दुई मेडिकल कलेजले पाएनन् एक अर्ब बढी बीमा भुक्तानी, सेवा रोक्ने घोषणा

  २०७९ असार ८ गते १३:१०     विकासन्युज

काठमाडौं । विभिन्न दुई मेडिकल कलेजले बीमा सेवा बन्द गर्ने भएका छन् । स्वास्थ्य बीमा बोर्डले एक अर्बभन्दा बढी भुक्तानी नदिएको भन्दै बिर्तामोडको बिएण्डसी मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजले बीमा सेवा बन्द गर्न लागेका हुन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनीहरुले आगामी असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्न लागेको जानकारी गराएका हुन् । बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बोर्डबाट आगामी असार २० गतेभित्र बीमावापतको रकम नपाए सेवा नै बन्द गर्ने तयारीमा आफू रहेको बताए ।

‘असार २० गतेभित्र बाँकी रहेको भुक्तानी गर्न बीमा बोर्डलाई आग्रह गर्छौं, सो अवधिसम्म पनि भुक्तानी भएन भने असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा दिन असमर्थ छौं’ उनले भने ।

पसाईंका अनुसार स्वास्थ्य बीमा बोर्डले बिएण्डसी मेडिकल कलेजलाई ४५ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । त्यस्तै, नोबेल मेडिकल कलेजलाई ५४ करोड ३४ लाख रुपैयाँ स्वास्थ्य बीमा दावी भुक्तानी गर्न बाँकी रहेको सो मेडिकल कलेजका व्यवस्थापन समिति सदस्य भीम बहादुर चन्दले बताए ।

‘हामीले २०७८ कार्तिकदेखि भुक्तानी पाएका छौं, जसले गर्दा असार २० गतेदेखि बीमा सेवा बन्द गर्न हामी बाध्य हुनेछौं,’ चन्दले भने ।

बीमा बोर्डबाट भुक्तानी नपाएकोले नोबेल मेडिकल कलेजले विगत तीन महिनादेखि कर्मचारीलाई तलब खुवाउन नसकेको चन्द बताउँछन् ।

‘हामीले दैनिक १५ सयदेखि १८ सय बिरामीलाई जाँचिरहेका छौं, हामीले स्थापनाकालदेखि नै बीमा सेवा शुरु गरेका हौं, गत मंसिरदेखि सबै रकम अर्थात ५४ करोड ३८ लाख रुपैयाँ बाँकी रहेको छ, जसले गर्दा हामीले तीन महिनादेखि नै तलब खुवाउन सकेका छैनौं, संस्थालाई खर्च धान्न अफ्ठयारो परेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

५ वर्षपछि सबै अस्पताल बन्द हुन्छन्, स्वास्थ्य बीमा नगर्नु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.