राष्ट्र बैंकको निर्देशनपछि आज बैंकर्स संघको बैठक बस्दै, आक्रोशित बैंकरहरुले कस्तो निर्णय गर्लान ?

  २०७६ साउन २२ गते ८:५८     विकासन्युज


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकाप्रति बैंकरहरु आक्रोशित भएका छन् । नयाँ निर्देशिकाले बैंकिङ क्षेत्रमा गम्भीर असर देखा पर्ने बैंकरहरुको ठहर छ ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनले उत्पन्न परिस्थितिको सामना कसरी गर्ने भन्ने बारेमा छलफल गर्न नेपाल बैंकर्स संघले आज बिहान ९ बजे पूर्ण बैठक बोलाएको छ । बैंकर्स संघको कार्यालयमा बस्ने बैंठकमा २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुको उपस्थिति रहने छ ।

राष्ट्र बैंकको निर्देशनमा उल्लेख भएको स्प्रेडको गणनाविधिले पार्ने असर, काउण्टर साइकल बफर, बैंकास्योरेन्स, अन्तरबैंक सापटीलाई सीसीडीमा गणना गर्न नपाइने, सीईओ र सञ्चालकको उमेर हदका बारेमा गम्भीर ढंगले छलफल गर्दै अब के गर्ने भन्ने ठोस् निर्णय हुने एक सिईओले बताए ।

बैंठकले राष्ट्र बैंकलाई निर्देशन सच्चाउन अनुरोध गर्न सक्ने र सच्चिने अवस्था सिर्जना नभए बैंक चलाउन नसक्ने ठहर सहित सबै बैंकहरुले सामुहिक रुपमा राष्ट्र बैंकमा साँचो बुझाउने निर्णय गर्न सक्ने बुझिएको छ ।

‘निर्दयी’ निर्देशिकाले बैंकको नाफा ३५% सम्म घट्न सक्ने, राष्ट्र बैंकलाई साँचो बुझाउनेबारे छलफल

बफर बढ्दा बैंकहरूको कर्जा दिने क्षमता घट्ने, पुँजी कोष वृद्धिको असर ‘सेयर रिर्टन अन इक्विटी’मा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.