नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ । माघ २८ गते सम्पन्न कम्पनीको २०औं वार्षिक साधारणसभाले अंकित मूल्य एक सय रुपैयाँको व्यवस्थालाई परिवर्तन गर्ने सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । इन्स्योरेन्सले साना लगानीकर्ताहरुको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि सो व्यवस्था कायम गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ । माघ २८ गते सम्पन्न कम्पनीको २०औं वार्षिक साधारणसभाले अंकित मूल्य एक सय रुपैयाँको व्यवस्थालाई परिवर्तन गर्ने सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

इन्स्योरेन्सले साना लगानीकर्ताहरुको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि सो व्यवस्था कायम गरेको हो ।

साथै, सभाले प्रस्तावित ५१ प्रतिशत लाभांश पनि पारित गरेको छ । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पाउने भएका छन् । ३० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक अर्थात ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए ।

अध्यक्ष संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि आगामी दशकको अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानी गर्ने तर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको छ ।

सभाबाट आ.व.२०७५ /०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।

हाल यस कम्पनीको लगानी १०५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १ लाख ६९ हजार ४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

टेस्ला इन्कको बाटोमा नेपाल लाइफ, नेपालमा कति सहज छ सेयर स्प्लिट ?

Share News