२०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने

<p>काठमाडौं । सन् २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) को बिक्री २ करोड नाघ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अनुसन्धान फर्म आरएचओ मोसनले मंगलबार यस्तो भविष्यवाणी गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । पूर्णतया इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीहरूको विश्वव्यापी बिक्री यस वर्ष कम्तीमा १७ प्रतिशतले वृद्धि भएर २ करोड नाघ्ने मोसनले जनाएको हो । विश्वको दोस्रो [&hellip;]</p>

काठमाडौं । सन् २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) को बिक्री २ करोड नाघ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अनुसन्धान फर्म आरएचओ मोसनले मंगलबार यस्तो भविष्यवाणी गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

पूर्णतया इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीहरूको विश्वव्यापी बिक्री यस वर्ष कम्तीमा १७ प्रतिशतले वृद्धि भएर २ करोड नाघ्ने मोसनले जनाएको हो ।

विश्वको दोस्रो ठूलो इभी बजार युरोप सीओ टु उत्सर्जन लक्ष्य लागू हुन थालेपछि र सस्ता मोडलहरू उपलब्ध भएपछि फेरि बिक्री वृद्धिमा फर्किने अनुमान गरिएको छ । तर, यो वृद्धि २०२३ भन्दा ढिलो गतिमा हुने अनुसन्धान प्रमुख आयोला ह्यूजेसले जानकारी दिइन् ।

कार निर्माताहरू २०२५ लाई एक परिवर्तनकारी वर्षको रूपमा हेर्दैछन् । यस वर्ष युरोपले ईभी अपनत्व बढाउन नयाँ लक्ष्य ल्याउनेछ र चीनले सब्सिडी विस्तार गर्नेछ । यता, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत विद्युतीकरण लक्ष्यहरू घटाउनेतर्फ अग्रसर छ ।

चीनको इभी बजारको प्रभुत्व

चीनमा ईभी बिक्री २०२५ मा १७ प्रतिशत वृद्धिको अघिल्लो पूर्वानुमानभन्दा बढी हुने सम्भावना छ । सब्सिडी विस्तारले चीनको बजार प्रभुत्वलाई अझै बलियो बनाउने जनाइएको छ । २०२४ मा ईभी बिक्री रेकर्ड ४० प्रतिशतले वृद्धि भएर १.१ करोड पुगेको थियो ।

अन्य बजारहरूको स्थिति

चिनियाँ निर्मित ईभीहरूले लाटिन अमेरिकामा यी गाडीहरूले ८० प्रतिशत बजार हिस्सा कब्जा गरेका थिए । यसले एशिया–प्रशान्त क्षेत्र र उदीयमान बजारहरूमा पनि वृद्धि जारी राख्नेछ ।

युरोपका लागि फर्मले गत वर्ष बिक्री भएको ३० लाख ईभी गाडीहरूको तुलनामा १५ प्रतिशत वृद्धिको पूर्वानुमान गरेको छ ।

जोखिम र लक्ष्यहरू

कार निर्माताहरूले ईयू उत्सर्जन लक्ष्यहरू पूरा नगर्दा १० अर्ब युरो (१०.५१ अर्ब डलर) को जरिवाना तिर्नुपर्ने जोखिम बेहोरिरहेका छन् । यद्यपि ईभी निर्माता कम्पनीहरूसँग क्रेडिट किनेर पूल बनाएर यसलाई केही हदसम्म कम गर्न सकिन्छ ।
यो अघिल्लो १५ अर्ब युरोको अनुमानको तुलनामा कम हो, जसले उद्योगका विकास र नयाँ उत्सर्जन पूललाई ध्यानमा राखेको थिएन ।

अमेरिकी बजारको स्थिति

आरएचओ मोसनले २०२५ मा अमेरिका इभी बिक्री १६ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ, तर ट्रम्पको नीतिगत परिवर्तनले सीमित प्रभाव पर्नेछ । यसले दीर्घकालीन असर गर्ने सम्भावना छ, जसमा २०४० सम्ममा ईभी ब्याट्रीको माग ४७ प्रतिशतले घट्नसक्छ

‘अमेरिकी बजारमा गत वर्ष केही अनिश्चितताहरू देखिएको छ जसले बजारलाई असर गरेको छ । त्यसैले त्यहाँ ईभीको अनुमान घटेको छ,’ आयोला ह्यूजेसले बताइन् ।

‘तर, विद्युतीय गाडीहरूको तर्फको परिवर्तन अझै जारी छ । र, आगामी दशकमा पनि यसमा वृद्धि देख्न पाउनेछौं,’ उनले थपिन् ।

सान्दर्भिक सामग्री :

निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने

बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने

अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन

चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

Share News