
काठमाडाैं । सरकारले पीसीआर शुल्क घटाउँदै २ हजार बनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सरकारले पीसीआर शुल्क प्रति व्यक्ति २ हजार रूपैयाँ मात्र लाग्ने बताएका हुन् । याे मूल्य सबै निजी तथा सरकारी ल्याबहरुमा लागू हुने उनले बताए ।
निजी ल्याबहरुले सरकारले ताेकेकाे शुल्कभन्दा ४५ प्रतिशतसम्म कम शुल्कमा परीक्षण गराइरहेकाे र सरकारले नै पीसीआर शुल्कमा कालाेबजारी गर्दै आएकाे समाचार विकासन्युजमा प्रकाशित भएका थिए ।
सरकारले शुरुवाती चरणमा पीसीआर परीक्षण शुल्क ५५ सय ताेकेकाे थियाे जसमा १० प्रतिशत सेवा शुल्क सहित गरेर ६०५० पर्न जान्थ्याे ।
पछि निजी क्षेत्रले प्रति व्यक्ति ४ हजार ५ रूपैयाँमा पीसीआर टेष्ट गर्न थालेपछि सरकारले ४ हजार ४ सय रूपैयाँ शुल्क ताेकेकाे थियाे ।
सम्बन्धित समाचार
कोरोना परीक्षण शुल्क प्रतिव्यक्ति २००० रुपैयाँ घट्न सक्ने
निजीको हस्तक्षेपपछि पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारको कालोबजारी कायमै
पीसीआर परीक्षण सरकारकाे कालाेबजारी, निजी क्षेत्र प्रवेशसँगै ४० हजार पर्ने पीसीआर टेष्ट ४ हजारमा झर्याे