ज्योत्सनाको दोहोरो चरित्र, कहिले अन्जनसँग, कहिले रामचन्द्रसँग

  २०७९ चैत १९ गते १५:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको पूर्वाद्धमा उम्मेदवारहरुको सक्रियता बढेको छ । विचार, नीति र कार्यक्रम भन्दा पैसा, पहुँच र शक्तिको आधारमा महासंघको निर्वाचन समूह बन्ने र भत्कने क्रम जारी रहेको छ ।

यसैबीच महासंघको एसोसिएट समूहको उपाध्यक्ष पदका आकांक्षी ज्योेत्सना श्रेष्ठले पनि दोहोरो चरित्र प्रदर्शन गर्दै निर्वाचन समूहमा फेरबदल गरेकी छन् । फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अन्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

उनले महासंघको कार्यसमितिमा तीन कार्यकाल बिताएको र अब उपाध्यक्षमा उम्मेदवारी दिने बताएकी थिइन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जनको टिमबाट ज्योत्सना, मनिसलाल प्रधान र अरुणराज सुमार्गीले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेको थिए ।

फागुन ३० गते अन्जन श्रेष्ठकाे समूहबाट उम्मेदवारीकाे घाेषणा गर्दै ज्याेत्सना

फागुनमा अन्जनको टिममा रहेर प्रोक्सी संकलन गरेकी ज्योत्सना अहिले रामचन्द्र संघाईको समूहमा प्रवेश गरेकी छन् । आइतबार संघाई समूहको उम्मेदवारी घोषणा कार्यक्रममा राखेको छ । उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईको समूहबाट जिल्ला नगर समूहको उपाध्यक्षमा सूरकृष्ण बैद्य, बस्तुगत तर्फको उपाध्यक्षमा सुकुन्तराल हिराजन र एसोशिएटतर्फको उपाध्यक्षमा ज्योत्साना श्रेष्ठ उम्मेदवार घोषणा गर्ने तयारी भएको संघाईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार : महासंघ निर्वाचन : यस्तो बन्यो अन्जन श्रेष्ठको टिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.