कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसद्मा उठाउनुपर्ने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

यस्तै, समसामयिक राजनीतिक घटनाक्रम र संसदीय रणनीतिबारे पनि बैठकमा समीक्षा गरिने बताइएको छ ।

Share News