काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ ।
दलका नेता भिष्मराज आङदेम्बेको अध्यक्षतामा बैठक सुरु भएको हो । सांसद नरेन्द्रकुमार केरुङका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
बैठकमा संसदीय गतिविधि, विभिन्न संसदीय समितिका प्रतिवेदन तथा संसद्को कार्यसूचीका विषयमा पनि समीक्षा भइरहेको छ ।
त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा नेपाली कांग्रेसको भूमिका तथा आगामी रणनीतिबारे सांसदहरूबीच छलफल हुने जनाइएको छ ।