बीपीसीले ५ वर्षभित्र थप १ हजार मेगावाट आयोजना निर्माण गर्ने, आज ३ चिनियाँसँग लगानी सम्झौता हुदै

<p>काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चिनियाँसँगको साझेदारीमा आउदो ५ वर्षमा थप १ हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने भएको छ । ६७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको एकैपटक निर्माण सुरु गरेको बीपीसीले चीनको सिचुवान प्रान्तको ३ वटा कम्पनीसंगको संयुक्त लगानीमा १ हजार मेगाावाट बिजुली उत्पादन गर्न लागेको हो । चीनियाँ साझेदार र [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चिनियाँसँगको साझेदारीमा आउदो ५ वर्षमा थप १ हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने भएको छ ।

६७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको एकैपटक निर्माण सुरु गरेको बीपीसीले चीनको सिचुवान प्रान्तको ३ वटा कम्पनीसंगको संयुक्त लगानीमा १ हजार मेगाावाट बिजुली उत्पादन गर्न लागेको हो । चीनियाँ साझेदार र बीपीसीबीच आज संयुक्त लगानी सम्झौता हुदैछ ।

बीपीसीले १ सय मेगावाटको तल्लो मनाङ मस्र्याङदी र साढे ८ मेगावाटको चिनोखोला आयोजना अघि बढाउँदैछ । पाहिलो चरणमा दुई चिनियाँ साझेदारीमा निर्माण गर्ने बीपीसीको योजना छ । अन्य पाइपलाइनमा रहेका ठुला आयाजना निर्माण गर्ने तयारी बीपीसीको छ ।

हाल बीपीसीले ३७. ६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ । दुवै आयोजना आगामी सन् २०२० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कावेली बनाउन करिब १० अर्ब र न्यादीमा ६ अर्ब रुपैयाँ लाग्नेछ । कावेली १० अर्ब रुपैयाँभन्दा कम लगानी हुदै छ । । कावेलीमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त कर्पोरेशन (आईएफसी) को ऋण लगानी छ ।

यस्तै, न्यादीमा एभरेष्ट बैंकको अगुवाइमा ऋण लगानी भएको छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ ।

दुई आयोजना बनाउका लागि लगानी जुटाउन बीपीसीले ४० लाख ८१ हजार कित्ता थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्यमा उसले एफपीओ ल्याउन लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा २३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बीपीसीले ७ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।बीपीसीमा सरकारको १० प्रतिशत लगानी छ ।

गत आवको सोही अवधिमा बीपीसीको नाफा २ करोड १५ लाख रुपैयाँ मात्र थियो । विद्युत उत्पादनमा भएको वृद्धि र विद्युत महशुल निर्धारण आयोगले बिजुलीको महशुल बढाएपछि यसको असर खुदनाफामा परेको हो ।

समीक्षा अवधिमा कम्पनीले आँधिखोला र झिम्रुक आयोजनाको बिजुली बेचेर कुल २१ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७१ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९९ पैसा छ । गत वर्षको सोही अवधिमा १ रुपैयाँ २८ पैसा मात्र थियो । कम्पनीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ ।

Share News