काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदका लागि दरखास्त दिएका १० जना उम्मेदवार छनोटमा परेका छन् ।
नाम सिफारिस गर्न गठित सिफारिस तथा छनोट समितिले अन्तिम चरणका लागि १० जनाको नामा सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार त्यागराज पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास न्यौपाने, भीमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शोभानन्द सञ्जेल, सुयोध शर्मा र हरि प्रसाद न्यौपानेको नाम छनोट गरिएको हो ।
छनोटमा परेका १० जनाको भदौ २१ र २२ गते अन्तवार्ता हुने जनाइएको छ ।
जसमा २१ गते त्यागराज पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास न्यौपाने र भीमप्रसाद श्रेष्ठको अन्तर्वार्ता हुनेछ भने २२ गते दिउँसो १ बजेदेखि राजेन्द्र जोशी, विवेक बराल, शोभानन्द सञ्जेल, सुयोध शर्मा र हरि प्रसाद न्यौपानेको प्रस्तुतीकरण तथा अन्तर्वार्ता तय गरिएको छ ।