नेपाल बैंकले रत्नराज बज्राचार्य ताक्दा राष्ट्र बैंकले छेक्यो, अब के हाेला ?

  २०७६ जेठ १७ गते १६:३६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत पदमा रत्नराज बज्राचार्यलाई भित्र्याउन चाहेको छ । यो बैंकमा गत तीन महिना अघिदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली छ ।

रत्नराज बज्राचार्य पनि जेठ १ गतेदेखि खाली भएका छन् । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकेर नयाँ बैंकमा जाने सोचमा रहेका बज्राचार्यलाई नेपाल बैंकले भित्र्याउन चाहेको छ ।

बज्राचार्य पनि नेपाल बैंकमा जान इच्छुक देखिएका छन् । उनले यसअघि पनि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेका छन् ।

तर नेपाल बैंक र बज्राचार्य दुबैको चाहानामा नेपाल राष्ट्र बैंकको नियम बाधक बनेको छ । सेन्चुरी बैंकलाई धोका दिएर नविल बैंकमा सीईओ बन्ने अनिल केशरी साहको प्रयास रोक्न राष्ट्र बैंकले जारी गरेको कुलिङ पिरेडले नेपाल बैंक र बज्राचार्यलाई अप्ठ्यारो पारेको छ ।

अनिल शाहलाई लक्षित कुलिङ पिरेड सम्बन्धि नियमले शाहलाई नबिल बैंक जान रोक्न भने सकेन । शाहले ६ महिनाको लागि डेपुटी सीईओमा नियुक्ती स्वीकार गरे । र, कुलिङ पिरेड अवधि सकेपछि सीईओ भए ।

‘कुलिङ पिरेड सम्बन्धि नियम कानुनमा छैन । राष्ट्र बैंकको निर्देशनबाट आएको हो । राष्ट्र बैंकले उक्त नियम फिर्ता लिए हामीलाई सजिलो हुन्थ्यो’ नेपाल बैंक सम्बद्ध स्रोतले भन्यो ।

हाल ३ वटा वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पद खाली छ । एकातिर सीईओ पद खाली हुनु, अर्कोतिर योग्य व्यक्तिले काम गर्ने मौका नपाउनु नयाँ समस्या हो । यो समस्यालाई संबोधन गर्दै राष्ट्र बैंकले कुलिङ पिरेड सम्बन्धि नियम फिर्ता लिनु पर्ने विचार बैंकिङ क्षेत्रमा उठिरहेको छ ।

यसअघि एनसीसी, ग्लोबल आईएमई र सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका बज्राचार्य नतिजामुखी सीईओको रुपमा परिचित छन् । व्यक्तिगत लोभलालच नभएको, खटेर काम गर्ने र जटिल अवस्थामा पनि नेतृत्व दिन सक्ने क्षमता भएका बज्राचार्यलाई सीईओमा भित्र्याउन सकेमा बैंकको सञ्चालन कार्यमा राजनीतिक हस्तक्षेप नछिर्ने, यूनियनका राजनीति पनि नियन्त्रित हुने नेपाल बैंक सञ्चालक समितिको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.