साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो

<p>काठमाडौं । टेस्ला हाल साइबरट्रकको सेल्फ–ड्राइभिङ मोडमा भएको दुर्घटनालाई लिएर तनावमा छ । टेस्ला कम्पनीमा सफ्टवेयरको भरपर्दोपनलाई लिएर चिन्ता बढेको हो । यो घटना प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले यस वर्ष भुक्तानीयोग्य रोबोट्याक्सी सेवा सुरु गर्ने घोषणा गरेको केही दिनपछि भएको हो । टेस्लाको नयाँ पिकअप ट्रक ’फुल सेल्फ–ड्राइभिङ’ (एफएसडी) फिचरमा रहेको बेला दुर्घटनामा [&hellip;]</p>

काठमाडौं । टेस्ला हाल साइबरट्रकको सेल्फ–ड्राइभिङ मोडमा भएको दुर्घटनालाई लिएर तनावमा छ । टेस्ला कम्पनीमा सफ्टवेयरको भरपर्दोपनलाई लिएर चिन्ता बढेको हो । यो घटना प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले यस वर्ष भुक्तानीयोग्य रोबोट्याक्सी सेवा सुरु गर्ने घोषणा गरेको केही दिनपछि भएको हो ।

टेस्लाको नयाँ पिकअप ट्रक ’फुल सेल्फ–ड्राइभिङ’ (एफएसडी) फिचरमा रहेको बेला दुर्घटनामा परेको थियो । यसमा अझै चालकको नियन्त्रण आवश्यक पर्ने जनाइएको छ ।

‘मैले गरेको गल्ती नगर्नुहोस् । ध्यान दिनुहोस् । अहिले आत्मसन्तुष्ट हुन सजिलो छ – नहोस्,’ ड्राइभर जोनाथन च्यालेन्जरले सोशल मिडिया प्लेटफर्म एक्समा एलन मस्कलाई ट्याग गर्दै भने, ‘मेरो सन्देश फैलाउनुहोस् र अन्यलाई समान वा अझ बढी खराब भाग्यबाट बचाउन मद्दत गर्नुहोस् ।’

पुलिस रिपोर्टअनुसार चालकले अज्ञात मेकानिकल समस्याका कारण गाडीले लेन छोडेर पोलमा ठोक्किएको बताए ।

टेस्लाको सुरक्षा विवाद फेरि सतहमा

टेस्ला विगतका वर्षहरूदेखि सेल्फ–ड्राइभिङ सफ्टवेयरको सुरक्षासम्बन्धी विवादहरूमा परिरहेको छ । यसको एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) प्रयोग गरिएका विभिन्न दुर्घटनाहरू (घातकसमेत) को अनुसन्धान हुँदै आएको छ ।

तर एलन मस्कले केही साताअघि भनेका थिए कि नयाँ भर्सन थर्टीन अपडेटपछि टेस्लाको टेक्नोलोजीमा ’अत्यधिक सुधार’ भएको छ ।

तर, यो पछिल्लो साइबरट्रक दुर्घटना सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञहरूले यो प्रविधि अझै पूर्ण रूपमा तयार नभएको चेतावनी दिएका छन् ।

प्रोफेसर साबेर फल्लाह (सेफ एआई र अटोनोमी, यूनिभर्सिटी अफ सरे) भन्छन्– ‘टेस्लाले यस्तो प्रविधिको दौड सुरु गरिरहेको छ, जुन अझै तैनाथ गर्न तयार छैन । लेन अन्त्य हुने, लेन मर्ज गर्ने वा अकस्मात सडकको लेआउट परिवर्तन हुने अवस्थाहरूमा एआई प्रणालीहरू अझै विश्वसनीय छैनन् ।’

टेस्लाले हालसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

टेस्लाको रोबोट्याक्सी योजना र आगामी चुनौतीहरू

एलन मस्कले जुन २०२५ देखि टेक्सासको अष्टिन सहरमा रोबोट्याक्सी परीक्षण गर्ने योजना सुनाएका छन् । यसपछि क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रमा सेवा विस्तार गरिने बताइएको छ ।

एलन मस्कले जुन २०२५ देखि टेक्सासको अष्टिन सहरमा रोबोट्याक्सी परीक्षण गर्ने योजना सुनाएका छन्। यसपछि क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रमा सेवा विस्तार गरिने बताइएको छ।

टेस्लाका लागि रोबोट्याक्सीको सफल सञ्चालन अति आवश्यक छ । किनभने टेस्लाका पुराना ईभी मोडेलहरूको माग घट्दै गएको छ र लगानीकर्ताहरू अब मस्कको रोबोटिक्स र एआई योजनामा बढी आश्रित छन् ।

अन्य वाहन निर्माताहरूले सुरक्षाको लागि बहुप्रविधि प्रयोग गर्ने भएतापनि टेस्लाको दृष्टिकोण केवल क्यामेरामा निर्भर छ ।

घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष

ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो

निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?

मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै

Share News