पाटाको आयोजनामा नेपाल-इण्डिया-चाइना एक्स्पो हुँदै

  २०७६ भदौ २५ गते १५:५०     विकासन्युज


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० सम्म नेपाल इण्डिया चाइना एक्स्पो (नाईस) आयोजना गर्न लागेको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यका अनुसार तीन वटा मुलुक समावेश भई आयोजना गरिने नाईस सम्भवतः पहिलो पर्यटन मेला हुने छ ।

दक्षिण एशिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवम् बृहत पर्यटन स्रोतबजारहरुको बिचमा नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यता नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि महत्वपूर्ण आधार एवम् स्रोत हुन् ।

कार्यक्रमको सफल आयोजनका लागि नेपाल, भारत तथा चीन तीनवटै मुलुकका पर्यटन सम्बद्ध व्यवसायी तथा सरोकारवालाहरु लगायत सम्पूर्ण नेपाली पर्यटनक्षेत्रमा आबद्ध व्यवसायी साथीहरुलाई “नाईस” कार्यक्रम लाई भब्यरुपमा सफल पार्न आवस्यक सहकार्य, समन्वय र सहयोगका पाटा नेपाल च्याप्टरका अध्यक्ष शाक्यले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.