
मेक्सिकोमा रहेको अडी कारको प्लान्ट ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिको र क्यानडाबाट आयात गरिने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने प्रतिबद्धता जनाएका छन् ।
मेक्सिको र क्यानडाबाट निर्यात गरिने करिब ९० प्रतिशत कारहरू अमेरिका जाने मेक्सिकोको अटोमोटिभ म्यानुफ्याक्चरर्स एसोसिएसन (एएमआईए) र क्यानाडाको भेहिकल म्यानुफ्याक्चरर्स एसोसिएसनले जनाएको छ ।
जर्मन कार निर्माता कम्पनीहरू प्रभावित हुने
फक्सवागनजस्ता जर्मन कार निर्माता कम्पनीहरूले ट्यारिफविरुद्ध चेतावनी दिएका छन् । उनीहरूका अनुसार यसले उपभोक्ताहरूका लागि मुद्रास्फीति निम्त्याउनेछ ।
अडी
अडी फक्सवागनको अडी प्लान्ट मेक्सिकोको सान जोस चिआपामा रहेको छ, जसले क्यू फाइभ उत्पादन गर्छ । यसले २०२३ मा लगभग १ लाख ७६ हजार कार उत्पादन गरेको थियो, जसमध्ये २०२४ को पहिलो छ महिनामा मात्रै ४० हजार कार अमेरिका निर्यात गरियो ।
बीएमडब्ल्यू
बीएमडब्ल्यूको मेक्सिकोको सेन लुइस पोतोसीमा रहेको कारखानाले ३ सिरिज, २ सिरिज कुपे र एम टु उत्पादन गर्छ ।
फर्ड
फर्डसँग मेक्सिकोमा तीन प्लान्ट छन् । यसले २०२४ को पहिलो छ महिनामा करिब १ लाख ९६ हजार कार उत्तर अमेरिका निर्यात गर्यो, जसको ९० प्रतिशत अमेरिका गयो ।
क्यानडामा फर्ड र जीएम
फर्ड क्यानडाको ओकभिलमा रहेको प्लान्टले २०२६ बाट ठूलो ग्यास इन्जिनयुक्त ए–सिरिज पिकअप ट्रक उत्पादन गर्ने जनाइएको छ ।
जनरल मोटर (जीएम)ले २०२४ मा क्यानडा र मेक्सिकोबाट ७ लाख ५० हजार कारहरू अमेरिका आयात ग¥यो, जसमा सेभ्रोलेट सिल्भराडो, जीएमसी सिएरा र मध्यम आकारका एसयूभीहरू छन् ।
अन्य कार निर्माता कम्पनीहरू
होन्डाले आफ्नो मेक्सिको उत्पादनको ८० प्रतिशत अमेरिका निर्यात गर्छ ।
माज्दाले २०२३ मा करिब १ लाख २० हजार कार अमेरिका निर्यात ग¥यो तर ट्यारिफ लागेमा लगानी पुनर्विचार गर्ने बताएको छ ।
निसानले मेक्सिकोका दुई प्लान्टमा सेन्ट्रा, भर्सा र किक्स उत्पादन गर्छ ।
टोयोटाले मेक्सिकोका दुई प्लान्टमा टकोमा पिकअप ट्रक बनाउँछ ।
फक्सवागनको ठूलो लगानी
फक्सवागनको पुएब्लामा रहेको कारखाना मेक्सिकोको सबैभन्दा ठूलो अटो प्लान्ट हो।
क्यानडा
फक्सवागनले ओन्टारियोमा ७ अर्ब क्यानेडियन डलरको ब्याट्री गिगाफ्याक्ट्री निर्माण गर्दैछ, जसको उत्पादन २०२७ मा सुरु हुने अपेक्षा छ ।
अटो पार्ट्स आपूर्तिकर्ताहरू पनि प्रभावित हुने
ट्रम्पको ट्यारिफले अटो पार्ट्स आपूर्तिकर्ताहरू पनि प्रभावित हुने बताइएको छ । अटोलिग एयरब्याग र सीट बेल्ट निर्माता कम्पनी हो, जसको मेक्सिकोमा १ लाख ५ सय कर्मचारी छन् ।
यसैगरी, मिचेलिन टायर उत्पादक कम्पनी हो, जसका मेक्सिको र क्यानडामा कारखाना छन् । त्यस्तै, चिनियाँ कम्पनी यानफेङ, जसले जीएम र टोयोटालाई सिट आपूर्ति गर्छ ।
यदि ट्रम्पले ट्यारिफ लागू गरेमा अमेरिका र उत्तर अमेरिकी अटो उद्योगमा ठूलो असर पर्नेछ ।
सान्दर्भिक सामग्री :
ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव
२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने
निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने
विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर
स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी