काेराेना बीमा क्षतिपूर्ति बीमांककाे २५ र ७५% मात्र, निजी क्षेत्रकाे पीसीआर रिपाेर्ट मान्य

  २०७७ भदौ २९ गते ९:३१     विकासन्युज

काठमाडौंं । बीमा समितिले कोरोना बीमालेख र कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको छ । संशोधनसँगै नयाँ बीमालेख लिने बीमितलाई कोरोना संक्रमण भई घरमा आइसोलेशनमा बसे बीमा रकमको २५ प्रतिशत पाउने व्यवस्था गरिएको छ । त्यस्तै, अस्पताल भर्ना भई उपचार गरेका बीमितले बीमाङ्कको ७५ प्रतिशत पाउने छन् ।

एक लाख रुपैयाँ बीमाङ्कको पोलिसी लिएका बीमितलाई कोरोना संक्रमण पुष्टि भएका घरमा आईसोलेशनमा बसेको अवस्थामा बीमकले २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने छ भने अस्पताल भर्ना भई उपचार गर्नेलाई बीमकले ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । नयाँ संशाेधन सँगै क्षतिपूर्ति रकम २५ र ७५ प्रतिशतले घटेकाे हाे ।

बीमितले बीमा दावी गर्नको लागि पीसीआर जाँच गर्दा पोजेटिभ भएको रिपोर्ट, अस्पताल भर्ना र डिस्चार्ज भएको भौचर तथा होम आइसोलेशनमा बसेको भए स्थानीय तहबाट प्रमाणित सिफारिस चाहिने व्यवस्था गरिएको छ ।

यसअघि पीसीआर पोजेटिभ रिपोर्ट मात्र लिएर बीमा दावी गर्न पाइने व्यवस्था थियो भने बीमाङ्कको पुरै रकम (१ लाख वा ५० हजार) पाउने व्यवस्था गरिएको थियो । नेपालका माैलिक बीमा पाेलिसी भनिएकाे काेराेना बीमा निकै लाेकप्रिय भएकाे छ । याे पाेलिसी जारी भएकाे ४ महिनामा १० लाखभन्दा बढी बीमा पाेलिसी बिक्री भएकाे थियाे । तर यसले धेरै जाेखिम निम्त्याएकाे भन्दै बीमा कम्पनीहरूले चिन्ता व्यक्त भएपछि बीमा समितिले बीमा पाेलिसी र मापदण्ड संशाेधन गरेकाे हाे ।

कोरोना बीमा मापदण्ड संशोधनसँगै निजी क्षेत्रका अस्पताल वा ल्यावले दिएको पीसीआर रिपोर्टलाई बीमा समितिले मान्यता दिएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा कोभिड-१९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ’ संशोधित कोरोना बीमा मापदण्डमा उल्लेख गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका अस्पतालहरुले दिएको पीसीआर रिपोर्टलाई मात्र मान्यता दिने उल्लेख गरिएको थियो ।

तर अस्पताल वा प्रयोगशालाका कर्मचारी वा लगानीकर्ताको हकमा भने फरक संस्थाबाट लिएको रिपोर्ट मात्र स्वीकार गर्ने उल्लेख गरिएको छ । त्यस्तै बीमा दावी भुक्तानी बीमा पुलबाट मात्र हुने छ । जुनसुकै बीमा कम्पनीबाट बीमा गरिएको भए पनि बीमा पुलले तोकेका स्थानबाट मात्र दावी भुक्तानी लिन सकिनेछ । एकल बीमालेख सम्बन्धी व्यवस्था हटाई सामूहिक बीमालेख मात्र जारी गर्ने व्यवस्था गरिएको छ ।

शंकास्पद बीमा दावी अध्ययन गर्न पनि बीमा समितिले बीमा दावी व्यवस्थापन उपसमिति गठन गरेको छ । त्यसमा बीमा समितिको निर्देशक संयोजक, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बीमक संघको प्रतिनिधि सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

विज्ञले सुझाए कोरोना बीमा संकटको निकास

कोरोना बीमा भुक्तानी सरकारले गर्दैन- अर्थसचिव, पहिला स्वीकृत गरेर अहिले भाग्न मिल्दैन- बीमा समिति

निजी अस्पताल वा ल्याबकाे पीसीआर रिपोर्टलाई बीमाले स्वीकार गर्नुपर्छ-दीप प्रकाश पाण्डेसँगकाे अन्तरवार्ता

कोरोना बीमा मापदण्ड संशोधन गर्न समिति गठन, २१ गतेसम्मको दावी ७ दिनभित्र भुक्तानी गर्नुपर्ने

कोरोना बीमा दाबी माग गर्दै आउन थाल्यो नक्कली रिपोर्ट, निजी ल्यावको पीसीआर नपत्याउनुः समिति

कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.