महासंघ निर्वाचन : यस्तो बन्यो अन्जन श्रेष्ठको टिम

  २०७९ चैत १ गते ११:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले आफ्नो टिम घोषणा गरेका छन् । मंगलबार श्रेष्ठले आफ्नो टिम घोषणा गरेका हुन् ।

उनले एशोसिएसट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला-नगर उपाध्यक्षमा अरुण सुमार्गीसहितको टिम घोषणा गरेका छन् ।

महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको बताए । ‘समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि मेरो  उम्मेद्वारी दिएको हुँ,’ उनले भने ।

उनले नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन विस्तार गर्ने चुनौती संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.