ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो

<p>काठमाडौं । दुई युरोपियन स्टार्टअपहरूले बिहीबार इलेक्ट्रिक सवारीसाधन (ईभी) का ब्याट्री सामग्री रिसाइक्लिङमा महत्त्वपूर्ण प्रगति हासिल गरेको घोषणा गरेका छन्। यो उपलब्धीले युरोपेली नियमहरू पूरा गर्न, चीनको ब्याट्री आपूर्ति शृंखलामा निर्भरता घटाउन र कार्बनडिअक्साइड उत्सर्जन कमी गर्न मद्दत गर्नेछ । अगस्ट २०३० देखि युरोपेली अटोमोबाइल निर्माताहरूका ईभी ब्याट्रीहरूमा कम्तीमा ६ प्रतिशत रिसाइकल गरिएको लिथियम र [&hellip;]</p>

काठमाडौं । दुई युरोपियन स्टार्टअपहरूले बिहीबार इलेक्ट्रिक सवारीसाधन (ईभी) का ब्याट्री सामग्री रिसाइक्लिङमा महत्त्वपूर्ण प्रगति हासिल गरेको घोषणा गरेका छन्।

यो उपलब्धीले युरोपेली नियमहरू पूरा गर्न, चीनको ब्याट्री आपूर्ति शृंखलामा निर्भरता घटाउन र कार्बनडिअक्साइड उत्सर्जन कमी गर्न मद्दत गर्नेछ ।

अगस्ट २०३० देखि युरोपेली अटोमोबाइल निर्माताहरूका ईभी ब्याट्रीहरूमा कम्तीमा ६ प्रतिशत रिसाइकल गरिएको लिथियम र निकेल र १६ प्रतिशत कोबाल्ट समावेश गर्नुपर्ने जनाइएको छ । जुन पाँच वर्षपछि अझ बढ्नेछ । यसले चीनलाई चुनौती दिने प्रतिस्पर्धा बढाएको छ ।

ब्रिटिस स्टार्टअप अल्टिलियमको सफलता

ब्रिटिश ब्याट्री रिसाइक्लिङ स्टार्टअप अल्टिलियमले लन्डनको इम्पेरियल कलेजले गरेको अनुसन्धान अनुसार यसको रिसाइकल गरिएको क्याथोड एक्टिभ सामग्रीबाट बनेको सानो ब्याट्री चिनियाँ आपूर्तिकर्ताहरूबाट प्राप्त नयाँ मटेरियलबाट बनेको ब्याट्रीभन्दा राम्रो वा उत्तम प्रदर्शन गर्ने भनेको छ ।

क्याथोड मटेरियलमा सामान्यतया लिथियम, कोबाल्ट, निकेल वा म्याङ्गनीज हुन्छ ।

कम्पनीको मुख्य अपरेटिङ अफिसर क्रिस्चियन मास्र्टनले रायटर्सलाई भने, ‘कम्पनीको रिसाइकल गरिएको मटेरियलले नयाँ सामग्रीको तुलनामा कार्बनडाइअक्साइड उत्सर्जन ७० प्रतिशतले घटाउँछ र लागत २० प्रतिशतले कम गर्छ ।’

’यो एक वास्तविक प्राविधिक सफलता हो जसले अटोमेकरहरूका लागि रिसाइकल गरिएको सामग्रीको प्रयोग जोखिममुक्त बनाउन मद्दत गर्छ,’उनले थपे ।

अल्टिलियममा चिलीको सोसिएडाड किमिका वाई मिनेरा र जापानी व्यापारिक कम्पनी मारुबेनीले लगानी गरेका छन् ।

कम्पनीले हाल टाटा मोटर्सको एकाइ जेएलआरसँग पुरानो जगुआर आइ–पेस इलेक्ट्रिक वाहनहरूबाट रिसाइकल गरिएको सामग्रीबाट बनेको इलेक्ट्रिक वाहन ब्याट्री सेलहरूमा काम गरिरहेको छ ।

अर्कोतर्फ जर्मनीको टोजेरोले होन्डालगायतका लगानीकर्ताहरूबाट १७ मिलियन युरो (१७.५६ मिलियन डलर) सङ्कलन गरेको छ र यसले ग्राफाइट रिसाइक्लिङको लागि पायलट प्लान्टमा काम गरिरहेको छ । यसले विश्वव्यापी अटोमेकरहरूलाई आपूर्ति गर्ने विषयमा कुराकानी गरिरहेको छ ।

टोजेरोको हाइड्रोमेटालर्जी प्रक्रियाले ग्राफाइट रिसाइक्लिङ गर्दा उत्सर्जन ‘नेट जीरो’ हुन्छ यदि नवीकरणीय ऊर्जा प्रयोग गरिएको भने । जसले ओटोमेकरहरूलाई मद्दत गर्छ किनभने कुनै पनि लिथियम आयन ब्याट्रीको कार्बन फुटप्रिन्टको ४० प्रतिशत ग्राफाइटले ओगटेको हुन्छ ।

टोजेरोले विश्वव्यापी ओटोमेकरहरूलाई रिसाइकल गरिएको ग्राफाइट आपूर्ति गर्ने विषयमा कुराकानी गरिरहेको पनि जनाइएको छ ।

कम्पनीले अर्को दुई वर्षभित्र पायलट प्लान्ट निर्माण गर्ने र २०२७ सम्ममा प्रति वर्ष लगभग २ हजार टन रिसाइकल गरिएको ग्राफाइट उत्पादन गर्ने लक्ष्य राखेको छ । जुन लगभग ५० हजार इलेक्ट्रिक वाहनहरूका लागि पर्याप्त हुनेछ । (एजेन्सीहरूको सहयोगमा)

निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?

मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै

विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने

Share News