिएको छ । गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह हुन् । उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ । सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय र एक रौतहटका छन् । घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् ।
गण्डकी विकास बैंकको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पत्राचार
काठमाडौँ । गण्डकी विकास बैंकको सेयर कारोबार रोक्का भएको भएको छ । मेगा बैंकले गण्डकीलाई प्राप्ति पर्ने समझदारी पत्रमा असोज ८ गते हस्ताक्षर भएकाले गण्डकीको सेयर कारोबार रोक्का गरिएको हो । गण्डकीले नेप्सेमा सूचिकृत २ करोड ७५ लाख कित्ता साधारण सेयरको कारोबार रोक्का गर्न पत्राचार गरेको कम्पनी सचिव ज्ञानेन्द्र पन्तले जनाएका छन् ।