चीनमा टेस्ला कारको बिक्री ११.५ प्रतिशतले घट्यो, घरेलु प्रतिस्पर्धा बढ्दै

<p>काठमाडौं । चीनमा टेस्ला कारको बिक्री जनवरीमा घटेको छ, जसमा घरेलु प्रतिस्पर्धीहरूको प्रतिस्पर्धा बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। टेस्लाले जनवरीमा ६३ हजार २३८ युनिट इलेक्ट्रिक कार बेच्यो जुन गत वर्षको जनवरीमा बेचिएको ७१ हजार ४४७ कारभन्दा ११.५ प्रतिशतले कम हो । प्री-मार्केट ट्रेडिङमा टेस्लाको सेयर करिब १।५ प्रतिशतले झर्‍यो । यसैबीच चिनियाँ प्रतिस्पर्धी बीवाईडीले [&hellip;]</p>

काठमाडौं । चीनमा टेस्ला कारको बिक्री जनवरीमा घटेको छ, जसमा घरेलु प्रतिस्पर्धीहरूको प्रतिस्पर्धा बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

टेस्लाले जनवरीमा ६३ हजार २३८ युनिट इलेक्ट्रिक कार बेच्यो जुन गत वर्षको जनवरीमा बेचिएको ७१ हजार ४४७ कारभन्दा ११.५ प्रतिशतले कम हो ।

प्री-मार्केट ट्रेडिङमा टेस्लाको सेयर करिब १।५ प्रतिशतले झर्‍यो ।

यसैबीच चिनियाँ प्रतिस्पर्धी बीवाईडीले गत महिना २ लाख ९६ हजार ४४६ शुद्ध इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारी बेच्यो जुन गत वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो ।

टेस्लाका अन्य चिनियाँ प्रतिस्पर्धीहरू जस्तै- चाङ्गान अटोमोबाइल र एक्सपेन्जले पनि बिक्रीमा वृद्धि गरेका छन् ।

टेस्लाले गत वर्ष चीनमा ६ लाख ५७ हजारभन्दा बढी कार बिक्री गरेको थियो, जुन २०२३ को तुलनामा ८.८ प्रतिशतले वृद्धि हो । यो संख्या कम्पनीको कुल डेलिभरीको ३६.७ प्रतिशत हो ।

टेस्लाले चीनका खरिददारहरूको रुचि कायम राख्न मूल्य कटौतीलाई प्रोत्साहनको रूपमा प्रयोग गर्ने प्रयास गरेको छ । गत वर्षको अन्त्यमा टेस्लाले आफ्नो मोडल वाई कारको मूल्य घटायो र जनवरी अन्त्यसम्म शून्य ब्याज दरको पाँच वर्षे ऋण योजना पनि विस्तार गर्‍यो ।

गत महिना टेस्लाले चीनमा आफ्नो सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक वाहन मोडल वाईको संशोधित संस्करण सार्वजनिक गरेको थियो । यसमा पनि शून्य प्रतिशत ब्याजदरको योजना थियो ।

टेस्लाले २०२३ को अन्त्यमा साइबरट्रक डेलिभरी सुरु गरेपछि नयाँ मोडल सुरु गरेको छैन । लगानीकर्ताहरूले कम्पनीबाट नयाँ सस्तो मासमार्केट मोडल आउने अपेक्षा गरिरहेका छन्, जसले बिक्रीमा सहयोग पुर्‍याओस् ।

टेस्लाले २०२५ को पहिलो छ महिनामा नयाँ सस्तो मोडल सुरु गर्न सकिने जनाएको छ ।

टेस्लाको विश्वव्यापी डेलिभरी १.१ प्रतिशतले घटेको छ, जसको कारण युरोपमा सब्सिडीमा कटौती, अमेरिकामा सस्तो हाइब्रिड गाडीहरूको बढ्दो लोकप्रियता र चिनियाँ निर्माता बीवाईडीबाट बढ्दो प्रतिस्पर्धा हो ।

जनवरी महिनामा टेस्लाको बिक्री चीनमा मात्र नभई बेलायत र फ्रान्ससहित पाँच युरोपेली देशहरूमा पनि घटेको छ ।

नयाँ मोडल भएका प्रतिस्पर्धीहरूले टेस्लालाई पछ्याइरहेका छन् भने सर्वेक्षणहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कप्रति जनताको धारणा नकारात्मक बन्दै गएको देखाएका छन् ।

विशेष गरी डोनाल्ड ट्रम्पलाई आर्थिक समर्थन गर्दै मस्क २०२४ मा राजनीतिमा प्रवेश गरेका छन् । ट्रम्पको सफल चुनावी अभियानमा मस्कको ठूलो भूमिका रह्यो ।

यी सबै समस्याहरूका बाबजुद टेस्लाको सेयर मूल्य बजारभन्दा राम्रो प्रदर्शन गर्दै आएको छ । पछिल्लो वर्षमात्र टेस्लाको सेयर मूल्य दोब्बर भएको छ ।

हाल, टेस्लाको पीई रेसियो पनिअन्य कार निर्माता र प्रविधि कम्पनीहरूको तुलनामा निकै उच्च छ ।

टेस्लाका लागि २०२५ चुनौतीपूर्ण रहन सक्ने देखिन्छ, तर कम्पनीको नयाँ ईभी मोडल, मूल्य रणनीति र प्रविधि विकास भविष्यको प्रमुख निर्णायक कारक बन्न सक्छ ।

मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो

चीनमा टेस्लाको उच्च रेकर्ड, २०२४ मा बिक्री गर्‍यो ६ लाख ५७ हजारभन्दा बढी गाडी

नयाँ साझेदार खोज्दै ‘निसान’, ताइवानको ‘फक्सकन’ सँग सहकार्य गर्न इच्छुक

विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने

Share News